दुवर्इ जादै या बस्दै हुनुहुन्छ ? कानुन थाहा पाइराख्नुुस जस्ले तपाइको बसाई सहज बनाउछ ।।
मध्यपूर्वीको एउटा विकशित राजतन्त्रात्मक राष्ट्र 'संयुक्त अरब ईमिरेट्स' (युएई) जहाँ बिश्वका प्रायः सबै देशका मानिसहरु श्रम तथा घुमफिरका लागि बर्सेनि लाखौको संख्यामा आउने गर्छन्। समुन्द्रको बिचमा रहेको यो मुस्लिम राष्ट्रले छोटो समयमा नै आफुलाई विकसित राष्ट्रको रुपमा उभ्याउन सफल भएको छ।
सन् १९७१ मा स्वतन्त्र भयको यो मुलुक सात वटा राज्यमा बिभाजित छ। यी सातै राज्यमा फरक फरक साशकहरु अर्थात राजाहरु ले आफ्नो साशन ब्यबस्था चलाउने गर्छ्न। खेती योग्य जमिन एकदमै कम भयको यो देशको मुख्य आम्दानीको श्रोत पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र पर्यटन हो। बिश्वमा पाईने पेट्रोलियम पदार्थको भन्डारमध्य करिब १० प्रतिशत युएईमा छ।
श्रमको लागि यो देशमा पाकिस्तान,बाङ्लादेश, नेपाल,फिलिपिन्स,भारत,श्रीलंका,नाईजेरिया,ईथियोपिया लगायत थुप्रै देशहरुवाट बर्सेनि कामदारहरु आउने गर्छ्न। साउदी अरेबिया, कतार, बहाराईन लगायतका अन्य खाडी रास्ट्र मध्य तुलनात्मक रुपमा अलिक खुला भयकै कारणले युरोप लगायत अन्य विकसित देशका धेरै मानिसहरु पर्यटक तथा ब्यापार बिजनेसको रुपमा यो मुलुकमा आउने अनि बसोबास गर्ने गर्छ्न।
पर्यटकहरुको लागी युएईको मुख्य आकर्षक सहर हो 'दुबई'। अन्य राज्यको तुलनामा दुबईले बिकासमा धेरै फड्को मारेको छ। युएईको राजधानी आबुधाबी अर्को बिकशीत सहरको रुपमा चिनिन्छ।
युएईको कडा कानुन
बिश्वका सबै देशहरुले आफ्नो देशमा फरक फरक नियम कानुनहरु बनाएका हुन्छ्न।
युएई सरकारको कानुन कडा छ। त्यसैले युएईमा विविध मुलुकका मानिसहरु ब्यापार व्यवसाय, रोजगारी एवं सुरक्षित पर्यटकको रुपमा आगमन गर्छन। युएईमा सबै भाषा,धर्म र जातीका मानिसहरुका लागि एकै प्रकृतिको कानुन छ। यहाँको कानुनी ज्ञानको अभावका कारण बहुसंख्यक नेपालीले कानुन उल्लंघन गर्न पुग्छन् र सजायका भागिदार बन्ने गर्दछन।
सुरक्षाको दृस्ठिकोणले एकदमै सुरक्षित मानिने युएई सरकारले समय समयमा आफ्ना नियम र कानुनहरु फेरबदल गर्ने गर्छ। हत्या, करणी जस्ता ठुला अपराधको लागि यहाँ फासीको सजाय दिईन्छ। बेला बेलामा नेपालीहरुलाई हत्याहिंसाको आरोपमा फासिको सजाय सुनाईएको खबर हामिले पढ्ने अनि सुन्ने गरेका उदाहरण हरु छ्न।
खासगरी युएईमा नेपालीहरु गम्भीर प्रकृतीका अपराध भन्दा पनि सामान्य खालका अपराध गरी सामान्य किसिमको सजाय भोगिरहेका हरु धेरै छ्न।
नेपालीहरु जेल तथा कानुनी दायरामा पर्नुको मुख्य कारण जनचेतना र ज्ञानको अभाब हो भनेर नकार्न सकिन्न। त्यसैले कुनै पनि देशमा जादाँ त्यो देशको नियम कानुनको बारेमा गतिलो ज्यान लिनु एकदमै महत्त्वपूर्ण हुन्छ। साथै रिसको आबेगमा आयर कुनैपनि अपराधहरु भुलेर पनि गर्नुहुदैन।
साईबर कानुन
भर्खरै युएई सरकारले भिपीएन नामक एक एप्स प्रयोग गरेमा जेल सजायदेखि ठूलो रकम जरिवानासम्म हुन सक्ने आदेश जारी गरेको छ। भिपीएन एप्लिकेसन प्रयोगमा पहिलेदेखि नै प्रतिबन्ध लगाएपनि पछिल्लो समयमा जरिवानादेखि जेल सजायसम्मको कानुन लाग्ने युएई सरकारले बताएको छ।
भिपिएन एक एप्लिकेसन हो जस्ले कुनै पनि वेबसाईटलाई सजिलै खोल्न मद्धत गर्छ। भिपीएन को सहयोगमा ह्याकरहरुलाई कुनै वेबसाईट ह्याक गर्न सजिलो हुने र युएईमा प्रतिबन्ध लगाईएका वेबसाईटहरु सजिलै खोल्न सकिने भयकाले यो एप्स प्रयोगमा प्रतीबन्ध लगाईएको हो।
यदि भिपीएनको एप्स प्रयोग गरेर युएईमा प्रतिबन्ध लगाईएका वेबसाईटहरु खोलेको वा कुनै गलत ठाउँमा प्रयोग गरेको थाहा भयमा जेल सजाय देखि ठूलो जरिवाना समेत हुनेछ। त्यसैगरी हामिले प्रयोग गर्ने सामाजिक संजाल फेसबुक,टुईटर, लगायत अन्य संजालमा यो देशको कुनै पनि नकारात्मक कुराहरु लेख्न तथा तस्बिरहरु अपलोड गर्न प्रतिबन्ध छ। कुनै दुर्घटना, आगलागि वा अन्य कुनै घटना हुदा तस्बिर र भिडियो खिच्न पनी मनाही गरेको छ।
मदिरा सेवन
खाडी मुलुक साउदी अरेबिया ,कतार लगायत अन्य देशको तुलनामा युएईमा मदिरा को मुल्य केही कम पर्छ।यहाँको सरकारले अनुमती दियका होटेल तथा बारहरुमा गयर मदिरा पिउन छुट भयता पनी लेबर तथा न्यून तलब मा काम गर्ने कामदारहरुलाई आफू बस्ने क्याम्प( घर) हरुमा मदिरा खरिद गरेर सेवन गर्न यहाँको कानुनले दिदैन। मदिरा पसलमा गयर मदिरा खरिद गर्न यहाँ लाईसेन्स चाहिन्छ र त्यो लाईसेन्स यहाँ काम गर्ने लेबर लगायत न्यून तलबमा काम गर्ने कामदारहरुलाई दिईदैन।
यदि कसैले अबैधानिक रुपमा मदिरा खरिद बिक्री गर्ने ,मदिरा पियर होहल्ला तथा झैझगडा गरेको पाईएमा यहाँको कानुनले जेल सजाय ,जरिवाना देखि आजीवन युएई प्रबेशमा प्रतिबन्ध सम्म लगाउन सक्छ।
धर्म तथा संगठनको बिस्तार र पार्टी प्रचार
युएईमा झन्डै पाँच लाख भन्दा धेरै नेपालीहरु रोजगारीको सिलसिलामा बसोबास गर्दछ्न। यहाँ धेरै नेपालीहरुले नेपालका विभिन्न राजनितिक दल तथा संगठनमा आबद्ध भयर राजनितिक दल तथा संगठनहरु गठन गर्ने गरेका छ्न।
यहाँको सरकार तथा कानुनले कुनै पनि ब्यक्तिलाई यस्ता कार्य गर्न प्रतिबन्ध लगायको छ । साथै यस्ता काममा भेला तथा प्रचार प्रसार गर्न पनि पूर्ण बन्देज लगायको छ। तर पनि बिदेशमा यस्ता दल तथा संग सस्था गठन गर्नेमा अन्य देशको तुलनामा नेपालीहरु अग्रपन्तीमा आउछ्न। यो एकदमै गलत र कानुन बिपरित काम हो।
युएई स्लामिक रास्ट्र हो। यहाँका मानिसहरु आफ्नो धर्ममा कट्टर हुन्छ्न। यो मुलुकले हरेक ब्यक्तिले आ-आफ्नो धर्म मान्न छुट दियपनी यहाँ अन्य कुनै धर्मको प्रचार प्रसार गर्न सक्त प्रतिबन्ध छ। त्यसैले यहाँको कानुन बिपरित कुनै पनि कार्यहरु भुलेर पनि गर्नु हुदैन।
हरेक देशहरु आफ्नै देशको नियम र कानुनले चलेका हुन्छ्न। आफ्नो देश छोडेर अर्काको देशमा आईसकेपछि त्यो देशको कानुन, धर्म सस्कृती तथा निति नियमहरुको पूर्णरुपमा पालना तथा सम्मान गर्न सक्नु पर्छ।
-
0 comments
Write Down Your Responses