नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको छ । बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ । विज्ञहरुलाई भूकम्पिय प्रवृतिको आधारमा चार खण्डमा विभाजन गरेका छन् महाकालीदेखि कालीगण्डकी र मस्र्याङदीदेखि सुनकोसी र मेचीसम्म । लामो समयदेखि भूकम्प नगएको र ०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्प जाने खतरा भएको बताइएको हो । सुन्नुहोस् बीबीसीको यो रिपोर्ट :- सदुरमध्यपश्चिम नेपाल, पश्चिम नेपाल र मध्ये नेपाल दक्षिण गरी तीन थरी सिनारियो भूकम्पको परिदृश्य विज्ञहरुले गरेका छन् । सदुरमध्यपश्चिम नेपालमा ८ दशमलव ६ रेक्टरको भूकम्प जाने बीबीसी रिपोर्टमा उल्लेख छ । यसलाई काठमाडौंलाई ठूलो असर भने नगर्ने उल्लेख छ । तर ७ दशमलव ८ रेक्टरको पश्चिम नेपाल र मध्य नेपाल दक्षिण परिदृश्य भूकम्पले राजधानीमा धेरै क्षति हुने बताइएको छ । (यो रिपोर्ट बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो ।)
शारीरिक परीक्षण गर्ने हो भने धेरैले थाहा पाउँछन्, आफ्नो कलेजोमा बासो जमेको । किनभने यसको तत्काल कुनै शारीरिक प्रतिक्रिया नदेखिने भएकाले कलेजोमा बोसो जमेको कुरा धेरैले भेउ नै पाउँदैनन् । हुन त कलेजोमा सामन्य बोसो लाग्नु ठूलो कुरा होइन । तर, बोसोको मात्रा १० प्रतिशतभन्दा बढी छ भने त्यसले समस्या निम्त्याउँछ ।
कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंग हो । तर, बद्लिदो जीवनशैलीको कारण अहिले कलेजोको समस्या साझा पीडा बन्दै गएको छ ।
फ्याटी लिभर के हो ?
यो त्यही अवस्था हो, जब कलेजोमा बोसो जम्न थाल्छ । कलेजोमा अधिक बोसो जमेर हुने संक्रमणलाई फ्याटी लिभर भनिन्छ । वोसोयुक्त खानेकुराको सेवन, मोटोपन, अनियमित दिनचर्या, तनाव, रक्सीको सेवन, धुमपान जस्ता कारणले कलेजोमा बोसो जम्छ । यस्तो रोगले धेरैलाई सताएको हुन्छ ।
जब, कलेजोमा समस्या हुन्छ, शरीरका अन्य अंगहरुमा पनि त्यसको असर पर्छ ।
लक्षण
– भोक कम लाग्नु ।
– पेट फुलिनु ।
– आँखा र छालामा पहेंलोपन देखिनु ।
– चक्कर आउनु वा कमजोरी महसुष गर्नु ।
– खाना ठीक ढंगले नपच्नु र एसिडीटी हुनु
– पेटको दाँयाबाँया भागमा पीडा हुनु ।
के छ घरेलु उपचार ?
१. यस्तो अवस्थामा दिनमा दुई पटक प्याजको सेवन गर्न सकिन्छ ।
२. २५ ग्राम ताजा अमलाको रस र त्यसमा ४ ग्राम सुख्खा अमलाको चूर्ण पानीमा मिसाएर दिनमा तीन पटक सेवन गर्नुपर्छ । यो क्रम २० दिनसम्म निरन्तर जारी राख्नुपर्छ ।
३. मध्यन्हको खानापछि लस्सी सेवन गर्नु लाभदायक हुन्छ ।
४. कागतीको रस र पानीमा नुन हालेर नियमित रुपमा पिउनुपर्छ ।
५. ग्रीन टि एकदमै लाभदायक हुन्छ । त्यसैले आफ्नो खानामा ग्रीन टिलाई पनि सामेल गर्नुपर्छ ।
६. भिटामिन सियुक्त खानेकुराले पनि कलेजोको बोसो हटाउन मद्दत गर्छ । सुन्तला, कागती यसको राम्रो स्रोत हो ।
७. करेला तीतो भएपनि कलेजोको बोसो हटाउनमा यसले राम्रो भूमिका खेल्छ ।
८. कलेजोमा जमेको बोसो हटाउन काँचो गोलभेडाको सेवन पनि लाभदायक हुन्छ ।
(चिल्लोरहित खानेकुरा सेवन गर्ने, मदिरा सेवन नगर्ने, कलेजोलाई स्वस्थ्य राख्न खानामा जुस र फल सामेल गर्ने )
संविधान संशोधनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमति लिने सत्तारुढ नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले लगातार दुई दिन एमाले शीर्ष नेताहरुसँग वार्ता गरे । शुक्रबार पनि सर्वदलीय बैठक सकिए लगतै माओवादी र एमालेका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।
तर, कुनै सहमति हुन सकेन । एमाले नेताहरुले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संशोधन विधेयक यथास्थितिमा स्वीकार्य नभएको प्रष्ट बताएका छन् । साथै सरकार र मधेसी मोर्चाबीच सहमति भए अनुसार आउने संशोधन पनि एमालेलाई अमान्य हुने बताएका छन् ।
स्रोतले भन्यो, ‘संविधान संशोधन कुनै हालतमा पास हुन दिँदैनौं भन्ने एमालेको अडान कायमै छ ।’
संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले पछिल्लो दिनमा एमाले नेतृत्वको विपक्षी गठवन्धनमा रहेका साना दलहरुसँग पनि सम्वाद गरेका छन् ।
तर, अझैसम्म संशोधन विधेयक पास गर्न चाहिने दुई तिहाई बहुमत प्रष्ट देखिएको छैन । यद्यपि सत्तारुढ नेताहरु आफूहरुसँग दुई तिहाई भएको दाबी गर्छन् ।
एमालेले बजेट ल्याएर दोस्रो चरणमा चुनाव गर्ने निर्णय पनि स्वीकार्य नहुने अडान लिएको छ ।
डेढ वर्षअघि बाहुबली : द बिगनिङ प्रदर्शन भएसँगै फिल्मी जगत्मा सधैँ ‘हटकेक’ बनिरह्यो, ‘कटप्पाले बाहुबलीलाई किन मार्यो ?’ यसकै सेरोफेरोमा सामाजिक सञ्जालमा सयौँ ट्रोल र जोक्स बने । त्यसैले बाहुबली २ : द कन्क्लुजन सर्वाधिक प्रतीक्षित बन्नुमा एमएस राजामौलीको अदभुत भिजुअल इफेक्ट्स र कथावाचनसँगै यो रहस्यको पनि दरिलो भूमिका थियो । र, चार सय करोड भारतीय रुपियाँ लागतमा निर्माण भएको यो फिल्म हेर्न दर्शक कति आतुर थिए भन्ने यसको चौतर्फी ‘ग्रान्ड ओपनिङ’ले देखाइसकेको छ । तर राजामँैलीले जसरी पहिलो भागमा दर्शकलाई चकित तुल्याएका थिए, दोस्रो भागमा त्यसले निरन्तरता पाउला ? यो शंका उत्तिकै टड्कारो रुपमा उठेको थियो । जसलाई चिर्न निर्देशक सफल भएका छन् । कथा, चरित्रीकरण, अभिनय, जादुई दृश्य र दमदार एक्सनमा दर्शकको अपेक्षा अपुरो रहन्न । मुख्य चरित्रद्वय प्रभाष र राना दगुबत्तीबीचको द्वन्द्व अझ आकर्षक छ ।
पहिलो भाग जहाँ अन्त्य भएको थियो, बाहुबली २ को कथा त्यहीँबाट सुरु हुन्छ । अर्थात कटप्पा (सत्यराज)ले मयुस्मती राज्यका महाराजा अमरेन्द्र बाहुबली (प्रभाष)को हत्या कसरी भएको थियो भन्ने महेन्द्र बाहुबली (प्रभाष)लाई भन्दैछन् । सोही क्रममा कथा फ्ल्यासब्याकमा जान्छ । जहाँ, अमरेन्द्र बाहुबलीको राज्याभिषेकको तयारी हुँदै छ तर उनका भाइ भल्लालदेव (राना दगुबत्ती) यसको पूर्ण विपक्षमा हुन्छन् । बाबुको सहयोगमा उनी आफैँ राज सिंहासनमा बस्ने प्रपञ्च रच्छन् । कतिसम्म भने उनले महारानी शिवागामी (राम्या कृष्णन)लाई विश्वासघात गर्दै बाहुबलीको हत्या योजना बुन्छन् । यही बीचमा प्रवेश हुन्छ, देवसेना (अनुष्का शेट्टी) को । अब कुन परिस्थितिका बीच दृष्ट स्वभावका भल्लालदेवले प्रजामाझ प्यारा अमरेन्द्र बाहुबलीको हत्या गर्छन् ? र, त्यसको बदला उनका छोराले कसरी लिन्छन् ? यिनै सवालको चित्तबुझ्दो जवाफसँगै फिल्म सकिन्छ ।
एउटा भनाइ चर्चित छ, फिल्ममा जेजस्तो दृश्य देखाए पनि हुन्छ तर त्यो विश्वसनीय हुनुपर्छ । बाहुबली २ यसको निकै प्रभावशाली उदाहरण बनेको छ । वास्तविक जीवनमा कल्पनै गर्न नसकिने दर्जनौँ दृश्य भए पनि ती कथा र पात्र अनुरुपकै छन् र प्रस्तुति त्यति नै शानदार । जसका कारण फिल्म हेरिरहँदा पूर्णरुपमा आत्मसात् गर्न सकिन्छ । पटकथाकारसमेत रहेका निर्देशक राजामौलीले पूर्वीय दर्शनमा आधारित यस कथालाई बलियो वाचनशैली र दृश्यांकनमार्फत अन्तर्राष्ट्रियकरण गरेका छन् । किनभने प्रविधिको उच्चतम प्रयोगमार्फत मिथक र इतिहासको यति बुलन्द समिश्रण गरिएको सिनेमा संसारमै विरलै बनेका छन्/बन्छन् । यसमा न भिजुअल इफेक्ट्सले कथाको वहाब बिगारेको छ, न कथालाई मूर्तता दिन प्रविधि प्रयोगमा कन्जुस्याइँ गरिएको छ ।
एक्सन कोरियोग्राफी पहिलो भागभन्दा निकै सिर्जनात्मक लाग्छ । पानी र नरिवलको रुखको प्रयोग त पूरापूर अद्वितीय । युद्धमा वाण र तरबारलाई त्यतिकै आकर्षक ढंगले चलाइएको छ । राजदरबारको भव्यतामा आँच आउन दिइएको छैन । मध्यान्तरसम्मै कथा फ्ल्यासब्याकमा जान्छ अर्थात् अमरेन्द्र बाहुबलीको हत्याको कारण खुल्दैन । भनिहालूँ, त्यो रहस्यले चक्मा दिँदैन तर ‘टिट्रमेन्ट’ यति संवेदनशिल शैलीमा गरिएको छ कि जोकोहीको आँखा रसाउँछ । भावनाको गहिराइमा पुग्न प्रविधिको सहारा लिने राजामँैलीको काइदा साँच्चै तारिफयोग्य छ । अनि यसपटकको भीएफएक्समा त्रुटिको भेउ पाइन्न, एकदमै वास्तविक र आँखा लोभ्याउने खालको छ । तर, पछिल्लो आधा घन्टामा महेन्द्र बाहुबली र भल्लालदेवबीचको मनोवैज्ञानिक रस्साकस्सी फितलो लाग्छ । त्यस्तै, बाहुबली र देवसेनाको प्रेमिल सम्बन्धमा धेरै दृश्य खर्चिएको छैन । हिन्दीमा डब गरिएकाले कतिपय संवादको ‘लिपसिङ’ गडबड भएको छ । केके सेन्थिलको खिचाइ सानदार छ । गीत र पृष्ठभूमि संगीतले रोचक बनाएको छ ।
कलाकारको दमदार अभिनय बाहुबली २ को अर्को सशक्त पाटो हो । बाबु र छोरा दुवै भूमिकामा प्रभाष निपुण लाग्छन् । उनको शारीरिक बनोट, बोलीको वजन, भावभंगिमामा खोट लगाउन सकिन्न । उनको उपस्थिति चामत्कारिक छ । दगुबत्ती पनि त्यतिकै शक्तिशाली रुपमा पर्दामा प्रस्तुत भएका छन् । एउटा दुष्ट र बलियो राजामा हुनुपर्ने सबै गुणले भरिएका छन् उनी । अनुष्काको अलग रुप र एक्सनले दर्शकको मन जित्छ । राम्या कृष्णन त बोल्नै पर्दैन, आँखाबाटै उनको अन्तरमनको द्वन्द्व चाल पाइन्छ । कटप्पा बनेका सत्यराज चाहिँ प्रभाषपछि दर्शकको मानसपटलमा रहिरहने कलाकार हुन् । शंकै छैन, बाहुबली, भल्लालदेव र कटप्पा हिन्दी फिल्म इतिहासकै ‘अँइकोनिक’ पात्र हुनेछन् ।
बाहुबली : द बिगनिङले जसको मन जितेको छ, उनीहरूले त यो फिल्म हेर्ने नै भइहाले । आखिर, कटप्पाले बाहुबलीलाई मार्नुको कारण जान्न को चाहिँ हतारिएको नहोला र ? राजामौलीको निर्देशकीय जादू अनि प्रभाषकै लागि पनि बाहुबली २ : द कन्क्लुजन छुटाउनु हुन्न । पैसा र समय दुवैको सदुपयोग हुनेछ ।
-साभार

नेपाली फिल्मी जगतका सुपर स्टार राजेश हमालले पनि बेला बखतमा नेपालको राजनीतिमा चासो देखाउन थालेका छन । समाजिक संजाल फेसबुक मार्फत नेपालको बद्लिदो राजनैतिक कुसंस्कारलाई उनले खुलेरै बिरोध गर्ने गरेका छन ।
नेपालको राजनिती बारे के भनेत राजेश हमालले हेर्नुस भिडियो।
नेपालको राजनिती बारे के भनेत राजेश हमालले हेर्नुस भिडियो।
३ वर्षमा पहिलोपटक आमा बनेकी एक महिलाले ३७ वर्षकी हुँदासम्म ३८ वटा बच्चा जन्माइसकेकी छिन् । सामान्य महिलाले कल्पना पनि गर्न नसक्ने यो प्रजननशीलताले युक्त महिला युगाण्डाकी हुन् ।
मरियम नबातान्जी नामकी ती महिलाको सानै उमेरमा बिहे भयो । उनी १३ वर्षमै पहिलो बच्चा जन्माइन् । युगाण्डाको मुकोनो जिल्लाको कबिम्बिरी गाउँमा बस्ने मरियमलाई सबैले बच्चा जन्माउने मेसिन भन्छन् ।

उनले ६ पटक जुम्ल्याहा, चार पटक तिम्ल्याहा तथा तिन पटक चम्ल्याहा बच्चा जन्माइन् । केबल दुईपटकको गर्भमा मात्र एक एकवटा बच्चा जन्मिएका थिए ।
मरियमको प्रजनन क्षमता वास्तवमै वंशाणुगत नै रहेछ । उनका बुवाले पनि विभिन्न महिलाहरुबाट गरी ४५ बच्चाका बाउ बनेका रहेछन् । मरियमले आफ्नो परिवार नियोजन गर्नका लागि डाक्टरसँग सल्लाह पनि गरेकी थिइन् । तर डाक्टरहरुले नै उनलाई परिवार नियोजन नगर्न सल्लाह दिए ।
कस्तो अचम्म ? ३८ बच्चा जन्माउँदा पनि परिवार नियोजन गर्न नभन्ने डाक्टर कस्ता हुन् ? तर यसको कारण रहेछ । वास्तवमा उनको सरीरमा यति धेरै डिम्ब उत्पादन हुने रहेछन् की यदि उनी आमा नबनेमा उनको ज्यानलाई नै खतरा हुनसक्ने रहेछ । यस्तो त नहुनुपर्ने हो । खासमा उनलाई गलत सल्लाह दिइएको रहेछ ।
मरियमका बच्चाहरुलाई आफ्ना बुवाको अनुहार पनि याद छैन किनकी मरियमका लोग्नेले छोराछोरी हुर्काउन उनलाई सहयोग नै गरेनन् ।
मरियमको सबैभन्दा ठूलो छोरा २३ वर्षको छ । उक्त छोराले पछिल्लो १० वर्ष त आफ्नो बाउको मुखै देखेको छैन ।
एजेन्सी
एजेन्सी
आजकल लगभग हरेकसँग धेरै क्षमताको र्याम भएको, राम्रो क्यामरा भएको, ठूलो स्क्रिन भएको तथा विभिन्न दमदार फिचरहरु भएको स्मार्टफोन हुने गर्दछन् ।
यतिधेरै फिचरहरुका बाबजुत यी स्मार्टफोनको एउटा मात्रै कमजोरी चाहीँ के भने यी अत्याधुनिक ग्याजेटको ब्याट्री छोटो समयमै सकिन्छ । स्मार्टफोनको ब्याट्रीको चार्ज स्वात्तै सकिने समस्या धेरैले भोगेकै समस्या हो । तर यदि यी उपाय अपनाउनुभयो भने तपाइँको स्मार्टफोनको ब्याट्रीको चार्ज लामो समयसम्म टिक्नेछ:
• रिंगटोन लगाउनु भन्दा मोबाइल फोन भाइब्रेसनमा राख्दा ब्याट्रीको खपत धेरै हुन्छ । त्यसैले टोन बज्दा असर गर्नेवाला छैन भने स्मार्टफोन भाइब्रेसन मोडमा नराख्नुस् ।
• फोनको स्क्रिनमा विभिन्न खाले लाइभ वालपेपर देख्नमा त सुन्दर लाग्छ तर यसले ब्याट्रीको चार्ज पनि रित्याउँछ । त्यसैले यस्तो लाइभ वालपेपरको साटो कालो रंगको वालपेपर लगाउनुहोस् जसले ब्याट्री कम खान्छ ।
• तपाइँको फोनमा इन्स्टल गरिएका धेरैजसो एपहरुले लोकेसन ट्रयाक गर्दछन् । कतिपय अवस्थामा आवश्यकता विना पनि तपाइँले यसलाई लगातार अनमै राख्नुभएको हुन्छ जसले धेरै ब्याट्री खाइरहेको हुन्छ । त्यसैले आवश्यक नभएको बेला त्यस्तो फिचर तथा एपहरु बन्द गर्नुहोस् ।
• कहिलेकाहीँ स्मार्टफोनको ब्याट्री सकिने आँटेको तर तत्काल चार्ज गर्ने ठाउँ नभएको अवस्था आउँछ । यस्तोमा स्मार्टफोनलाई एयरप्लेन मोडमा हाल्नुहोस् ।
• एप अपडेट गर्नु तपाइँका लागि बोझिलो काम हुनसक्छ तर यसले तपाइँको स्मार्टफोनको ब्याट्री लाइफ चाहीँ बढाउँदछ । डेभलपर्सले ब्याट्री तथा मेमोरी अप्टिमाइजेसनलाई सुधार गर्नका लागि अपडेसन गर्दछन् । त्यसैले आफ्नो स्मार्टफोनमा कुनैप्नि एपको लेटेस्ट भर्सन इन्स्टल भएको छ र अपडेट भएको छ भन्ने कुरामा ध्यान दिनहोस् ।
• फोनको होमस्क्रिनमा एप्सका आइकनहरुको भिड नलगाउनुहोस् । विरलै प्रयोग गर्ने एपहरुलाई होमस्क्रिनमा नराख्नुहोस्, मेन्यू भित्र हाल्नुहोस् ।
• स्क्रिनले सबैभन्दा धेरै ब्याट्री रित्याउँछ । स्क्रिन जति ठूलो हुन्छ, जति धेरै रिजोलुसन तथा चमकदार हुन्छ उसले उति नै धेरै उर्जा खपत गर्दछ । यदि तपाइँको फोनमा स्क्रिन ब्राइटनेसका लागि अटो मोड छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि छैन भने ब्राइटनेसलाई ५० प्रतिशतमा राख्नुहोस् । यसले ब्याट्रीको खपत कम गर्दछ ।
एजेन्सी
गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ ।
स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो ।
म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको बचाउमा उत्रिएका छन्।
बिहीबार एमालेको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा नवराज सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप लगाए । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सही भएको दाबी गर्दै ओलीले भने, ‘कहाँबाट प्राप्त भयो त्यो बग्लै कुरा हो । कसरी लिकेज भयो, त्यो सरकारले छानविन गरोस् ।’
उनले अघि भने, ‘यो सरकार धाँदलीबाज हो, कीर्ते हो । यसको प्रमाण हो त्यो । किनभने नवराज सिलवालले अदालतमा पेश गरेको र त्यसपछि सरकारले नवराजको त्यो चाहिँ होइन, यो चाहिँ हो भनेर पेश गरेको उही छ ।’
गृहसचिव, तत्कालीन एआईजी र आईजीपी उही हस्ताक्षर भएको दुई वटा कार्यसम्पादन कसरी हुन्छ भन्दै ओलीले सिलवालले नभई सरकारले कीर्ते गरेको दाबी गरे । अहिले सरकारले सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकनको हस्ताक्षर कीर्ते हो भन्न फरेन्सिक ल्याबलाई दबाव दिइरहेको उनको दाबी छ ।
सरकारमा बसेर घटिया काम गरेको भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘डीआईजीलाई ज्यानमा खतरा छ भन्न सक्छ भने त्यो भन्दा तलको के होला ?’
बहालवाला डीआईजीलाई विना पक्राउ पुर्जी गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै ओलीले सरकारमाथि प्रहरीमार्फत आतंक सिजना गरेको आरोप लगाए ।
सिलवाल पक्राउबारे आफूले प्रधानमन्त्री प्रचण्डलाई सोध्दा गिरफ्तार गरेको होइन भनेको भन्दै ओलीले भने, चियापानीसम्म खान नलिएर थुनियो ।’
दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार–सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ । ‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’
पुरातत्व विभागले यी दुई राणाकालीन दरबार भत्काउन स्वीकृति दिएपछि भवन भत्काएर भग्नावशेष बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ‘ऐतिहासिक महत्वको भवनको भग्नावशेष बेच्दा ठूलो पैसा आउने भएपछि नेपाल सरकारले राष्ट्र बैंकको दुवै भवनको भग्नावशेष बिक्री गर्ने निर्णय गरेको छ,’ राष्ट्र बैंकको सामान्य सेवा विभाग प्रमुख एवं कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले भने । राष्ट्र बैंकका अधिकारीहरूले शनिबारबाटै भवन भत्काउने र भग्नावशेष पन्छाउने काम सुरु हुने बताएका छन् ।हाम्रो वार्षिकोत्सव समारोह गर्नुपर्ने भएकाले काम सुरु गर्न केही ढिलाइ भएको हो,’ राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसचिव एवं सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘अब तुरुन्तै काम सुरु हुन्छ ।’
गत वर्षको सरकारको नीति तथा कार्यक्रममा सरकारी स्वामित्वका ऐतिहासिक भवनहरू सरकारले नै बनाउने घोषणा गरेपछि सोही बुँदामा टेकेर राष्ट्र बैंकले आफ्ना दुई भवन निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई सुम्पियो । ‘सुरुमा राष्ट्र बैंक आफैँले बनाउने भनेका थियौँ,’ कार्यकारी निर्देशक पोखरेलले भने, ‘पछि पुनर्निर्माण प्राधिकरणका तत्कालीन सिइओ सुशील ज्ञवाली, सहरी विकास मन्त्रालयका सचिव, राष्ट्र बैंकका गभर्नरलगायतको बैठकमा सरकारले नै भवन निर्माण गर्ने सहमति भयो ।’ सोही सहमतिअनुसार सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ती दुई भवन भत्काएर त्यसको भग्नावशेष बिक्री गिर्ने निर्णय गरेको पोखरेलले बताए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले राष्ट्र बैंकका यी दुई भवनको संरचना भत्काउन आफूहरूले निर्देशन दिएको भए पनि भग्नावशेष बेच्न सहमति नदिएको बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ
काठमाडौं,१४ वैशाख ।
स्थानिय निर्बाचन गराउन र मधेषीहरु नेताहरुको मागलाई संबोधन गर्ने भन्दै गर्न लागिएको संबिधान संसोधनले भारतीय नागरिकले मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन् । मधेसी मोर्चा र सरकारसँग बैशाख १० गते भएको सम्झौताको हवाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन् ।
भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउने सिएनएन न्युज १८ को अनलाइनले जनाएको हो ।
मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनका अन्र्तवस्तु र प्रक्रियाबारे शुक्रबारयता दैनिकजसो बैठक भइरहेको सन्दर्भमा भारतीय मिडियामा यस्तो खबर सार्वजनिक भएको हो ।
सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ ।
संविधान संशोधनले भारतीय नागरिक संसदीय निर्वाचनमा पनि सहभागी हुन बाटो खोल्ने सो अनलाइनले उल्लेख गरेको छ । मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको सिएनएन न्युज१८ डट कमले उल्लेख गरेको हो। यो विषय नेपालको क्याबिनेटबाट पारित भइसकेको उसले दाबी गरेको छ ।

हाम्रो जिवनको लागि पानी नभई नहुने तत्व हो । हामी पानी त धेरै खान्छौं तर, विहान खाली पेटमा खाँदा निकै फाइदाजनक हुन्छ । यदि तपाइले विहानै पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट बच्न सक्नुहुनेछ । खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हाम्रो शरिर लाई धेरै फाईदा हुन्छ । यदि तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नुहोस् र मात्रा बढाउँदै लैजानुस् ।
बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ । बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ । खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ । बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ साथै बिहान उठने बितिकै पानी पिउनु सुरु गर्नु भो भने तपाईको तैल घटाउन पनि सहयोग गर्ने छ।। एजेन्सीको सहयोगमा

इटहरी, १४ वैशाख ।
सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो २ः३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४ः१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
नदीमा साथीहरुसँगै नुहाउने क्रममा बगेकी बालिकाको लासलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले मृत अवस्थामा फेला पारेर उनको लासलाई शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटनाका विषयमा प्रहरीले स्थानीयवासीसँग सोधखोज एवम् अनुसन्धान जारी राखेको पनि कार्यालयले जनाएको छ ।

कञ्चनपुर, १२ वैशाख ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको झलारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्तालाई कीटाणुरहित पानी उपलब्ध गराउन कम्प्युटरयुक्त मेसिन जडान गरेको छ ।
‘वाक टेक’ नामक कम्प्युटरयुक्त मेसिन जडान गरी समितिले उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउन थालेको हो । “मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षरियपन, धमिलोपन र क्लोरिनजस्ता पदार्थ पत्ता लगाई गुणस्तरीय पानी उपभोक्तालाई उपलब्ध गराउन थालेका छौँ”, समितिका अध्यक्ष कमलापति भट्टले भन्नुभयो ।
मेसिनको सहायताले पानीको अशुद्धता हटाउनाका साथै पानी शुद्ध पारी उपभोक्तालाई उपलब्ध गराउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । रु चार लाख ५० हजार मूल्य पर्ने मेसिन खानेपानी तथा गुणस्तर विभागले दुई महिनाअघि उपभोक्ता समितिलाई उपलब्ध गराएको हो । समितिले हालसम्म मेसिनको सहायताले जडान गरिएका दुई दर्जनभन्दा बढी धाराको पानी चेकजाँच गरेको छ ।
चेकजाँच गर्दा धारामा कुनै किसिमको पानीमा अशुद्धता र कीटाणु नभेटिएको अध्यक्ष भट्टले बताउनुभयो । दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीमार्फत चारसय ९० धारा रहेको आयोजनाले हाल एक लाख ५० हजार लिटर पानीको खपत गर्दै आएको छ ।
विसं २०५७ सालमा कार्य प्रारम्भ भई विसं २०६८ सालमा आयोजना निर्माण सम्पन्न गरिएको थियो ।

काठमाडौं/ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जिल्लागत मतपत्रको ढाँचा तयार गरेको छ ।
मोरङ जिल्लाको मतपत्रको ढाँचा यस बमोजिम रहने निर्वाचन आयोगले जनाएको छ ।