top_rightads

कोकिनसहित विदेशी महिला पक्राउ :: स्याबास नेपाल प्रहरी

३ किलो कोकिनसहित एक थाई महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको छ । नियमित सुरक्षाजाँचका क्रममा ३ किलो ५४ ग्राम कोकिनसहित थाईल्याण्डकी ३२ बर्षीया वारान्या केपिकुललाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट क्वालालम्पुर हुँदै थाईल्याण्ड जान लागेको अवस्थामा उनी गएराती पक्राउ परेकी हुन् । 

फल्स बटम बनाइएको सुटकेशमा सो कोकिन लुकाएको अवस्थामा बरामद भएको प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले जनाएको छ । उनी गत शुक्रबार नेपाल आएकी थिईन् । आफूलाई नाईजेरियन मुलका एक व्यक्तिले कोकिन कारोबार गरेवापत ७० हजार भाट दिने आश्वासन दिएको प्रहरीसमक्ष उनले बताएकी छन् । कोकिनको सुटकेश वारान्यालाई दिएको आशंका गरिएकी बोलिभियन नागरिक २९ बर्षीया रोसि गुड्डी टोलेडो भल्लेजोसलाई पनि प्रहरीले नक्सालबाट पक्राउ गरेको छ ।

0 comments

Write Down Your Responses