top_rightads

फेरि सुरु भयो अपेरेसन :: नक्कली प्रमाणपत्रको अभियोगमा दुई चिकित्सक पक्राउ

श्रावण २४, २०७३- नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेर अभ्यास गरिरहेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फर्जाना  सविहा र किशोर गुरुगंलाई पक्राउ गरेको हो । 
सर्लाही मलंगवाका सविहा मिडाट हस्पिटल लगनखेलमा कार्यरत थिए । उनले नेपाल मेडिकल काउन्लीलबाट ९६३६ दर्ता नम्बर लिएर चिकित्सकिय अभ्यास गर्दै आएका थिए । उनले पाकिस्तानबाट एमविविएस उर्तिण भएको शैक्षिक प्रमाण पत्र पेश गरेकी थिइन् । 

फाईल तस्वीर 

सुनसरी धरानका गुरुङ शिवपुरी डेन्टल क्लिनिक महाराजगञ्जमा दन्त चिकित्सकको रुपमा कार्यरत थिए । ४० वर्षका उनले नेपाल मेडिकल काउन्सिलबाट ७४७९ नम्बरको अनुमती पत्र लिएका थिए । उनले विडिएस उर्तिण गरेको भन्दै एनएमसीबाट अनुमती लिएका थिए । 
यी दुबैको आइएससीको शैक्षिक प्रमाण पत्र नक्कली देखिएको ब्युरोका एक अधिकारीले जानकारी दिए ।
उच्च माध्यामिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सीलसंगको सहकार्यमा ब्युरोले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक बनेर अभ्यास गरिरहेकाहरुको खोजीमा ब्युरोले अप्रेशन क्वाक सञ्चालन गरिरहेको छ । ब्युरोले जेठमा ३६ जनालाई नक्कली चिकित्सकको अभियोगमा पक्राउ गरेको थियो । ती सबै धरौटीमा मुक्त भएका थिए ।


0 comments

Write Down Your Responses