भदौ, वीरगन्ज । पर्साको महादेवपट्टी गाविसमा एक व्यक्तिले १४ वर्षकी छोरीको हत्या गरेका छन् । महादेवपट्टी गाविस वडा नम्बर ३ का शिव मुखिया बिनले १४ वर्षकी छोरी प्रभा कुमारीको बुधबार राति हत्या गरेका हुन् । बिनलाइ प्रहरीले बिहिबार बिहान उनकै घरबाट पक्राउ गरेको छ । स्थानीयवासीले बिनले गएराति छोरी प्रभाको हत्या गरेको सुराकी दिएपछि प्रहरी चौकी महादेवपट्टीको टोलीले बिहिबार बिहान घरबाटै बिनलाइ पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए । प्रभाको गाँउकै एक युवकसंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि बिनले छोरीको हत्या गरेको स्थानीयवासीले बताएका छन् । प्रहरी हिरासतमा रहेका बिनले पनि छोरीको गाउका युवकसंग नाजायज प्रेम सम्बन्ध रहेको थाहा पाएपछि इज्जत प्रतिष्ठा जोगाउनका लागि हत्या गरेर शव गाँउ नजिकै रहेको भारतको पचरौता जंगलमा लगेर फालिदिएको बयान प्रहरीलाइ दिएका छन् । बिनको बयानका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरिक्षक चक्र बहादुर शाहको नेतृत्वमा प्रहरीको टोलीले जंगलमा प्रभाको शवको खोज तलाश गरिरहेको प्रहरी नायव उपरिक्षक बोगटीले बताए । प्रभाकी आमा शारदा मुखिया र दाजु राज कुमार मुखिया पनि घर छाडेर फरार रहेको प्रहरी नायव उपरिक्षक बोगटीले बताए । शव फेला नपरे सम्म घटनाका बारेमा यकिनका साथ भन्न सकिने अवस्था नरहेको पनि उहाले बताए ।अन्नपुर्ण पोष्ट बाट !!!
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ ।
सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार हैदरावादहाउसमा भएको भेटवार्तामा उक्त मिति तय भएको नागरिक दैनिकमा समाचार छ ।
भेटवार्तापछि मन्त्री निधिले साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै ‘दाहालले भदौ अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने र सोही क्रममा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने’ जानकारी दिए ।
दाहालको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पनि निधिले जनाए । त्यसपछि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जानेछिन् ।
निधि र मोदीबीचको भेटवार्तामा संविधान कार्यान्वयनका विषयमा पनि छलफल भएको बताइएको छ । मोदीले संविधान संशोधनमा भारतले सघाउने र संविधान संशोधनमार्फत् यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने बचन पनि दिएका छन् । भेटमा उपप्रधानमन्त्री निधिले सबै पक्षका अपेक्षा समेटिने गरी संविधान कार्यान्वयन गर्नु नयाँ सरकारको उच्च प्राथमिकता भएको बताएका थिए ।
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । नेपालमा गतवर्षको विनाशकारी भूकम्पपश्चात चौधरीको नेतृत्वमा सञ्चालित मानवीय र परोपकारी कार्यहरुको सम्मानस्वरुप अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्ड प्रदान गरेको हो।
‘वी केयर फर हृयुम्यानिटी’ले आफ्नो तेश्रो शिखर सम्मेलन तथा चौथो ‘ग्लोवल अफिसियल्स अफ डिग्निटी अवार्ड’ का अवसरमा न्यूयोर्कमा गरेको कार्यक्रममा विनोद चौधरीलाई उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रम न्यूयोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजना गरिएको थियो ।
चौधरीसँगै पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी, भारतीय नेतृ तथा तमिलनाडुका मुख्यमन्त्री जयललिता, युगोस्लाभियाका चौधौं राष्ट्रपति स्टेपन मेसिक, केन्याका दशौं उपराष्ट्रपति स्टेफन कालोन्जो मुस्योका, इक्वेडरका पूर्व राष्ट्रपति रोजालिया आर्टिगालाई पनि विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।
चौधरी ग्रुपको परोपकारी निकाय चौधरी फाउन्डेसनले २०७२ को विनाशकारी भूकम्पपश्चात नेपालमा विविध मानवीय कार्यहरु सञ्चालन गरेको छ । जसअन्तर्गत पहिलो चरणमा तत्काल राहतका कार्यक्रमहरु सम्पन्न गरी पीडितका लागि ट्रान्जिसनल सेल्टरको निर्माण, भूकम्पप्रभावित क्षेत्रमा विद्यालय भवन निर्माणलगायत कार्यहरु सञ्चालनमा छन् ।
हाल चौधरी फाउन्डेसनमार्फत आर्थिक स्वावलम्बन, महिलाको सामाजिक स्तरोन्नति तथा आत्मनिर्भरता र युवाको सीपविकासका लागि भूकम्प प्रभावित क्षेत्रमा ‘सीजी शिपशिक्षा’ र ‘सीजी उन्नति’ परियोजनाहरु सञ्चालित छन् ।
यसका अतिरिक्त ग्रामीण क्षेत्रमा स्थानीय सीप र ज्ञानको उपयोगका साथ उद्यमशीलता तथा व्यावसायिकताको प्रवर्धनका लागि ‘नेपाल सोसल विजनेश’ का कार्यक्रमहरु पनि चौधरी फाउन्डेसनमार्फत सञ्चालनमा छन् ।
सन् २०१४ देखि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै तेलमा आधारित अर्थतन्त्र भएका साउदी, कतार जस्ता खाडी मुलुक र ति मुलकसँग नजिकको आर्थिक सम्बन्ध भएका मलेसियाजस्ता देशमा समेत आर्थिक संकट गहिरिँदै गएको छ। ति मुलुकहरुले अहिले खर्च कटौतिलाई मुख्य औजार बनाएका छन् जसका कारण रोजगारी पनि घटेको छ। ति तिनै मुलुकहरु हुन् जहाँ नेपाली कामदारले बैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य बनाइरहेका छन्। यसरी एकातिर अवसर नै खुम्चिएका छन् भने अर्कोतिर सरकार तथा सरोकारवाला निकायहरुको लापरबाहीले अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिने रेमिट्यान्सको स्रोत बैदेशिक रोजगार संकटोन्मुख छ।
गत वर्षदेखि निरन्तर ओरालो लागेको वैदेशिक रोजगार धरापमा पर्ने अवस्था सिर्जना भएको छ। श्रम गन्तव्य मुलुकहरुमा आएको आर्थिक संकट तथा नेपाल सरकारले कुनै पनि पहल नगर्दा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको वैदेशिक रोजगार संकटोन्मुख रहेको छ।
विगत लामो समयदेखि नेपाली कामदारहरुको लागि प्रमुख गन्तव्य बन्दै आएको मलेसियाले पाँच महिना अगाडि विदेशी कामदार नलिने निर्णय गरेसँगै खुम्चिएको बैदेशिक रोजगारी दिनप्रतिदिन समस्यामा पर्दै गएको छ।
वैदेशिक रोजगार विभागका अनुसार अहिलेसम्म श्रम स्वीकृति लिएर विदेसिएका कामदारहरुमा सबैभन्दा बढी मलेसिया गएका छन्।
तर मलेसियाले पाँचमहिना अगाडि लगाएको प्रतिबन्ध फुकवा गरेपनि नेपाली कामदारहरुको लागि प्रतिस्पर्धी मानिने बंगली कामदारहरु पनि लिने निर्णय गरेसँगै नेपालीहरुले पहिलेजस्तो अवसर नपाउने ठोकुवा गर्छन् वैदेशिक रोजगार व्यवसायीहरु।
नेपालको प्रमुख श्रम गन्तव्यमा मलेसिया लगायत खाडीका ६ वटा मुलुकहरु हुन्। त्यसमा पनि साउदी अरब, कतार र मलेसिया शिर्ष गन्तव्य हुन्। जहाँ दुई तिहाइ कामदारहरु जान्छन्। एकातिर गन्तव्य मुलुकहरुमा आएको आर्थिक संकटको कारण माग नै कम भएर अवसर खुम्चिँदै गएको छ भने अर्कोतिर प्रतिस्पर्धी मानिने बंगलादेशी कामदारहरुको लागि प्राथमिकता दिइनुले नेपालीहरुको लागि वैदेशिक रोजगारी धरापमा परेको बताउँछन् व्यावसायी तथा विज्ञहरु।
मलेसिया तथा साउदीका रोजगारदाता कम्पनीले कामदार लैजाँदा लाग्ने खर्चको हिसाबले बंगलीहरु सस्तोमा उपलब्ध हुने भएकोले पनि नेपालीलाई पहिलेजस्तो अवसर उपलब्ध नहुने बताउँछन् बैदेशिक रोजगार व्यावसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङ।
मलेसियाको रोजगारदाता कम्पनीले नेपालबाट लैजाँदा प्रतिकामदार तीनसय अमेरिकी डलरभन्दा कम हुनेगरी नपाउने सरकारी निर्णयले समेत प्रभाव पारेको उनको ठम्याई छ। तर सोही कामका लागि बंगाल सरकारले भने प्रतिकामदार दुई सय पचास अमेरिकी डलरमै लैजान सक्नेगरी उच्चस्तरीय छलफलबाट तय गरेको छ। योसँगै नेपालबाट कामदार लैजाँदा रोजागारदाता कम्पनीले फ्री भिसा फ्री टिकटसमेत उपलब्ध गराउनुपर्ने नेपाल सरकारको निर्णय छ। तर बंगलादेशबाट लैजाँदा यसको कुनै प्रावधान छैन।
रोजगारदाता कम्पनीले अन्य मुलुकबाट एउटा कामदार लैजाँदा मलेसियन सरकारलाई १ लाखभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ। त्यसमा पनि नेपालबाट लिँदा थप पचास हजारको भार पर्ने हुँदा सस्तोमा बंगलादेशबाट कामदार लिन सुरु गरिसकेका छन्।
त्यस्तै साउदी अरबले पनि नेपाली कामदार लैजाँदा प्रतिकामदार एक हजार रियाल खर्च गर्नैपर्ने नेपाल सरकारले प्राबधान रहेको छ भने बंगलादेशी कामदार सात सय रियालमा उपलब्ध हुन्छन्।
कसरी उत्पन्न हुँदैछ संकट ?
जब अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आयो तब तेलमा आधारित आयस्रोत भएका खाडीका मुलुकहरुको अर्थतन्त्र पनि जोखिममा प¥यो। साउदी, कतारजस्ता मुलुकहरुको बजेट घाटा बढ्दै गएको र त्यसको मार त्यहाँको विकास निर्माणमा प¥यो। जसले गर्दा नेपाली कामदारहरु पनि प्रभावित हुन थालेको सरोकारवालाहरुको बुझाइ छ।
तेलमा आधारित अर्थतन्त्र भएका साउदी कतारजस्ता देशहरुमा आर्थिक संकट पर्ने भएकोले त्यसको मार कामदारको रोजागरीको अवसरमा पर्ने बताउँछन् अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. स्वर्णिम वाग्ले।
‘हाम्रा मुख्य गन्तव्य भनेका नै साउदी र कतार हुन्’ वाग्लेले सेतोपाटीसँग भने, ‘विदेश जानेहरुको आधा संख्या नै त्यहाँ जान्छन् जहाँ ठूलो वित्तीय संकट परेको छ।’ ति देशहरुलाई अब खर्च कटौतीको कुनै विकल्प नरहेको औंल्याउँदै उनले त्यसको प्रत्यक्ष असर नेपाली कामदारको रोजगारीमा पर्ने तर्क गर्छन्।
साउदी, कतार, दुबई जस्ता देशहरुमा आर्थिक संकट आउनेवित्तिकै मलेसियाजस्ता देशहरुमा अछुतो नरहने बताउँछन् वाग्ले। यसरी गन्तव्य मुलुकहरुमा आएको आर्थिक संकटको कारण वैदेशिक रोजगारीको माग कम हुने र त्यसको मारमा नेपालीहरुमा देखिसकिएको उनले बताए।
अन्य देशहरुमा रोजगारीका अवसरहरु खुम्चिँदै जाँदा नेपालीहरुको आकर्षण साउदी अरबमा बढेको थियो। तर पछिल्लो समय साउदीमा आएको आर्थिक संकटसँगै त्यहाँका ठूला निर्माण कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन् भने कतिपय बन्द भइसकेका छन्।
गएको आर्थिक वर्ष मलेसियामा अवसर गुम्नेवित्तिकै साउदीतर्फ नेपालीहरुको संख्या बढेको थियो। अघिल्लो आर्थिक वर्ष २ लाख नेपालीहरु मलेसिया गएकोमा गत आर्थिक वर्ष जम्मा ६० हजार मात्र पुगे।
मलेसियामा ७८ प्रतिशतले कमी आउँदै गर्दा साउदीमा भने बढेको थियो। गत अर्थिक वर्ष मात्र १ लाख ३८ हजार नेपाली कामदार साउदी पुगेका थिए। अघिल्लो आर्थिक वर्ष यो संख्या १ लाखभन्दा कम थियो।
यसरी समस्या आउन लाग्दा पनि सरोकारवाला निकायहरु भने एकआपसमा आरोप प्रत्यारोपमामै व्यस्त छन्। व्यावसायीहरु सरकारले विना तयारी हचुवाको भरमा लागू गरेको फ्रि भिसा फ्रि टिकट नै प्रमुख कारण भएको बताउँछन् भने सरकारलाई त्यसको प्रतिरक्षामा उभिनमै ठिक्क छ।
सरकारले बिना तयारी फ्रि भिसा फ्रि टिकटका नीति ल्याउँदा यो समस्या आएको बताउँछन् नेपाल बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष विमल ढकाल। ‘जसरी एक्कासी नीति आयो यसले नेपाली कामदार महँगा हुन गए’ ढकालले सेतोपाटीसँग भने, ‘उनीहरु त जहाँबाट सस्तो कामदार पाइन्छ त्यहीबाट ल्याउँछन्, हामीभन्दा बंगाली सस्ता भए, उनीहरु त्यतैतिर खोजे।’
सरकारी अधिकारीहरु भने व्यवसायीहरुको आरोप स्वीकार गर्न तयार छैनन्। नीतिभन्दा पनि गन्तव्य मुलुकहरुमा आएको आर्थिक मन्दीको कारण माग नै कम आएको बताउँछन् वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुध्न पुडासैनी।
वैदेशिक रोजगारीमा संख्या बढाउने भन्दा पनि व्यवस्थित मर्यादित र सुरक्षित बनाउनेतिर सरकारको ध्यान रहेको अधिकारीहरु दावी गर्छन्। ‘सरकारको लक्ष्य वैदेशिक रोजगारीलाई व्यवस्थित पार्ने हो’ उनले भने, ‘त्यसैले संख्या कति भयो भनेर हेर्नुभन्दा पनि त्यहाँ सुरक्षाको अवस्था कस्तो छ भनेर हेर्ने हो।’
सरकारले भनेजस्तो न त वैदेशिक रोजगारी मर्यादित बनेको छ न सुरक्षित नै। व्यवसायी तथा सरोकारवालाहरु निशुल्क भिसा र टिकटको नियम स्वागतयोग्य भए पनि प्रक्रिया नपु¥याई, गन्तव्य मुलुकसँग छलफल नगरी लागू गर्दा समस्या सिर्जना भएको बताउँछन्।
सरकारले लोकप्रियताको लागि निर्णय लिँदा अहिले यो हविगत भोग्नु परेको र भविष्यमा झनै खराब अवस्था आउनसक्ने बताउँछन् वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ।
समाधान के त ?
नेपालको अर्थतन्त्रमा मुख्य हिस्सा ओगट्ने रेमिट्यान्स र त्यही रेमिट्यान्स पठाउने बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा निरन्तर ओरालो लाग्नुले नेपालको अर्थतन्त्रमा कुनै बेला ठूलो धक्का लाग्न सक्ने भन्दै तत्काल समाधान मार्ग पहिल्याउनुको बिकल्प नरहेकोमा सबैको जोड छ।
नेपालको अर्थतन्त्रले यस्ता धक्काहरु छोटो समयसम्म थेग्न सकेपनि लामो भएमा गाह्रो पर्ने बताउँदै तत्काल समाधानको लागि पहल थाल्नुपर्ने बताउँछन् अर्थशास्त्री वाग्ले। लाखौँ बेरोजगार थपिँदा देशको आर्थिक सामाजिक संरचना नै कमजोर हुने र त्यसको प्रभाव पनि बहुआयामिक हुने भएकाले यसको समाधानमा संवेदनशील भएर लाग्नुपर्ने उनको सुझाव छ।
समाधान सरकारले नै गर्न सक्ने र गर्नुपर्ने दायित्व भएपनि यसतर्फ कुनै पहल नगरेको बताउँछन् व्यावसायीहरु। केही मन्त्री तथा व्यक्तिहरुको लोकप्रिय आकांक्षाले गर्दा देशले आर्थिक संकट भोग्नुपर्ने अवस्था आएको बताउँछन् बैदेशिक रोजगार व्यावसायी महासंघका अध्यक्ष ढकाल।
‘अन्य मुलुकका सरकार प्रमुख तथा मन्त्रीहरु बारम्बार रोजगारको अवसर सिर्जना गर्न रोजगारदाता देशको प्रमुखसँग छलफल गरी रोजगारीको अवसर सिर्जना गर्ने वातावरण तय गर्ने गरेका छन्’ ढकालले भने, ‘तर हाम्रो देशका मन्त्रीहरु भने व्यक्तिगत स्वार्थका पछि लाग्दा अहिले वैदेशिक रोजगारी धरापमा परेको छ।’
अझै पनि सरकारले नीति निर्माण गर्ने र रोजगारदाता मुुलुकहरुसँग छलफल गरेर सम्झौता गर्ने हो भने समस्या समाधान गर्न सकिने बताउँछन् व्यावसायीहरु। यता सरकारले समस्या समाधानको लागि निरन्तर पहल गरिरहेको बताउँछ।
नयाँ गन्तव्य पहिचान तथा पुराना गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गरी बैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित बनाउनेतिर आफूहरु लागिपरेको बताउँछन् श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु प्रसाद लम्साल।
‘श्रम सम्झौता गर्न तथा गन्तव्य पहिचान गर्नकै लागि भनेर हामीले बहुसरोकारवाला सम्मिलित समिति बनाएका छौँ, त्यसले काम पनि गरिरहेको छ’ लम्सालले भने, ‘यो तुरुन्तै हुने काम पनि होइन।’
प्रतिस्पर्धी मुलुक थपिँदा रोजागरीमा जानेहरुको संख्यामा तत्काल कमी आएपनि दिर्घकालको लागि सही अवसरको रुपमा सावित हुने उनी बताउँछन्।
प्रतिस्पर्धा हुन्छ त्यति नै आफू योग्य हुनुपर्ने दवाव हुने भएकोले सीप, दक्षता तथा लगनशिलतामा खरो उत्रिनुपर्ने धारणा राख्छन् बैदेशिक रोजगार विभागका महानिर्देशक पुडासैनी। ‘प्रतिस्पर्धी थपिँदा संख्या घट्ला त्यो आफ्नो ठाउँमा छ,’ उनले भने,‘तर यसले हामीलाई झन् दक्ष कामदार उत्पादन गर्र्नुपर्ने दायित्व थप्छ अन्ततः हाम्रो मागलाई रिकभर गर्छ।’
रोजगारी गुम्दा अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ?
बैदेशिक रोजगारी गुम्दा नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने बताउँछन् आर्थशास्त्री वाग्ले। विश्व अर्थतन्त्रको ज्ञान भएका, विश्वका विभिन्न मुलुकहरुमा अर्थशास्त्रीकोरुपमा काम गरिसकेका वाग्लेले बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको हिस्सा उपभोग उत्पादनमा बलियोसँग जमेकोले रेमिट्यन्सको प्रवाहमा कमी आउनेवित्तिकै समग्र अर्थतन्त्र सुस्त हुने बताउँछन्। अर्थतन्त्रमा पर्नसक्ने प्रभावलाई उनले यसरी अर्थ्याए:
''अहिलेसम्म भइरहेको हाम्रो आर्थिक बृद्धि सबै रेमिट्यान्सबाट नै भरथेग भइरहेको छ। उपभोग र वृद्धिमा गिरावट आउने निश्चित हुन्छ। त्यही उपभोगमा लगाएको करबाट हाम्रो राजस्व टिकेको हो । अहिले पाँचसय अरबभन्दा बढी राजस्व उठाउने भनिएको छ, त्यस्तै अलिक बदमासीपुर्वक चालुखर्च पनि ६ सय अरबभन्दा बढी राखिएको छ ।
राजस्व ५ सय ६५ अर्ब भनिएको छ। यदि रेमिट्यान्स घट्ने हो भने उपभोग घट्ने, त्यसबाट आयात घट्न गई कर पनि घट्न जान्छ। ५ सय ६५ अर्बको राजस्व लक्ष्य पुरा नहुन सक्छ। यसलगत्तै चालु खर्चमा पनि घाटा बढ्ने देखिन्छ। त्यसबाट विकास निर्माण खर्च बिग्रिन जान्छ। विदेशी अनुदान र ऋणबाट मात्र पुरा गर्नुपर्छ। त्यसैले यसको प्रभाव अर्थतन्त्रमा नराम्रो हुन सक्छ। ''
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकायको निर्वाचन गर्न सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताएका छन्।
नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘सिधाकुरा प्रधानमन्त्रीसँग’मा कुरा गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्दै स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न संविधानप्रति असन्तुष्ट दलहरूसँग छलफल भइरहेको बताए।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार मधेसी, दलित, महिला र मुस्लिम समुदायसहितको समावेशी हुनेसमेत जानकारी दिए।
तराई, हिमाल पहाडलाई आन्तरिक एकतामा एकताबद्ध गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो। पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा भइरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि प्रधानमन्त्री दाहालले बताए।
‘धेरै बोल्नेभन्दा पनि यो काम गर्ने बेला हो, त्यसैले जनतालाई सुशासन दिनेतर्फ सरकार केन्द्रित रहेको छ,’ प्रधानमन्त्री दाहालले भने। रासस
चिकित्सा शिक्षामा व्याप्त भ्रष्टाचार अन्त्य माग गर्दै आठौंपटक अनसन बस्दा डा. गोविन्द केसी र सरकारबीच अनसनको १५ औं दिनमा चार बुँदे सम्झौता भएको थियो। सम्झौता भएपछि १६ औं दिनमा अनसन तोडेको एक महिना बित्न आँटिसक्यो। तर, सरकारले सम्झौता कार्यान्वयन गर्ने छाँटकाँट देखाएको छैन।
सम्झौता कार्यान्वयनको छनक नदेखिएपछि शनिबार डा. केसी दोस्रोपटक सडकमा ओर्लिए। ‘सोलाडिरिटी फर डा. गोविन्द केसी अलायन्स’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासनजिकै गरेको र्यालीमा सयौं संख्यामा मेडिकल शिक्षाका विद्यार्थी, प्राध्यापक, लेखक, समाजशास्त्रीलगायतको उपस्थिति थियो।
अधिकांशको विरोधशैली प्लेकार्ड तथा नारा भए पनि कसैले गीत त कसैले कवितामार्फत् पनि डा. केसीको माग पूरा गर्न तथा सम्झौता कार्यान्वयन गर्न दबाब दिएका थिए।
त्यो भीडमा पाँच युवाको एउटा समूह भने मौन थियो। र, मौन रहँदारहँदै पनि सबैको ध्यान खिच्यो। र्यालीका कारण बालुवाटारको एकतर्फी यातायात मात्र सुचारु सडकमा हल्का ट्राफिक जाम पर्दा पनि मोटरसाइकल सवारहरू सवारी रोकेरै उनीहरूलाई हेर्थे। अन्य सवारी साधनमा यात्रा गर्नेहरूको पनि आँखा ती पाँच युवामा हुन्थे।
ती पाँच युवा हुन्, जसले डा. केसीको अनसनको १४ औं दिनमा माइतीघरदेखि बानेश्वरसम्म आयोजित दसौं हजारको र्यालीमा अर्धनग्न भएर शरीरभरि डा. केसीका माग लेखी करिब तीन घन्टा प्रस्तुति दिएका थिए।
पेन्टिङ, प्रतिस्थापन कला, फोटोग्राफी, पर्फमेन्स आर्टलगायत कलाका माध्यमबाट समाजका जल्दाबल्दा विषयमाथि अभियान चलाउँदै आएको ‘आट्र्री नेपाल’ नामक संस्थाका कलाकारहरू हितमान गुरुङ, सुवास तामाङ, मेख लिम्बू, लवकान्त चौधरी र विकास श्रेष्ठ हुन्।
त्रिपुरेश्वरस्थित आट्र्री नेपालको कार्यालयबाट निस्कँदा उनीहरूको साथमा पाँच वटा कुर्सी थिए, जसलाई घाउमा लगाउने ब्यान्डेजले बाँधिएको थियो।
बालुवाटार प्रधानमन्त्री निवासको गेटअगाडि प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधित क्षेत्रनजिकै र्याली थियो। मिनीट्रकको पछाडि खाली ठाउँमा स्पिकर राखेर भाषणको लागि ठाउँ बनाइएको थियो। काँडेतारले निषेधित क्षेत्रको जनाउ दिन्छ।
ती पाँच युवाले गाडी र काँडेतारको आडैमा सेतो ब्यान्डेजले बेरिएको पाँच कुर्सी राखे। ढाड सिधा पारे। दुबै हातलाई तिघ्राको छेउमा राखे र पालैपालो कुर्सीमा बसे। पाँच जना स्वयंसेवीले सेतो ब्यान्डेज निकाले र टाउकोदेखि खुट्टासम्म बेरे। शरीर सेताम्मे भयो।
यसपछि डा. केसीले सुरूमा एक युवाको टाउकोमा रातो मार्करले केही लेखे। विस्तारै र्यालीमा सहभागीले उनीहरूको शरीरमा लेख्दै गए।
‘हामीले डा. केसीको मागको सुनुवाइ हुनुपर्छ भन्दै बानेश्वरमा यसअघि शरीरमा उहाँले उठाउँदै आएको माग लेखेर प्रस्तुति दिएका थियौं,’ कलाकार हितमान गुरुङले सेतोपाटीसँग भने, ‘त्यसबेला सहभागीसँग हामी जोडिएका थिएनौं। यसपटक भने डा. केसीको मागका लागि मात्र सहभागीलाई खुल्ला छोड्यौं। यो एकखाले अन्तरक्रियात्मक प्रस्तुति हो।’
चर्को घाममा दुई घन्टाभन्दा लामो समय धुमधुम्ती बसेर त्यसो गर्नुको अर्थ के त?
कलाकार गुरुङले उल्टै प्रतिप्रश्न गरे, ‘शिक्षा, स्वास्थ्यजस्तो आधारभूत सेवाका लागि एउटा नागरिक कतिपटक लड्नुपर्ने?’
राजनीतिक तथा सामाजिक क्षेत्रमा ठिक या बेठिक के भइरहेको छ? उनीहरू सचेत छन्। त्यसलाई कलाको माध्यमबाट जनतासम्म पुर्याउनु आफ्नो दायित्व हो भन्ने ठान्छन्।
आठौंपटक अनसन बसेर १५ औं दिनमा सरकार र डा. केसीबीच जुन सम्झौता भयो, त्यो कार्यान्वयन नहुने संकेत देखेपछि उनीहरूलाई चुप बस्न ठिक लागेन। सरकार किन मौन छ? सरकारको यो मौनता देशका लागि घातक हुने उनीहरूको निष्कर्ष थियो। शनिबार बालुवाटारमा र्याली हुने थाहा पाएपछि यी पाँच युवा कलाकारसहित आट्र्रीकी संस्थापकमध्येकी एक शिलाषा राजभण्डारीलगायतको समूहले विरोधको शैलीबारे अवधारणा बनाउन थाल्यो। उनीहरूले सोचे, पहिलेकै प्रस्तुतिकै निरन्तरतास्वरुप ‘मौनताको संस्कृति’कै विरोध आवश्यक छ। किनकि, सरकार मौन छ।
उनीहरूले त्यही खाका कोरे, जुन बालुवाटारमा शनिबार प्रस्तुत गरियो।
‘यो एकदमै दुःखदायी परिस्थिति हो,’ उनले भने, ‘जुन कुरा देशलाई अति आवश्यक छ, त्यो माग राखेर डा. केसी कतिपटक अनसन बस्नुपर्ने? भइसकेको सम्झौता किन कार्यान्वयन हुँदैन? शारीरिक तथा मानसिक दुबै रुपमा जनता एकदमै ‘पेनफुल सिचुएसन’ मा पुगिसकेका छन्।’
पर्फमेन्स आर्टको विशेषता यही हो, हेर्दा सबै दर्शकले उही तरिकाले बुझ्दैनन्। किनकि, यो अमूर्त शैलीको हुन्छ। उनका भकारनाइमा, कलाले प्रस्तुति दिइसकेपछि ‘यसो हो/यसो होइन’ दाबी गर्ने अधिकार पनि रहँदैन।
शनिबार उनीहरूको प्रस्तुति पनि त्यस्तै किसिमको थियो।
‘दर्शकले के बुझ्नुभयो भन्नेले नै अर्थ राख्छ, हामीले यसो गर्यौं भन्नेमा होइन,’ उनले प्रस्तुतिबारे स्पष्ट पारे, ‘हाम्रो अनुहारदेखि सेतो ब्यान्डेज बाँधियो र दुई घन्टापछि खुट्टादेखि खोलियो। मान्छेको चिनारी भनेको अनुहार हो। अनुहारदेखि छोपिँदै जानुको अर्थ अस्तित्व हराउँदै जानु हो। खुट्टासम्म छोपिँदा उसलाई कसैले चिन्दैन। खुट्टादेखि खोल्दै जाँदा उसको अस्तित्व विस्तारै खुल्दै जान्छ। एउटा नागरिकको जायज मागलाई सरकारले बेवास्ता गर्नु भनेको उसको अस्तित्वलाई अस्वीकार गर्नु हो।’
पूरै शरीर ब्यान्डेजले छोपिँदा दुर्घटनाग्रस्त बिरामी वा मृत शरीरजस्तो झल्को दिन्छ। यसको अर्थ यही हो?
सुरूमा त उनी हाँसे।
‘त्यही त, सबैको बुझाइ फरक-फरक हुन पनि सक्छ, एकै हुन पनि सक्छ,’ उनले भने, ‘सबैको बुझाइ एकै त पक्कै नहोला। कतिले सेतो ब्यान्डेजलाई ‘कात्रो’ पनि बुझ्न सक्लान्। या गम्भीर घाइतेलाई बाँधिएको ब्यान्डेज पनि बुझ्न सक्लान्। हामीले भन्दाचाहिँ, यो जीवन र मृत्युबीचको अवस्था हो।’
यसले पनि आधारभूत अधिकार माग गरिरहेका जनताको अवस्थालाई बुझाउँदो रहेछ।
दुई घन्टासम्म एकै आसनमा बस्दा के महसुस भयो त उनीहरूलाई?
उनीहरूलाई लाग्दो रहेछ, डा. केसी आफ्नो ज्यानको पर्वाह नगरी सम्पूर्ण जनताको अधिकारका लागि लडिरहेका छन् भने दुई घन्टा नचली बस्नु जति नै कठोर होस्, त्यति त दायित्व हो। ‘हामीले यति दुःख त खप्नै पर्यो नि,’ हितमानले भने।
त्यो दुई घन्टामा सबैले फरक-फरक महसुस गरे होलान्। चर्को घाम, चिलाउँदा पनि कन्याउन नमिल्ने, शरीर झमझमाउने, एकैछिनमा ठिक हुने, फेरि झमझमाउने, अति दुख्ने, दुख्दादुख्दै कहाँ दुखेको पनि थाहा नहुनेजस्ता संवेदना सबैसँग मिल्ने गुरुङको बुझाइ छ।
‘मलाई चाहिँ के भयो भने मन न हो, अति दुखेपछि बेला-बेला छाडेर हिँडौं कि जस्तो हुन्थो। तर, मनमा मौनताको संस्कृतिजस्तो घातक पक्षको विरोध गर्नैपर्छ भन्ने अठोट बलियो भएर आउँथ्यो। आफ्नो मन र शरीरलाई बुझ्न पाउने अवसर पनि हो यो,’ उनले भने।
एसियाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एसियाली क्रिकेट महासंघ (एसीसी) पुनः ब्युँतिने कुरामा लगभग सहमति बनेको छ। एसियाबाट प्रतिनिधित्व गर्ने राष्ट्रहरूको शनिबार (आज) बिहान श्रीलंकाको राजधानी कोलम्बोमा बसेको अनौपचारिक बैठकले यस्तो निर्णय गर्न लागेको हो।
औपचारिक बैठक आइतबार (आज) बिहान बस्दैछ। यसबाट एसियाको क्रिकेटलाई कुन तरिकाबाट विकास गर्ने भन्ने स्पष्ट हुनेछ।हिजो साँझ ५ बजे श्रीलंकाको राजधानी कोलम्बोमा एसीसीको नयाँ मुख्यालयको उद्घाटन हुने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले मोरङअनलाइनलाई जानकारी दिए। अध्यक्ष चन्द र महासचिव अशोकनाथ प्याकुरेल एसीसीको यही बैठकमा भाग लिन शुक्रबार कोलम्बो पुगेका थिए।
‘अहिले ५ बजे एसीसीको कार्यालयको उद्घाटनमा उपस्थिति हुन हामीलाई निम्तो आएको छ,’ कोलम्बोबाट मोरङअनलाइनलाई जानकारी दिँदै चन्दले भने। अन्तर्राष्ट्रिय क्रिकेटलाई निर्देशित गर्दै आइरहेको अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले विवादास्पद रूपमा गत वर्ष एसीसीलाई विघटन गरेको थियो। त्यसयता एसियाली क्रिकेटलाई निर्देशित गर्ने काम पनि आइसीसीले गर्दै आइरहेको थियो।
आइसीसीको पछिल्लो निर्णयबाट एसीसीको थुप्रै राष्ट्र असन्तुष्ट थिए। यसअघि एसीसीको मुख्यालय मलेसियास्थित क्वालालम्पुरमा थियो। बिहानको बैठकमा एसियाबाट टेष्ट खेल्ने ४ राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशसहित टेष्ट र एकदिवसीय नखेल्ने ९ राष्ट्रका पदाधिकारी उपस्थिति थिए। ‘नेपालबाट प्रतिनिधित्व गर्न हामीलाई उनीहरूले निम्तो पठाएका थिए,’ महासचिव प्याकुरेलले टेलिफोनबाट जानकारी दिए।
नेपाली क्रिकेटमा चलिरहेको विवादका कारण आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई ४ महिनाअघि प्रतिबन्ध लगाएको थियो। गत वर्ष क्यानको निर्वाचनबाट चन्दको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। तर, त्यो कमिटीलाई मान्यता नदिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रमेश सिलवालको नेतृत्वमा अर्को तदर्थ कमिटी गठन गरेपछि नेपाली क्रिकेटमा विवाद सुरु भएको थियो।
आइसीसीले क्यानलाई प्रतिबन्ध लगाएपनि एसीसीले चुनावी प्रक्रियाबाट आएको भन्दै चन्द नेतृत्वको कमिटीका पदाधिकारीलाई बैठकमा निमन्त्रणा दिएको हो। एसीसीको स्थापना १९८३ मा भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल भदौको अन्तिम साता मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री दाहालका विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भदौ अन्तिममा प्रधानमन्त्री दाहालको भारत भ्रमणको व्यवस्था मिलाउने जानकारी गराएकी हुन्।
निधिसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री स्वराजले पहिले नेपालका प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्नेे, त्यसपछि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको औपचारिक भ्रमणमा आउने विषयमा कुराकानी भएको जानकारी निधिका सहयोगी विश्वास विक्रमले सेतोपाटीलाई दिए।
नेपालमा संविधान जारी भएको पहिलो वार्षिक उत्सवको अवसरमा असोज ३ गते विशेष अतिथिका रुपमा भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल ल्याउन सरकारको तर्फबाट निधिले भारतीय सरकारी पक्षसँग कुराकानी गरिरहेका छन्।
यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट राष्ट्रपति मुखर्जीलाई निधिले शुक्रबारै निमन्त्रणा पत्र पनि बुझाएका छन्। राष्ट्रपति मुखर्जीले आफूले विगतमा नेपालको पटक-पटक भ्रमण गरेको र यहाँका राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेको स्मरण गराएका थिए।
स्वराजसँगको भेटवार्तामा भारतीय राष्ट्रपतिको नेपाल भ्रमण पश्चात राष्ट्रपति विद्यादेवी भण्डारी भारतको भ्रमणमा जाने र त्यसपछि प्रधानमन्त्री दाहालको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण आउने विषयमा कुराकानी भएको विश्वासले बताए।
नेपालमा भएको सत्ता परिवर्तनका अतिरिक्त राजनीतिक परिवर्तनमा भारतीय संलग्नता र हस्तक्षेपबारे बाहिर आएका चर्चा परिचर्चामा कुनै सत्यता नभएको भन्दै विदेशमन्त्री स्वराजले यो नेपाली जनता र नेपालका राजनीतिक दलहरुको आन्तरिक मामिला भएको बताएकी थिइन्।
भारतीय विदेशमन्त्री स्वराजलाई भेट्नुपूर्व निधि भारतीय गृहमन्त्री राजनाथ सिंहले दिल्लीस्थित ताजमानसिंह होटलमा आयोजना गरेको दिवा भोजमा सहभागी भएका थिए भने स्वराजसँगको भेटवार्तापश्चात राष्ट्रपति मुखर्जीलाई भेट गर्न राष्ट्रपति भवन गएका थिए।
भारतीय उच्च अधिकारीहरुसँगको भेटवार्ताका क्रममा मन्त्री निधिले संविधान कार्यान्वयनमार्फत मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए।
संविधानका कतिपय विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरमा रहेको मधेसी मोर्चा र तराई मधेससँगै आदिवासी जनजाति लगायतका जनताको माग सम्बोधन गर्न वर्तमान सरकारमा साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको जानकारी निधिले गराएका थिए।
उक्त सहमतिको आधारमा मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार कांग्रेस र माओवादीले संविधानमा आवश्यक संशोधन गरी असन्तुष्ट पक्षको माग सम्बोधन गर्न तयार रहेको भन्दै नेपालमा राजनीतिक स्थिरता र दिगो आर्थिक विकासमा भारतीय समर्थन र सहयोगको आग्रह निधिले गरेका थिए।
जवाफमा गृहमन्त्री सिंह, विदेशमन्त्री स्वराज र राष्ट्रपति मुखर्जीले संविधान कार्यान्वयनमार्फत मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक विकास हासिल गर्ने वर्तमान सरकारले लिएको पहललाई सकारात्मक कदम भन्दै यसका लागि भारतले सँधैं उदार भावनाले सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए।
विदेशमन्त्री स्वराजसँगको भेटवार्ताका क्रममा निधिले नेपालका भूकम्प पीडितहरुको पुनःस्थापना र उनीहरुको आवास निर्माणका लागि सरकारले दिने भनिएको दुई लाख रुपैयाँ अनुदानमा प्रधानमन्त्री दाहालले थप एक लाख रुपैयाँ उपलब्ध गराउन चाहेको जानकारी गराएका थिए।
यसका लागि प्रधानमन्त्री दाहालले भारतीय सहयोगको अपेक्षा गर्दै भारत सरकारसँग कुरा गर्न आफूलाई भनेको जानकारी पनि निधिले गराएका थिए।
भूकम्प पीडितका लागि थप एक लाख रुपैयाँ अनुदान सहयोगको व्यवस्था गर्ने विषयमा प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणका पूर्व तयारीका क्रममा के कति सहयोग गर्न सकिन्छ गृहकार्य गरी जानकारी दिने आश्वासन स्वराजले दिएकी थिइन।
त्यसैगरी निधिले लामो समयदेखि निर्माण कार्यमा प्रगति हुन नसकेको हुलाकी राजमार्गको पहिलो र दास्रो चरणको निर्माण प्रक्रिया अघि बढाउन भारत सरकारसँग आग्रह गरेका थिए।
निधिले पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि गर्न बाँकी रहेको विस्तृत परियोजना सर्वेका लागि भारतीय सहयोगको आग्रह गर्दै तत्काल वीरगञ्ज सिमरा बर्दिवास रेलमार्गको निर्माण कार्यमा सहयोग गर्न पनि आग्रह गरेका थिए।
निधिको आग्रहमा भारतीय विदेश मन्त्री स्वराजले मुजफ्पुर ढल्केबार विद्युत प्रसारण लाइन विस्तारमा के कति सहयोग गर्न सकिन्छ प्रधानमन्त्री दाहालको भ्रमण पूर्व तयारी गर्ने आश्वासन दिएकी थिइन्।
स्वराजसँगको भेटका क्रममा निधिले भारतीय प्रधानमन्त्री मोदीलाई जतिसक्दो चाँडो नेपालका ऐतिहासिक तथा धार्मिक पर्यटनस्थल जनकपुर, काठमाडांै र लुम्बिनीको भ्रमण गर्न प्रधानमन्त्री दाहालले दिएको निमन्त्रण पत्रबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री दाहालको निमन्त्रण पत्र बोकेर दिल्ली पुगेका निधिले भारतीय प्रधानमन्त्री मोदीलाई शनिबार हस्तान्तरण गर्नेछन्।
त्यसअघि भारतीय गृहमन्त्री राजनाथ सिंहसँगको भेटवार्ताका क्रममा निधिले सिंहलाई काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निमन्त्रण दिएका थिए भने जवाफमा आफू चाँडै भ्रमणको तालिका मिलाएर आउन तयार रहेको जवाफ दिएका थिए।
मधेसी मोर्चा लगायतका असन्तुष्ट पक्षको माग सम्बोधनका लागि वर्तमान सत्तासाझेदार दलले लिएको अग्रसरताप्रति खुुसी प्रकट गरेका थिए।
पूर्वप्रधानमन्त्री सुशील कोइराला र नरेन्द्र मोदीबीच भएको सहमति अनुसार नेपाल प्रहरी एकेडमी निर्माण छिटो गर्न चाहेको गृहमन्त्री सिंहले बताएका थिए। जवाफमा निधिले यसका लागि आवश्यक नीति नियम तयारीमा सरकार लागेको जानकारी गराएका थिए।
देशको झण्डा लर्डस्मा फहरिदैँ गर्दा क्रिकेटको महत्व पाठ गर्नेहरु नेपाली क्रिकेट कहाँ पुग्दैछ भन्नेमा सीरियस नभएको बताउँछन् प्रमुख प्रशिक्षक जगत टमाटा। पर्दा पछाडिका यी नायक लामो समयदेखि नेपाली क्रिकटसँग जोडिएका छन्।
मुस्कान र मुम्बैया शैलीको यीनको डायलग साच्चैँ रहरलाग्दो हुने गर्छ नेपाली क्रिकेटमा। साढे दुई दशक नेपाली क्रिकेटमा बिताएका प्रमुख प्रशिक्षक जगत निदरल्यान्डलाई हराउँदा पनि खुसी भने छैनन्। समय र परिस्थितिले गिजोलेको नेपाली क्रिकेटलाई बचाइराख्न यीनले जति सके त्यति गरे। अब केही नगर्ने हो भने क्रिकेटले कोल्टे फेर्नेछ।
'घर बिनाको परिवार जस्तो भएको छ नेपाली क्रिकेट। छत छैन, मुली छैनन्, मात्र छन् भाइ भारदार। तै पनि जोगाएकै छन् घरको शान। तर उनीहरुले कतिन्जेल थाम्ने हुन यो इज्जत र प्रतिष्ठा?' जगतले नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे गहिरो चिन्ता अनि पीडा पोखे।
कहिले अमेरिकालाई हराएर होस् त कहिले निदरल्यान्डलाई, नेपालको झण्डा फहराउने माध्यम बनेको क्रिकेट यतिखेर प्रतिबन्धमा छ आफ्नै किचलो र कलहले।
विश्वकपको बाटोमा अगाडि बढेको नेपाली क्रिकेट यस्तै परिबन्ध र परिवर्तनको रन्कोले पील्सिने गरेको अनुभव बोकेका छन् जगतले। 'यो वर्ष हाम्रो लागि निकै महत्वपुर्ण हो तर......,'भावुक हुँदै जगत भन्छन्। निदरल्यान्ड्समा रहेका जगतले टेलिफोन मार्फत कुराकानीलाई फराकिलो पार्दै भने, 'यस्तै हो भने आगामी दिनमा खेलाडीलाई बाँधिराख्न मुस्किल पर्न सक्छ। करिब दुई वर्ष भो घरेलु क्रिकेट नभएको, कहाँबाट नयाँ खेलाडी आउने? भएका पाका खेलाडीलाई पनि गाँसबासको समस्याले पीरोल्न थालिसकेको छ, कसरी क्रिकेट अगाडि बढ्ला?'
'खेलाडीले मासिक तलब नपाएको छ महिना भैसकेको छ। क्यानको प्रतिबन्धले व्यक्ति हाबी हुने परम्परा सुरु भएको छ,' जगतले दुखेसो पोखे।
'आइसीसीले क्यान नहुँदा भावना जी जस्तो व्यक्ति समातेर काम अगाडि बढाएको छ। संस्थागत निर्णय हुनु पर्ने कयैन विषयह थाती छन्। व्यक्तिले गर्ने निर्णय सबै तर्क संगत र न्यायपूर्ण हुन्छ भन्न सकिदैँन,' जगतले भने।
'व्यक्तिसँग समन्वय गरेर राज्यको क्रिकेट चल्दैन,' जगतले सिधा तर्क गरे।
विश्वकपको बाटोमा अब नेपालले फेब्रुअरीमा केन्यासँग र त्यसपछि यूएइ र हङकङसँग खेल्नुपर्ने छ। तर त्यतिन्जेलसम्म क्रिकेटको गाँठो फुकेन भने अवस्था राम्रो नहुने संकेत गर्छन् जगत। यस्तै अवस्था अर्को एक डेढ वर्ष रहने हो भने नेपाली क्रिकेट ध्वस्त हुनसक्नेमा जगत गम्भिर छन्। निदरल्यान्ड्सँगको दोस्रो खेलमा जितपछि उनले यो भ्रमण सफल ठान्नु पर्ने बताए।
'अहिले वरियतामा अगाडि रहेको र दुईपटक विश्वकप खेलिसकेको टिमसँग बराबरी हुनु राम्रै नतिजा मान्नुपर्छ। अहिलेसम्म नतिजा र प्रयासको खातिर नेपालले ध्यान केन्द्रित गरेको अवस्था हो। यदि भोलि परिणाममा शुन्यता छाउन लाग्यो भने कसैले हामीलाई हेर्ने छैनन,' उनले क्रिकेटको माथिल्लो निकायतर्फ संकेत गर्दै भने।
मुलुकमा देखिएको विवादको समाधान गर्न राज्यस्तरबाटै पहल हुनुपर्ने जगत बताउँछन्। देशको झण्डा फहराउने खेलका रुपमा रहेको क्रिकेट प्रतिबन्धमा रहँदा टुलुटुलु हेरेर बस्नु नहुने उनको भनाइ छ। 'यो संकट मोचनका लागि यथाशिघ्र प्रयास र पहल जरुरी छ। क्रिकेट संघमा बसेका साथीहरुले पनि सकरात्मक सोचका साथ अगाडि आउनुपर्छ। उहाँहरुले सोच्नु पर्ने कुरा हो, क्रिकट नै नरहे हामी कहाँ रहुँला भनेर,' जगतले भने।
यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि उमेर बढाउन गृहकार्य सुरु गरेको छ। सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्नका लागि विभागले गृहकार्य गरी चाँडै सो प्रस्ताव यातायत मन्त्रालयसमक्ष पेश गर्ने जनाएको छ।
विभागले पेश गरेको प्रस्तावमा मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरि मन्त्रिपरिषद् बैठकमा ऐन परिमार्जनका लागि लैजाने छ।
१६ वर्ष उमेरमै लाइसेन्स लिएकाहरुले सवारी चलाउँदा धेरै दुर्घटना भएको, धेरै मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको र चालकहरुलाई सामान्य ट्राफिक ज्ञान नभएका कारण ऐन संशोधन गर्नका लागि आफूहरुले पहल गरिरहेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए।
साना चार पाङग्रे सवारी चलाउनका लागि अब २१ वर्ष तोकिन लागेको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए। अहिले १६ वर्ष उमेर पुगेकाले साना सवारी चलाउन लाइसेन्स लिन सक्ने प्रावधान छ । ठूला सवारी साधनको लाइसेन्स लिनका लागि २५ वर्ष उमेर पुग्नुपर्ने विभागले जनाएको छ।
अहिले ,१८ वर्षकाले चार पांग्रे तथा २१ वर्ष उमेरकाले कुनै पनि प्रकारको सवारी साधन चलाउन सक्छन्। परिमार्जनका गर्न लागिएको ऐनमा १० कक्षा पास नभएकाले लाइसेन्स लिन पाउने छैनन् ।
सवारी सम्बन्धि र ट्राफिक सम्बन्धि ज्ञान लिनका लागि लाइसेन्स लिन लागेको व्यक्ति अक्षर बुझ्न सक्ने हुनुपर्ने भन्दै विभागले लाइसेन्स लिनका लागि शैक्षिक योग्यता पनि तोक्न लागेको हो । साथै विभागले लाइसेन्समा उमेर बढाउनुको साथै जरिवाना पनि बढाउने गरी ऐन संशोधन गर्न लागिएको जनाएको छ।
थुप्रै देशमा फिल्मको ग्रेडिङ गरेर ब्लु फिल्मलाई पनि मान्यता दिई निश्चित स्थान वा हलहरुमा निश्चित उमेर समूहले मात्र हेर्न पाउने गरी प्रदर्शन गर्ने गरिन्छ ।
नेपालमा ब्लु फिल्म नै भनेर नबनाएपनि अश्लील दृश्यहरुले भरिएका फिल्महरु भने लगातार बनिरहेका छन् । नेपाली फिल्म क्षेत्रमा विवादास्पद रुपमा आइरहेका यस्ता फिल्महरुले फिल्म क्षेत्रलाई झनै धरासायी बनाउँदै लगेको धेरैको आरोप तथा दावी पनि छ ।
अहिले यस्ता खालका फिल्महरु खेलेर नायिकाका रुपमा प्रस्तुत भएका पनि धेरै छन् । हट सिन, बेड सिन लिएर सनसनी र उत्तेजना फैलाउन केही नयाँ नामका नायिकाहरु अगाडि आइरहेका छन् । विशेषगरी मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकाहरु यसरी अश्लील दृश्य दिन तम्सिने गर्दछन् पछिल्लो समयमा निश्चित रकमको माग गरी यस्ता दृश्य दिन तयार युवतीहरु भेटिन्छन् नै । यति रकम पाए यस्तो भिडियोको दृश्य दिन्छु भन्नेहरु पनि छन् । यसै प्रसंगमा मोडल सिर्जना थापाले पनि भनेजस्तो रकम पाए ब्लु फिल्म खेल्न पनि आफू तयार रहेको अन्तर्वार्ता नेपाल सन्देश डट कमलाई दिएकी छिन् ।
अन्तर्वार्ताका क्रममा उनले ८० लाख रुपैयाँ पारिश्रमिक दिए जस्तोसुकै भनेजस्तै दृश्य दिन आफू तयार रहेको बताइन् । म्यूजिक भिडियोहरुसँगै केही फिल्म समेत खेलेकी सिर्जना ब्लु फिल्मका लागि खुल्न चाहेकी हुन् ।
नेपालमा ब्लु फिल्म नै भनेर नबनाएपनि अश्लील दृश्यहरुले भरिएका फिल्महरु भने लगातार बनिरहेका छन् । नेपाली फिल्म क्षेत्रमा विवादास्पद रुपमा आइरहेका यस्ता फिल्महरुले फिल्म क्षेत्रलाई झनै धरासायी बनाउँदै लगेको धेरैको आरोप तथा दावी पनि छ ।
अहिले यस्ता खालका फिल्महरु खेलेर नायिकाका रुपमा प्रस्तुत भएका पनि धेरै छन् । हट सिन, बेड सिन लिएर सनसनी र उत्तेजना फैलाउन केही नयाँ नामका नायिकाहरु अगाडि आइरहेका छन् । विशेषगरी मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकाहरु यसरी अश्लील दृश्य दिन तम्सिने गर्दछन् पछिल्लो समयमा निश्चित रकमको माग गरी यस्ता दृश्य दिन तयार युवतीहरु भेटिन्छन् नै । यति रकम पाए यस्तो भिडियोको दृश्य दिन्छु भन्नेहरु पनि छन् । यसै प्रसंगमा मोडल सिर्जना थापाले पनि भनेजस्तो रकम पाए ब्लु फिल्म खेल्न पनि आफू तयार रहेको अन्तर्वार्ता नेपाल सन्देश डट कमलाई दिएकी छिन् ।
अन्तर्वार्ताका क्रममा उनले ८० लाख रुपैयाँ पारिश्रमिक दिए जस्तोसुकै भनेजस्तै दृश्य दिन आफू तयार रहेको बताइन् । म्यूजिक भिडियोहरुसँगै केही फिल्म समेत खेलेकी सिर्जना ब्लु फिल्मका लागि खुल्न चाहेकी हुन् ।
सेक्सका बारेमा अनौठा कुराहरु दिन प्रति दिन सार्वजनिक भइरहेको हुन्छन् । युवा र तन्नेरीको सेक्सका कारण सुत्न नसकेको र उनीहरुलाई सेक्ससोमनिया रोग लाग्ने गरेको देखिएको एक अध्ययनले जनाएको छ । अध्ययनले वयस्कहरुको निन्द्रालाई प्रभावित पार्ने प्रमुख कुरा सेक्स जनाएको छ । यसलाई ‘स्लिप सेक्स’ भनिन्छ । जसलाई सेक्ससोमनिया पनि भनिन्छ । यो रोग लागेपछि मानिसले निन्द्रामै पनि सेक्स गर्दछ । उसले सुतिरहेको अचेत अवस्थामा पनि सेक्स सम्वन्धि क्रियाकलाप गर्दछ । ‘स्लिप सेक्स’ रोग लागेका मानिसले सँगै सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स सम्वन्ध राख्न सक्ने भएकाले सेक्स सम्वन्धी दुर्घटना जस्तै बलात्कार, दुर्व्यवहार समेत हुन सक्ने अध्ययनकर्ताले बताएका छन् । यसले पार्किनसन, डिमेन्टिया, न्याक्रोलेप्सी देखी ब्रेन ट्युमरसम्म अवस्थामा पुर्याउने खतरा समेत रहेको हुन्छ । जसका कारण यो रोग लागेको शंका हुनासाथ डाक्टरहरुकहा पुग्नुपर्ने विज्ञले औल्याएका छ ।।
चर्चित नायिका रेखा थापाले आफू विवाह गर्ने तयारीमा जुटेको खुृलासा गरेकीछिन् । आईतबार रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा बोल्दै नायिका थापाले भनिन्,‘हो, म विवाह गर्ने तयारीमा जुटेको छु, मैले अहिले आएर बुझेको छ कि जीवन के हो भनेर? त्यसैले म विवाह गर्ने निर्णयमा पुगें ।’ नेपाली माटो बुझेको हुनुपर्छ यद्धपी नायिका थापाले आफूले विवाह गर्ने केटा नेपाली
माटोलाई बुझेको हुुनुपर्ने तर्क गरेकीछिन् । उनले अघि थपिन्,‘म सँग विवाह गर्ने केटा स्वदेशमै बस्नुपर्छ, मेरो कामलाई बुझेको हुनुपर्छ, मलाई हरतरा प्रोत्साहन गर्ने खालको हुनुपर्छ ।’ थापाले अहिलेसम्म मनले खाएको केटा फेला नपरेको समेत गुनासो पोखिन् । तपाईलाई मन पराउनेको पनि कमि होला र यो देशमा भन्ने प्रश्नमा उनले भनिन्,‘मलाई मन पराउनेहरु प्रशस्तै छन्, तर मैले चाहीँ मलाई मनपर्ने उपयुक्त केटा भेटेकी छैन, सक्नुहुन्छ भने तपाई पनि खोजिदिनुहोस न ऋषिजी ।’ पहिला र अहिलेको प्रचण्डमा आकाश जमिन फरक फरक प्रसँगमा थापाले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठूलो फ्यान रहेको उल्लेख गरिन् । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि आफुले दाहाललाई बधाई दिएको समेत उनले प्रस्ट्याईन् । पहिला र अहिलेको प्रचण्डमा आकाश र जमिनको फरक रहेको उनको तर्क छ । उनले अघि थपिन्,‘प्रचण्ड भनेको जनतालाई माया गर्ने अनि महिलालाई सम्मान गर्ने नेता हो, उहाँले सबैलाई सम्मान गर्नुहुन्छ ।’ त्यतिमात्रै होईन, उनले प्रचण्डलाई डायनामिक लिडरको रुपमा समेत चित्रण गरिन् । ९ वर्षअघि प्रधानमन्त्री बन्दाका प्रचण्ड र अहिलेको प्रचण्डमा धेरै फरक रहेको उनले दाबी गरिन् । प्रचण्डलाई सबैले सहयोग गर्नुपर्छ नायिका थापाले अहिले प्रधानमन्त्री प्रचण्डलाई सबैले साथ र सहयोग गर्नुपर्ने वेला आएको तर्क गरिन् । उनले अघि थपिन्,‘उहाँलाई सबैको साथ र सहयोगको खाँचो छ, ओलीजीले पनि उहाँलाई सहयोग गर्नुपर्छ ।’ तत्कालिन माओवादीले गरेको सशस्त्र द्धन्द्ध सही थियो भन्ने उनको दाबी समेत छ । थापाले भनिन्,‘माओवादी द्धन्द्धकै कारण आज समाज रुपान्तरण भएको हो, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र मुलुकमा आएको हो नि ।’ थापाले विगतमा विभिन्न कारणले गर्दा पार्टीमा सक्रिय हुन नसकेको भएपनि अब चाहीँ आफू माओवादी केन्द्रमा सक्रिय हुने जनाईन् । माओवादीसँग आईडलोजी मिल्ने भएर नै आफू माओवादी पार्टीमा आवद्ध भएको थापाको तर्क थियो । उनले भनिन्,‘म सानैदेखि विद्रोही स्वभावको मान्छे हुँ, चलचित्रमा पनि मैले विद्रोही भूमिका निर्वाह गरेकी छु ।’ अब चुनाव लड्छु थापाले आफू अब छिट्टै चुनाव लड्ने समेत घोषणा गरिन् । उनले अहिले माओवादी विचारधाराबाट राजनीति गरिरहेकोले निश्चिित रुपमा आफू माओवादी केन्द्रबाटै चुनाव लड्ने दाबी गरिन् । उनले थपिन्,‘अहिलेदेखि नै मैले त्यसको लागि आधार तयार गरिरहेकी छु, सम्भवतः म अब हुने चुनाव लड्छु ।’ मुलुकको विकास गर्ने अभियानमा आफू लागिपर्ने समेत उनले बताईन् । उनले अघि थपिन्,‘यो देश बनाउने जिम्मेवारी र दायित्व हाम्रो पनि हो ।’ विलासिताको जीवन जिउने आफ्नो कुनै चाहना नभएको थापाको तर्क थियो । उनले थपिन्,‘मलाई हाईफाई अनि लक्जरीयस लाईफ मनपर्दैन् ।’ राजनीतिको अलवा आफू समाजसेवामा व्यस्त रहने थापाले जनाईन् । बिजनेसमा नो ईन्ट्रष्ट बिजनेस गर्नुहुन्न भन्ने धमलाको प्रश्नमा उनले भनिन्,‘मेरो त्यसमा कुनै ईन्टरेष्ट छैन, म अब राजनीतिबाटै अघि बढ्छु, यो देश, यो माटोको सेवामा लाग्छु ।’ प्रधानमन्त्री बन्न सक्छु आफू प्रधानमन्त्री बन्ने लक्ष्यका साथ राजनीतिमा होमिएको समेत उनको दाबी छ । उनले भनिन्,‘म नीति निर्माण गर्ने ठाउँमा मात्रै पुग्ने चाहना राख्दिन, म त मुलुकको नेतृत्व गर्न चाहना राख्छु ।’ उनले प्रश्न गरिन्,‘वी वुमन आर अल्सो क्यापेवल, हामी महिला पनि प्रधानमन्त्री बन्न सक्छौं नि ।’
माटोलाई बुझेको हुुनुपर्ने तर्क गरेकीछिन् । उनले अघि थपिन्,‘म सँग विवाह गर्ने केटा स्वदेशमै बस्नुपर्छ, मेरो कामलाई बुझेको हुनुपर्छ, मलाई हरतरा प्रोत्साहन गर्ने खालको हुनुपर्छ ।’ थापाले अहिलेसम्म मनले खाएको केटा फेला नपरेको समेत गुनासो पोखिन् । तपाईलाई मन पराउनेको पनि कमि होला र यो देशमा भन्ने प्रश्नमा उनले भनिन्,‘मलाई मन पराउनेहरु प्रशस्तै छन्, तर मैले चाहीँ मलाई मनपर्ने उपयुक्त केटा भेटेकी छैन, सक्नुहुन्छ भने तपाई पनि खोजिदिनुहोस न ऋषिजी ।’ पहिला र अहिलेको प्रचण्डमा आकाश जमिन फरक फरक प्रसँगमा थापाले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठूलो फ्यान रहेको उल्लेख गरिन् । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि आफुले दाहाललाई बधाई दिएको समेत उनले प्रस्ट्याईन् । पहिला र अहिलेको प्रचण्डमा आकाश र जमिनको फरक रहेको उनको तर्क छ । उनले अघि थपिन्,‘प्रचण्ड भनेको जनतालाई माया गर्ने अनि महिलालाई सम्मान गर्ने नेता हो, उहाँले सबैलाई सम्मान गर्नुहुन्छ ।’ त्यतिमात्रै होईन, उनले प्रचण्डलाई डायनामिक लिडरको रुपमा समेत चित्रण गरिन् । ९ वर्षअघि प्रधानमन्त्री बन्दाका प्रचण्ड र अहिलेको प्रचण्डमा धेरै फरक रहेको उनले दाबी गरिन् । प्रचण्डलाई सबैले सहयोग गर्नुपर्छ नायिका थापाले अहिले प्रधानमन्त्री प्रचण्डलाई सबैले साथ र सहयोग गर्नुपर्ने वेला आएको तर्क गरिन् । उनले अघि थपिन्,‘उहाँलाई सबैको साथ र सहयोगको खाँचो छ, ओलीजीले पनि उहाँलाई सहयोग गर्नुपर्छ ।’ तत्कालिन माओवादीले गरेको सशस्त्र द्धन्द्ध सही थियो भन्ने उनको दाबी समेत छ । थापाले भनिन्,‘माओवादी द्धन्द्धकै कारण आज समाज रुपान्तरण भएको हो, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र मुलुकमा आएको हो नि ।’ थापाले विगतमा विभिन्न कारणले गर्दा पार्टीमा सक्रिय हुन नसकेको भएपनि अब चाहीँ आफू माओवादी केन्द्रमा सक्रिय हुने जनाईन् । माओवादीसँग आईडलोजी मिल्ने भएर नै आफू माओवादी पार्टीमा आवद्ध भएको थापाको तर्क थियो । उनले भनिन्,‘म सानैदेखि विद्रोही स्वभावको मान्छे हुँ, चलचित्रमा पनि मैले विद्रोही भूमिका निर्वाह गरेकी छु ।’ अब चुनाव लड्छु थापाले आफू अब छिट्टै चुनाव लड्ने समेत घोषणा गरिन् । उनले अहिले माओवादी विचारधाराबाट राजनीति गरिरहेकोले निश्चिित रुपमा आफू माओवादी केन्द्रबाटै चुनाव लड्ने दाबी गरिन् । उनले थपिन्,‘अहिलेदेखि नै मैले त्यसको लागि आधार तयार गरिरहेकी छु, सम्भवतः म अब हुने चुनाव लड्छु ।’ मुलुकको विकास गर्ने अभियानमा आफू लागिपर्ने समेत उनले बताईन् । उनले अघि थपिन्,‘यो देश बनाउने जिम्मेवारी र दायित्व हाम्रो पनि हो ।’ विलासिताको जीवन जिउने आफ्नो कुनै चाहना नभएको थापाको तर्क थियो । उनले थपिन्,‘मलाई हाईफाई अनि लक्जरीयस लाईफ मनपर्दैन् ।’ राजनीतिको अलवा आफू समाजसेवामा व्यस्त रहने थापाले जनाईन् । बिजनेसमा नो ईन्ट्रष्ट बिजनेस गर्नुहुन्न भन्ने धमलाको प्रश्नमा उनले भनिन्,‘मेरो त्यसमा कुनै ईन्टरेष्ट छैन, म अब राजनीतिबाटै अघि बढ्छु, यो देश, यो माटोको सेवामा लाग्छु ।’ प्रधानमन्त्री बन्न सक्छु आफू प्रधानमन्त्री बन्ने लक्ष्यका साथ राजनीतिमा होमिएको समेत उनको दाबी छ । उनले भनिन्,‘म नीति निर्माण गर्ने ठाउँमा मात्रै पुग्ने चाहना राख्दिन, म त मुलुकको नेतृत्व गर्न चाहना राख्छु ।’ उनले प्रश्न गरिन्,‘वी वुमन आर अल्सो क्यापेवल, हामी महिला पनि प्रधानमन्त्री बन्न सक्छौं नि ।’
विशेष सम्बाददाता -काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले अाज राजिनामाको घोषणा गरेका छन।यससँगै सरकार गठनको यति छोटो समयमा राजिनामा गर्ने नेपालको पहिलो र संसारकै दोस्रो प्रधानमन्त्री बनेका छन ।
बिशेष सम्बाददाता सुरेश मिश्र
अाफ्नो सरकारबाट बिशेष दुतको रुपमा हिजो भारत पुगेका गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय दबाब झेल्न गार्हो परेको भन्दै आज दिउँसो नै प्रधानमन्त्रीलाई जानकारि गराएका थिए त्यसयता दिउँसोभरी तनाबमा रहेका प्रधानमन्त्रीले एक्कासि राजिनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको र काठमाडौंमा सुरक्षा खतरालाई ध्यानमा राखि प्रहरी परिचालन गरिएको प्रमका स्वकीय सचिब प्रकाश दाहललाई उधृत गर्दै गृहमन्त्रालयले जनाएको छ।
यससँगै अाज नेपालमा सार्वजनिक बिदा परेकाले अाईतबार सबेरै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सपथ खुवाउने सम्मको गोप्य भारतिय योजनाको प्रमाण स्वतन्त्रखबरले प्राप्त गरेको छ यसलाई राजनितीक वृतमा नेपालकै इतिहासमा पहिलोपटक यसरी खुलेअाम भारतिय हस्तक्षेपको रुपमा लिँदै विरोध जनाउन थालिएको छ।
त्यसपश्चात स्वतस्फूर्त रुपमा जनता सडकमा उर्लिएका छन।यस अपुष्ठ समाचारबारे काठमाँडौमा रहनुभएका बिशेष सम्बाददाता सुरेश मिश्रलाई सोध्दा काठमाडौंमा गाईजात्रा मनाउन सर्वसाधारण सडकमा अाएको साँचो र समाचार “गाइजात्रा बिशेष हाँसिमजाक” भएकाले कसैको जिबनसंग मेल खान गएमा संयोगमात्र हुने बताउनुभयो । स्वतन्त्रखबर बाट
बिशेष सम्बाददाता सुरेश मिश्र
अाफ्नो सरकारबाट बिशेष दुतको रुपमा हिजो भारत पुगेका गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय दबाब झेल्न गार्हो परेको भन्दै आज दिउँसो नै प्रधानमन्त्रीलाई जानकारि गराएका थिए त्यसयता दिउँसोभरी तनाबमा रहेका प्रधानमन्त्रीले एक्कासि राजिनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको र काठमाडौंमा सुरक्षा खतरालाई ध्यानमा राखि प्रहरी परिचालन गरिएको प्रमका स्वकीय सचिब प्रकाश दाहललाई उधृत गर्दै गृहमन्त्रालयले जनाएको छ।
यससँगै अाज नेपालमा सार्वजनिक बिदा परेकाले अाईतबार सबेरै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सपथ खुवाउने सम्मको गोप्य भारतिय योजनाको प्रमाण स्वतन्त्रखबरले प्राप्त गरेको छ यसलाई राजनितीक वृतमा नेपालकै इतिहासमा पहिलोपटक यसरी खुलेअाम भारतिय हस्तक्षेपको रुपमा लिँदै विरोध जनाउन थालिएको छ।
त्यसपश्चात स्वतस्फूर्त रुपमा जनता सडकमा उर्लिएका छन।यस अपुष्ठ समाचारबारे काठमाँडौमा रहनुभएका बिशेष सम्बाददाता सुरेश मिश्रलाई सोध्दा काठमाडौंमा गाईजात्रा मनाउन सर्वसाधारण सडकमा अाएको साँचो र समाचार “गाइजात्रा बिशेष हाँसिमजाक” भएकाले कसैको जिबनसंग मेल खान गएमा संयोगमात्र हुने बताउनुभयो । स्वतन्त्रखबर बाट
रियो ओलम्पिकमा स्वर्ण जितेका अमेरिकी पौडीबाजहरु ब्राजिलमा लुटिएको खबरले केही समय पहिले निकै चर्चा पायो । रायन लोच्टे र जेमी फाइगनले भनेका थिए कि बन्दुक देखाएर लुटियो ।
तर, उनीहरुको यो झुट धेरै दिन टिक्न सकेन । सीसीटीभी फुटेजले उनीहरुको दाबीलाई गलत सावित गरिदियो ।
लोच्टे सोेमबार अमेरिकी फर्किए । गुनार बेन्टज र ज्याक कोन्गेर अमेरिका उड्ने तयारीमा रहेका बेला रियोमा रोकिए । पछि उनीहरुलाई जान दिइयो ।
तर, लुटिएको उनीहरुको दाबी गलत सावित भएपछि अमेरिकाको ओलम्पिक कमिटीले माफी मागेको छ ।
आफ्ना पौडीबाजको ‘अस्वीकार्य व्यवहार’का लागि उसले माफी मागेको हो । र, उसले खेलाडीहरुको व्यवहार अमेरिकी ओलम्पिक टिमको मूल्य विपरित भएको बताएको छ ।
रियोमा पुलिसले अहिलेसम्मा तीन स्वर्ण पदक विजेता पौडीबाजसँग सोधपुछ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरु पीडित होइनन र उनीहरुसँग केही गलत भएको छैन ।
रियो प्रहरी प्रमुखले भनेका छन्, चारै पौडीबाज मध्ये कसैसँग पनि कुनै अपि्रय पा लुट जस्तो घटना भएको छैन ।’
उनका अनुसार उनीहरु मध्ये एक वा दुईले पेट्रोल स्टेशनको शौचालयमा तोडफोड गरेको र सुरक्षा गार्डले हस्तक्षेप गरेपछि जरिवाना तिराइएको थियो । यति मात्र होइन, आपत्तिजनक व्यवहार देखाएपछि नियन्त्रणमा लिन सुरक्षागार्डले बन्दुक ताक्नु परेको थियो ।
सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको हो । हर्कबहादुरकी श्रीमती ८० वर्षीया ठूलीमायाँ तामाङ गम्भीर घाइते भएकी छिन् ।
उनको उपचारका लागि घटनास्थलबाट बोकेर अस्पतालतर्फ ल्याइएको छ । घटनास्थल पृथ्वीराजमार्गको आदमघाटबाट पाँच घन्टाको पैदल दूरीमा पर्ने भएकाले बिहीबार राति मात्र अस्पताल पुर्याइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
हर्कबहादुरको किन र कसले हत्या गरेको हो भन्ने अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
कहिलेकाहीँ हामीले अरु कसैको स्मार्टफोन वा ट्याबलेटमा आफ्नो जिमेल अकाउन्ट लगइन गरेका हुन्छौँ ।
कहिलेकाहीँ साइबर क्याफेमा गएर समेत लगइन गरिन्छ र लगआउन गर्न भुलिएको हुन्छ । यसरी आफ्नो अकाउन्ट लगआउट गर्न बिर्सनु खतरनाक हुन्छ किनकी कसैले तपाइँको अकाउन्ट खोल्न सक्छ र तपाइँका महत्वपूर्ण जानकारी प्राप्त गर्नसक्छ ।
यस्तोमा जुन ठाउँमा गएर आफ्नो जिमेल अकाउन्ट लगइन गरेको हो सोही ठाउँमा पुनः गएर लगआउट गर्न कहिलेकाहीँ असम्भव पनि हुनसक्छ । तर चिन्ता नगर्नुस् तपाइँले कुनैपनि ठाउँमा लगइन गरेको आफ्नो जिमेल अकाउन्ट घरमै बसेर लगआउट गर्न सक्नुहुन्छ ।
यसका लागि आफ्नै घरको कुनै ल्यापटप वा डेस्कटप कम्पइुटरमा आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस् ।
जुन पेज आउनेछ त्यसमा स्क्रल गरी पेजको सबैभन्दा तल जानुहोस् । त्यहाँ दायाँतर्फ तपाइँले एउटा जानकारी देख्न सक्नुहुन्छ जहाँ अन्तिम पटक तपाइँले कहाँ आफ्नो इमेल अकाउन्ट लगइन गर्नुभएको थियो भन्ने देखाउँदछ ।
त्यसका साथै तपाइँले उक्त ठाउँमा आफ्नो अकाउन्ट लगआउट गर्नुभयो की भएन भन्ने पनि जानकारी दिइएको हुन्छ । त्यहीँ साइन आउट अफ अल सेसन नामक अप्सन हुन्छ । सोही अप्सनमा क्लिक गर्नुभयो भने तपाइँले जहाँसुकै लगइन गरेर साइन आउट गर्न बिर्सिएको आफ्नो जिमेल अकाउन्ट साइन आउट हुन्छ । र, तपाइँले ढुक्कको सास फेर्न पाउनुहुनेछ ।
भदौ, काठमाडौं । एमालेसँग सहकार्य तोडेर कांग्रेसको साथमा प्रधानमन्त्री बनेका प्रचण्ड र सत्ता खुस्किएपछि फुर्सद मनाइरहेका केपी शर्मा ओली एउटै मञ्चमा भेट भए भने के गर्लान् ? कतै भाषण गर्दा प्रायः एक-अर्काप्रति तुष पोख्ने दुवै नेताले आमने-सामने हुँदा घोचपेचको कस्तो शैली अपनाउलान् ?
प्रज्ञा भवन कमलादीमा आजबाट सुरु हुने ‘तीते-जिरे गाईजात्रा’ मा प्रचण्ड र ओलीबीचको दोहोरीमा यसको झल्को मिल्नेछ ।
प्रचण्ड भन्छन् –
तिमीभन्दा देउवा नै जाती हो
एमाले भन्या ढुलमुले पार्टी हो
हाम्रो सम्बन्ध चेट भयो
सहकार्यमा देउवासँग भेट भयो ।
तिमीभन्दा देउवा नै जाती हो
एमाले भन्या ढुलमुले पार्टी हो
हाम्रो सम्बन्ध चेट भयो
सहकार्यमा देउवासँग भेट भयो ।
ओली जवाफ फर्काउँछन् –
कांग्रेससँग सत्ता किन चाख्या छौ
रिमोर्ट कन्ट्रोल दिल्लीमा राख्या छौ
मोदीसँग भेट भयो
त्यही भएर मेरो कुर्सी चेट भयो ।
कांग्रेससँग सत्ता किन चाख्या छौ
रिमोर्ट कन्ट्रोल दिल्लीमा राख्या छौ
मोदीसँग भेट भयो
त्यही भएर मेरो कुर्सी चेट भयो ।
हास्य कलाकार दीपकराज गिरीको ‘तीतो सत्य’ समूहले प्रचण्ड-ओली दोहोरी पस्किनेछ । दोहोरी गायनमा दीपकराजसँगै दीपाश्री निरौला, रवि डंगोल (बेमान), पूर्ण थापा सुब्बा, आरपी भट्टराई (लाजालाम) लगायत अन्य कलाकारको पनि साथ रहनेछ ।
आधा घन्टाको प्रस्तुतिमा ओलीको सत्ता खुस्किँदाको तनाव र प्रचण्डको नयाँ सहकार्यको उत्साह छल्किने दीपकले जानकारी दिए ।
काठमाडौं । मादकपदार्थ सेवन गरी होहल्ला गरेपछि गायक अनिल सिंह पक्राउ परेका छन् । मंगलवार बेलुका आफ्नै घरमा बोलाएका पाहुनासँग झगडा गरेपछि घरकै मान्छेले गायक सिंहलाई प्रहरीको जिम्मा लगाएका थिए ।
गायक सिंहलाई मंगलबार राति १० बजे महानगरीय वृत्त कमलपोखरीले डिल्लीबजारबाट पक्राउ गरेको थियो । अत्यधिक मादकपदार्थ सेवन गरेका सिंहले प्रहरि हिरासतमा पुगेपछि ‘एक पटकलाई गल्ति भो अब गल्ति गर्दिन’ भनेपछि बुधावार बिहान हिरासतमुक्त भएका थिए ।
वृत्तका प्रहरी सहायक निरीक्षक (असई) राजेन्ऽ कुमालले उनलाई मंगलबार रातभर कमलपोखरी वृत्तले नियन्त्रणमा लिएको बताए । ‘अलिन सिंहले माफी मागेपछि बुधबार बिहान परिवारको जिम्मा लगायौ’ वृत्तका प्रमुख डीएसपी माधव थापाले जानकारी दिए ।
इन्जिन गाडीमा, आई लभ यु… लगायत उनका दर्जनौ गीत चर्चित छन् । तर, पछिल्लो समय उनी चर्चा विमुख छन् ।
भनिन्छ प्रेम अनमोल हुन्छ । तर सोही प्रेमको अनुभुति गर्नका लागि मानिसहरुले यो ठाउँमा भने २० करोड रुपैयाँ सम्म मूल्य चुकाउनुपर्छ ।
दीलको कुरा गर्नका लागि पनि यति धेरै मूल्य तिर्नुपर्ने यो दुनियामा कहीँ कुनै ठाउँ होला र ? भन्नुहोला । तर यो दुनियामा असम्भव भन्ने कुरा केही छैन । धर्तीमा यस्तो ठाउँ पनि छ जहाँ गएर तपाइँले आफ्नो प्रेमिकालाई प्रपोज गर्न चाहनुहुन्छ भने झण्डै २० करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।
हो, सिंगापुरको सी ला वी रेष्टुरेन्ट दुनियाको सबैभन्दा महंगो डेटिंग रेष्टुरेन्ट हो । यहाँ आफ्नो पार्टनरलाई डेटिंगमा लिएर जानका लागि २० लाख डलरसम्म तिर्नुपर्दछ । यति महंगो मूल्य तिरिसकेपछि तपाइँ आफ्नो पार्टनरसँग त्यहाँ ८ घण्टा सम्म बस्न पाउनुहुनेछ ।
सिंगापुरको सी ला वी तथा वल्र्ड अफ डायमण्ड ग्रुपले यो रेष्टुरेन्ट बनाएको हो । यो रेष्टुरेन्टले सेवा दिन थालेको १५ वर्ष भयो । यो विश्वकै धनाढ्यहरुको चर्चित डेटिंग स्पट बन्न सफल भएको छ । यहाँ आउने जोडीहरुले फरक फरक तरिकाले आफ्नो प्रेमी प्रेमिकालाई प्रेमको प्रस्ताव राख्दछन् । यो रेष्टुरेन्टको माहोल निकै रोमान्टिक बनाइएको छ ।
यो रेष्टुरेन्ट जमिनबाट १५० फुटको उचाइमा बनाइउको छ । यसमा बसिसकेपछि जो कसैलाई पनि आफु आकाशमै बसेको भान हुन्छ । अलग अलग क्युबिकलको माथि मुटु आकारको छतले यसको सुन्दरता झनै बढाएको छ ।
रेष्टुरेन्टले त्यहाँ आउने जोडीहरुका लागि प्रेम प्रस्तावको विशेष व्यवस्था गरिदिएको हुन्छ । पाहुनालाई एक प्लेट सजाइएको आइसक्रिम दिइन्छ र उक्त आइसक्रिम खानका लागि सुनको चम्चा पनि दिइन्छ । त्यसका साथै आइसक्रिममै आफ्नो पार्टनरलाई लगाइदिनका लागि हिराको औँठी पनि दिइएको हुन्छ ।