top_rightads

आवश्यक परे आन्दोलनको तयारीमा लाग्न एमाले अध्यक्ष ओलीको निर्देशन -

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज पार्टीकै भातृ संगठनले काठमाडौमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रविरुद्ध पार्टीका सबै संयन्त्र परिचालन गरिनुपर्ने भन्दै परिआए आन्दोलनमा लाग्न पनि तयार हुन निर्देशन दिए ।
कांग्रेस र माओवादीले संविधान कार्यान्वयन नगर्ने संगठित योजना अनुसार आफ्नो सरकार ढालेको उनको आरोप छ । आफ्नो सरकारले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि माओवादी र कांग्रेस अत्तालिएको भन्दै उनले एमाले २०७४ माघ अघि नै निर्वाचन गरिसक्नुपर्ने पक्षमा एमाले रहेको बताए ।
सरकार परिवर्तन गरेर मुलुकको राजनीतिलाई कुबाटोमा धकेलेको राजनीतिलाई सही बाटोमा ल्याउन दबाव सिर्जना गर्न आवश्यक रहेको उनको भनाई थियो ।

0 comments

Write Down Your Responses