सुरेश मिश्र , इटहरी १५ असोज । विगत १५ वर्षदेखि इटहरी र आसपासमा इन्टरनेट सेवा प्रदान गर्दै आएको वल्र्डलिङ्क प्रा.लि.ले ग्राहकहरुलाई मध्यनजर गर्दै फाइबर इन्टरनेट सेवा ल्याएको छ। घरघरमा फाइबर इनटरनेट भन्ने मुल नाराका साथ अगाडी वढेको वल्र्डलिङ्क प्रा.लि.ले नेपालीहरुको महान पर्व बडा दशै र तिहारलाई लक्षित गरी आफ्नो सेवा विस्तार संगै फाइबर इन्टरनेट सेवाको योजना ल्याएको हो।
विश्व स्तरिय उच्च प्रविधीको फाइबर इन्टरनेट FTTH (फाइबर टु दी होम) सेवा ५ एमबीपिएस मात्र १८ सय रुपैयामा आईपी टिभीको सुविधा सय भन्दा वढी टेलिभिजन च्यानल सहित दशै तिहार विशेष छुट योजना ल्याएको वल्र्डलिङ्क प्रा. लि. इटहरीशाखाका प्रमुख कृष्ण घिमिरेले , जानकारी दिए । घिमिरेले इटहरी उपमहानगरपालिकाको १ नम्बर वडामा फाइबर इन्टरनेट सेवा जडान सम्पन्न भएको र सो स्थानहरुमा विश्वस्तरिय उच्च प्रविधिको फाइबरबाट इन्टरनेट संगै टिभी च्यानलका साथ यो सेवा प्रदान गरिसकेको र दशै तिहारको अवसरमा फाइबर इन्टरनेट जडान गर्ने ग्राहकलाई बिशेष छुट प्रदान गरिने वताए । फाइबर इन्टरनेट मार्फत ग्रहाकहरुले इन्टरनेट संगै टेलिभिजन पनि हेर्न सक्ने र दशै तिहारलाई लक्षित गरी आफुहरुले फाइबर इन्टरनेटमा विशेष छुटको योजना ल्याएको उनको भनाइ रहेको थियो । र यहि आर्थिक बर्ष सम्ममा इटहरी उपमहानगरपालिका भित्रका प्रत्येक स्थानमा सेवा पुर्याउने समेत जानकारी दिए। यस्तै वर्डलिंक प्रालिले आफ्नो स्थापनाको २१ बर्ष पुगेको अवसरमा रु २१ मा नै फाइबर ईन्टरनेट सेवा जडान गरिने इटहरी साखाका प्राबिधिक इन्चार्ज रोसन बिष्वकर्माले जानकारी दिए।
वल्र्डलिङ्क प्रालिले बिगत १५ बर्ष देखिनै इटहरी , बिराटचोक, खनार, इनरुवा लगायतका क्षेत्रमा भएका ग्राहकहरुलाई वाएरलेस प्रबिधिबाट इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । प्रालिले आगामी दिनमा यि सम्पुर्ण क्षेत्रमा फाइबर मार्फत इन्टरनेट सेवा प्रदान गर्ने योजना बनाएको छ ।
काठमाडौं / सुनको भाउ आज बुधबार तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको ५८ हजार सात सय रुपैयाँ कारबार भईरहेको सुन बुधबार तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु
गणतन्त्रलाई आफ्नो आदर्श मान्ने भएको छ । राष्ट्रियता, प्रजातन्त्र र
उदारवादलाई आफ्नो आदर्श मान्दै आएको राप्रपाले अब हिन्दु
गणराज्यलाई पनि आदर्श मान्ने भएको हो ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले ८० प्रतिशत भन्दा
बढी जनता हिन्दु धर्मावलम्बी भएको मुलुकलाई
धर्मनिरपेक्ष राष्ट्र भन्न नमिल्ने बताए । जबराले दशैं तथा तिहार पर्वको
अवसरमा पत्रकारसँग शुभकामना साटासाट गर्न बुधबार काठमाडौमा एक
कार्यक्रम गरी राप्रपाले अब धर्मनिरपेक्षतालाई
स्वीकार नगर्ने बताए ।
२०६२/०६३ सालको जनआन्दोलनपछि पुनस्र्थापित संसद्ले नेपाललाई
धर्मरिपेक्ष मुलुक घोषणा गर्दा राप्रपाले स्वागत गरेको थियो ।
राप्रपा अध्यक्ष जबराले हिन्दु राज्यको वकालत गर्दै आएको राप्रपा
नेपालसँग पार्टी एकताको सम्भावना नटरेको पनि बताए ।
गणतन्त्रलाई आफ्नो आदर्श मान्ने भएको छ । राष्ट्रियता, प्रजातन्त्र र
उदारवादलाई आफ्नो आदर्श मान्दै आएको राप्रपाले अब हिन्दु
गणराज्यलाई पनि आदर्श मान्ने भएको हो ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले ८० प्रतिशत भन्दा
बढी जनता हिन्दु धर्मावलम्बी भएको मुलुकलाई
धर्मनिरपेक्ष राष्ट्र भन्न नमिल्ने बताए । जबराले दशैं तथा तिहार पर्वको
अवसरमा पत्रकारसँग शुभकामना साटासाट गर्न बुधबार काठमाडौमा एक
कार्यक्रम गरी राप्रपाले अब धर्मनिरपेक्षतालाई
स्वीकार नगर्ने बताए ।
२०६२/०६३ सालको जनआन्दोलनपछि पुनस्र्थापित संसद्ले नेपाललाई
धर्मरिपेक्ष मुलुक घोषणा गर्दा राप्रपाले स्वागत गरेको थियो ।
राप्रपा अध्यक्ष जबराले हिन्दु राज्यको वकालत गर्दै आएको राप्रपा
नेपालसँग पार्टी एकताको सम्भावना नटरेको पनि बताए ।
१२ असोज, काठमाडौं । बालिकालाई जवरजस्ती करणी
गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई
प्रहरीले राजधानीको पेप्सीकोलाबाट पक्राउ
गरेको छ ।
काठमाडौ महानगरपालिका-३ बाँसबारी बस्ने खोटाङ घर भएका २६
वर्षीय अर्यालले सिन्धुपाल्चोक स्याउले-८ घर भई
बुढानिलकण्ठ नगरपालिका-५ पासीकोटस्थित खाली
जग्गा भाडामा लिई छाप्रोमा परिवारसँग बस्दै आएकी ११
वर्षीया बालिकालाई पटक-पटक जबरजस्ती
करणी गरेको बताइएको छ ।
बालिकाको बुवासँग ज्यामी काम गर्दै आएका अर्याल सोमबार
बालिकालाई लिन विद्यालयमा गए पश्चात् शिक्षकहरुलाई शंका लागेको थियो ।
मंगलबार बालिकासँग सोधपुछ गर्दा अर्यालले आफुलाई पटकपटक
करणी गरेको बताएकी छन् । फरार अर्याललाई भने
प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको छ ।
काठमाडौं-पेट्रोलियम बजार विविधीकरण गर्दै चीनबाट
इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली
बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजेको देखिएको छ।
रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने
तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर
पेट्रोलियम पदार्थ ल्याउनुपर्ने सर्त अघिसारेको हो ।
भारतीय नाकाबन्दीका बेला नेपालले पेट्रोलियम बजारको
विकल्प खोज्ने निर्णय गरेको थियो । तत्कालीन केपी
ओली सरकारले चीनसँग पारवहन सम्झौता गर्दै
त्यसका लागि बाटोसमेत खोलेको थियो ।
नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न
बैठकमा इन्डियन आयल कर्पोरेसन (आइओसी) का
अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी
१५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन् ।
आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने
अस्वीकार गरेका छन् ।
सन् २०१२ मा आइओसीसँग भएको इन्धन खरिद र
आयातसम्बन्धी सम्झौता नवीकरण गर्ने समय (सन्
२०१७) नजिकिँदै जाँदा पूर्वतयारी र पेट्रोलियम पाइपलाइन
निर्माणलगायत विषयमा दुई देशका अधिकारीबीच
छलफल भएको हो । निगम कार्यकारी निर्देशक गोपाल खड्का
नेतृत्वको टोली आइओसीका अधिकारीसँग
बैठक सकाएर मंगलबार स्वदेश फर्किएका छन् ।
भारतबाट १५ वर्षसम्म पेट्रोलियम पदार्थ ल्याउनुपर्ने,
आइओसी र निगम मिलेर नेपालमा अत्याधुनिक पेट्रोलपम्प
सञ्चालन गर्नेेलगायत भारतले राखेको प्रस्ताव नेपालले
अस्वीकार गरेको बैठकमा सहभागी एक
अधिकारीले बताए ।
‘१५ वर्षसम्म इन्धन ल्याउने र ठूला—ठूला पम्प चलाऊँ भनेका थिए,’
ती अधिकारीले भने, ‘उनीहरुको प्रस्ताव
हामीले अस्वीकार ग¥यौं ।’ निगमले
आइओसीबाट ४० वर्षदेखि इन्धन किन्दै आएको छ ।
आइओसी र निगम दुई देशका सरकारी स्वामित्वका
कम्पनी हुन् ।
व्यावहारिक रुपमा तत्काल अन्य मुलुकबाट इन्धन ल्याउने सम्भाबना नरहे
पनि भारतको रणनीतिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रक्सौल
—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता हँुदा पनि १५
वर्षलाई बजार सुरक्षित गर्न उक्त सर्त राखिएको आपूर्ति मन्त्रालयका
एक सहसचिवले स्मरण गरे । ‘पाइपलाइन सम्झौता गर्दा पनि भारतले
बजारको सुनिश्चितता खोजेको थियो,’ ती सहसचिवले भने, ‘भारत
नेपालको पेट्रोलियम बजार सधैँ आफ्नो पकडमा राख्न चाहन्छ ।’
नाकाबन्दीका बेला आइओसीले नेपालमा पेट्रोलियम
पदार्थ आपूर्ति नगरेपछि सरकारले चीनलगायत मुलुकसँग
पेट्रोलियम बजारको विविधीकरण गर्ने निर्णय गरेको थियो ।
बेइजिङ भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री
केपी ओलीले चीनसँग
खरिदबिक्री सम्झौता गर्ने तयारी गरे पनि अन्तिम
समयमा उक्त अजेन्डालाई हटाएका थिए । उनी अन्तिम समयमा
हच्किएर चीनसँग सम्झौता नगरी फर्केका थिए ।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार संकुचित हुन नहुने सरोकारवाला
बताउँछन् । तत्काल भारतको विकल्पमा इन्धन ल्याउने सम्भावना नरहे पनि
विकल्प खुला राख्नुपर्ने कतिपयको तर्क छ । पाइपलाइन निर्माण र
आइओसीसँग सम्झौता नवीकरण गर्दा बजार
विविधीकरण प्रभावित नहुने किसिमले गर्नुपर्ने वाणिज्य
मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाले बताए ।
‘हाम्रालागि पेट्रोलियम पदार्थ खरिद गर्ने स्रोत फरक—फरक हुनुपर्छ,’
ओझाले भने, ‘बजार विविधीकरण रोक्नु हुँदैन ।’ तत्काल
अन्यत्रबाट ल्याउन सक्ने सम्भावना पनि रहेकाले अन्यत्रबाट किन्न
पाउने अधिकार सुरक्षित गर्दै थप १५ वर्ष भारतबाटै तेल ल्याउन सकिने
ओझाले बताए । नेपाल व्यापार संगठनको सदस्य भइसकेकाले खुला
विश्वबजारमा आयात—निर्यात गर्न पाउने अधिकार सुरक्षित राख्नुपर्ने भनाइ
छ । नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रुपमा परनिर्भर रहेकाले दुई
देशबीच सम्बन्ध चिसिँँदा पेट्रोलियम पदार्थलाई अस्त्र बनाएकाले
यसबाट सचेत हुनुपर्ने सरोकारवाला बताउँछन् ।
पाइपलाइन निर्माणको प्रारम्भिक सम्झौता गर्दा पनि आइओसीले
निरन्तर भारतबाटै पेट्रोलियम पदार्थ लैजानुपर्ने सर्त राखेको थियो ।
‘पाइपलाइनको विषयमा छलफल गर्दा सुरुदेखि नै नेपालको पेट्रोलियम बजारमा
एकाधिकार कायम गर्न खोजेका थिए,’ निगमका एक पूर्व कार्यकारी
निर्देशकले भने । पेट्रोलियम आयात रणनीतिक महत्वको विषय
भएकाले पाइपलाइनबाट तेस्रो पक्षले पनि तेल ल्याउन पाउनुपर्ने
विषयसमेत समेट्नुपर्ने ती निर्देशकको भनाइ छ । ‘एउटालाई
मात्र होइन, अन्य कम्पनीलाई पनि पेट्रोलियम पदार्थ कारोबारमा
रोक लगाउन पाइँदैन,’ ती निर्देशकले भने, ‘उनीहरुले
आफ्नो बजार जोगाइराख्न खोज्नु स्वाभाविक हो तर हामीले पनि
विकल्प खुला राख्नुपर्छ ।’
आइओसी सर्तको विषय यसअघि नै टुंगिएको नेपाल आयल
निगमका प्रवक्ता भानुभक्त खनालले बताए । ‘नेपाल र भारतबीच
पाइपलाइन निर्माण सम्झौता हुँदा नै यो विषय टुंगिइसकेको छ,’ निगम प्रवक्ता
खनालले भने, ‘१५ वर्षसम्म तेल ल्याउने विषय अहिलेको बैठकमा उठेको
छैन । उठ्नुको कुनै तुक पनि छैन ।’ यो निगम र आइओसीको
अजेन्डा नभई दुई देशका सरकारबीचको विषय भएको उनले बताए
।
पेट्रोल पाइपलाइनको सर्भे सम्पन्न भइसकेकाले निर्माण चरणमा प्रवेश
गर्न आइओसीका अधिकारी आतुर रहेको प्रवक्ता
खनालले बताए । ‘हामीले गर्नुपर्ने काम गरे उनीहरु
डिसेम्बरबाटै निर्माण सुरु गर्न तयार छन्,’ खनालले भने, ‘शंका गर्नुपर्ने
विषय छैन । पाइपलाइन निर्माण अघि बढ्छ ।’
२ अर्ब ७५ करोड भारु (४ अर्ब ४० करोड रुपैयाँ) लागतमा पाइपलाइन
परियोजना अघि बढेको छ । त्यसमा भारतले ३ अर्ब २० करोड रुपैयाँ र
नेपाल सरकारकोतर्फबाट १ अर्ब २० करोड रुपैयाँ खर्चिने योजना छ । सन्
२०१२ को सम्झौतामा उल्लेख भएका केही बुँदा अहिलेको
सान्दर्भिक नभएकाले ती विषय हटाउनसमेत दुई पक्ष सहमत
छन् ।
‘पाँच वर्षअघिको सम्झौता रिभाइज हुन्छ,’ खनालले भने,
‘तत्कालीन अवस्थामा राखिएका अहिले उपयुक्त नभएका विषय
सम्झौता नवीकरण हुँदा हटाउने सहमति भएको छ ।’
आयल निगमले आइओसीलाई तिर्ने रकम महिना मरेको
तीन दिनपछि तिरे पनि हुने भएको छ । तत्काल वक्यौता नतिरे
यसअघि व्याज तिर्नुपर्ने प्राबधानलाई सच्याउन आइओसी तयार
भएको खनालले बताए । ‘एक दिन ढिला हुँदा पनि व्याज तिर्नुपर्ने अवस्था
थियो,’ उनले भने, ‘त्यो प्रावधान हटाउन सहमत भएका छन् ।’ अबरोध
खुलेपछि नेपालको आवश्यकता अनुसार इन्धन उपलब्ध गराएकोमा
नेपाली अधिकारीले धन्यवाद समेत व्यक्त गरेका थिए
।
भारतको नाकाबन्दीको बेला आइओसीले आपूर्ति रोक्दा
निगमलाई भएको क्षतीको विषयमा समेत छलफल भएको थियो ।
निगमका कार्यकारी निर्देशक खड्काले यो विषय उठाए पछि
आइओसीका बजार निर्देशकले आगामी दिनमा
आपूर्तिमा कुनै समस्या हुन नदिने प्रतिबद्धता जनाएका थिए । नेपालमा अरु
पेट्रोकेमिलकको व्यापार निगममार्फत सकिने आइओसीका
अधिकारीले प्रस्ताब राखेका थिए । निगमले पूर्वाधार निर्माण गर्न
आवश्यक प्राविधिक सहयोग गर्न प्रतिबद्धता जनाएका छन् । निगमले
भारतीय अधिकारीसँग भएको छलफलको विषय आपूर्ति
मन्त्रालयमा लिखित प्रतिवेदन बुझाउने जनाएको छ ।
१२ असोज, चितवन । चितवनको दारेचोकस्थित घोप्टेभिरबाट आइतबार त्रिशुली नदीमा खसेर कारसहित वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी जारी छ । तर, बुधबार साँझसम्म पनि उनको अवस्था अज्ञात छ ।
बिहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोलीले दिनभर गरेको खोजीमा कुनै उपलब्धी हुन सकेन । त्रिशुली नदीको बहाव सोही ठाउँमा तिव्र गतिमा रहेका कारणले खोजी कार्य गर्न निकै समस्या भएको सशस्त्र प्रहरी विपत व्यवस्थापन तामिल केन्द्र कुरीनटारका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए । ‘आज पनि दिनभर खोजी गरिएको कुनै उपलब्धी हात लागेन,’ थापाले भने, ‘पानीको करेन्ट अति नै बढी छ, रातमा खोजी गर्न सकिँदैन ।’
थापाले कहिलेसम्म खोजी जारी राख्ने केही बताउन चाहेनन् । घटनास्थल पुगेका गृह र भौतिक पूर्वाधारमन्त्रीले खोजीलाई तिव्रता दिन निर्देशन दिएपनि वेपत्ता घिमिरे सहितका उनका २ भाइ प्रकाश र मदनलाई भेट्न मुस्किल रहेको प्रहरीले जनाएको छ ।
गत भदौ २४ गते सोही स्थानबाट खसेको ट्रक र सो ट्रकका चालक तथा सहचालक अझै भेटिएका छैनन् ।
पूर्वमुख्य सचिव समेत रहेका घिमिरे सवार बा ९ च १५३१ नम्वरको स्कारपियो कार गत आइतवार साँझ ५ बजेतिर घोप्टेभिरबाट त्रिशुली नदीमा खस्दा घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी घिमिरे, आफन्त नारायण काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका घिमिरेका सवारी चालक विष्णु राईलाई पुरानो मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि मंगलबार काठमाडौं लगिएको छ ।
मान्छे खाने घोप्टेभिर….
पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस-३ मा पर्दछ घोप्ट भिर । मुग्लिनबाट झण्डै २ किलोमिटर काठमाडौं तर्फ पर्ने घोप्टे भिर नेर हेभी सवारी साधनका कारण सडकको सतह बिगि्रएको छ । सडकमा कहिँ खाडल बनेको छ भने केही भाग उठेको छ । जसको कारणले चालकले मेसो नपाउने अवस्था छ । घोप्टेभिर नजिक बाटो केही घुमेको छ । सडकमा सानो घुमेको पुल पनि छ ।
यहिँबाट सवारी साधनहरु तल त्रिशुली नदीमा खस्दै आएका छन् । त्यहिँनेर नदीमा पानीको बहाव निकै उच्च भएकाले घोप्टे भिरबाट खसेका सवारी सधान र मानिसहरु वेपत्ता हुने गरेका छन् । हालसम्म यहि स्थानबाट खसेका गाडीहरुबाट २७ जना वेपत्ता भएको प्रहरी बताउँछ ।
दुर्घटनास्थल भन्दा ठीक ३० मिटर अगाडि मुग्लिनतर्फ ‘अति दुर्घटनाग्रस्त क्षेत्र’ भनेर लेखिएको ट्राफिक संकेत छ । यस्तो संकेत देख्नासाथ चालकले सडक र ट्राफिक संकेत अनुरुप सचेतनापूर्वक आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ ।
दुर्घटनास्थल भन्दा ठीक ३० मिटर अगाडि मुग्लिनतर्फ ‘अति दुर्घटनाग्रस्त क्षेत्र’ भनेर लेखिएको ट्राफिक संकेत छ । यस्तो संकेत देख्नासाथ चालकले सडक र ट्राफिक संकेत अनुरुप सचेतनापूर्वक आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ ।
तर, बिडम्बना अझै पनि चालकहरुले यसतर्फ ध्यान नदिँदा दुर्घटना हुने गरेको प्रहरी बताउँछ । सडक विभागले पनि सुरक्षामा त्यति ध्यान दिएको पाइँदैन ।
काठमाडौं– नेपाल बैंक लिमिटेडमा प्लस–टु तह उत्तीर्ण
गरेका ४७ जनालाई रोजगारीको अवसर खुलेको छ। बैंकले
बुधबार सार्वजनिक सूचना जारी गरी योग्य
उम्मेदबारबाट दरखास्त आह्वान गरेको हो।
बैंकले जारी गरेको सूचनाअनुसार कम्तीमा द्वितीय
श्रेणीमा व्यवस्थापन संकायमा प्लस टु उत्तीर्ण गरेका
उम्मेद्वारले दरखास्त दिन सक्ने छन्।
स्थायी कनिष्ट सहायक पदका लागि जारी गरिएको
उक्त सूचनाअनुसार उम्मेद्वारले असोज १९ गतेसम्ममा फारम
दर्ता गरिसक्नु पर्ने छ।
खुला कोटामा २६, महिला ७, आदीवासी/जनजाति ६,
मधेशी ४, दलित २, अपांग १, पिछडिएको क्षेत्रमा १
कोटाका लागि विज्ञापन गरिएको छ।
हेर्नुहोस् सूचना
चौधरी÷इटहरी, जनता वहुमुखी
क्याम्पस इटहरीको संचालक समितीले ्आफ्ना
आसेपासे , द्वारपाले ,धुपौरे, र गृह कामदारेलाई समेत चोर दुलाबाट
कर्मचारिको रुपमा नियुक्ति गरेको आरोप राष्ट्रिय प्रजातात्तिक
विद्यार्थी संगठन नेपालले लगाएको छ । जनता
बहुमुखी क्याम्पस इकाई कमिटीले क्याम्पस प्रमुुख
समक्ष २४ घण्टे अल्टीमेटम सहित माग पत्र समेत पेश
गरेको छ । क्याम्पसको जोड इट्टामा बिपन्न बिद्यार्थीहरुको
दर्बिलो स्वप्न र नाप्नै नसकीने योगदान छ,जसको रक्षार्थ
निरन्तर खबरदारि तथा रचनात्मक भुमिका रहेको बताउदै कार्य वहाक
अध्यक्ष दिनेश काफ्लेले कुरीती विरुद्ध जस्तो सुकै
आन्दोलन गर्न आफु तयार रहेको बताए । यसै विषयलाई लिएर
सुनसरी जिल्ला सह सचिव सुरेश मिश्रले चोर दुलाबाट
कर्मचारिको रुपमा नियुक्ति गर्नु हाम्रो लागि मात्र नभई आम बिद्यार्थिका लागि
समेत असह्य छ तसर्थ त्यस्ता कर्मचारीको कहिले किन
कहिले सम्मका लागि नियुक्ती भएको हो ? निजको म्याद सकिए
पछी पनि बिना म्याद थप किन पोषित गरिदै छ ? यदि आवश्यक
नभई म्याद नथपे बिना कारण भरण पोषण किन गरीदै छ ? के
गरिब बिद्यार्थीको शुल्कको मनोमानी
फुर्मासी गर्ने छुट छ ? जस्ता प्रश्न क्याम्पस प्रशासन
समक्ष प्रश्न राख्दै निज कर्मचारिको अबीलम्ब बिदा
गरी निकास दिन अनुरोध गर्दै यस्तो क्रियाकलाप नरोके
क्याम्पसको भविष्य अन्यौलमा रहने बताए । साथै संगठनका
केन्द्रीय प्रभावशाली नेता बिकल रेग्मीले
बिद्यार्थीहरुको असिम पसीनाको मुल्य समर्पण
रहेको यस ओजिलो परिधी भित्र रहदै क्याम्पसमा कर्मचारि
नियुक्तिको बिषयमा भएका मनोमानी प्रती कडा
आपत्ती जनाएका छन । केहि राजनैतिक पार्टीका नेता
जो आफु अनुकुलीत भेषमा क्याम्पसको संचालक
समितीमा हुनु त पाच्य नै थियो तर आफ्नै मनोमानी
चलाउन खोजेको र फेरीपनी आफ्नै
मनोमानी चलाउन खोजे संगठनले आन्दोलनका चरणहरु
अगी बढाउन बाध्य हुने बताए ।
कार्यबाहक अध्यक्ष दिनेश काफ्ले क्याम्पस प्रमुख समक्ष मागपत्र पेश गर्दै
१० असोज, काठमाडौं । सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन् ।
पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्रध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका आजको अन्नपूर्णमा समाचार छ ।
मल्ल राजा गुणकामदेवको पालदेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन वर्षेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए ।
२०५८ सालमा राजा भएपछि राष्ट्रध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दैछन् ।