आश्विन ८, २०७३ नेपाल पञ्चांग निर्णायक समितिले यो वर्षको दशैें टीकाको उत्तम साइत आगामी असोज २५ गते मंगलवार बिहान पौने नौं बजे रहेको जनाएको छ । नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले टीकाको उत्तम साइत ८ बजेर ४५ मिनेटमा रहेको जानकारी दिनुभयो । उत्तम साइत पौने ९ बजे भएपनि विजयादशमीका दिन दिनभरी नै टीका लगाउन र आर्शिवाद ग्रहण गर्न सकिने समितिले जनाएको छ । सोही दिन बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजन गरेपछि टीकाको साइत हुने उहाँले बताउनुभयो । यस्तै घटस्थापनाका लागि १५ गते शनिवार बिहान ८ बजेर ३५ मिनेटमा रहेको जानकारी दिदै गौतमले असोज १६ गते बिहान ८ बजेर ३७ मिनेटमा नेपाली सेनाका लागि झण्डा परिवर्तन गर्ने साइत रहेको बताउनुभयो । फूलपातीका लागि भने २२ गते बिहान ७ बजेर २९ मिनेटमा उत्तम साइत रहेको निर्णायक समितिको भनाईछ ।
सोल–दक्षिण कोरियाका रक्षमन्त्री हान मिन कूले सोलसँग उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको हत्याको गोप्य योजना रहेको बताएका छन्। उनले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै दक्षिण कोरियाको सुरक्षामा खतरा भयो भने उत्तर कोरियाको सर्वोच्च नेता उनको हत्याको गोप्य योजना रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
‘उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्न दक्षिण कोरियाली सेनाको एक विशेष युनिट गठन गर्ने विषयमासमेत छलफल भइरहेको छ,’ उनले भने,‘हाम्रो मुलुकको सुरक्षामा खतरा महशुस भयो भने हामीसँग किमको हत्या गर्ने गोप्य योजना छ।’ तर आफ्नो मुलुकको सम्प्रभुतामा खतरा हुने देखिएमात्र गोप्य योजना अनुसार किमको हत्या गरिने उनको भनाइ छ। उत्तरले फेरि परमाणु परिक्षण गरे त्यसलाई रोक्नसक्ने दक्षिण योजनासँग क्षमता रहेकोसमेत रक्षामन्त्रीले दाबी गरे।
यसैबीच उत्तर कोरियाली विदेश मन्त्री री योङले अमेरिकाले आफ्नो मुलुकमा सुरक्षा खतरामा पारे जे पनि गर्न सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदै मन्त्री रीले भने,‘ हामीसँग परमाणु बमको क्षमता बढाउनु बाहेक अन्य कुनै विकल्प छैन।’आफ्नो मुलुकको भौगोलिक अखण्डताको रक्षा गर्ने उद्देश्यलेमात्र परमाणु बमको विकास गरिएको उनको भनाइ थियो। उत्तर कोरियाले दक्षिण कोरियाका रक्षा मन्त्रीलाई मार्ने धम्की दिएको छ।
अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो । घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर(नाम परिवर्तन)सँग यौनसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौनसम्पर्क राखेको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले समाचार प्रकाशित गरेको छ । -
इस्लामाबाद–काश्मिरको उडी क्षेत्रमा भएको हमलामा आफ्ना १८ सैनिक मारिएपछि भारत र पाकिस्तानको तनावले अझै उग्र रुप लिँदै गएको छ। भारतले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानले आतंकबादलाई संरक्षण तथा प्रोत्साहान गरेको भन्दै उसलाई आतंककारी राष्ट्र घोषणा गर्न दस्ताबेज पेश गरेपछि पाकिस्तान भारतसँग झनै चिडिएको छ।
सोही महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाफ शरिफले काश्मिरको लडाई स्वतन्त्रताकालागि भएको र यसमा पाकिस्तानले सँधै साथ दिने बताएका थिए। उनले भारतले काश्मिरका युवा नेता बुरान वानीलाई मारेपछि काश्मिरमा दंगा भड्किएको भन्दै यसको सम्पूर्ण जिम्मा भारतले लिन पर्ने बताएका थिए।
यसको परिणाम स्वरुप पाकिस्तानले इस्लामाबादमा लडाकु विमान उडाउँदै युद्ध तयारी थालको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उनीहरुले पाकिस्तानको जियो न्युजका सम्पादक हामिर मिरको ट्विटलाई उद्धिृत गर्दै भनेका छन्, ‘पाकिस्तानले भारतसँगको युद्ध तयारी स्वरुप आफ्नो लडाकु विमान एफ–१६ इस्लामाबादको आकाशमा उडाएको छ। उनीहरुले सैनिक अधिकारीलाई उदृत गर्दै युद्धको तयारी भैरहेको र सर्वसाधरणलाई सुरक्षित र ढुक्ककासाथ रहन आग्रह गरेका छन्। यसअघि पाकिस्तानका रक्षा मन्त्री ख्वाजा असिफले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै आफूहरु कसैको इसारामा नचल्ने र आवश्यक परे परमाणु हतियार प्रयोग गर्ने बताएका थिए।
यता भारतलेपनि युद्धको तयारी थालेको भारतीय संचारमाध्यमले जनाएका छन्। यसको तयारी स्वरुप भारतीय सेनाले पाकिस्ताको सिमाना नजिकै अत्याधुनिक हातहतियार थुपार्न थालेको छ। उनीहरुले आफूहरु उडी क्षेत्रमा भएको हमलाको बदला लिन आतुर रहेको बताउदै आएका छन्। यसका लागि भारतले सीमा सुरक्षमा उच्च सुरक्षा सर्तकता बढाउन निर्देशन दिँदै त्यस क्षेत्रमा सेनाको उपस्थिति बढाउने पनि बताइसकेको सेनाको उच्च स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
केही दिन अघिपनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षा मन्त्रालय तथा सेनाका उच्च अधिकारीहरुसँग करिब दुई घण्टा गोप्य बैठक गरेको समाचार बाहिर आएको थियो। यसैबीच भारतको महाराष्ट्र नवनिगम सेना एमएनएसले शुक्रबार भारतमा रहेका पाकिस्तानी गायक गायिका तथा निर्देशकहरुलाई ४८ घण्टा भित्र भारत छाड्न चेतावनी दिएको थियो।
शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने
नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा
जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना
छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर
यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो
घटना विरलै सुन्न पाइन्छ ।
ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार
छोरीको आशा गरेर बसेका छन् । यही
आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको
छ । । यी दम्पत्तीका सबै छोराहरु १
महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।
फुटबलका पारखी ४० वर्षीया यी
छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल
खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी
श्रीमती जूसिसिलेडीले
छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् ।
श्रीमती पहिलो पटक गर्भवती
भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए ।
यी दम्पत्तीले छोरीको नाम पनि
जुराइसकेको बताएका छन् ।
यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ ।
दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी
अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल
खेलाडीहरुको नाममा राखेका छन् । दम्पत्तीले
अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’
राखेका छन् ।
यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने
गर्दछन् । ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने
जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले
एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट
आश्विन ८, २०७३- शनिबार यती एयरलाइन्सको विमान
भैरहवामा अवतरणको क्रममा दुर्घटना भएको छ । २९ जना लिएर
काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा
अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको
थियो ।
'यति एयरलाइन्सको उडान नम्बर ८९३ नम्बरको विमान अपरान्ह
४ बजेर ५४ मिनेटमा धावनमार्गबाट करिव डेढ सय मिटर बाहिर
पश्चिमतर्फ 'स्किड' भएर झाडीसहितको खाल्डोमा
परेको थियो,' गौतमबुद्ध विमानस्थलको एयर ट्राफिक कन्ट्रोल
शाखाका एक अधिकारीले भने ।
उक्त अधिकारीका अनुसार चालकदलका सदस्यसिहत
३२ जना सवार उक्त विमान स्किड भएपछि गुड्न नसक्ने
अवस्थामा पुगेको छ । सबै यात्रु सकुसल छन् र अा-आफ्नो
गन्तब्यतर्फ लागेका छन् । विमान के कारणले ओभरसुट भयो ?
भन्ने बारेमा खुल्न सकेको छैन । विमानको तिनवटै पांग्रा पड्केकाे छ
।
भैरहवास्थित जिल्ला प्ररही कार्यालयका
डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५
मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो ।
उनको अनुसार उक्त विमानमा २९ जना यात्रु सवार थिए ।
तस्बिर श्रोत :- हेमन्त सागर केशिको फेसबुकवाट
काठमाडौं – नेकपा एमालेभित्र सुरु भएको झगडा भुसको आगो झैं फैलन शुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव र झलनाथ खनाल ओलीसँग आगो भएका हुन् ।
त्यसो त ओलीसँग नेता बामदेव गौतम पनि भित्रैदेखि रिसाएका छन् । संसदीय दलको चुनाव ताका गौतमलाई आफू अध्यक्षमा निर्वाचित भएपछि संसदीय दलको नेता दिने उधारो सम्झौता गरेका थिए । तर, ओलीले गौतमलाई न त संसदीय दलको नेता नै बनाए, न त उनले भनेअनुसार नै पार्टी चलाए ।
दुई साताअघि आफ्नो घरमा आएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै झलनाथले पार्टी फुटाउने गम्भिर षड्यन्त्र भइरहेको बताएर ओलीमाथि चौतर्फी प्रहार गरेका थिए । ओलीले पार्टी संगठनभित्र ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र पूर्वसभामुखका रुपमा चिनिएका ओलीका विश्वासपात्र सुवास नेम्वाङलाई चेपेर माधव र झलनाथका नेता कार्यकर्तालाई पार्टीभित्र दमन गर्न थालेपछि खनालले यस्तै रहेमा पार्टी विभाजनको संघारमा पुग्ने चेतावनी समेत दिएका थिए ।
माधवको आक्रोश
प्रचण्डको सहयोगमा सत्तासिन भएका ओलीले माओवादी केन्द्रसँग गरेको सहमति भाँडेकोमा शुरुदेखि नै माधव नेपाल क्रुद्व थिए । माओवादीसँग भएको सहमति कायम गरेर प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्छ भनेर झलनाथ र माधवले पार्टीभित्र लबिङ नै गरेका थिए ।
प्रचण्डको सहयोगमा सत्तासिन भएका ओलीले माओवादी केन्द्रसँग गरेको सहमति भाँडेकोमा शुरुदेखि नै माधव नेपाल क्रुद्व थिए । माओवादीसँग भएको सहमति कायम गरेर प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्छ भनेर झलनाथ र माधवले पार्टीभित्र लबिङ नै गरेका थिए ।
तर, ओलीले ती कुरलाई लत्याइदिए । प्रचण्डविरुद्व खनिएका ओलीले आफूलाई राष्ट्रवादी देखाउन यतिबेला आफ्नो पार्टीभित्र कुनै गुटबन्दी नरहेको बताइरहँदा नेपालले नै ओलीविरुद्व एैलान छेडेका छन् ।
उखान र टुक्काले पार्टी नचल्ने र पार्टीलाई ओलीले तहसनहस बनाएको माधव नेपालले एक कार्यक्रममा बताए । गत सोमबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बोल्दै नेता नेपालले भने, ‘ओलीविरुद्व बिष्फोटकै चरणमा म पुगिसकेको छु ।’ ओलीले पार्टीभत्र आसेपासेहरुलाई ठाउँ दिएको, पार्टी कमिटिहरु तहसनहस बनाएको, ईश्वर पोेखरेल, शंकर पोखरेल, प्रदिप ज्ञवाली, सुवास नेम्वाङ र पृथ्वी सुब्बाको झुण्डले एकछत्र काम गरेर अरु कार्यकर्ताको मानमर्दन गरिरहेका छन् ।
उखान र टुक्काले पार्टी नचल्ने र पार्टीलाई ओलीले तहसनहस बनाएको माधव नेपालले एक कार्यक्रममा बताए । गत सोमबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बोल्दै नेता नेपालले भने, ‘ओलीविरुद्व बिष्फोटकै चरणमा म पुगिसकेको छु ।’ ओलीले पार्टीभत्र आसेपासेहरुलाई ठाउँ दिएको, पार्टी कमिटिहरु तहसनहस बनाएको, ईश्वर पोेखरेल, शंकर पोखरेल, प्रदिप ज्ञवाली, सुवास नेम्वाङ र पृथ्वी सुब्बाको झुण्डले एकछत्र काम गरेर अरु कार्यकर्ताको मानमर्दन गरिरहेका छन् ।
नेता नेपालले थपे, ‘ओलीले म बिष्फोटको रुपमा छु भनेर कार्यकर्ता र जनतालाई ढाँटिरहेकाछन् । ओलीका कारण पार्टी दुई फ्ल्याट भइसक्यो । हामी पार्टी फुटाउन चाहँदैनौं, तर ओलीले फुटाइसके ।’
नेपालले ओलीले पार्टीभित्र चरम गुटबन्दी गरेको, पार्टी स्कुल विभग र संगठन विभागले ज्ञानेन्द्र शैलीमा काम गरेको समेत खुलासा गरेका थिए । बैठकमा सहभागि एमाले नेताका अनुसार माधव नेपालले ओलीविरुद्व यति बिघ्न रोष प्रकट गरेको नै पहिलो होला ।
ईश्वर पोखरेलको झुण्डले पार्टीका इमान्दार नेता कार्यकर्ताको सदस्यता रिन्यू नगरेको र पार्टी हित विपरित काम गरेकाहरुलाई मात्र सदस्यता दिएकोमा समेत नेता नेपालले रोष प्रकट गरेका थिए । नेता नेपालको कुरा सुनेपछि प्रतिष्ठानमा रहेका एमाले नेता खगराज अधिकारीसहितका नेताले टिप्पणी गरे । उखान टुक्काले पार्टी नै सखाप बनाउने भयो । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
एजेन्सी– उरीमा भारतीय सेनामाथि भएको हमलासँगै भारत र पाकिस्तानवीचका तनाव बढेको छ । दुवै देशले सम्भावित युद्धलाई लिएर आ–आफ्नो तयारी शुरु गरेका छन् । ७७८ किलोमिठर लामो नियन्त्रण रेखामा दुवै पक्षले सैनिक सख्या बढाएका छन् । दुवै देशले हतियार भण्डार पनि बढाएका छन् । मानौं, यो तयारी हेर्दा युद्ध चाडै शुरु हुँदैछ भन्ने देखाउँछ । भारतीय मिडिया रिपोर्टलाई आधार मान्ने हो भने आजका दिनमा पाकिस्तानसँग भन्दा भारतको सैन्य शक्ति धेरै छ ।
भारतसँग १३ लाख २५ हजार जवान छन् । रिर्जव र अर्धसैनिक बल गरेर भारतमा ४७ लाख ६८ हजार ४०७ सैन्य जनशक्ति छ ।
पाकिस्तानसँग जवानको सख्याँ ६ लाख १७ हजार छ । रिर्जव र अर्धसैनिक बल गरेर पाकिस्तानमा १४ लाख ३४ हजार सैन्य जनशक्ति छ ।
भारतसँग टी–७२ युद्धक टैंक २४१४ वटा छन् । टी–९० टैंक ८०७ छन् । अर्जुन एमके–२ टैंक २४८ वटा छन् । ट–५५ टैंक ५५० छन् ।
पाकिस्तानसँग ५०० मुख्य युद्धक टैंक अल खालिद छन् । ३२० वटा टी–८० टैंक छन् । १३०० वटा अल जरार ८२–२ टैंक छन् । जमिन र पानी दुवैमा चल्ने ५० टैंक छन् ।
भारतीय वायुसेना संसारको चौथो ठूलो मानिन्छ । वायुसेनामा सैन्य अधिकारी र कर्मचारी १ लख २७ हजार छन् । सेवामा सक्रिय विमान १७ सय ८५ छन् । एयरवेस ६० वटा छन् ।
पाकिस्तानसँग सैन्य अधिकारी र कर्मचारी ६५ हजार छन् । सेवामा सक्रिया एयरक्राफ्ट ८४७ छन र एयरवेस ९ वटा छन् ।
भारतीय सेनाका एयरक्राफ्टमा सवैभन्दा खतरनाक ४ दशमलव ६ जेनेरेशन विमान सुखोई हो । भारतले यी विमान रुसबाट खरिद गरेको हो । भारतसँग २०० सुखई विमान छन् । यसबाहेक ३६ मिराज, ९० जगुआर, ४८ मिग–२९, ६५ वटा मिग–२७ र बाइसन फाइटर विमान छन् ।
पाकिस्तानसँग १२० चेंदगु एफ–७ पी एयरक्राफ्ट छन् । ६० एफ–७ पीजी लडाकु विमान छन् । १५० वटा मिराज फाइटर्स छन् । ३० वटा जेएफ–१७ थंडर लडाकु विमान छन् । ५४ वटा एफ १६ अमेरिकी लडाकु विमान फाल्कन छन् ।
भारतसँग जलसेनाका १५ पानी जहाज छन् । परमाणु हतियारसहितका पानीजहाज पनि छन् ।
पाकिस्तानसँग ६ वटा पानी जहाज छन् ।
काठमाडौं-भारतबाट फर्के लगतै प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डले अंगिकृत नागरिकता लिएका
ब्यक्तिपनि देशको प्रमुख कार्यकारी पदमा पुग्न
सक्ने गरी संविधान सशोधन प्रक्रिया अघि बढाएका
छन् ।भारतले अंगिकृत नागरिकता लिएका ब्यक्ति पनि नेपालको
राष्टपति र प्रधानमन्त्री बन्न पाउने गरी
संविधान संशोधन गर्न नेपालका राजनीतिक दलहरुलाई
दवाव दिँदै आएको छ । भारत र मधेसी मोर्चाको
यही माग पुरा गर्न प्रधानमन्त्री दाहालले
संविधान संशोधनको प्रक्रिया अघि बढाएका छन् । नेपालको
संविधानले अंगिकृत नागरिकता भएका ब्यक्ति राज्यका अन्य सवै
पदमा पुग्न सक्ने भएपनि प्रमुख पदमा पुग्न नसक्ने
ब्यवस्था गरेको थियो । यही बुँदामा भारतले सवैभन्दा
बढि असहमति जनाउँदै आएको थियो । भारतको लोकसभामा पनि
विदेशमन्त्री सुष्म स्वराजले यही धारामा
संविधान संशोधनमा प्रधानमन्त्री दाहालले अंगिकृत
नागरिकता र हिन्दी भाषामा सरकारी
कामकाजको बिषय प्रमुख बनाएका छन् भने मधेसी
मोर्चालाई सन्तुष्ट बनाउन राष्टिय सभामा जनसंख्याका आधारमा
प्रतिनिधत्व बनाउने, अखण्ड नवलपरासीसहित
बर्दियासम्म एक प्रदेश बनाउने र स्थानीय तह
प्रदेश मातहत राख्नेसहितको संशोधन प्रस्तावमा छलफल
गरिरहेको स्रोतले बताएको छ ।हिन्दी र
अंग्रेजी भाषालाई पनि सरकारी कामकाजको
भाषा बनाउने गरी प्रधानमन्त्री दाहालले
छलफल अगाडी बढाएका छन् । उपप्रधान तथा
गृहमन्त्री विमलेन्द्र निधीले
हिन्दी भाषालाई सरकारी कामकाजको भाषा
बनाउनु पर्ने तर्क गर्दै आएका छन् । मधेसी
प्रधानमन्त्री दाहालले संशोधनका बुँदाहरु सहित
मधेसी मोर्चाका नेताहरुसँग छलफल गरिरहेका छन् ।
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष तथा मोर्चा
नेता उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र
सद्भावना अध्यक्ष राजेन्द्र महतोसँग छलफल गरिसकेका छन्
। तर सत्ता गठबन्धन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले
भने राष्टघाति कदममा आफुले साथ नदिने बताएका छन् ।एमालेले
पनि प्रधानमन्त्री दाहालको यो कदमलाई राष्टघाति
कदमका रुपमा हेरेको छ । अंगिकृत नागरिकता लिएका ब्यक्तिलाई
राज्यको प्रमुख पदमा पुग्ने र हिन्दी भाषालाई
सरकारी कामकाजको भाषा बनाउन नसकिने निस्कर्ष
एमालेको छ । यस बिषयमा थप निर्णय एमालेले
केन्द्रीय समितिको बैठकबाट लिने एमाले नेताहरुले
बताएका छन्।
मेलम्ची-मेलम्ची खानेपानी आयोजनाको
स्थलगत भ्रमण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको
निश्कर्ष छ-‘२०७४ सालमा काठमाडाैंमा मेलम्चीको पानी
पुग्ने देखियो।’ उनले आयोजनाको प्रगतिबारे विस्तृतमा जानकारी
लिएपछि प्रतिकृया दिएका छन्-‘यो आयोजना सम्पन्न गरेर राष्ट्रिय गाैरवका
आयोजना सम्पन्न गर्न अब ढिला गर्न हुँदैन भन्ने सन्देश दिनु
जरूरी छ।’ दाहालले कामको प्रकृति हेर्दा नयाँ बर्ष मै काठमाडौंमा
मेलम्चीको पानी पुग्ने देखिएको बताए। उनले राष्ट्रिय
गौरवका योजनामा ढिलाइ गर्न नहुने बताउँदै आयोजनाको काम समय
सीमा भन्दा अघिनै सकेर नमु्ना देखाउन निर्देशन दिए। प्रधानमन्त्रीको सचिवालय
शुक्रबार बिहानै गाडी चढेर विज्ञ टोलीसहित
प्रधानमन्त्री मेलम्चीको स्थलगत
निरीक्षणका लागि यहाँ आएका हुन्। प्रधानमन्त्री
दाहालले स्थानीयले माग गरेका विकासका पूर्वाधार र निश्चित लाभांश
वितरण गर्न सरकारले पहल गर्ने आश्वासन दिए।
प्रधानमन्त्रीसहितको टोलीलाई मेलम्ची
आयोजनाका तर्फबाट कार्यकारी निर्देशक घनश्याम भट्टराइले
प्रगति विवरण प्रस्तुत गरेका थिए। उनले २० किलोमिटर सुरूङ खन्ने काम
सम्पन्न भएको र अब ७ किलोमिटर खन्न बाँकी रहेको बताएका
थिए।
सुरक्षा अधिकारीहरूले हेलिकप्टरबाट जान सुझाए पनि
प्रधानमन्त्री गाडीमै जाँदा अझ बढी यथार्थ
जानकारी हुने भन्दै गाडीमै मेलम्चितर्फ निस्केका हुन्।
मेलम्चीकाे पानी राजधानी काठमाडाैंमा ल्याउने
योजना विभिन्न कारण दर्शाउँदै ढिलाइ हुँदै आएको छ।
स्थलगत भ्रमण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको
निश्कर्ष छ-‘२०७४ सालमा काठमाडाैंमा मेलम्चीको पानी
पुग्ने देखियो।’ उनले आयोजनाको प्रगतिबारे विस्तृतमा जानकारी
लिएपछि प्रतिकृया दिएका छन्-‘यो आयोजना सम्पन्न गरेर राष्ट्रिय गाैरवका
आयोजना सम्पन्न गर्न अब ढिला गर्न हुँदैन भन्ने सन्देश दिनु
जरूरी छ।’ दाहालले कामको प्रकृति हेर्दा नयाँ बर्ष मै काठमाडौंमा
मेलम्चीको पानी पुग्ने देखिएको बताए। उनले राष्ट्रिय
गौरवका योजनामा ढिलाइ गर्न नहुने बताउँदै आयोजनाको काम समय
सीमा भन्दा अघिनै सकेर नमु्ना देखाउन निर्देशन दिए। प्रधानमन्त्रीको सचिवालय
शुक्रबार बिहानै गाडी चढेर विज्ञ टोलीसहित
प्रधानमन्त्री मेलम्चीको स्थलगत
निरीक्षणका लागि यहाँ आएका हुन्। प्रधानमन्त्री
दाहालले स्थानीयले माग गरेका विकासका पूर्वाधार र निश्चित लाभांश
वितरण गर्न सरकारले पहल गर्ने आश्वासन दिए।
प्रधानमन्त्रीसहितको टोलीलाई मेलम्ची
आयोजनाका तर्फबाट कार्यकारी निर्देशक घनश्याम भट्टराइले
प्रगति विवरण प्रस्तुत गरेका थिए। उनले २० किलोमिटर सुरूङ खन्ने काम
सम्पन्न भएको र अब ७ किलोमिटर खन्न बाँकी रहेको बताएका
थिए।
सुरक्षा अधिकारीहरूले हेलिकप्टरबाट जान सुझाए पनि
प्रधानमन्त्री गाडीमै जाँदा अझ बढी यथार्थ
जानकारी हुने भन्दै गाडीमै मेलम्चितर्फ निस्केका हुन्।
मेलम्चीकाे पानी राजधानी काठमाडाैंमा ल्याउने
योजना विभिन्न कारण दर्शाउँदै ढिलाइ हुँदै आएको छ।
भीमदत्तनगर / साउनको तेस्रोसाता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ । पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी र त्यसमा प्रयोग हुने २५० भन्दा बढी राउन्ड गोली गायब भएको थियो । सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले ती हतियार पृतना वरिपरिकै क्षेत्रमा भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हतियार लोकेट भइसकेकाले भेरिफाई हुने काम भइरहेको छ । ती हतियार खोज्न सेनाको विभिन्न टोली परिचालित थिए ।’ हतियार खोज्न बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत दिपायल पुगेको थियो । रासस -
काठमाडौं-सिचाईंमन्त्री दीपक गिरीलाई बुधबार राति २ बजे हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बुधबार राति नै नर्भिक अस्पतालको अाकस्मिक कक्षमा लिगएको थियो।
एन्जियोग्राफि गर्दा मुटुको एक धमनी ९० प्रतिशत ब्लक देखिएपछि एन्जियोप्लाष्टि गरेर स्ट्यन्ट प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। बिहीबार बिहान उनलाई सिसियुमा सारिएको र अहिले २०४ नम्बर कोठामा भर्ना रहेका अस्पताल श्रोतले जानकारी दियो।
डा. यादवदेव भट्टको टिम उनको उपचारमा संलग्न रहेको र अवस्था खतरामुक्त रहेको छ। केहीदिन उनलाई अस्पतालमै राख्नुपर्ने चिकित्सकहरुले बताएका छन्।
धरान–रोगजारदाता कम्पनीका प्रमुखसमेतको उपस्थितिमा
दुर्व्यवहार भएको भन्दै आवाज उठाइरहेकी एक महिला
सुरक्षा गार्डलाई प्रमुख जिल्ला अधिकारी र जिल्ला
प्रहरी प्रमुख(एसपी)को उपस्थितिमा
पीडक पक्षसँग मिलापत्र(सहमति) गराइएको छ ।
घटना भएको ५ दिनपछि बीपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठान धरानमा बुधबार साँझ सुनसरीका प्रजिअ
मोहन चापागाईं, एसपी पोषराज पोखरेल र महिला सञ्जाल धरान
साक्षी बसेर पीडक पक्ष र
पीडितबीच सहमति गराइएको हो । उपकुलपतिको
बैठक कक्षमा भएको छलफलमा प्रतिष्ठानका रजिष्टार तुलबहादुर
श्रेष्ठ,अस्पताल निर्देशक डा.अरविन्द सिन्हा, अनेम संघको जिल्ला,
क्षेत्रीय र नगर कमिटिका प्रतिनिधि पनि थिए ।
“ मुख्य आरोपीको उपस्थिति विना छलफल
गराएको र न्याय दिलाउनुपर्ने निकायबाटै मिलापत्र गराएको भन्दै
महिला अधिकारकर्मी, प्रहरी र प्रजिअको
चर्को आलोचना
पत्रकारलाईसमेत प्रवेश नदिइएको छलफल करिब चार घण्टा लामो चलेको
थियो । छलफलमा पीडक पक्षतर्फबाट केटिएम
सेक्युरिटीका प्रमुख रामेश्वर शाह उपस्थित थिए । तर, महिला
गार्डमाथि दुर्व्यवहार गरेको मुख्य आरोप लागेका कलाकार तथा केटिएम
सेक्युरिटीका ब्राण्ड एम्बासडर सन्तोष पन्त भने थिएनन् ।
मुख्य आरोपीको उपस्थिति विना छलफल गराएको र न्याय
दिलाउनुपर्ने निकायबाटै मिलापत्र गराएको भन्दै महिला
अधिकारकर्मी, प्रहरी र प्रजिअको चर्को आलोचना
भइरहेको छ ।
शुक्रबार राति प्रतिष्ठानको दशहरा हलमा आयोजित साँस्कृतिक कार्यक्रम
(पार्टी)मा सहभागी हुन पन्त र शाह धरान आएका
थिए । पार्टी सकेपछि मदिरासमेत पिएका पन्तलाई साथमा लिएर
केटिएम प्रमुख शाह डिउटी चेकजाँच गर्न हिडेका थिए ।
उनीहरु न्यु प्रेरणा गल्र्स होस्टलमा पुग्दा बिहान(शनिबार)को
करिब अढाई बजिसकेको थियो । प्रेरणा गल्र्स होस्टलमा नियमअनुसार राति
११ बजेपछि कसैलाई पनि ढोका खोल्न, भित्र पस्न वा बाहिर निस्कन
अनुमति छैन ।
ढोका खोल्न लगाएपछि बाहिर निस्किएकी महिला गार्डलाई केटिएम
प्रमुख शाहकै उपस्थितिमा ब्राण्ड एम्बासडर पन्तले महिला सुरक्षा
गार्डको शरीर, पेटमा हात पुर्याएको र प्रमुख शाहले पनि बिहे
भएको छ कि छैन, श्रीमान् सँगै छ कि छैन जस्ता अवाञ्चित
प्रश्नहरु गरेको आरोप लागेको थियो । पन्तले भने आफू मदिरा पिएर गएको
स्वीकार गरेपनि महिला गार्डको शरीरमा हात पुर्याएको
आरोपलाई अस्वीकार गरेका थिए । केटिएमले डिउटी
चेकजाँचको क्रममा दर्जन बढी गार्डहरु निदाएको अवस्थामा
भेटिएपछि कारबाही हुने डरले अनावश्यक आरोप लगाएको
प्रतिक्रिया दिएको थियो ।
‘ ढोका खोल्न लगाएपछि बाहिर निस्किएकी महिला
गार्डलाई केटिएम प्रमुख शाहकै उपस्थितिमा ब्राण्ड एम्बासडर
पन्तले महिला सुरक्षा गार्डको शरीर, पेटमा हात
पुर्याएको र प्रमुख शाहले पनि बिहे भएको छ कि छैन,
श्रीमान् सँगै छ कि छैन जस्ता अवाञ्चित प्रश्नहरु
गरेको आरोप लागेको थियो ।
शनिबारै महिला गार्डहरु केटिएम प्रमुख शाह र पन्तविरुद्ध
जाहेरी दिन इलाका प्रहरी कार्यालय गएपनि
प्रहरीले सार्वजनिक विदा भन्दै जाहेरी नलिई
फर्काएको थियो । आइतबार पनि महिला सञ्जालको नेतृत्वमा महिला गार्डहरु
जाहेरी लिएर प्रहरी कार्यालय पुगेपनि
डिएसपी ढकेन्द्र खतिवडाले जाहेरी लिन नमिल्ने
भन्दै फर्काएको थियो ।
जनतामाझ छवि सुधार गर्न ‘प्रहरी मेरो साथी’
अभियान शुरु गरेको प्रहरीले धरानमा भने महिलामाथि भएको
दुव्र्यवहारको जाहेरी नलिन प्रहरीको उच्च तहबाटै
निर्देशन आएको थियो । मंगलबार पीडित महिला गार्डले धरान
आएका सिडिओ चापागाईलाई प्रहरीले जाहेरी दर्ता
नगरेको भन्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको भोलीपल्ट
सदरमुकाम इनरुवाबाट प्रजिअ चापागाई र एसपी पोख्रेल धरान
आएर छलफल गराई सहमति गराएका हुन् ।
सहमति पत्रमा हस्ताक्षरकर्ताहरुलाई समेत सहमति पत्र दिइएको छैन ।
सहमतिपत्र प्रतिष्ठानको रजिष्टारले मात्र राख्ने सहमति भएको छलफलका
एक सहभागीले बताए । रजिष्टार श्रेष्ठका अनुसार केटिएम
प्रमुख शाहले घटनाप्रति दुःख प्रकट गर्दै आइन्दा घटना नदोहोरिने
प्रतिवद्धता जनाएका छन् भने महिला गार्डहरुलाई पुर्वाग्रह राखेर
कारबाही नगर्ने, सम्मानपुर्वक काम गर्न सक्ने वातावरण तयार
गर्ने तथा महिला गार्डले पनि केटिएमले दिएको उचित निर्देशन पालना
गर्नेलगायत बुँदा छन् ।
छलफलमा सहभागी एक महिला गार्डका अनुसार
एसपी, सिडिओलेसमेत मुद्दा दर्ता गर्दा अदालतमा सबुत प्रमाण
नपुग्ने र न्याय पाउन गाह्रो हुने भनेपछि मिलापत्र गरेर चित्त बुझाउनुपरेको
बताइन् । ‘एसपी, सिडिओले नै प्रमाण पुग्दैन, केस अदालतमा
लगेर पनि न्याय पाउन गाह्रो छ भने’–ती गार्डले
भनिन्–‘रामेश्वर शाहले पनि कम्पनीको चिफ मै हु,
माफी माग्छु भनेपछि चित्त बुझाउनुपर्यो ।’ प्रतिष्ठानको सुरक्षा
ठेक्का पाएको केटिएम सेक्युरिटीमा १ सय २९ गार्डमध्ये १२ जना
महिला छन् ।
जिल्ला प्रहरी प्रमुख(एसपी) पोख्रेलले भने
आफुहरुको उपस्थिति भएपनि मिलापत्र गराउन कुनै भुमिका नरहेको जिकिर
गरे । पीडित पक्षले छलफलमा जाहेरी दर्ता गर्छु
नभनेको तर चित्त नबुझेमा अदालत जाने विकल्प अझै खुला रहेको बताए ।
‘बीपीको सुरक्षा र केटिएमबारे धेरै कुरा आयो, त्यसैले
सुरक्षाको बिषयलाई पनि लिएर हामी गएका हौं’–एसपी
पोख्रेलले भने ।
प्रजिअ चापागाईले भने मुद्दाले धेरै समय लिने भएकोले तनाव हुने र
रोजीरोजीको पनि बिषय भएकोले वार्ता गरेर समाधान
निकालिएको बताए । ‘जाहेरी गर्न प्रमाणको कुरा आउछ । फोटो,
मापसे चेक गर्नेलगायत कुरा हुन्छन् । तर कसैलाई बचाउन सहमति गरेको
होइन’–प्रजिअ चापागाईले भने–‘मुद्दाले धेरै लामो समय लिन्छ र तनाव
बढाउछ । रोजीरोटीको कुरा पनि छ । एक पटक टेवल
टक गरौं भन्यौं । कानुनी उपचारमा जाने बाटो त छँदैनै छ ।’
पीडित र पीडक पक्षबीच मिलापत्र
गराइसकेर बुधबार राती प्रतिष्ठानको उपकुलपति कार्यालयबाट
बाहिरिदै प्रजिअलगायत । तस्बिर:रोहित राई
काठमाडौं –बैठक, छलफलहरुमा सबैलाई उखान र तर्क हालीहाली ठेगान लगाउने केपी ओली अवाक् भए भन्दा पत्याउन मुस्किल पर्छ । तर, एकदिन त्यस्तै भयो, ‘ए, त्यसो पो रहेछ ? मलाई त पत्तै थिएन ।’
प्रसंग एमालेले भारत जानु अघिल्लो दिन प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएको क्षणको हो । ओलीले चेतावनीको स्वरमा भने, ‘अरु जे गरे पनि हामीले गरेको राम्रो काम उल्टाउनतिर चाहिँ नलाग्नु होला ।’
प्रधानमन्त्रीको छेउमै बसेका ऊर्जामन्त्री जनार्दन शर्माले तुरुन्तै प्रतिवाद गरे, ‘कुन राम्रो काम ? ढल्केबरमा स्विच थिचेर बत्ती बालेजस्तै राम्रो काम हो ? इण्डियाबाट १० रुपैयाँ प्रतियुनिटमा बिजुली किन्ने अनि यता ८ रुपैयाँमा बेचेर प्राधिकरण डुबाउने खालको ? यस्तै ‘राष्ट्रवादी निर्णय नउल्टाउनु भन्नुभएको हो ?’
यसरी जर्नादनले अँठ्याएपछि हो ओलीले अनभिज्ञता प्रकट गरेको । हुन पनि इञ्जिनियरहरुले कुन स्वार्थमा के भन्छन्, त्यही त गर्ने हो हाम्रा नेताहरुले ! अलिक ढिला पुगेका नेता जनार्दन शर्माले दुवै प्रम भएको ठाउँमा प्रष्ट पारे– एउटा कुरा भन्छु, भूपूज्यूलाई सायद थाहा छैन होला ।
हामीले तपाईंले स्विच थिचेका दिनदेखि भारतलाई मासिक १ अर्ब २० करोड तिर्नुपरेको छ । म अस्ति ढल्केबर पुग्दा यो कुरा थहा पाएँ । ढल्केबर–कजफपुर प्रसारण लाइन एउटा प्राइभेट कम्पनीले बनाइदिएको हो । उनल हामीसँग त्यसको भाडा असुल्दै छ ।
यति सुन्ने के थियो, अर्का पूर्वप्रधानमन्त्री माधव नेपालले आश्चर्य दर्शाउँदै साधे, ‘ए त्यो हो र ! यससम्बन्धी तपाईसँग केही डकुमेन्ट छ ?’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।
न्यूयोर्क, असोज ६ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भारतको धज्जी उडाएका छन् ।
महासंघको वार्षिक बैठकलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले भारतीय सेनाद्वारा कश्मिरमा मानव अधिकार उल्लंघनका गम्भीर घटना भएको भन्दै अन्तर्राष्ट्रिय छानविनको माग गरे ।
उनले भारतीय सुरक्षाकर्मीद्वारा हत्या गरिएका बुरहान बानीलाई ‘युवा नेता’ को संज्ञा दिदैं स्वतन्त्रताको माग गरेका युवा नेता बुरहानको भारतीय सुरक्षाकर्मीले हत्या गरेपछि कश्मिरमा पछिल्लो हिंसा चर्किएको बताए । भारतले भने बुरहानलाई उग्रवादी नेता भन्दै आएको छ ।
भारतले कश्मिरी जनतामाथि अत्याचार गरेको पाकिस्तानी प्रधानमन्त्री शरीफको भनाइ थियो । उनले भने, ‘कश्मिर विवाद समाधान विना पाकिस्तान र भारतबीच शान्ति र सामान्य सम्बन्ध बहाल हुन सक्दैन, हाम्रो अनुमान घटनाहरुका माध्यमबाट पुष्टि भइरहेका छन्, कश्मिरी युवापुस्ता भारतको अवैध कब्जाविरुद्ध आवाज उठाइरहेका छन्, उनीहरु कब्जाबाट स्वतन्त्रताको माग गरिरहेका छन् ।’
कश्मिरमा उठिरहेको स्वतन्त्रताको माग दमन गर्ने क्रममा भारतले सो क्षेत्रमा पाँच लाखभन्दा बढी सेना परिचालन गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले पछिल्लो दुई महिनामा एक सयभन्दा बढी नागरिकको हत्या भएको, सयौं नागरिकलाई अन्धो बनाइएको र ६ हजारभन्दा बढी नागरिकलाई घाइते तुल्याइएको आरोप लगाए ।
उनले कश्मिरमा भारतले गरेको दमन र अत्याचारको प्रमाण पाकिस्तानले राष्ट्रसंघका महासचिवलाई उपलब्ध गराउने समेत जनाए ।
उनले अवैध कब्जाबाट कश्मिरी जनताले मुक्ति खोज्नु उनीहरुको हक भएको बताए । पाकिस्तान कश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने पनि उनले बताए ।
भारतले पाकिस्तानी प्रधानमन्त्रीको यस्तो भनाइको खण्डन गरेको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै लेखेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले संयुक्त राष्ट्र महासभामा हिज्बुल उग्रवादी बुरहान बानीको महिमामण्डन गरे, यसबाट पाकिस्तानको उग्रवादसँगको सम्बन्ध प्रष्ट हुन्छ ।’ (एजेन्सी)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले
गैरसरकारी संस्थाले पछाडि पारिएका वर्गको उत्थान
गर्ने नारा बोक्ने गरे पनि यथार्थमा त्यस्तो नपाइने गरेको
बताउनुभएको छ । समाज कल्याण परिषद्ले आज यहाँ
आयोजना गरेको ३७औँ सामाजिक सेवा दिवस समारोहलाई
सम्बोधन गर्दै उहाँले भन्नुभयो– नारामा पछि परेका वर्गको
उत्थान तर भूमिगत रणनीति अर्कै हुन्छ भन्ने
चर्चालाई गलत सावित गर्नुस् ।प्रधानमन्त्री दाहालले सामाजिक सेवा नै मूल
उद्देश्य र मध्यम वर्गलाई रोजगारी दिने सहायक
उद्देश्य हुनुपर्ने बताउनुभयो । उहाँले गैरसरकारी
संस्थाको व्यापक वृद्धि साँच्चै सामाजिक सेवाका निम्ति भएको
छ कि अरु कुनै अभिष्ट छ भन्ने प्रश्न उठ्ने गरेको
बताउनुभयो ।
प्रधानमन्त्री दाहालले गैरसरकारी
संस्था विरलै मात्र ग्रामीण क्षेत्रमा जान्छन्, धेरै
सहरमै काम गर्छन् भन्ने छ, त्यसलाई परिवर्तन गर्नुपर्छ
भन्नुभयो । उहाँले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित
वर्गमा केन्द्रित गरेर परिणाममुखी काम गर्नुपर्नेमा
जोड दिनुभयो ।
परिषद्का अध्यक्षसमेत रहनुभएका
प्रधानमन्त्रीले मुलुक सङ्घीय
संरचनामा गएकाले सोहीअनुसार सामाज कल्याण
परिषद्ले पनि आफ्ना कामलाई विकेन्द्रीकरण गरेर
अगाडि बढ्नका लागि निर्देशन दिनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण
मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, समाज कल्याण
परिषद्का उपाध्यक्ष निलमणि बराललगायतले समाज कल्याण
परिषद्को प्रगति र भूमिकालाई प्रभावकारी बनाउन
सरकारले थप अधिकार दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा
परिषद्मा निरन्तर २५ वर्ष सेवा गरेका राष्ट्रसेवक
कर्मचारीलाई सम्मान गरिएको थियो ।
गैरसरकारी संस्थाले पछाडि पारिएका वर्गको उत्थान
गर्ने नारा बोक्ने गरे पनि यथार्थमा त्यस्तो नपाइने गरेको
बताउनुभएको छ । समाज कल्याण परिषद्ले आज यहाँ
आयोजना गरेको ३७औँ सामाजिक सेवा दिवस समारोहलाई
सम्बोधन गर्दै उहाँले भन्नुभयो– नारामा पछि परेका वर्गको
उत्थान तर भूमिगत रणनीति अर्कै हुन्छ भन्ने
चर्चालाई गलत सावित गर्नुस् ।प्रधानमन्त्री दाहालले सामाजिक सेवा नै मूल
उद्देश्य र मध्यम वर्गलाई रोजगारी दिने सहायक
उद्देश्य हुनुपर्ने बताउनुभयो । उहाँले गैरसरकारी
संस्थाको व्यापक वृद्धि साँच्चै सामाजिक सेवाका निम्ति भएको
छ कि अरु कुनै अभिष्ट छ भन्ने प्रश्न उठ्ने गरेको
बताउनुभयो ।
प्रधानमन्त्री दाहालले गैरसरकारी
संस्था विरलै मात्र ग्रामीण क्षेत्रमा जान्छन्, धेरै
सहरमै काम गर्छन् भन्ने छ, त्यसलाई परिवर्तन गर्नुपर्छ
भन्नुभयो । उहाँले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित
वर्गमा केन्द्रित गरेर परिणाममुखी काम गर्नुपर्नेमा
जोड दिनुभयो ।
परिषद्का अध्यक्षसमेत रहनुभएका
प्रधानमन्त्रीले मुलुक सङ्घीय
संरचनामा गएकाले सोहीअनुसार सामाज कल्याण
परिषद्ले पनि आफ्ना कामलाई विकेन्द्रीकरण गरेर
अगाडि बढ्नका लागि निर्देशन दिनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण
मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, समाज कल्याण
परिषद्का उपाध्यक्ष निलमणि बराललगायतले समाज कल्याण
परिषद्को प्रगति र भूमिकालाई प्रभावकारी बनाउन
सरकारले थप अधिकार दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा
परिषद्मा निरन्तर २५ वर्ष सेवा गरेका राष्ट्रसेवक
कर्मचारीलाई सम्मान गरिएको थियो ।
एजेन्सी / संसारमा यस्ता धेरै ठाउँ छन् जो
रहस्यमय बनिरहेका छन् । यस्तै एउटा ठाउँको नाम हो बरमुडा
ट्रयाङगल । जसलाई डेविल्स ट्रयाङ्गल पनि भनेर चित्रण
गरिएको छ । जहाँ कोही पनि जान चाहँदैनन् ।
एट्लान्टीक महासागरमा रहेको बरमुडा ट्र्याङ्गल
आफ्नो रहस्यहरुको कारण चर्चित छ । आजसम्म धेरै
हवाई जहाँजहरु र पानीजहाज बरमुडा
ट्रयाङ्गलबाट बिलाउछन् वा हराउछन् । यदि दोस्रो पटक मिले
पनि क्रु मेम्बर्स पनि थाहा हुँदैन् । आज तपाई थाहा पाउदै
हुन्हुन्छ बरमुडा ट्रयाङ्गलसँग जोडिएको केही
रहस्यमय घटना, जसको जवाफ आजसम्म पनि पत्ता
लगाउन सकिएको छैन् ।
सयौं जनाको ज्यान समेत गइसकेको छः
– खतरनाक जोन (ठाउँ)मा समावेश बरमुडा ट्रयाङ्गलमा बितेको
१०० वर्षमा हजार जनाभन्दा बढीले ज्यान
गुमाइसकेका छन् । एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको
छ कि यहाँ प्रत्येक वर्ष ४ हवाई जहाज र २०
समुद्री जहाज रहस्यमय तरिकाले हराउँछन् ।
– जहिले पनि यहाँबाट हराउने जहाजको अवशेष समेत फेला
पर्दैन् । यसको लागि गल्फ स्ट्रिम जिम्मेवारी हुन
सक्छ । यो गल्फ म्याक्सिको खाडीबाट निकलेर
फ्लोरिडाको जलडमरुबाट उत्तरी
एट्लान्टीकसम्म फैलिएको छ । जो आफ्नो साथ
सारा मलबा उठाएर लैजान सक्छ । यो गलफ स्ट्रिम असलमा
समुद्रको भित्र नदी जस्तो छ । यो धेरै गतिलो पाराले
बग्छ । जसले गर्दा दुर्घटना हुने अनुमान गरिन्छ ।
रहस्यमय बनिरहेका छन् । यस्तै एउटा ठाउँको नाम हो बरमुडा
ट्रयाङगल । जसलाई डेविल्स ट्रयाङ्गल पनि भनेर चित्रण
गरिएको छ । जहाँ कोही पनि जान चाहँदैनन् ।
एट्लान्टीक महासागरमा रहेको बरमुडा ट्र्याङ्गल
आफ्नो रहस्यहरुको कारण चर्चित छ । आजसम्म धेरै
हवाई जहाँजहरु र पानीजहाज बरमुडा
ट्रयाङ्गलबाट बिलाउछन् वा हराउछन् । यदि दोस्रो पटक मिले
पनि क्रु मेम्बर्स पनि थाहा हुँदैन् । आज तपाई थाहा पाउदै
हुन्हुन्छ बरमुडा ट्रयाङ्गलसँग जोडिएको केही
रहस्यमय घटना, जसको जवाफ आजसम्म पनि पत्ता
लगाउन सकिएको छैन् ।
सयौं जनाको ज्यान समेत गइसकेको छः
– खतरनाक जोन (ठाउँ)मा समावेश बरमुडा ट्रयाङ्गलमा बितेको
१०० वर्षमा हजार जनाभन्दा बढीले ज्यान
गुमाइसकेका छन् । एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको
छ कि यहाँ प्रत्येक वर्ष ४ हवाई जहाज र २०
समुद्री जहाज रहस्यमय तरिकाले हराउँछन् ।
– जहिले पनि यहाँबाट हराउने जहाजको अवशेष समेत फेला
पर्दैन् । यसको लागि गल्फ स्ट्रिम जिम्मेवारी हुन
सक्छ । यो गल्फ म्याक्सिको खाडीबाट निकलेर
फ्लोरिडाको जलडमरुबाट उत्तरी
एट्लान्टीकसम्म फैलिएको छ । जो आफ्नो साथ
सारा मलबा उठाएर लैजान सक्छ । यो गलफ स्ट्रिम असलमा
समुद्रको भित्र नदी जस्तो छ । यो धेरै गतिलो पाराले
बग्छ । जसले गर्दा दुर्घटना हुने अनुमान गरिन्छ ।
काठमाडौं / नेपाली चलचित्र उद्योगमा अहिले एउटा कुराले निकै चर्चा पाईरहेको छ । प्राय चर्चामा आईरहेका नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको विवाहको कुरा सबैको चासोको विषय बन्दै गइरहेको छ । नायिका रेखा थापा संगको कानुनी रुपमा गरिएको सम्बन्ध विच्छेद लगत्तै छविले आफु विहेको तयारीमा रहेको त्यो पनि नेपाली चलचित्र क्षेत्रमाकाम गरिरहेको नायिकासंग भनेपछि सबैले नायिका शिल्पा पोखरेल प्रति चासो राख्न थाले । झन्डै ९० प्रतिशत छवि प्रोडक्सनको पर्दामा कामगर्दै आएकी शिल्पा अब निर्मात्री पनिबन्ने भएपछि अझै उनीहरुको सम्बन्धन जिकिएको छ ।
चलचित्रको प्रचार प्रसारको लागि बिहेको कुरा भएको होकी के हो ? भन्ने प्रश्नमा छविले चलचित्र र व्यक्तिगत जिवनको कुरा फरक हो, मेरो चलचित्रको प्रोमोशनको लागि तहल्कानै मच्चाउनु पर्छ भन्ने छैन । त्यस्तो भन्दैमा चलचित्रको विज्ञापन हुने भए हरेक मिडियामा मैले किन विज्ञापन दिनुप¥यो । घरमै बसेर यहि कुरामात्र गरेको भए हुन्थ्यो होला , तर सबै कुरा त्यस्तो होईन भन्ने कुरा उनले मिडियासंग भने । छवि ओझा कतिको मनपर्छ भन्ने पत्रकारको प्रश्नमा शिल्पाले छवि जी मन नपर्ने भए मैले उहाँको पर्दामा कामगर्ने थिइनहोला ।
तर मैले आज सम्म चलचित्र क्षेत्रमा लागे पछि धेरै काम उहाँसंग गरेको छु भन्दै उहाँलाई चलचित्र चलाउने देखि कसरी बनाउने,प्रमोशन कसरी गर्ने कलाकारलाई चलचित्रमा कसरी समावेश गर्ने भन्ने कुराको खुवीभएको निर्माता भएको कारण मन परेको बताइन् । कलाकारितामा लाग्ने व्यक्तिले धेरै कुराको बारेमा जानकारी गराउनु हुन्छ । बिहे पक्का नै हो की के हो भन्ने प्रश्नमा शिल्पाले मनमा मायाहुनु प¥यो उमेरले बिहे रोक्छ जस्तो मलाई लाग्दैन उहाँको उमेर त मेरो ड्याडीको भन्दापनि धेरैहो तर माया हुनुपर्छ ।
मृत्यु र विवाह कसैले नदेखेको कुरा हो भोली को संग हुन्छ भन्नेनै थाहाहुन्न । यसै प्रश्नमा छवि भन्छन्, ८४ हजार जुनिपार गरेर मान्छेको जुनिपाएको हो यो बेलामा मनले चाहेको सबै कुरा गर्नुपर्छ भन्ने मलाई लागेको छ । गलत हामीले गर्नुहुन्न पाएको समयलाई राम्रोसंग सदुपयोग गर्नुपर्छ । उमेर फरक हुँदैमा पारिवारिक जिवन बिग्रन्छ भन्ने होईन ।
एउटै उमेरमा बिहे गरेको मान्छेको पनि नराम्रो भएको दुखेको छु । त्यसैले यो किस्मतको कुरा हो । चलचित्र क्षेत्रमानै हो मेरो लामो समयसम्म विवाह गरेको बाँकीविचमात को संग हुन्छ हुन्न त्यो आएपछि थाहाहुने कुरा हो । छवि र शिल्पाको कुरा गराई हेर्दा उनिहरु बाहिरी रुपमा सार्वजनिकनगरे पनि विवाहगर्ने संकेत बुझ्न सकिन्छ । फर्सिनेटवर्कबाट
र्लाबारी (मोरङ), ५ असोज । इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आज बिहान बक्राहा खोला बाँध फुटाएर पुरै गाउँमा पसेपछि सो क्षेत्रका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । बिहानैदेखिको अविरल वर्षाका कारण बाँध फुटाएर खोला गाउँमा पस्दा इटहरा गाविस–३, ४ र ५ सहित गोविन्दपुर गाविसका केही वडासमेत डुबानमा परेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो ।
बाढीका कारण सो क्षेत्रका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् भने सयौँ घर डुबानमा परेका छन् । खोला गाउँमा पसेपछि इटहरा– ३ को जयनगर बस्तीका ३० घरपरिवारलाई उद्धार गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।
बाढीपीडितको उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएपनि वर्षा भइरहेका कारण र बाढी बढेपछि बाढीपीडितको उद्धारमा कठिनाइ भएको इप्रका सिजुवाका प्रहरी निरीक्षक हेमकुमार खड्काले जानकारी दिनुभयो ।
भूकम्पले भत्काएका घरहरु पुनर्निर्माण गर्ने अनुदान नपाएर बर्षमा सास्ती भोगिरहेका पीडित परिवारलाई प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धताले आशाको सञ्चार गरेको थियो ।
प्रधानमन्त्रीले समयमै अनुदान दिन नसके सेनाको हेलीकोप्टरबाट गाउँ-गाउँ पैसा बाँड्ने समेत बताएका थिए । तर, प्रधानमन्त्रीको यो योजना उनले भनेको अवधिमा पूरा हुन सकेन ।
पुनर्निर्माण प्राधिकरणका अनुसार देशभरका ५ लाख ३१ हजार पीडितमध्ये ३ लाख ३१ हजार परिवारले मात्रै पहिलो किस्ताको रकम बुझेका छन्, झण्डै ४ लाख ४७ हजार परिवारसँग अनुदान सम्झौता भए पनि ३ लाख ८४ हजार परिवारले मात्रै अनुदानको सिफारिस लिएका छन् ।
असोज २ गतेसम्म अनुदान सम्झौताका लागि योग्य ठहरिएका १ लाख ५० हजार भन्दा बढी परिवारले पहिलो किस्ताको रकम बुझ्न पाएका छैनन् । झण्डै ८५ हजार भूकम्पपीडितसँग अझै अनुदान सम्झौता नै भएको छैन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाअनुसार देशभरका ५ लाख ३१ हजार पीडितमध्ये अहिलेसम्म ३ लाख ३१ हजार परिवारले मात्रै पहिलो किस्ताको रकम बुझेका छन् ।
झण्डै ४ लाख ४७ हजार परिवारसँग अनुदान सम्झौता भए पनि ३ लाख ८४ हजार परिवारले मात्रै अनुदानको सिफारिस लिएका छन् ।
पहिलो किस्ताको रकम बुझ्ने अधिकांशले पनि पनि घरको जग हाल्ने काम सुरु गरेका छैनन् । भूकम्पपीडितका सूचीमा आफ्नो नाम नपरेको भन्दै गुनासो निवेदन दर्ता गराएका १ लाख ६४ हजारले पनि अनुदान पाउ/नपाउने निर्णय भएको छैन । उनीहरुको गुनासोको सुनुवाइ भइनसकेकाले त्यसमध्ये कति पीडितको सूचीमा थपिने भन्न्ने एकीन छैन ।
अनुदान रकम वितरणमा भएको ढिलाइलाई चिर्ने नयाँ सरकारको प्रतिवद्धता पनि गफमै सीमित भएपछि पीडितहरु सन्तुष्ट छैनन् । ८ लाख रुपैयाँसम्मको प्याकेज दिने घोष्णा गरेको प्रचण्ड नेतृत्वको सरकारले ५० हजार रुपैयाँको पहिलो अनुदान किस्ता पनि सबैलाई वितरण गर्न नसकेपछि निराशा बढेको छ ।
तर, प्रचण्ड सरकारमा आएपछि अनुदान सम्झौता गर्ने रफ्तार भने अघिल्लो सरकारको भन्दा बढेको छ । तर, अनुदान रकमको पहिलो किस्ता नै थोरै भएपछि समयमै दोस्रो किस्ता पाइने आशामा पीडितहरुले घरको जग हाल्न सुरु गर्न सकेका छैनन् ।
विभिन्न जिल्लामा थुप्रै पीडितहरु अहिले पनि पहिलो किस्ताको प्रतिक्षामा छन् । मकवानपुरमा ३० हजार पीडितमध्ये ९ हजारले मात्रै अनुदान बुझेका छन् ।
धादिङमा साढे ७० हजारमध्ये साढे ३९ हजार पीडितले मात्रै रकम बुझेका छन् । रसुवामा रहेका ११ हजार पीडितमध्ये ६ हजारले मात्रै अनुदान पाएका छन् ।
सिन्धुलीमा झण्डै १५ हजार पीडित अनुदान रकम पर्खिरहेका छन् । नुवाकोटमा झण्डै ६६ हजार पीडितमध्ये ३७ हजारले मात्रै पहिलो किस्ता बुझेको प्राधिकरणको तथ्याङ्कमा देखिन्छ । काभ्रेमा अझै २१ हजार पीडित अनुदान नपाएर त्यसै बसेका छन् ।
सिन्धुपाल्चोक रामेछाप, ओखलढुंगा, गोरखा र दोलखामा भन अन्य जिल्लको तुलनामा अनुदान वितरणको काम सन्तोषजनक देखिएको छ । ति जिल्लाहरुमा अनुदान समझौतासहित रकम वितरण्को काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।
तर, अनुदान सम्झौता भएर धरैले रकम बुझेका जिल्लामा नक्कली भूकम्पपीडितले रकम बुझेको गुनासो पनि उत्तिकै सुनिएको छ । पुनर्निर्माण प्राधिकरणलाई त्यससम्बन्धी थुप्रै सूचना आएको प्रवक्ता रामप्रुाद थपलियाले जानकारी दिए ।
अनुदान प्राप्त गर्ने मापदण्डमा नपरे पनि गलत विवरण पेश गरेर अनुदान लिनेले पेश गरेको विवरण झुठ्ठा ठहरिएमा कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।
भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका, एकै परिवारको सदस्यको नाममा अर्काे स्थानमा घर नभएका र अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने सूचीमा परेकाले मात्र अनुदान सहयोग रकम प्राप्त गर्न सक्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
६ असोज, काठमाडौं । मुलुकमा राजनीतिक अस्थिरता बढेका बेला
मूल्यबृद्धि उच्च दरमा देखिएको छ ।
दोस्रो संविधानसभा निर्वाचनपछि मूल्य वृद्धिमा उच्च चाप परेको छ ।
नेपालमा राजनीतिक अस्थिरता अझ बढी देखिएको
समयमा त्यसको प्रत्यक्ष असर मूल्य वृद्धिमा परेको आजको कारोबार
दैनिकमा समाचार छ ।
सन् २०१३ पछि तीव्र असर देखिन थालेको हो । २०१३
अघिसम्म नेपालमा भन्दा भारतमा उच्च मूल्यवृद्धिदर थियो ।
आव ०७२ ७३मा वार्षिक औसत उपभोक्त मुद्रास्फ्रीति नेपालमा
९.९ प्रतिशत रहेकोमा त्यही अवधिमा भारतमा भने ५.३
प्रतिशत थियो गत वर्ष दुई मुलुकबीचको वार्षिक औसत
उपभोक्ता मुद्रास्फ्रिति अन्तर ४.६ प्रतिशत रहेको छ ।
मूल्यबृद्धि उच्च दरमा देखिएको छ ।
दोस्रो संविधानसभा निर्वाचनपछि मूल्य वृद्धिमा उच्च चाप परेको छ ।
नेपालमा राजनीतिक अस्थिरता अझ बढी देखिएको
समयमा त्यसको प्रत्यक्ष असर मूल्य वृद्धिमा परेको आजको कारोबार
दैनिकमा समाचार छ ।
सन् २०१३ पछि तीव्र असर देखिन थालेको हो । २०१३
अघिसम्म नेपालमा भन्दा भारतमा उच्च मूल्यवृद्धिदर थियो ।
आव ०७२ ७३मा वार्षिक औसत उपभोक्त मुद्रास्फ्रीति नेपालमा
९.९ प्रतिशत रहेकोमा त्यही अवधिमा भारतमा भने ५.३
प्रतिशत थियो गत वर्ष दुई मुलुकबीचको वार्षिक औसत
उपभोक्ता मुद्रास्फ्रिति अन्तर ४.६ प्रतिशत रहेको छ ।
कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए । तर, प्रधानमन्त्री दाहालले मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री थप नगर्ने अडान लिएपछि कांग्रेसले ७ राज्यमन्त्री पाउने भएको स्रोतलाई उद्धृत गर्दै आजको कान्तिपुरमा खबर छापिएको छ। कांग्रेसका भागमा १५ मन्त्रालय छन् ।
माओवादी केन्द्रले लिएका ९ मन्त्रालयमा चार राज्यमन्त्री चयन गरिसकेको छ । कांग्रेसबाट ७ राज्यमन्त्री थप भएपछि वर्तमान मन्त्रिपरिषद ३८ सदस्यीय हुनेछ । हाल कांग्रेसका १५, माओवादी केन्द्रबाट ९ मन्त्री, ४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री छन् । राप्रपाले पनि राज्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।
प्रधानमन्त्री दाहालसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला, बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छन् । साना दलका लागि भनेर ती मन्त्रालय छुट्याइएका हुन् ।
को–को बन्दै छन् राज्यमत्री ?
कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्रसंघीय महासभामा जाने कार्यक्रम स्थगित भएपछि देउवा राज्यमन्त्री तत्काल पठाउने तयारीमा लागेका हुन् ।
देउवा निकट स्रोतका अनुसार ७ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई २ जना दिने तयारी छ । देउवाले समावेशी र प्रादेशिक प्रतिनिधित्व हुने गरी नाम छलफलमा ल्याएको बताइएको छ । यसअघि मन्त्री बनाउँदा पार्टीभित्र आलोचना भएपछि राज्यमन्त्रीमा समावेशी बनाउन देउवा लागेका हुन् ।
राज्यमन्त्रीका लागि कैलालीका मीन विश्वकर्मा, दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, रामेछापका आङतावा शेर्पा, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता चर्चामा छन् । पौडेल पक्षबाट काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् । पौडेल पक्षले यिनैमध्येबाट राज्यमन्त्री तय गर्ने स्रोतको दाबी छ ।
काठमाडौं– ‘ड्याम… ड्याम …।’
बिहान चार बज्दा नबज्दै बमको धमाका सुनेपछी महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको प्रहरी टोली मनकामना उमावि र आकाशदीप ईङलिश बोर्डिङ स्कुल तिर दौडियो ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी प्रधुम्न कार्कीका अनुसार त्यहा पुग्दा सानो साईजको सिलिन्डर प्रयोग भएका दुई वटा बम बिष्फोट भैसकेका थिए ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी प्रधुम्न कार्कीका अनुसार त्यहा पुग्दा सानो साईजको सिलिन्डर प्रयोग भएका दुई वटा बम बिष्फोट भैसकेका थिए ।
बौद्ध प्रहरीको सिंगो टोली त्यहीँ केन्द्रित भएको थियो । एकैछिनमा खबर आयो बौद्धकै राई स्कुल र माउन्ट युराल टिचर्स एकेडेमिमा बम भेटियो । ‘राई स्कुल र माउन्ट युरालमा सुतली बम रहेछ’ बौद्ध प्रहरीका ड्युटी अफिसरले भने, ‘नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।’
‘डल्लुको कंचनजंघा स्कुलमा बम !, ललितपुरको रेडियन्ट रिडर्स एकेडेमीमा बम !’
यसरी जताततै बमको हल्ला फैलिएपछि अभिभावकहरुले आफ्ना छोराछोरी पढ्ने स्कुलका प्रिन्सीपल हरुलाई फोन गरेर सोधे, ‘सर बावु–नानीलाई आज स्कुल पठाउने कि नपठाउने, जताततै बम राखिएको हल्ला चलेको छ ?’
हल्लाका बावजुद स्कुलहरु बन्द भएनन् तर मंगबार बिहानै शुरु भएको बम आतंकले दिनभर चर्चा पायो । बम आतंको १२ घण्टामा काठमाडौंमा के–के भयो ?
यसरी जताततै बमको हल्ला फैलिएपछि अभिभावकहरुले आफ्ना छोराछोरी पढ्ने स्कुलका प्रिन्सीपल हरुलाई फोन गरेर सोधे, ‘सर बावु–नानीलाई आज स्कुल पठाउने कि नपठाउने, जताततै बम राखिएको हल्ला चलेको छ ?’
हल्लाका बावजुद स्कुलहरु बन्द भएनन् तर मंगबार बिहानै शुरु भएको बम आतंकले दिनभर चर्चा पायो । बम आतंको १२ घण्टामा काठमाडौंमा के–के भयो ?
दुई जना पूर्व लडाकु पक्राउ
विद्यालयमा बम राख्ने कार्यमा संलग्न शंकर लाखे र चन्द्रबहादुर तामाङ सहित तप्न जनालाई प्रहरीले बौद्ध एरियाबाट नियन्त्रणमा लियो । पक्राउ परेकामध्ये एकजना बम आतंकमा संलग्न नभएको प्रहरीले स्रोतको भनाई छ । ‘बम आतंकमा संलग्नहरु पूर्व लडाकु भएको खुलेको छ’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले भने, ‘दुई जना पक्राउ परेका छन्, मिन देवकोटा र सुमन श्रेष्ठलाई खोजिरहेका छौं ।’
बम आतंक मच्चाउने मुख्य भुमिकामा थिए मिन देवकोटा । देवकोटा योङ कम्युनिष्ट फोर्स नेपालको संयोजक रहेको काठमाडौं प्रहरी प्रवक्ता प्रधुम्न कार्कीले जानकारी दिए । विगत छ महिनादेखी आपराधीक गतिविधिमा लागेको देवकोटा सिन्धुलीका स्थायी बासि भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’नामक अर्धभुमिगत संठगनमा देवकोटाका आबद्धता खुलेको छ । देवेन्द्र महतो नामको पुर्व लडाकुले माओवादी कम्युनिष्ट केन्द्रको नेतृत्व गरेका छन् ।
‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’नामक अर्धभुमिगत संठगनमा देवकोटाका आबद्धता खुलेको छ । देवेन्द्र महतो नामको पुर्व लडाकुले माओवादी कम्युनिष्ट केन्द्रको नेतृत्व गरेका छन् ।
दुई महिनाअघि गाडी जलाउने समूह
बम आतंकमा संलग्नहरुले दुई महिनाअघि स्वंभुस्थित आईडियल मोडल स्कुलको गाडी जलाएको पाइएको छ । त्यतिवेला अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका कार्यकर्ता बताउने निर्मल मगर र चन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेर मुद्दा चएको थियो पछि उनीहरु धरौटीमा छुटे ।
‘अहिले त्यहि समुहले बम आतंक मच्चाएको पाइएको छ’ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रधुम्न कार्र्कीले भने, ‘घटनास्थलमा पनि त्यही संगठनको पर्चा भेटियो ।’
मंगलबार बम विष्फोट गराएको र बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको केन्द्रिय समितिको पर्चा भेटिएको छ ।
मंगलबार बम विष्फोट गराएको र बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको केन्द्रिय समितिको पर्चा भेटिएको छ ।
एनप्याब्सनले भन्यो, ‘थ्रेट पहिल्यै थियो, सरकारले वास्ता गरेन
बम विस्फोट गराउने समूहले पहिलादेखि नै चेतावनी दिएको भएपनि सरकारले वास्ता नगरेको राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (एनप्याव्सन)ले बताएको छ । ‘आफ्ना मागहरु कसैले नसुनेको भन्दै सुन्नेगरी केही गर्छौँ’ भनेर चेतावनी दिएको कुरा शिक्षामन्त्री र प्रहरीलाई जानकारी गराएपनि उनीहरुले केही पहल नगरेको एनव्याव्सनका अध्यक्ष कर्ण बहादुृर शाहीले बताए ।
‘विद्यालयको बस जलएपछि मैले धेरैपटक आफै पहल गरेर बैठक बसाएँ, शिक्षा मन्त्री, राज्यमन्त्री दुवैजनालाई राजनीतिक समूहलाई सानोठूलो भन्न मिल्दैन वार्ताका लागि पहल गरीदिनुस् भनेको हो’, शाहीले रातोपाटीसंग कुरा गर्दै भने ‘तर सरकारले वास्तै गरेन् ।’
उनका अनुसार जनार्दन शर्मा शान्तीमन्त्री भएको बेला बम आतंक मच्चाउने संगठनसँग सरकारको पटक–पटक वार्ता समेत भएको थियो ।
उनका अनुसार जनार्दन शर्मा शान्तीमन्त्री भएको बेला बम आतंक मच्चाउने संगठनसँग सरकारको पटक–पटक वार्ता समेत भएको थियो ।
गृहमन्त्रीको निर्देशन, ‘बम आतंक मच्चाउनलेलाई कारवाही गर्नु’
गृहमन्त्री विमलेन्द्र निधिले विभिन्न नीजि विद्यालयमा बम राखेर आतंक सृजना गर्नेलाई छानविनमा ल्याई कारवाही गर्न निर्देशन दिए । गृहमन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाका अनुसार शिक्षा जस्तो संवेदनशिल ठाउँमा बम राखेर आतंकित गराउनेलाई कडा कारवाही गर्न मन्त्री निधिले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए ।
‘केही पक्राउ परेका छन्, अन्यको खोजी भइरहको छ’ गृह प्रवक्ता यादव प्रसाद कोइरालाले भने, गृहमन्त्रालय यो घटनाप्रति निकै गम्भीर छ ।’
‘केही पक्राउ परेका छन्, अन्यको खोजी भइरहको छ’ गृह प्रवक्ता यादव प्रसाद कोइरालाले भने, गृहमन्त्रालय यो घटनाप्रति निकै गम्भीर छ ।’
स्कूल संचालकको पत्रकार सम्मेलन, आन्दोलनको चेतावनी
विद्यालय क्षेत्रमा बम आतंक फैलाउनेलाई कडा बारवाही नगरे आन्दोलनमा उत्रने भन्दै हिसा, प्याब्सन र एन प्याब्सनले चेतावनी दिए ।
रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा तीनवटै संगठनका प्रमुखहरुले संयुक्त विज्ञप्ती जारी गरेर बम आतंक फैलाउनेहरुलाई कडा कारवाहीको माग गरेका हुन् ।
प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्यभएको टिप्पणी गरे ।
रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा तीनवटै संगठनका प्रमुखहरुले संयुक्त विज्ञप्ती जारी गरेर बम आतंक फैलाउनेहरुलाई कडा कारवाहीको माग गरेका हुन् ।
प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्यभएको टिप्पणी गरे ।
अनभिज्ञ गुप्तचर
आधा दर्जन स्कुलमा बम आंतक मच्चाउने हरकत हुँदा पनि देशको गुप्तचर निकाय भने अनभिज्ञ देखिएको छ । स्रोतका अनुसार सम्भावित यस्ता घटनावारे राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई जानकारी गराएको थिएन । ‘संविधान दिवसमा सुरक्षा निकाय केन्द्रीत भएको बेला राजधानीमा बम आंतक मच्चाइनु एउटा सुनियोजित योजना हुन सक्छ ।’ एक पूर्व सुरक्षा अधिकारीले भने , ‘गुप्तचर एजेन्सीले यसमा ध्यान दिनपर्दथ्यो ।’ उनले राजधानीजस्तो ठाँउमा यस्तो घटना हुनुले देशको सुरक्षामाथि प्रश्न उठ्ने बताए ।