top_rightads

संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउने प्रयास गर्छु–प्रधानमन्त्री दाहाल

श्रावण २५, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान सशंोधन गरेर सर्वस्वीकार्य बनाउन प्रयास गर्ने बताउनुभएको छ । २२ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसका अवसरमा राजधानीको प्रज्ञा भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले संविधानमा सबैको अपनत्व महसुस गराउनेमा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।  प्रधानमन्त्री दाहालले आदिवासी दिवसलाई अर्काे वर्ष देखि सरकारी स्तरबाटै मनाउने  घोषणा समेत गर्नुभयो । यस्तै, कार्यक्रममा कंग्रेस नेता रामचन्द्र पौडेलले आदिवासी जनजाती अगुवामा आएको परिवर्तन सह्रानिय भएको बताउनुभयो ।  यसैबीच, शिक्षामा आदिवासीको अधिकार भन्ने नारा सहित २२ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जनजाती अगुवाले संविधान संशोधन मार्फत आफ्ना अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् । आदिवासी जनजाती महासंघले राजधानीमा विभिन्न जात–जातीको संस्कृति झल्कने झाँकीसहितको र्‍याली समेत निकालेको छ । 


0 comments

Write Down Your Responses