साउन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको बानी रहस्यमय र खतरापूर्ण रहेको टिप्पणी गरेका छन् ।
हिरोसिमा नागासाकीमा बम खसाएको स्मृतिमा काठमाडौंमा गरिएको कार्यक्रममा निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डमाथि जता गयो उतै लब पार्यो भन्ने गरेको आरोप लगाए ।
मधेस गयो, मधेससँग त पहाड गयो पहाडसँग लभ परेको भन्ने गरेको भन्दै उनले भने, अस्ती अस्ती मसँग पनि लभ पर्यो भन्दै हुनुहुन्थ्यो । हो कि क्या हो भनेँ । केही नबोली च्याप्प म्वाइँ खाँदा पो थाहा भो अगाडिको दात त (हातल दाराको संकेत गर्दै) यस्तो पो रहेछ ।’
उनले पटक-पटक हातले इशारा गरेर दाराको संकेत गरेपछि कार्यक्रममा सहभागीहरुबीच हाँसको फोहोरा नै छुटेको थियो ।
भाषणको अन्त्यमा बर्तमान प्रधानमन्त्री प्रचण्डको नाम उच्चारण नगरी कटाक्ष गरेका ओलीले राजनीतिमा कहिले काहीँ यस्तो हुने बताए ।
पैसा के हो भन्ने कुराको सार त प्रायः परिचित नै छ । नेपाली समाजमा बढिरहेको बेरोजगार र आजकलका मानिसहरुमा देखिएको इनटरनेटको लत सर्वाङ छ । मेरो विचारमा भन्नु पर्दा यदि हामी आफ्नो श्रम, सिप, समयलाई सहि सदुपयोग गर्न जान्दछौं भने “हरेक खराब सँग खराब भन्दा बढी असल कुरा हरु निकाल्न सकिन्छ ।” यसर्थ मैले यहाँ प्रस्तुत गर्न खोजेको के हो भने हामीमा भएको बेरोजगारको समस्या हल गर्न गुगल एडसेन्स बाट केही हद सम्म सहयोग मिल्न सक्छ भन्ने हो ।
तर कसरी ?
हो यो यथार्त हो । तर यसको लागी धैर्यता र मेहनतको खाँचो पर्दछ । यसरी एडसेन्सबाट पैसा कमाउन पहिला वेभसाईट सम्बन्धि केही ज्ञान हुनु पर्दछ, साथै इमेल, फेसबुक तथा अन्य सामाजिक संजालमा पनि आवद्ध हुनु पर्दछ । यदि हामी वेभ सम्बन्धि ज्ञानमा कमी छौ भने पनि केहि छैन । गुगलले ब्लग मार्फत पनि आम्दानि गर्ने अवसर प्रदान गरेको छ ।
हो यो यथार्त हो । तर यसको लागी धैर्यता र मेहनतको खाँचो पर्दछ । यसरी एडसेन्सबाट पैसा कमाउन पहिला वेभसाईट सम्बन्धि केही ज्ञान हुनु पर्दछ, साथै इमेल, फेसबुक तथा अन्य सामाजिक संजालमा पनि आवद्ध हुनु पर्दछ । यदि हामी वेभ सम्बन्धि ज्ञानमा कमी छौ भने पनि केहि छैन । गुगलले ब्लग मार्फत पनि आम्दानि गर्ने अवसर प्रदान गरेको छ ।
के हो त ब्लग भनेको ?
वास्तबमा कागजी पानामा लेखिने दैनिकी डायरीको को अनलाइन स्वरुप नै ब्लग हो, जसमा आफू आफ्ना समाज राष्ट्रका गतिविधीहरु एवम विचार भावना इत्यादि कुराहरु व्यक्त गरिन्छ । जुन विश्वका विभिन्न ठाउँबाट इन्टरनेट माध्यममा देखिन्छ, जहाँ विश्वका हरेक ठाउँबाट सल्लाह सुझाव एवम् प्रतिक्रयाहरु बाड्न सकिन्छ । त्यसैले वेव माध्यममा लेखिने डायरी भएकोले यसलाई वेबब्लग भनियो जसको छोटकरी नाम ब्लग (blog) हो ।
वास्तबमा कागजी पानामा लेखिने दैनिकी डायरीको को अनलाइन स्वरुप नै ब्लग हो, जसमा आफू आफ्ना समाज राष्ट्रका गतिविधीहरु एवम विचार भावना इत्यादि कुराहरु व्यक्त गरिन्छ । जुन विश्वका विभिन्न ठाउँबाट इन्टरनेट माध्यममा देखिन्छ, जहाँ विश्वका हरेक ठाउँबाट सल्लाह सुझाव एवम् प्रतिक्रयाहरु बाड्न सकिन्छ । त्यसैले वेव माध्यममा लेखिने डायरी भएकोले यसलाई वेबब्लग भनियो जसको छोटकरी नाम ब्लग (blog) हो ।
के हो गुगल एडसेन्स (Google Adsense)?
गुगल वेबमास्टर्सको विज्ञापन कार्यक्रम अन्तरगत एड्वार्ड भनिने कार्यक्रमको संयुक्त रुप नै एडसेन्स हो । एडवर्ड भन्नाले विज्ञापन नीति अन्तर्गत विज्ञापनदाताहरुले दिएको विज्ञापनलाई प्रचारप्रसारको क्रममा विभिन्न इन्टरनेट माध्यमहरुबाट जनमानसमा पु¥याुने माध्यम हो । जसले वेवसाइट तथा ब्लग धनीहरुलाई एडवार्डबाट संकलित विज्ञापनहरु आफ्ना साइट तथा ब्लगहरुमा राख्ने अनुमति दिने कार्य गर्दछ ।
आम्दानी कसरी गर्छौं त ?
साराशंमा भन्नुपर्दा गुगल डट कममा विज्ञापनदाताहरुले आफ्नो विज्ञापन विस्तार गर्न केही रकमहरु तिरिरहेका हुन्छन्, अनि जब हरेक पटक जुन विज्ञापनमा क्लिक गरिन्छ त्यतिबेला गुगलले त्यो विज्ञापनका लागि विज्ञापनदाताहरुले तिरेको पुर्वनिर्धारित रकमबाट केही प्रतिशत अंश छुट्याएर तिर्ने गर्दछ, पछि त्यो नै हाम्रो आम्दानी हुन्छ । ती एडवार्डहरु कस्ता हुन्छन भन्ने जानकारी लिनका लागि कुनै पनि बेला गुगल डट कममा कुनै पनि कुरा खोजी गरेर रिजल्ट पेजको दाहिने पटिको साइटमा हेर्न सक्नु हुन्छ । उदाहरणका लागि मैले यहाँ खोजी गरेको कुरालाई चित्रमा प्रस्तुत गरेको छ ।
त्यसैगरी एडसेन्स कार्यक्रम एडवार्ड भन्दा बिल्कुलै फरक कार्यक्रम हो, जसले एडवार्ड विज्ञापनहरुलाई प्रचार प्रसार एवम् विस्तार गर्नका लागि तपाईं हामी जस्ता ब्लग तथा वेवसाइट संचालकहरुलाई ती आफ्ना साइट तथा ब्लगहरुमा प्रसारित गर्नका लागि अनुमति दिने काम गर्छ । अनि हाम्रो साइट तथा ब्लगहरुमा विज्ञापन राखिदिए वापत एडवर्ड ग्राहकहरुबाट गुगललाई तिरिएको रकमको केही रकम छुट्याउने गर्दछ । अर्को शब्दमा भन्नु पर्दा एडसेन्स पब्लिसर को हैसियतले तपाईंले गुगललाई ती एडवार्ड विज्ञापन प्रचारका लागि सहयोग पु¥याुने हुन्छ ।
हरेक पटक तपाईंको साइटमा त्यहाँ राखिएको गुगल विज्ञापनमा साइट भिजिटर्सले क्लिक गरे वापत प्राप्त हुने पुरा रकमको केही निश्चित प्रतिशत शेयर रकम चै तपाईंलाईं तिर्छ । त्यो नै हामीले गुगल एडसेन्स बाट कमाउने रकम हो । त्यो रकम कति हुन्छ भन्ने कुरा विज्ञापनको प्रकृतिमा भर पर्ने हुन्छ भने बढी रकम प्राप्त हुने विज्ञापन देखिने कुरा आफूले बनाएको साइट तथा ब्लगको सामाग्रीमा भर पर्दछ जसलाई अंग्रेजीमा कन्टेन्ट भनिन्छ । अनि कन्टेन्ट अनुसारका विज्ञापनहरु देखिएमा बढी क्लिक हुने कुरामा दुइमत छैन ।
यसरी बढी क्लिक हुनु भनेको आफ्नो आम्दानी पनि बढी हुँदै जानु हो । उदाहरणका लागि तपाईं कुनै सुचना तथा जानकारी सम्बन्धी ब्लग तथा वेवसाइट चलाउनुहुन्छ भने जब तपाईंले एडसेन्स प्रोग्राममा सहभागी बन्नु हुन्छ त्यति बेला गुगलले केही जाभास्क्रिप्ट कोड उपलब्ध गराउँछ, जुन चाही तपाईंले आफ्नो साइट तथा ब्लगमा राख्नु पर्ने हुन्छ ।
तपाईंले त्यो कोड आफ्नो साइटमा राखीसकेपछि गुगलले आफ्नो अत्याधुनिक स्वचालित अनलाइन प्रविधिमार्फत अघि माथि उल्लेख गरिएको साइटको कन्टेन्ट पढ्छ र त्यो ब्लग तथा साइट के बारेमा हो भन्ने कुरा छुट्याइसके पछि त्यही अनुसारका विज्ञापनहरु डिस्प्ले गर्छ । यसका लागि विज्ञापन कोड राखिसके पछि दश मिनेटको समयले लिने गर्दछ ।
सान्दर्भिक कन्टेन्ट ले भिजिटर ट्राफिक बढाउने काम गर्दछ भने सान्दर्भिक विज्ञापनले ती भिजिटरहरुलाई उक्त विज्ञापनमा क्लिक गराउने मौकामा वृद्धि गर्दछ । यसको मतलब तपाईंको आम्दानी बढ्नु हो । यसरी आम्दानी बढ्दै एकसय डलर पुगेपछि गुगलले चेक पठाउने गर्दछ । जुन चेक तपाईंले आफ्नो बैंक खातामा जम्मा गर्न सक्नु हुने छ । नेपालमा वेस्टर्न युनियन बाट पनि सिधै प्राप्त गर्न सकिन्छ ।
सीमा क्षेत्र र विश्वबजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण विगत ८/९ महिनादेखि साउदी सरकारले आर्थिक संकट भोगिरहेको छ। आर्थिक संकटसँगै सीमा क्षेत्रको सुरक्षाकै लागि सरकार शैन्य तयारीमा जुट्दै गर्दा विकासको बजेट पनि कटौती भएको छ। विकास वजेट कटौती भएसँगै विनलादेन जस्ता ठूला कम्पनी पनि बन्द भइसकेका छन्। जसका कारण भारतीय कामदारमा प्रभाव परिसकेको छ। नेपाली कामदारमा भने ठूलो समस्या देखा नपरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयले नेपाली कामदारलाई आउने जुनसुकै समस्याको समाधान र उद्दार गर्न कुनै पनि कसर बाँकी नराख्नेगरी तयारी अवस्थामा रहने लम्सालले बताए।
साउदी अरबमा आर्थिक संकट गहिरिँदै गएपछि रोजगारीको क्रममा साउदी अरब पुगेका नेपाली श्रमिक समस्यामा परेका छन्।
हाल कम्पनीहरुले तलब नदिने र घर फर्किन पासपोर्ट पनि नदिएका कारण हजारौं कामदार ‘भोकभोकै’ परेको भन्दै भारतीय विदेश मन्त्रालयले उद्दारको प्रयास थालेको सन्दर्भमा हजारौं संख्यामा रहेका नेपाली श्रमिक पनि समस्यामा परेको अनुमान छ।
यद्यपी श्रम तथा रोजगार मन्त्रालयले भने तत्काल ठूलो समस्या नदेखिएको भन्दै आउन सक्ने जोखिमप्रति सजग रहेको जनाएको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने जिम्मेवारी पाएको वैदेशिक रोजगार विभागले केही नेपाली कामदार पनि समस्यामा परेको खबर पाएको जनाउँदै समाधानको लागि पहल थालिएको बताएको छ।
‘साउदीमा विदेशी श्रमिक समस्यामा परेका छन्, त्यहाँ नेपाली पनि रहेकोले हामीले म्यानपावर कम्पनीहरुलाई पनि खबर गरेका छौँ’, विभागका महानिर्देशक शत्रुग्धन पराजुलीले सेतोपाटीसँग भने।आफूहरुले ‘ब्यूरोक्रेटिक’ तहमा गर्नेजति पहल गरिरहे पनि सरकार परिवर्तनका कारण राजनीतिक तवरबाट पहल नभएकोले प्रभावकारी कदम चाल्न नसकिएको पराजुलीले बताए।
‘हामीले दुतावास, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लगायत सबै निकायहरुमा खबर गरिसकेका छौँ तर अहिले मन्त्री पनि नभएको अवस्थामा प्रभावकारी पहल हुन नसकेको सत्य हो’ पराजुलीले भने।
साउदीमा केही कम्पनीमा कार्यरत कामदारमा मात्र समस्या भए पनि सबैमा नभएको पराजुलीको भनाई छ। ‘तत्काल ठूलो समस्या छैन तर पनि भविष्यमा हुन सक्ने समस्याप्रति भने सचेत हुनैपर्छ’ उनले भने।
यसैबीच श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले नेपाली कामदारको हकहितका लागि मन्त्रालय दुतावास र सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताए। ‘नियमित रुपमा आउने समस्या अहिले पनि छन्’ सेतोपाटीसँग लम्सालले भने, ‘अहिलेका परिस्थितिको बारेमा मन्त्रालय पनि जानकार छ तर नेपाली कामदारलाई कस्तो परिस्थिति आउँछ अहिले भन्न सक्ने अवस्था छैन।’
नेपालीलाई आउने जुनसुकै समस्याको समाधान र उद्दार गर्न कुनै पनि कसर बाँकी नराख्ने गरी तयारी अवस्थामा मन्त्रालय रहने लम्सालको भनाई छ।
‘रोजगारीका लागि साउदी जाने नेपाली कामदारलाई समेत कम्पनीको आर्थिक अवस्था र कामको प्रवृत्ति बुझेर मात्र जान मानवताको नाताले आग्रह गर्दछु’ उनले भने, ‘रोजगारीका लागि माग ल्याउने र पठाउने म्यानपावर कम्पनीरलाई पनि सचेत रहँदै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न आग्रह गर्दछु।’
साउदी अरेवियामा आर्थिक संकटकै कारण विभिन्न देशबाट गएका कामदार समस्यामा परेको र त्यसमै केही नेपाली पनि परेको बताउँछन् वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ।
त्यहाँ कार्यरत श्रमिक संख्याको अनुपातअनुसार तत्काल भारतीय कामदारले मात्रै अन्य नागरिकको तुलनामा ठूलो समस्या भोग्नु परेको गुरुङको भनाई छ। ‘यो समस्या नेपाली कामदारको हकमा भने तत्काल लागू नहुन सक्छ, नेपालीको तुलनामा भारतीय धेरै हुँदा पनि यस्तो समस्या आएको हो’ गुरुङले भने।
पेट्रोलियम पदार्थमा निर्भर साउदी अरबको अर्थतन्त्र तेलको मूल्यमा गिरावट आएसँगै सुस्त भएको छ। साउदी सरकारले खर्च कटौती गर्दै तेलमाथिको निर्भरता कम गर्ने भन्दै महात्वाकांक्षी नीति सार्वजानिक गरेको थियो।
साउदी सरकरले सीमा क्षेत्रमा आएको समस्या समाधानको लागि भन्दै विकास बजेट कटौती गरेर शैन्य तयारीमा जुटेको थियो। त्यससँगै विकासका काम अगाडि नबढ्दा विभिन्न देशबाट रोजगारमा जानेको संख्या घट्न थालेको विश्लेषण गरिएको छ।
विकास निर्माणको काममा कमी आउनासाथ निर्माणको क्षेत्रमा काम गरिरहेका दर्जनौं कम्पनी बन्द हुन पुगे र नयाँ कामदार पनि लिन सकेनन् भने उल्टै पुराना कामदार कटौती गर्न थाले।
तेलको मूल्यमा कमी आएसँगै साउदीको आम्दानी पनि खुम्चिएको थियो। त्यसको प्रभाव ठूला ठूला उद्योगहरुमा पर्यो। जसको शिकार भयो साउदीकै सबैभन्दा ठूलो निर्माण कम्पनी बिनलादेन। यसकै अन्डरमा रहेका डेढ सयभन्दा बढी कम्पनी समस्याग्रस्त हुँदा पचासौं हजार कामदार बेरोजगार भएका थिए।
नेपालबाट अहिले पान्डा, अलमराई जस्ता बहुराष्ट्रिय कम्पनीहमा कामदार गईरहेका छन्। महासचिव रोहन गुरुङका अनुसार मलेसियाले गत आर्थिक वर्षमै अन्य मुलुकबाट कामदार लिन छोडेसँगै साउदी, कतार र दुबइ जाने नेपालीहरुको संख्या बढ्दो छ।
अघिल्लो आर्थिक वर्ष ७१/७२ मा भन्दा गत आर्थिक गर्ष ७२/७३ मा नेपालबाट रोजगारीका लागि जाने संख्यामा वृद्धि भएको छ । समग्रमा विदेशिने संख्या गत वर्ष करिब १८ प्रतिशतले गिरावट आए पनि साउदी जाने संख्या भने डेढ लाखको हाराहारीमा रहेको छ।
विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो। कान्तिपुर दैनिकमा समाचार छ।
केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। छोरा (छात्र) का तुलनामा छोरी (छात्रा) को औसत सिकाइ उपलब्धि राम्रो पाइएको केन्द्रका उपसचिव गोपालप्रसाद भट्टराईले बताए। कक्षा ३ को नेपालीमा छात्रको औसत उपलब्धि अंक ५१ छ भने छात्राको ५४ छ। गणितमा छात्र र छात्राको सिकाइ समान ४५ छ। कक्षा ५ मा नेपालीमा छात्राको सिकाइ उपलब्धि ४८ र छात्रको ४६ मात्रै छ। गणितमा छात्राको ५० र छात्रको ४८ छ।
अंग्रेजीमा दुवैको सिकाइ उपलब्धि ४७ छ। 'लैंगिक दृष्टिले सिकाइ उपलब्धि विश्लेषण गर्दा दुवै कक्षामा छात्रको भन्दा छात्राको सिकाइ उपलब्धि तुलनात्मक रूपमा बढी देखिन्छ,' एक वर्षअघि भएको परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गर्दै उनले भने, 'यो सकारात्मक हो।'
केन्द्रले कक्षा तीनमा २३ जिल्लाका एक हजार पाँच सय ४२ विद्यालयका ३३ हजार आठ सय ६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। त्यसमा १६ हजार नौ सय ३६ छात्रा छन्। त्यस्तै कक्षा पाँचको पनि २३ जिल्लाकै एक हजार पाँच सय ४३ विद्यालयका ४० हजार १५ विद्यार्थीको उपलब्धि परीक्षण गरेको हो। त्यसमा २० हजार ८९ छात्रा छन्। एसएलसीमा परीक्षा दिने छात्रा बढी भए पनि सिकाइ स्तर छात्रकै राम्रो छ।
२२ साउन, काठमाडौं । कुटनीतिक मामिलाका चिनियाँ विज्ञहरुले छिङ् हाई तिब्बत रेलवेलाई नेपाल हुँदै भारतसम्म् जोड्न आर्थिक तथा प्राविधिक रुपले सम्भव रहेको बताएका छन् ।
चाइना टिबेटोलोजी रिसर्च सेन्टरले बेइजिङमा आयोजना गरेको कार्यक्रममा चिनियाँ विज्ञले त्यस्तोे बताएका हुन् ।
सन् २०२० सम्म नेपाल चीन सीमा बिन्दु केरुङसम्म विस्तार हुने चिनियाँ रेललाई स्वशासित क्षेत्र तिव्वत हुँदै दक्षिण एसिया जोड्न प्रविधि र अनुभव चीनसँग रहेको उनीहरुले बताएका आजको अन्नपूर्णमा समाचार छ ।
यो कुनै सपनामात्र होइन, व्यवहारमै लागू गर्न सकिन्छ, विज्ञहरुलाई उदृत गर्दै चिनियाँ कम्युनिष्ट पार्तीको मुखपत्र पिपुल्स डेलीमा लेखिएको छ ।
तिब्बती सिगात्से आइपुगेकोरेललाई सन् २०२० सम्म केरुङ हुँदै नेपालसम्म विस्तार गर्ने लक्ष्य चीनको छ । यद्यपि नेपाल जोड्ने रेल उच्चगतिको भने नहुने भएको छ ।
चीनले काठमाडौंसम्म रेल विस्तार गर्नेमा नेपाल आशावादी देखिएको विज्ञहरुले बताए ।
२२ साउन, काठमाडौं । ओली नेतृत्वको अघिल्लो सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा घाइते भएका १९ जनाको ३१ लाख उपचार खर्च व्यहोरिसकेको थियो ।
मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च व्यहोर्नुपर्ने विषयलाई मोर्चाले वार्ताको प्रमुख सर्त बनाइरहेका वेला सरकारले रकम उपलब्ध गराएको थियो ।
अस्पतालको बिल ७३ हजार, भुक्तानी २४ लाख
गृह मन्त्रालयले १९ घाइतेमध्ये १३ लाई २४ लाख ४८ हजार ३५४ रुपैयाँ भुक्तानी दिइसकेको छ ।
गत ३० फागुनमा गृह मन्त्रालयले उपचार खर्च दिने सहमति गरेपछि मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । रकम निकासाका लागि ८ चैतमा अर्थ मन्त्रालयमा फाइल पुग्यो । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
त्यसअनुसार रकम निकासा भएपछि मोर्चाले उपचारको क्रममा रहेका घाइतेहरूको नाम उपलब्ध गराएअनुसार नै सरकारले भुक्तानी दिएको थियो ।
१९ मध्ये मोर्चाका ६ नेता–कार्यकर्ताले ६ लाख ६९ हजार २ सय ५ रुपैयाँ रकम मात्र बुझ्न बाँकी थियो ।
मृतक परिवारलाई क्षतिपूर्तिको निर्णय पनि पहिल्यै अघिल्लो मन्त्रिपरिषद्ले नै मधेस आन्दोलनमा ज्यान गुमाएका ५७ जनाको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो ।
क्षतिपूर्तिको रकम जिल्लामा निकासासमेत भइसकेको थियो ।
२२ साउन, काठमाडौं । असन्तुष्टि चुलिएपछि एमालेमा नयाँ समीकरणएमाले उपाध्यक्ष वामदेव गौतम संसदीय दलको नेताको निर्वाचन र महाधिवेशनका वेला दिएको वचन पूरा नगरेको भन्दै अध्यक्ष केपी ओलीसँग रुष्ट छन् ।
गौतमकै सहयोगमा ०७० माघमा ओली तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै दलको नेता र ०७१ असारमा सम्पन्न नवौा महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै अध्यक्ष बनेका थिए
। तर, गत वर्ष २४ असोजमा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि भने दुई नेताबीचको सम्बन्ध औपचारिकतामा मात्रै सीमित छ । पछिल्ला समय त नेपाल, खनाल, गौतम एकै कित्तामा उभिएका छन् । अाजको नयाँ पत्रिकादैनिकमा समाचार छ ।
ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि गौतम पार्टी काममा फर्किए । तर, अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा आफूलाई कार्यबाहक अध्यक्ष बनाउने वचन पूरा नगरेको गौतमको आरोप छ ।
सत्ता–साझेदार दल माओवादी केन्द्रसाग २३ वैशाखमा एमाले उपाध्यक्ष गौतमकै सक्रियतामा तीनबुँदे भद्र सहमतिको मस्यौदा तयार भएको थियो ।त्यसपछि अध्यक्ष ओलीसँग उनको दूरी झन् बढ्यो ।
गौतमले अर्थमन्त्री विष्णु पौडेलसमेतको सहयोगमा बजेट पारित भएपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनेगरी सहमतिको मस्यौदा तयार गरेका थिए । तर, आफूसँगको जानकारी र परामर्शबिना तीनबुँदे तयार गरेर गौतमले संसदीय दलको नेता र कार्यबाहक अध्यक्ष नबनाएको बदला लिन खोजेको भन्दै ओली रुष्ट भएका थिए ।
कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार डेनमार्कको राजधानी कोपनहेगेनमा समापन भएको छ।
नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपाली, नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघबीच हुँदै आएको सहकार्यलाई अझ बिस्तार गर्न सो रकम नेपालमा लगानी गर्ने निर्णय भएको हो। लगानीसम्बन्धी कानूनी बाधा फुकाउन सम्बन्धित निकायमा पहल गर्न महासंघ र एनअारएनबीच संयुक्त कार्यदल बनाउने निर्णय पनि बैठकले गरेको छ।
‘देशको समृद्धि नै हाम्रो चाहना हो। जसको लागि लगानीको वातावरण पहिलो आधार हो। अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन गरी देशलाई पूर्ण स्थायित्वकाे बाटोमा हिँडाउदा एक तहको बिश्वास लिन सकिन्छ’, बैठकपछि जारी १३ बुँदे निर्णयमा भनिएको छ, ‘जसको लागि प्रमुख राजनीतिक दलहरुबीचमा सहमती र सहकार्य होस् भन्ने संघको मान्यतालाई यो बैठक पूर्ण रुपमा समर्थन गर्दछ।’ लगानीको वातावरण तयार पार्न अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयनमा एनआएनले जोड दिएको छ।
चाहे बिहान होस् वा बेलुकी चिया मानिसको सरीरमा स्फूर्ति भर्ने पेयको रुपमा खपत हुँदै आएको छ । चियाको चुस्कीले दिनभरको सबै थकान मेटिदिने मात्र होइन हरेक बिहानलाई ताजगीपूर्ण बनाइदिने काम पनि गर्दछ ।
खानापछि चिया पिउने बानी धेरै मानिसको हुन्छ । कतिपयको भने खाली पेटमा वा खाना नखाँदै चिया पिउने बानी हुन्छ । विज्ञका अनुसार खाना खाइसकेपछि चिया खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
खाने खाएलगत्तै चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । चियाको पत्तीमा अम्लीय गुण हुन्छ । जब यो खानामा रहेको प्रोटिनसँग मिल्दछ यसले प्रोटिनलाई क्षयिकृत गर्ने काम गर्दछ ।
जसका कारण प्रोटिनलाई पचाउने काममा बाधा उत्पन्न हुन्छ । यसको अर्को कारण पनि छ । चियामा क्याफाइन तत्व हुन्छ ।
जसले रक्तचापलाई बढाउँदछ । यसले सरीरमा कोर्टिसोल अर्थात स्टेरोइड हर्मोनको मात्रा पनि बढाइदिन्छ । जसले सरीरमा अनेक प्रकारका समस्या उत्पन्न गरिदिन्छ । मुटुसँग सम्बन्धित समस्या देखि लिएर मधुमेह र वजन बढ्ने लगायतका समस्या यसमा सामेल हुन्छन् ।
त्यस्तै चियामा पोलिफेनोल्स तथा ट्यानिन्स जस्ता तत्व पनि पाइन्छन् । यसले खानामा रहेको आइरन तत्व सरीरलाई शोस्न दिँदैनन् ।
त्यसैले खासगरी आइरनको कमी रहेका वा हुने जोखिम रहेका महिलाहरुले खाना खाइसके लगत्तै भुलेर पनि चिया खानु हुँदेन ।
यदि तपाइँलाई खाना खाइसकेपछि चिया वा कफी नपिइ हुँदैन भने खाना खाइसकेको कम्तीमा एक घण्टापछि मात्र पिउनु राम्रो हुन्छ ।
अल्पकालिन जिन्दगीको दीर्घकालिन सम्झना । अमिट माया अनि स्मृतिका यादहरु तिमीलाई ।खै.काब्या के भनेर सम्वोधन गरुँ म तिमीलाई ? पहिलो गल्ती तिमीलाई विश्वास गरें , दोस्रो गल्ती तिमीलाई मुटुभरि माया गरें । सम्झन्छु हिजोका ती सुमधुर पलहरु जहिलेसम्म तिमी मेरो साथमा थियौ वस त्यसै दिन देखि हरियाली वसन्त छाएको थियो मेरो जिन्दगीमा । जताततै आएको थियो, खुशीको बहार । पाखा पखेरामा रङ्गी–चङ्गी फूलेका थिए प्रीतीका फूलहरु । तिम्रो मिठो र न्यानो मायाको साथ पाएर मेरो जीवनको शितलताको अनुभूति गररहेको थिएँ तर अकस्मात शिशिर ऋतुले छोएर उजाड बनाईदिएको छ मेरो वसन्तमय जीवन अनि खुशी र उमङ्गको प्रिय संसारलाई ।
मुटुभरि पीडा र वेदना वोकेर गहभरि आँशु सजाएर गयौ । केही पल त बाँकी छ जीन्दगीका यी क्षणमा पनि आफूलाई माया गर्ने मान्छेको साथ पाउन सकिन । मेरो अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएको छ । डुब्न लागेको घाम र निभ्न लागेको बत्तीको अवस्थामा पुगेको छु ।
त्यो तिम्रो सम्झनाको तेजीलो रापमा परेर म साह्रै नराम्रो संग जलिरहेको छु । तिमीलाई त सवथोक मानेको थिएँ तर विश्वाँसघात गर्यौ तिमीले मेरो भावना माथि । मेरो किस्मतमा तिम्रो माया यत्ति नै लेखेको रहेछ । समय र परिस्थितिले खेलाएको खेलमा नजानिदो तरिकाले म हार्न पुगेको छु ।
काब्या आशुको मूल्य तिमीलाई के थाहा तर पनि जे जति भएपनि तिमीलाई खासै मतलब त नहोला । यदि तिमी एक्लै नै जानु थियो भने मलाई किन दोबाटोमा लगेर अलपत्रमा पार्यौ ? यदि तिम्रो मनमा मेरो लागि स्थान थिएन भने मलाई किन झुटो आश्वासनमा अल्झायौ ? किन मिठा मिठा सपनाहरु देखायौ ? यदि विचैमा छोड्नु नै थियो भने दुई दिनको खुशी र विश्वास देखायौ किन ? तिमी त मेरो सवैथोक थियौ मेरो जिन्दगी हर खुशी अनि उमङ्ग ।
खोजेको थिएँ तिमीलाई मेरो आफ्नो बगैंचामा फुलाउन तर तिमी मलाई त्यो धोकेवाज तिम्रो प्रेम अनि स्वार्थीपनाले वितेका अतितका पलहरु स्मरण गर्दै निराश र उराठ लाग्दा दिनहरु विताउन विवश बनाएकी छ्यौ ।
तिम्रो जीवनमा फूल फूलोस र सवै काँडा ति मेरोमा होस् । भावनाको लहरमा बहकिएर मैले तिमीलाई प्रेमको फूलबारीमा अङ्गालो मार्ने प्रयत्न गरें तर तिमीले मलाई घृणा र तिरस्कारका शब्दहरुले तिखो बाण प्रहार गर्यौ र मिल्कायौ ।
तिम्रो घृणा र तिरस्कारको काँडा मेरो हृदयमा साह्रै नराम्रो संग विझिरहेको छ । पलपल दुःखी रहन्छ मुटु पनि । तिमीबाट यस्तो धोका पाउँला भनि म कल्पना गरेकोपनि थिईन तर आज त्यही भएको छ, जुन तिमीबाट त्यस्तो होला भनेर सपनामा पनि चिताएको थिईन । हो म हार्नु तिम्रो जीत हो । सम्झना पनि किन नहोस् संगै जीउने संगै मर्ने कसम खोई आज ?
ती हाम्रो भेट भएका सुन्दर पल एकान्त ठाउँका ती धेरै मीठा मीठा गफ सम्झन्छौ ? तर म सम्झिरहेको छु । तिमीले भुलेपनि म तिमीलाई भूल्न सकिरहेको छैन र भुल्दिन पनि । तिमीलाई सवै कुराहरु साटासाट गर्नु नै मेरो भूल ठहरिएको छ । दुःखमा संगै रुन्थें र खुशीमा संगै हाँस्थें । तिमी मेरो जिन्दगीबाट टाढा गएपनि म तिम्रो जिन्दगीबाट टाढा जान सकिन ।
काब्या तिमीसंग वितेका दिनहरुको यादमा डुबेर पीडादायी जीवन विताउन बाध्य भएको छु । तिमी सधै खुशी रहनु । मबाट नपाएको मायाँ अरु कसैवाट पाउनु । तिम्रो जीवन सधैं सफल बनोस र गन्तब्य स्थानसम्म पुग्न सफल रहोस । यो जुनीमा त यस्तै भयो अर्को जुनीमा म तिम्रो, तिमी मेरो भएर जन्म लिनेछु । तिम्रो खुशी जीवनको शुभकामना ।
-उही तिम्रो भलो चिताउने मान्छे
-उही तिम्रो भलो चिताउने मान्छे
छ्या तिम्रो मुख कस्तो गन्हाएको अलि पर बस।’ यस्तो प्रतिक्रिया कुनै साथीबाट सुनियो भने जोकोहीलाई नराम्रो लाग्नसक्छ। बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट दुर्गन्ध निस्किँदा नजिकको मानिसले नराम्रो प्रतिक्रिया दिनु स्वाभाविक पनि हो।
अरूले आफूलाई नराम्रो नभनिदियोस् भन्ने सबैको चाहना हुन्छ। तर, मुख गन्हाउने समस्याले गर्दा धेरैको त्यो चाहना पूरा हुन सक्दैन। झट्ट हेर्दा सामान्य देखिए पनि मुखको दुर्गन्धका कारण कतिपय मानिस आफैंदेखि दिक्क मान्ने गरेका प्रशस्त उदाहरण छन्।
मुख गन्हाउने समस्याले साथीभाइबीच मात्र नभई श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा समेत आँच आउन सक्छ।
पछिल्लो समय गिजा दुख्ने तथा श्वास गनाउने समस्या लगभग सबै जसो मानिसमा हुने गर्छ । खानपान तथा मुखको सरसफाईमा ध्यान नदिँदा यस्तो समस्या हुने गर्छ । खाना खाइसकेपछि वा नियमित रुपमा ब्रस नगर्दा गिजामा समस्या देखिने र यसले श्वासलाई दुर्गन्धित बनाउने गर्छ । साथै धुम्रपान, मधुमेह, वंशाणुगत कारण र कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण पनि श्वास गनाउने गर्छ ।
स्वास गनाउने प्रमुख कारण गिजामा हुने समस्या हो । गिजा रातो हुने, सुन्निने तथा ब्रस गर्दा रगत आउने भएमा गिजामा समस्या भएको बुझ्नुपर्छ । यस्तो भएपछि मुखबाट दुर्गन्धित श्वास आउन सुरु हुन्छ ।
किन मुखबाट गन्ध आउँछ ?
चिकित्सकका अनुसार मुख गन्हाउने समस्या खानपानसहित अन्य केही स्वास्थ्य समस्याका कारण देखा पर्छ। यसबाट सजिलै छुटकारा पनि पाउन सकिन्छ। भनिन्छ, धेरैजसो अवस्थामा पाचन क्रिया सही नभएपछि मुखबाट दुर्गन्ध आउँछ।
वास्तवमा खानाको रस पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउने हो। यसका साथै कब्जियत, पेटमा घाउ, अत्यधिक रक्सी सेवन, दाँत तथा गिजाको समस्या भएकाहरूमा मुख गन्हाउने समस्या हुन्छ।
यसरी मुखबाट दुर्गन्ध आउनुका कारणमा दाँतमा फोहोर जम्नु, टन्सिलको इन्फेक्सन हुनु, नाक या साइनसमा विकार आउनु, मुखमा घाउ निस्कनु, श्वासनली या फोक्सोको विकार हुनु आदि मानिन्छन्।
मुखको दुर्गन्धबाट छुटकारा
मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ। दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्ने डा. राम कोइराला बताउँछन्।
एन्टी ब्याक्टेरियल तत्त्व हुने भएकाले ग्रिन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ। मुखको गन्ध आउने मानिसले बढी पानी पिउनुपर्छ। मिन्टवाला चुइङ्गम चपाउन पनि सकिन्छ।
केही घरेलु उपाय
तोरीको तेलमा थोरै नुन मिसाएर दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ। यस्तै अनारको बोक्रा पानीमा उमालेर कुला गर्ने, सुक्खा धनिया चपाउने गर्नाले पनि मुखको दुर्गन्ध हट्छ।
तुलसीको चारपाँचवटा पात दिनहुँ खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनाले पनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ। यति गर्दा पनि दुर्गन्ध हटेन भने चिकित्सकको सल्लाह लिनुपर्छ।
वासिङ्टन- अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादी समूह इस्लामिक स्टेट (आइएसआई) कमजोर बन्दै गएको बताएका छन्। तर यो समूहबाट हुनसक्ने खतरा भने अझै बाँकी रहेको उनले बताए।
वासिङ्टनस्थित राष्ट्रपति निवासमा सैन्य अधिकारी तथा राष्ट्रिय सुरक्षा परिषद्का अधिकारीसँग ओबामाले हालः आइएसआई सिरिया तथा इराकमा सक्रिय नभएको भन्दै ढुक्क भएर बस्न नहुने बताए। 'आइएसआई केही कमजोर देखिएको छ। तर उनीहरुले अन्य राष्ट्रमा आक्रमणको योजना बनाइरहेको पनि हुनसक्छ। त्यसकारण खतरा अझै बाँकी छ,' ओबामाले भने।
ओबामाले आइएसआइले इराक र सिरियाबाहेक अन्य मुलुकलाई पनि निशाना बनाइरहेको आरोप लगाए। फ्रान्स, जर्मनी र बंगलादेशमा आइएसआइले नै आक्रमण गरेको भन्दै ओबामाले उक्त समूह लिवियामा पनि टार्गेट बनाइरहेको बताए।
नाइरोवि– केन्याका एक व्यक्तीले विवहा गरेको ७ वर्षसम्म पनि बच्चा नजन्माएको भन्दै आफ्नी श्रीमतीको दुवै हात काटिदिएका छन्।
स्टेफिन नाजिना नाम गरेका उक्त मानिसले आफ्नी श्रीमती ज्याकलिन मेवेन्डिले स्वास्थ परीक्षणपछि आफू बच्चा जन्माउन असमर्थ रहेको जनाएपछि उनीमाथी आक्रमण गरेका थिए। आफ्नै घरमा धारीलो हतियार प्रयोग गरी उनले श्रीमतीको दुवै हात काट्नुका साथै उनको टाउको र कानमा समेत गहिरो चोट पुग्ने गरी आक्रमण गरेका थिए।
स्थानीय महिला समुह तथा प्रहरीको टोलीले घटनापछि मेवेन्डिलाई स्थानीय एक अस्पताल पुर्याएका थिए। उनका श्रीमान नाजिनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
अमेरिका— विश्वको चर्चीत सामाजिक संजाल फेसबुकले आफ्नो आम्दानी करिब ६० प्रतिशतले बढेको जनाएको छ।
वाल स्ट्रिटले जारी गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फेसबुकको आम्दानी ६० प्रतिशतले बृद्धि भएको जनाएको हो। जुन गत वर्षको यही अवधिको भन्दा झण्डै दोब्बर हो। गत वर्ष यही अबधिमा ७१ करोड ९० लाख आम्दानी गरेको फेसबुकले यसवर्षको यही अवधिमा २ सय करोड डलर आम्दानी गरेको छ।
यसक्रममा फेसबुकले विज्ञापनबाट मात्रै ६ मिलियन डलरभन्दा बढी आम्दानी गरेको छ। वाल स्ट्रिटका अनुसार स्मार्टफोनमा भएको फेसबुक एप र हालै ल्याइएको भिडियो फिचरका कारण प्रयोगकर्ताको संख्या बढेको र उनीहरुले फेसबुक चलाउँदा विज्ञापन हेर्ने भएकाले आम्दानीमा पनि बृद्धि भएको जनाएको छ।
फेसबुकको आम्दानीमा ८६ प्रतिशत हिस्सा मोवाइल एड्भटाइज रहेको छ। गत वर्ष मोवाइल एड्भटाइको हिस्सा ७६ प्रतिशत रहेको थियो।
काठमाडाैं-अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठलाई नेपाली फिल्मको हिट जोडी मानिन्छ । उनीहरू जोडी बनेर खेलेका अधिकांश फिल्म दर्शकले रुचाएका छन् । सुदर्शन थापा निर्देशकीय फिल्म ‘मेरो एउटा साथी छ’बाट उनीहरू पहिलो पल्ट प्रेम जोडीका रूपमा देखिएका थिए । फिल्म हिट पनि भयो ।
त्यसपछि दिनेश राउतको निर्देशनमा बनेका दुई फिल्म ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा पनि उनीहरूले सँगै काम गरे । दुवै फिल्म दर्शकले रुचाए । यतिबेला दिनेशले आर्यन र नम्रतालाई नै लिएर अर्को फिल्म निर्देशन गर्ने भएका छन् । प्री–प्रोडक्सनका क्रममा रहेको एक अनटाइटल फिल्मका लागि दिनेशले फेरि आर्यन र नम्रतालाई नै रोजेका हुन् । गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्म ‘होमवर्क’मा पनि उनीहरूले सँगै काम गरेका थिए । तर, यो फिल्मले भने हलमा राम्रो व्यापार गर्न सकेन ।
काठमाडौं-सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका सात डाक्टरहरुलाई थालिएको कारवाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश डा. आन्नदमोहन भट्टराइको एकल इजलाशले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानले दिएको अधिकारक्षेत्र बाहिर गई कारवाही प्रक्रिया अघि वढाएको भन्दै यस्तो आदेश गरेको हो।
विहीबार डाक्टरहर संविधानले नदिएको अधिकार प्रयोग गर्दै आयोगका दवावमा कारबाही थालेको जिकीर गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले हाल जुन अवस्थामा रहेको छ त्यही राख्न समेत भनेको छ ।
संविधानमै नभएको ‘अनुचित कार्य’ सम्बन्धी प्रावधानमा टेकेर गरिएको कार्य रोक्न पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग उनीहरूले गरेका थिए।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का सात चिकित्सकले बिहीबार दर्ता गराएको रिट निवेदनमा अख्तियारको कदम कानुनविपरीत भएकाले तत्काल रोक्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म यस्ता कार्य नगर्न/नगराउन आदेश जारी नभएमा अपुरणीय क्षति हुने दाबी गरिएको थियो।
हालको संविधानमा नरहेको तर अन्तरिम संविधान, २०६३ र नेपाल अधिराज्यको संविधान, २०४७ मा रहेको ‘अनुचित कार्य’ मा कारबाही गर्न पाउने प्रावधान टेक्दै अख्तियारले त्रिविका चिकित्सकलाई कारबाही गर्न पत्र लेखेको थियो ।
यसरी निवेदन दर्ता गराउनेमा दोस्रोपटक स्पष्टीकरण सोधिएका आइओएमका हालका निमित्त डिन डा. विमल सिन्हा, सहायक डिन शरद वन्त, डा. जगदीशप्रसाद अग्रवाल, डा. दिनेशविनोद पोखरेल, डा. मधु देवकोटा, डा. कृष्ण केसी र सहप्राध्यापक राजदेवी अधिकारी रहेका थिए।
उनीहरूले आफ्नोबारेमा गोविन्दबहादुर क्षेत्रीलाई जिम्मेवारी दिँदै अख्तियारको कदमविरुद्ध निवेदन दर्ता गराएका थिए।
अन्तरिम संविधानको उक्त व्यवस्था अख्तियारले गलत रूपमा प्रयोग गरेको कारण देखाउँदै नयाँ संविधानमा हटाइएको थियो। उनीहरूको संयुक्त निवेदनमा अख्तियारले त्यही प्रावधान टेकेर आफ्नो दैनिक जिम्मेवारी निष्ठापूवक निर्वाह गरेको अवस्थामा कारबाही गर्न पत्र पठाएको जिकिर गरिएको थियो।
आयोगको निर्देशनमा त्रिविले सात वरिष्ठ चिकित्सकलाई सात दिनको म्याद दिएर गत आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको थियो ।
यसअघि १५ दिनको म्याद दिएर स्पष्टीकरण सोधेकोमा आफूहरूले जवाफ दिएको तर त्यसलाई बेवास्ता गर्दै पुनः सोधेको रिटमा उल्लेख छ । पहिलोपटकको स्पष्टीकरणमै आफूहरूसँग भएका सम्पूर्ण विवरण दिँदादिँदै पनि अख्तियार दबाबमा त्रिविका रजिस्ट्रारले दोस्रोपटक पत्र काटेको निवेदनमा उल्लेख छ।
काठमाडौं- पछिल्लो दुई महिना राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरका लागि निकै पीडादायी रह्यो। घुँडाको उपचार गर्न बेल्जियम पुगेका विमलले बहिनी मनीषाको मृत्युको खबर त्यहीं सुन्नुपर्यो। दस वर्षअघि दुर्घटनामा बाबुलाई गुमाइसकेका विमलका लागि बहिनीको मृत्य उनको जीवनमा अर्को बज्रपात थियो।
बहिनीको मृत्युलगत्तै स्वदेश फर्केर नवलपरासी बर्दघाट नगरपालिकाको भूताहामास्थित घर पुगेका विमल दुई महिनापछि मात्र राजधानी फर्केका छन्। 'बहिनी र म एकदम नजिक थियौं। म धेरै समय घर बाहिरै रहँे। हामी एकअर्काको कुरा सेयर गर्थ्यौं,' उनले नागरिकसँग भने, 'तर, अहिले घर शून्य भएको छ। घरमा बस्दा अधिकांश समय उसकै मात्र याद आउँछ। जुन घटना भयो त्यसले झनै पीडा दिइरहन्छ।'
बहिनीको मृत्युलगत्तै स्वदेश फर्केर नवलपरासी बर्दघाट नगरपालिकाको भूताहामास्थित घर पुगेका विमल दुई महिनापछि मात्र राजधानी फर्केका छन्। 'बहिनी र म एकदम नजिक थियौं। म धेरै समय घर बाहिरै रहँे। हामी एकअर्काको कुरा सेयर गर्थ्यौं,' उनले नागरिकसँग भने, 'तर, अहिले घर शून्य भएको छ। घरमा बस्दा अधिकांश समय उसकै मात्र याद आउँछ। जुन घटना भयो त्यसले झनै पीडा दिइरहन्छ।'
![]() |
भन्छन समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुर हरुको साथ ले मैदानमा फर्केको छु ।भोलिबाट देशकोलागि खेल्न राष्ट्रिय टोलिबाट प्रशिक्षण पुन: सुरु गर्दै छु । |
बहिनीसँग जोडिएका सम्झना स्मरण गर्दै उनी थप्छन्, 'म बेल्जियम हुँदा पनि नियमित सम्पर्क हुन्थ्यो। त्यहाँबाट केही ल्याइदिन्छु भनेको पनि थिएँ। तर, मैले ल्याउनुअघि उनी हामीबाट टाढा भइन्। हामी उनलाई एकदमै 'मिस' गरिरहेका छौं। एकदम न्यास्रो लागेर आउँछ। '
जेठ १२ गते बहिनी मनीषा घरमै मृत फेला परेकी थिइन्। भनिन्छ, समयले ठूला घाउ पनि पूर्दै जान्छ। 'सानैमा बुबा गुमायौं। अहिले बहिनी,' निराश हुँदै विमलले भने, 'तर मान्छेको जीवनमा जे जस्तो घटना भए पनि सहनु बाहेक अर्को विकल्प नहुने रैछ।' विमलको परिवारले मनीषाको मत्युको आशंकामा किटानी जाहेरी दिएको छ। जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। विमल न्याय पाउनेमा आशावादी छन्।
जस्तै परिस्थितिमा पनि जीवन अघि बढाउनुपर्छ भन्ने बुझिसकेका विमल पुरानै कर्ममा फर्कने प्रयासमा जुटेका छन्। उनी भन्छन्, 'जे भयो त्यसलाई बदल्न सकिन्न। फुटबल मेरो जीवन हो। अब फेरि खेल जीवनलाई अघि बढाउनुपर्छ।' आमा र हजुरबुबालाई घरमा छाडेर उनी राजधानी फर्केका हुन्।
बुधबारबाट उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भएका छन्। तर उनी पहिलाकै अवस्थामा खुसी हुन सकेका छैनन्। 'म खुसी हुन चाहन्छु तर सकिरहेको छैन,' उनले अनुभव सुनाए, 'पहिला मलाई ट्रेनिङमा एकदमै रमाइलो लाग्थ्यो। त्यही अवस्थामा पुग्न सायद अझै केही समय लाग्ला। बहिनीले पनि उनलाई सधैँ अघि बढ्ने सल्लाह दिएको अहिले पनि सम्झन्छन्। 'दाइ धेरै राम्रो गर्नुभएको छ। तपाईका कारण हामीलाई सबैले चिन्छन्। तपाई अझै अघि बढ्दै जानुपर्छ, भन्थिन्।'
अहिले पुनरागमनका लागि पनि आमाले प्रेरित गर्नुभएको विमल बताउँछन्। 'बाबु फुटबलले नै तँलाई यहाँसम्म पुर्याएको छ। अझै तैले धेरै गर्नुछ। फुटबलमा अझै राम्रो गर्दै जानू भन्नुभयो। त्यही प्रेरणा र प्रशंसकको मायाले म फेरि प्रशिक्षणमा फर्केको छु।'
उनी फेरि पनि बेल्जियम जाने योजनामा छन्। तर, ठ्याक्कै कहिले जान्छु भन्ने अनुमान गरेका छैनन्। बेल्जियममा रहेका उनका एजेन्ट रेगार्ड लुइसले भने पटक पटक आउन खबर गरिसकेका छन्। 'अब चोट पूर्ण रूपमा ठिक भएको छ तर फिट हुन बाँकी छ,' उनले भने, 'म पूर्ण रूपमा फिट हुनका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा आएको हुँ। फिट भएपछि जाने सोचमा छु। लुइसलाई मैले केही समय लाग्छ भनेको छु।'
उनी पछिल्लोपटक बेल्जियम उपचारकै लागि गएका थिए। फागुनमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा उनको बायाँ घुँडामा चोट लागेको थियो। 'यहाँ निको हुन समय लाग्छ भनिएकाले म बेल्जियम भएको थिएँ। त्यहाँ २० दिनमै मेरो चोटमा निकै सुधार आयो। नियमित फिजियो र अभ्यास गरेको थिएँ,' नेपालले पछिल्लो वर्ष प्राप्त गरेको तीन ठूला सफलतामा महŒवपूर्ण सदस्य रहेका विमलले भने, 'लगभग ठिक हुन लागेको थियो। यता बहिनीको घटना भएकाले फर्कें।' नेपालले भदौमै विमलकै कप्तानीमा साफ यु–१९ च्याम्पियनसिप जितेको थियो भने माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप र फागुनमा १२ औं सागमा स्वर्ण पदक जित्दा विमल राष्ट्रिय टोलीका सदस्य थिए।
विमलको लक्ष्य बेल्जियमकै कुनै क्लबमा आबद्ध हुनु हो। तर, बेल्जियम जानुअघि यता कुनै प्रतियोगिता भएमा भने खेल्ने सोचमा छन् उनी। 'मेरो पहिलो प्राथमिकता बाहिर जाने नै हो,' १९ वर्षे उनले सुनाए, 'तर जाने मिति तय भएको छैन। उता जानु अघि समय भयो भने यहाँ पनि खेल्छु। गतवर्ष सुदूरपश्चिमबाट लिग खेलेका विमल अहिले कुनै पनि घरेलु क्लबमा आबद्ध छैनन्।
साउन, काठमाडौं । बैंकमा जम्मा गरेको रकम आवश्यकता पर्दा जुनसुकै बेलामा पनि पैसा निकाल्न सकिने भएकाले एटिएम कार्डको प्रयोगकर्ता बढ्दै गएका छन् । तर नेपालका बैंकबाट सन्चालित एटिएम सेवाको सुरक्षा व्यवस्था निकै कमजोर देखिएका छन् । जस्ले गर्दा अन्तराष्ट्रिय हृयाकरहरुले नक्कली एटिएम कार्ड प्रयोग गरी पैसा चोर्न नेपालका बैंकहरुलाई निशानामा पारेको तथ्य सार्बजनिक भएको छ ।
रोमानियाका नागरिक पक्राउ
हिमालयन बैंकको काठमाडौंमा रहेका विभिन्न ठाउँका एटिएम बुथहरुमा केहि दिनदेखि एक जना विदेशीको हर्कत प्रहरीलाई शंकास्पद लाग्यो । विषेश गरेर दरवारमार्ग क्षेत्रमा रहेका एटिएम बुथहरुमा ति विदेशी नागरिकले दर्जनौं एटिएम प्रयोग गरेर पैसा निकाल्ने प्रयास गरेको देखिएपछि बैंकले सिआइबीलाई खबर गर्यो ।
सिआइबीका एसपी हृदय थापाको टोलिले हिमालयन बैंकका विभिन्न एटिएम बुथहरुमा निगरानी बढायो । निगरानीको क्रममा शंकास्पद रोमानियाका नागरिक प्रेडा उर्लेनलाई लाजिम्पाटस्थित शंकर होटल नजिकैबाट पक्राउ गर्न सफल भयो ।
करिब २ महिनादेखि शंकर होटलमा बस्दै आएका उर्लेनको कोठाबाट सिआइबीको टोलिले एक सय ४० थान नक्कली एटिएम बरामद गरेको छ । ब्युरोका एसपी हृदय थापाका अनुसार बेलायत, फ्रान्स, जर्मनी, युक्रेन, रसिया, इटाली, इण्डोनसिया, जापान लगाएत ४० भन्दा बढी देशका एटिएम कार्डहरु उनको कोठाबाट बरामद भएको छ ।
काठमाडौंमा बसेर दुई महिनादेखि नक्कली एटिएम कार्डबाट पैसा निकाल्ने धन्दा गरिहरेका उर्लेनको साथबाट २ लाख ६४ हजार नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।
यसरी चोरे एटिमबाट पैसा
उर्लेनसँगै अर्का एक व्यक्ति पनि एटिएमबाट पैसा चोर्ने उद्देश्यसहित नेपाल आइपुगेका थिए । उनीहरु विभिन्न देशमा रहेका अर्कै समूहबाट परिचालित व्यक्तिहरु रहेको एसपी थापाले बताए । ‘विभिन्न देशमा यसको समूह नै छ, त्यो समूहले एटिएमका डाटाहरु र सूचना दिने गर्छ । त्यही सूचना र डाटाहरुको आधारमा यिनीहरुले पैसा निकाल्छन्,’ एसपी थापाले भने ।
विभिन्न देशका एटिएम बुथ मार्फत ग्राहकको एटिएम डाटा निकाल्ने अथवा हिडन क्यामेरा मार्फत पिन नम्बर चोरी गर्ने र उक्त पिन नम्बर अर्थात डाटा पैसा चोरी गर्न हिँडेका उर्लेन जस्तालाई दिने गरेको भेटिएको छ ।
उनीहरुले नेपालका ग्राहकको पैसा निकाल्ने होइन विभिन्न देशका एटिएम कार्ड र त्यसको डाटा ल्याउने र नेपालमा जुन देशको एटिएमले काम गर्छ त्यसैबाट पैसा निकाल्ने गरेको भेटिएको छ । जुन देशको एटिएमले नेपालमा काम गर्छ त्यहि देशका अरु एटिएमहरुको पनि डाटा मागाएर थप पैसा निकाल्ने गरेको एसपी थापा बताउँछन् ।
विभिन्न देशबाट निकालिएको रकमको ७० प्रतिशत एटिएमको डाटा उपलब्ध गराउने समूहलाई दिनुपर्ने पक्राउ परेका उर्लेनले प्रहरीसँगको बयानमा बताएका छन् ।
अन्तराष्ट्रिय हृयाकर नेपालमा पल्किए
नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा पक्राउ पर्ने उर्लेन पहिलो विदेशी होइनन् । सिआइबीले यसअघि दुई जना विदेशीलाई पक्राउ गरिसकेको छ ।
२०७१ साल मंसिरमा एटिएम बुथबाट पैसा निकाल्न नेपाल आइपुगेका टर्कीका नागरिक मेहमुद गुलेनलाई सिआइबीले नै पक्राउ गरेको थियो । नेपालका एटिएमबुथबाट निकालिएको २६ लाखसहित पक्राउ परेका गुलेनले पनि अर्काको एटिएमका डाटा चोरेर पैसा निकाल्ने गरेको भेटिएको थियो ।
उनले दुबई, थाइल्याण्ड हुँदै नेपालसम्म आएर अरु नै देशमा भएका खातावालाको पैसा निकाल्ने गर्दथे ।
त्यस्तै बुलगेरियाका नागरिक पेट्रोस्लभा रिस्टोभ पनि एटिएमबाट पैसा निकालेको आरोपमा नेपालबाट पक्राउ परेका थिए । हिमालयन बैंककै एटिएमबाट पैसा निकालिरहेको अवस्थामा पक्राउ परेका रिस्टोभको साथबाट एक करोड २० लाख रुपैंयासमेत बरामद भएको थियो ।
त्यस्तै बुलगेरियाका नागरिक पेट्रोस्लभा रिस्टोभ पनि एटिएमबाट पैसा निकालेको आरोपमा नेपालबाट पक्राउ परेका थिए । हिमालयन बैंककै एटिएमबाट पैसा निकालिरहेको अवस्थामा पक्राउ परेका रिस्टोभको साथबाट एक करोड २० लाख रुपैंयासमेत बरामद भएको थियो ।
यी तीनवटै घटनाले अन्तराष्ट्रिय हृयाकरहरुले नेपालका बैंकलाई निशानामा पार्न थालेको स्पष्ट भएको छ । विषेश गरी नेपालका बैंकहरुले चिप्सवाला एटिएम प्रयोग नगर्दा सुरक्षा कमजोरी देखिएको ब्युरोका एसपी हृदय थापा बताउँछन् ।
एसपी थापा भन्छन्, ‘नेपालका एटिएम बुथ नै कम्जोर सुरक्षामा छन् । त्यसमा पनि सीसी टिभी क्यामेरा टाउको मात्रै देखिने गरी राख्छन् । त्यसैले पनि हृयाकरहरुले नेपालाई रोज्न गरेका छन् ।’
यदि बैंकहरले समयमा आफ्ना एटिएम तथा अन्य सुरक्षा व्यवस्था बलियो नबनाउने हो भने बैंक नै हृयाक हुन सक्ने खतरा देख्छन् एसपी थापा ।
सभार
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेदरल्याण्ड्ससँग खेल्न नेपाल भोलि शनिबार त्यसतर्फ जाँदैछ । र, साउनको अन्तिममा दुई खेल उसकै घरेलु मैदानमा खेल्दैछ ।
नेदरल्याण्ड जानु अघि नेपालले क्रिकेटको मक्का भनेर चिनिने लर्डसमा एमसीसीसँग खेलेर आएको छ र आत्मविश्वास बलियो बनाएको छ । एमसीसी टुरपछि नेदरल्याण्डसँग खेल्ने नेपाली टोलीमा सुनिल धमला नयाँ अनुहारका रुपमा आएका छन् ।
नेदरल्याण्ड भ्रमणका सन्दर्भमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासँग गरिएको कुराकानीः
एमसीसी टुर कस्तो रहृयो ?
टिमले राम्रो खेल्यो, सवैले राम्रो खेले । लर्डसमा पनि सवैले राम्रै खेल्यौं । नेदरल्याण्डसको टुरमा कसरी एडजष्ट हुने भन्नेमा सहयोग पुग्यो ।
नेदरल्याण्ड हामी दुई/चार दिन अगाडि गइरहका छौं । हामीले त्यही अनुसारको तयारी गरेका छौं । मुख्य लक्ष्य भनेको त्यहाँको अवस्थामा कसरी खेल्ने भन्ने हो ।
नेदरल्याण्ड हामी दुई/चार दिन अगाडि गइरहका छौं । हामीले त्यही अनुसारको तयारी गरेका छौं । मुख्य लक्ष्य भनेको त्यहाँको अवस्थामा कसरी खेल्ने भन्ने हो ।
युके टुर नेपालको अवस्था भन्दा फरक छ ? नयाँ प्लेयरहरुले कस्तो खेले ?
त्यो एउटा अन्तर्राष्ट्रिय क्रिकेटको अवसर हो । अन्तर्राष्ट्रिय कि्रकेटमा कम्प्लेन गर्ने पाटो पनि छैन । आगमी दिनमा सफल राष्ट्र बन्ने हो भने सबै चुनौतिहरुलाई लिएर अगाडि बढ्नुपर्छ । हाम्रो लागि यो चुनौति भन्दा अवसरको रुपमा लिन जरुरी छ ।
व्याटिङमा एमसीसीमा बलर्समा डिपेन्ड भएको जस्तो देखियो । त्यस्तै हो ?
सोमपाल व्याटिङ गर्नु भन्दा पहिला नेपालले १७० बनाइसकेको थियो । यद्यपी खेलिसकेपछि सवैको जिम्मेवारी हुन्छ । बलरले हान्न हुन्न, व्याट्सम्यानले मात्र हान्नुपर्छ भन्ने होइन । ११ जना खेल्छन्, सबैले भूमिका निर्वाह गर्नुपर्छ ।
व्यक्तिगत रुपमा तपाईँ आफू आउट हुँदा कस्तो अनुभव भयो ?
३० रन हानिसकेको थिएँ । आफ्नै गल्तीले दुर्भाग्यवस आउट भएँ । लर्डसमा त्यो अवसर हत्तपत्त पाइँदैन । त्यसैले दुःख लाग्यो ।
अहिले नेदरल्याण्डसँग खेल्नका लागि ओपनिङमा सुनिल धमला ल्याइएको रहेछ । सुवासलाई छाडेर उसलाई ल्याइएको छ, उसबाट टिमको अपेक्षा कस्तो छ ?
भर्खर छानिएको छ । हामीसँग ओपनरको रुपमा अनिल मण्डल पनि छ । धमला अहिले ग्रुमिङ फेजमा छ । आशा छ उसले राम्रो गर्छ । त्यो वातावरणमा उसले खेल्न पनि सक्छ । हरेक खेलाडीमा यस्तो चुनौति आइरहन्छ । खेलाडीले यस्ता अवसरहरुको सदुपयोग गर्न सक्नुपर्छ । आफूले आफूलाई टेस्ट गर्ने अवसर पनि हो ।
फ्यानहरुले चाँही सोमपाललाई व्याटिङमा लाने हो कि भन्ने चाहना व्यक्त गरेका छन् नि ?
फ्यानहरुको आफ्नै धारणा हुन्छ । नेपाल क्रिकेटको भित्रको स्ट्रक्चर भिन्न खालको छ । सोमपाल मात्र नभई, क्रिकेट सोमपाल, पारस, ज्ञानेन्द्र भन्दा ठूलो हो । अहिले सोमपालको मुख्य फोकस भनेको बलिङ मात्र हो । उसले व्याटिङमा योगदान गर्न सक्छ । व्याटिङमा आएका अवसरहरुको उसले सदुपयोग गर्न सकेको खण्डमा फाइदा हुनेछ ।
बलिङमा रेगुलर बलरको भन्दा पनि सागरले ब्रेक थ्रू दिएपछि विकेट र्झन थालेको थियो …..
जति पनि खेलाडी थिए, उनीहरु मध्ये २/३ जना मध्ये अधिकांशले पहिलो पटक खेलिरहेका थियौं । त्यो दिन सागरले राम्रो खेल्यो, कुनै दिन अरुले राम्रो खेल्न सक्छ ।
भिन्न परिस्थितिमा फरक-फरक खेलाडी जम्न सक्छन् । स्पिनरहरु भनेको हाम्रो सबैभन्दा महत्वपूर्ण पार्ट हो । त्यो पीचमा स्पिनरहरु चल्ने भएकाले हामीले एक जनामात्र फस्ट बलर लिएर खेलेका थियौं । त्यसले गर्दा त्यो अवस्था हेरेर गर्ने निर्णय हो ।
हामी चेजिङ टिम हौं, यसपटक चाँही टस जितुर पनि व्याटिङ गर्यौं नि के हामीले प्रयोग गरेका हौं ?
चेज वाइज हामी राम्रो छौं । अन्तिम पाँच वर्षको अवस्था हेर्ने हो भने हामीले खेलेका टी-२० का खेलहरुमा चेज गरेर जितेका छौं । ५० ओभरको खेल हेर्ने हो भने पहिला व्याटिङ गर्दा समस्या आएको छ । तर, टिममा सुधार ल्याउन पहिलो व्याटिङ गर्नु पनि महत्वपूर्ण विषय हो ।
नेदरल्याण्ड्स अहिले अफगनस्तिान खेलिरहेको छ । र, पहिलो खेलमा इनिङको हार व्यहोरेको छ । यो म्याचमा चाँही उनीहरुको व्याटिङ भर्सेज हाम्रो वलिङ हो ?
पछिल्लो समय खेलिएको एकदिवशीय खेलमा नेदरल्याण्ड्सलाई हामीले २ विकेटले हराएका थियौं । हिजो उनीहरुले के गरेका थिए, हामीले के गरेका थियौं त्यो भन्न मिल्दैन । हरेक टिम सबै बलिया छन् । दुवै टिममा कडा टक्कर हुन्छ । एउटा पक्षमात्र राम्रो गरेर जित्न सकिन्न । समग्रममा व्याटिङ र बलिङ दुवैमा राम्रो गर्न सकिन्छ ।
नेदरल्याण्ड्ससँग हामीले दुईवटा म्याच खेल्दैछौं । त्यसमध्ये एउटा मात्र जित्यौं भने पनि हामी अर्को चरणमा जाने सम्भावना छ । हाम्रो पोजिशन लिगमा कस्तो छ ?
हरेक खेल महत्वपूर्ण छ । तर, यो हाम्रो डु अर डाइ सिचुएसन हो भन्न मिल्दैन । ४ वटा राउण्ड छ । र, ८ खेल बाँकी छन् । हामीलाई ४/५ वटा खेल जित्न आवश्यक छ । त्यसका लागि पहिले जित निकालेर सुरक्षित बस्न जरुरी छ । अवसर छ हाम्रो लागि हामीले अहिले पछिल्लो दुई खेलमा केन्दि्रत हुन जरुरी छ ।
फ्यानहरुलाई केही भन्न चाहनुहुन्छ ?
सबै खेलाडीले जिउज्यान दिएर खेलिरहेका छन् । तपाईहरुले समर्थन गरिदिनुहोस्, जुन गरिरहनुभएको पनि छ । हामी सक्दो प्रयास गछौं, जबसम्म नेपालका लागि खेल्छौं ।
onlinekhabar
ईलामको गोर्खे गाविसको चित्रे गाउँमा प्रवेश गरेर नेपाली नागरीकलाई दुख दिने भारतीय सिमा सुरक्षा वल (एसएसवी)का दुई जवानलाई विहीबार स्थानीयले खेदेका छन् । भारततर्फ सामान लैजादै गरेका स्थानीयलाई नेपाल प्रवेश गरेर दुख दिएपछि स्थानीयले उनीहरुलाई कुटपिट गरि लखेटेको स्थानीय विमल तामाङले बताए । सो क्षेत्रमा भएको सो घटनाकोे इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक महेश खनालले पुष्टी गरे । खनालले सादा पोसाकमा भारतका सुरक्षाकर्मी नेपाल आउने र नेपाली सुरक्षाकर्मी भारत जाने क्रम सिमानामा दैनिक जसो हुने गरेपनि विहीबार चित्रे गाउँमा प्रवेश गरेर स्थानीयलाई दुख दिएपछि हात हालाहाल भएको बताए । घटनापछि पुगेका प्रहरी निरिक्षक खनालले स्थानीयले भारतीय सुरक्षाकर्मीले दुख दिएपछि हातपात गरेको बताएको जानकारी दिए । उनले भारतीय पक्षले भने दुख नदिएको दावी गरेको बताए । इलामको पशुपतिनगरमा प्रहरीले ६ जना एसएसबी जवानलाई केहि बर्ष अगाडी पक्राउ गरेको थियो । नेपाल भारत सीमा क्षेत्र मानेभज्याङ नाकाबाट नेपाली भूमि हुँदै पशुपतिनगर निस्किएका ६ जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको थियो । सिमावर्ती क्षेत्रमा नेपाली प्रशासनको न्युन उपस्थितिमा भारतीय सिमा सुरक्षा वल (एसएसवी)ले नेपालीमाथि ज्यादती गर्दै आएका छन् ।
२१ साउन, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले राजनीतिक कोटाबाट प्रस्तावित राजदूतहरूको सुनुवाइ आज गर्दैछ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्ताव गरेको राजदूतहरुको समितिले सुनुवाइ गर्न लागेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्ताव गरेको राजदूतहरुको समितिले सुनुवाइ गर्न लागेको हो ।
समितिले बिहीबार सूचना प्रकाशित गरी उनीहरूलाई शुक्रबार बिहान सुनुवाइका लागि समितिमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।
प्रस्तावित राजदूतमा महेन्द्रबहादुर पाण्डे (चीन), नारद भारद्वाज वाग्ले (श्रीलंका), खड्ग केसी (जापान), शिवमाया तुम्बाहाम्फे (इजरायल) अलि अख्तर मिकरानी (साउदी अरेबिया) छन् ।
सरकार परिवर्तन भए प्रस्तावित राजदूतको सुनुवाइ रोकिने हो कि भन्ने आशंकाका बीच समितिले राजनीतिक कोटाबाट राजदूत प्रस्तावित व्यक्तिहरूको समेत सुनुवाइ थाल्न लागेको हो ।
समितिले बिहीबार बिहान बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत लोकबहादुर थापाको सुनुवाइ गरेको थियो ।
समितिले पाकिस्तानका लागि प्रस्तावित सेवा अधिकारी, ब्राजिलका लागि ताराप्रसाद पोखरेल, अस्टि्रयाका लागि प्रकाशकुमार सुवेदी, बेलायतका लागि दुर्गाबहादुर सुवेदी क्षेत्री र रूसका लागि ऋषिराम घिमिरेको सुनुवाइ सम्पन्न गरेको थियो ।
ड्रिम्स’ रिलिज हुनुअघि साम्राज्ञीलाई दुइटा कुरामा बढी चिन्ता थियो– दर्शकलाई आफ्नो अभिनय मन पर्ला कि नपर्ला? र, मान्छेले आफ्नो स्वर रुचाउलान् कि नरुचाउलान्?
पहिलो चिन्ता यसकारण थियो, किनकि सुटिङ क्रममा कसैले उनको अभिनयको तारिफ गरिदिएनन्।
र, दोस्रो चिन्ता यसकारण थियो, किनकि फिल्मको ‘ट्रेलर’ हेरेपछि धेरैले उनलाई ‘केटाको जस्तो स्वर’ भनेर टिप्पणी गरे।
चिन्ता कुन हदसम्म बढ्यो भने उनले ‘ड्रिम्स’ नै आफ्नो पहिलो र अन्तिम फिल्म ठान्न थालिन्।
फिल्म रिलिज भयो। केही दिनमै सुपरहिट साबित भयो। साम्राज्ञीको ‘अनुहार प्लस फिगर’ मन पराइयो। अभिनय पनि स्वाभाविक छ भनियो। केटाको जस्तो स्वर भनी टिप्पणी गर्नेहरूका बोल्ती बन्द भए।
साम्राज्ञीको लोकप्रियता यसरी चुलियो, ‘ड्रिम्स’ को सफलता पार्टीमा डाकिएका आगन्तुकले उनलाई त्यही फिल्मको संवाद सुनाउन कर गरे।
सुरुमा त उनी लजाइन्। अकमक्क परिन्। कालो सुटमा सजिएर नजिकै उभिइरहेका भुवन केसीले उनको कानमा खासखुस गरे।
त्यसपछि भुवनतिर फर्किएर साम्राज्ञीले भनिन्, ‘सायद तिमी यो बारमा फस्ट टाइम हौ। यो बार, यो सुट, यो बियर तिमीलाई डाइजेस्ट भएन। गएर कुनै लोकल भट्टीमा ठर्रा खाने गर।’
फिल्मकै संवाद थोरै तोडमोड गरिएको भए पनि भुवनलाई सांकेतिक व्यंग्य गरेजस्तो सुनिँदा माहोलमा झनै रमाइलो थपियो।
पार्टीमा तालीको पर्रा छुट्यो।
...
साम्राज्ञी राज्यलक्ष्मी शाह।
करिब २४० वर्ष लामो शाह राजतन्त्रको अन्त्यपछि कुनै महिलाका नामको बीचमा ‘राज्यलक्ष्मी’ कमै सुनिन्छ। राजपरिवारका व्यक्तिको नाम र थर बीचमा समेत यस्ता ‘राजषी’ शब्द हराउँदै गएका छन्।
जब राजघरानाको झल्को दिने यही शब्द जोडिएकी साम्राज्ञी ‘ड्रिम्स’मा अनुबन्धित भइन्, उनको चर्चा सुरु भयो। लवज, लवाइसहित उनका सबै क्रियाकलापले शाही खानदानकै ‘चेली’ भएको अड्कल काटियो।
नभन्दै उनी राजाकै सन्तान रहिछन्।
हुन त साम्राज्ञीलाई आफ्नो पुर्खाका बारेमा उति जानकारी छैन। यति भन्छिन्, ‘हामी वीरगन्जका हौं।’
गोरखा हुँदै नेपाल एकीकरण गरेर काठमाडौंबाट शासन गर्ने राजाका सन्तान कसरी वीरगन्ज पुगे त?
वीरगन्जमा ‘सम्झना होटल’ छ। साम्राज्ञीका हजुरबा पशुपतिविक्रम शाहले त्यो होटल सुरु गरेका हुन्। हामीले ८२ वर्षीय पशुपतिविक्रम शाहसँग फोनसम्पर्क गर्यौं र उनका पुर्खाबारे सोध्यौं।