बिराटनगर , १८ भाद्र । यो ‘ Love Zone ‘ हो ।
Love Zone अर्थात माया गर्नेहरुको क्षेत्र । यहाँ माया नगर्नेहरुलाई प्रवेश निषेध छ । माया गर्नेहरु भनेर प्रेमी-प्रेमिकालाई मात्रै सोच्नुभयो कि ? त्यस्तो होइन । आमाबाबु र छोराछोरी बीचको माया, दाजुभाइ र दिदीबहिनीहरु बीचको माया, छिमेकी-छिमेकी बीचको माया, जिल्लाबासीहरुबीचको माया अनि नेपाली-नेपालीबीचको माया । अझै पर जाने हो भने पृथ्वीबासीहरुबीचको माया । मायाको दायरा निकै फराकिलो छ ।

करिब तिन वर्षअघि पूर्वी नेपालमा अवस्थित सिजुवा मोरङका महेन्द्र खड्काले यसको सुरुवात गरेका थिए । आफूले लामो समय बिताउने फेसबुकमा माया गर्नेहरुको क्षेत्र बनाउने आफ्नो अभियान झण्डै साढे पाँच लाख नेपालीहरुबीच पुगेकोमा खड्का कम्ति खुसी छैनन् ।
उनी यसलाई अझै धेरै नेपालीबीच पुर्याउने अभियानमा छन् ।
हामी मोरङेहरुको सामाजिक संजालमा नाम अगाडि बनाएकोमा खड्कालाई धेरै धेरै बधाई अनि धन्यवाद दिन चाहान्छौ साथै यस ग्रुपले नेपालको प्रतिनिधित्व सधै गरिरहोस ।
सूचना समाचार र मनोरञ्जनको सारथि बनोस लव जोन ।
Love Zone अर्थात माया गर्नेहरुको क्षेत्र । यहाँ माया नगर्नेहरुलाई प्रवेश निषेध छ । माया गर्नेहरु भनेर प्रेमी-प्रेमिकालाई मात्रै सोच्नुभयो कि ? त्यस्तो होइन । आमाबाबु र छोराछोरी बीचको माया, दाजुभाइ र दिदीबहिनीहरु बीचको माया, छिमेकी-छिमेकी बीचको माया, जिल्लाबासीहरुबीचको माया अनि नेपाली-नेपालीबीचको माया । अझै पर जाने हो भने पृथ्वीबासीहरुबीचको माया । मायाको दायरा निकै फराकिलो छ ।

त्यसो भए कहाँ छ त यो Love Zone ? यो तपाईंको निकै नजिक छ । अझै भन्दा तपाईंको हातहातमा र आफ्नै आँखा अगाडि । नेपालमा सामाजिक सञ्जालको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी फेसबुकमा नेपालीहरुको उपस्थिति उल्लेखनीय छ । फेसबुकको विश्वब्यापी लोकप्रियताको प्रभाव नेपालमा नपर्ने कुरै भएन ।
फेसबुकमा जोडिने नेपालीहरुको संख्या जसरी दिनप्रतिदिन बढिरहेको छ, त्यसैगरी नेपाली पेज र ग्रुपहरु पनि लोकप्रिय बन्दैछन् । यस्तैमा ‘ Love Zone ‘ नेपालकै सबैभन्दा ठूलो फेसबुक ग्रुपको रुपमा अघि आएको छ । शनिबार यो समाचार तयार पार्दासम्म यसमा जोडिने नेपालीको संख्या ५ लाख ४५ हजार ३ सय २५ पुगिसकेको छ ।करिब तिन वर्षअघि पूर्वी नेपालमा अवस्थित सिजुवा मोरङका महेन्द्र खड्काले यसको सुरुवात गरेका थिए । आफूले लामो समय बिताउने फेसबुकमा माया गर्नेहरुको क्षेत्र बनाउने आफ्नो अभियान झण्डै साढे पाँच लाख नेपालीहरुबीच पुगेकोमा खड्का कम्ति खुसी छैनन् ।
उनी यसलाई अझै धेरै नेपालीबीच पुर्याउने अभियानमा छन् ।
हामी मोरङेहरुको सामाजिक संजालमा नाम अगाडि बनाएकोमा खड्कालाई धेरै धेरै बधाई अनि धन्यवाद दिन चाहान्छौ साथै यस ग्रुपले नेपालको प्रतिनिधित्व सधै गरिरहोस ।
सूचना समाचार र मनोरञ्जनको सारथि बनोस लव जोन ।
आजको मिति वि.सं. २०७३ साल भदौ १८ गते शनिबार तदनुसार इश्वी सन् २०१६ सेप्टेम्बर महिनाको ३ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वितीया, १५:२६ बजेउप्रान्त तृतीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धाले फाइदा दिलाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्नो मेहनतबाट अवसरवादीहरूले फाइदा उठाउने कोसिस गर्नेछन्। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। यथासमयमा बुद्धिको उपयोग गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। पुरानो गतिले पनि काम बिग्रन सक्छ। अस्वस्थताले सताउनेछ भने समयमा काम पूरा गर्न नसकिएला। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। चिताएको उपलब्धि सजिलै प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् भने बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरूले काममा साथ दिनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। अवरूद्ध काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन् र उत्साह जाग्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। तापनि, सेवाभावले गरिएका कामबाट प्रतिष्ठा प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुखद् समाचारले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा मनग्य फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषिमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही अवसर गुम्न सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक काममा जुट्नेहरूलाई फाइदै हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समयको मागअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मनग्य धनलाभ हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला

प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय अभागीहरुका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन ।
अमेरिकाको न्यु मेक्सिकोमा यस्तै भएको छ । त्यहाँ एक गर्लफ्रेण्डको लभ बाइटबाट उनका ब्वायफ्रेण्डको ज्यान गएको छ ।
समाचार अनुसार न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ वषर्ीया प्रेमिकाको साथ डेटिंगपछि आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन हुनलाग्यो । उनलाई तिब्र रुपमा दुखाई महसुस भयो । उनलाई तत्कालै अस्पताल लगियो । डाक्टरहरुले उनको उपचार त सुरु गरे तर बचाउन भने सकेनन् ।
वास्तवमा प्रेमिकाको लभ बाइटबाट गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्क सम्म पुगेछ जसका कारण उनलाई मस्तिष्कघात भयो र मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार छिन् ।

साउदीमा मालिक र प्रहरीले नेपालीलाई यस्तो निर्घात पिट्यो । मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् ।
तीन महिना गाडीको इन्जिन बिग्रिएको घटनालाई लिएर साउदी अरबमा गाडी मालिक र प्रहरी मिलेर चार जना नेपालीलाई निर्घात कुटपिट गरेका छन् ।
साउदी अरबको दमामस्थित ‘हमाद जे अल अजमी जेनरल कन्ट्रयाक्टिङ’मा कार्यरत ती ड्राइभरहरुलाई मालिकले आफ्नो घर नजिकै प्रहरी बोलाई कुटपिट गरेका हुन् ।
मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् । पीडितले आफूहरुलाई उद्धार गर्न नेपाली दूतावासलाई अनुरोध गरिसकेका छन् । पीडितको तर्फबाट परराष्ट्र मन्त्रालयमा समेत उद्धारको लागि निवेदन दिइएको छ ।
पीडित मध्ये बुटवलका ४० वर्षीय हस्तलाल केसीले आफूहरुमाथि भएको अन्याय यसरी सुनाए ।
‘म साउदी अरबमा आएको २९ महिना हुँदैछ । हामी हाल १८ जना नेपाली कार्यरत छौं । कम्पनीले ड्राइभर र गाडी सहित विभिन्न कम्पनीमा सप्लाईमा पठाउने गरेको थियो । हामी दमामको मदिना भन्ने ठाँउमा काम गर्थ्यौं । बाँकी साथीहरु रियाद, जिजान (यमनको बोर्डर)मा काम गर्छन् ।
तीन महिनाको अघिको कुरा हो । इदको बेला गाडी पार्किङ गरेर क्याम्पमा आएका थियौं । हामीले पार्किङ गर्ने ठाँउमा डेढसय भन्दा बढी गाडी पार्किङ गरेर राख्ने गर्छौं । त्यहाँबाट ५०० सय मिटरको दुरीमा हामी बस्छौ । जहाँ ५ सयभन्दा बढी कामदार बस्ने गरेका थियौं । त्यस बेला सहकर्मी जयलाल यादवले चलाउने गाडीको इन्जिनमा कसैले चिनी हालिदिएछ । त्यसपछि गाडीको इन्जिन नै जल्यो । काम लागेन । कम्पनीले छानबिन गर्यो केही पत्ता लगाएन ।
मेरो गएको जुलाई २५ तारिख नेपाल फर्किने समय थियो । नेपालीले छाडेर यही कम्पनीमा नफर्किने भएकोले मलाई पनि जना दिइरहेको थिएन । जानेहरुलाई ३५ सय रियाल धरौटी राखेर मात्रै पठाउँथे । गत हप्ता छानबिनको लागि भन्दै मदिनाबाट दमाम बोलायो । त्यसपछि हामीलाई दमामको हापुक सिटी नजिकै उदलिया भन्ने स्थानमा ल्याएर राख्यो । यो मालिक बस्ने घर नजिकै हो ।
मालिकले हामी बसिरहेको ठाउँमा चिनेको प्रहरीलाई लिएर आयो । कोठामा मोरङका २८ वर्षीय हिक्मत श्रेष्ठ, पाल्पाका २८ वर्षीय नारयणमल्ल ठकुरी, प्युठानका २८ वर्षीय हिमाल मगर र एक पाकिस्तानी थियो । पाकिस्तानीलाई थोरै हिर्काएर साइड लगायो । मालिकले पाकिस्तानीलाई धेरै पिट्यो भने अरु पाकिस्तानीले बबाल गर्छ भन्दै थप पिटेन । त्यसलाई हामी चार जनालाई भने निर्घात पिट्यो । म सहित सबै साथीहरुको जिऊमा डामैडाम छ ।
त्यसपछि हाम्रो लाइसेन्स, अकामा (परिचयपत्र), मेडिकल कार्ड सबै खोसेर लिएर गयो । मालिकले एक जनालाई जिम्मेवारी लिन भनेर सात दिनको समय दिएको छ । ५ दिन बितिसकेको छ । दुई दिन अब बाँकी छ । जिम्मेवारी नलिए फेरी प्रहरी बोलाएर ल्याउने र केही मुद्दा लगाएर जेल पठाउने धम्की दिएको छ । हामीले दमाममा रहेको दूतावासका प्रतिनिधि हरिप्रसाद घिमिरेलाई पनि आएर उद्धार गर्न भनेको छु । उहाँले मालिकसँग कुरा भइरहेको जनाउँदै हामीलाई राखेको ठाउँमै आउने भनिराख्नुभएको छ ।
हामी चाहन्छौं कि हामी माथि थप कुटपिट नहोस् । सकुशल उद्धार भएर स्वदेश फिर्ने वातावरण बनोस् । बाँकी साथीहरु पनि नेपाल फिर्ता हुन चाहिरहेका छन् ।
कान्तिपुरबाट

सिंगो विश्व आर्थिक विकास र प्रविधिमा प्रतिस्पर्धा गरिरहेको छ । आर्थिक रुपमा सबल राष्ट्रसंग प्रतिस्पर्धा गर्न नसक्नेहरु पनि लोकतन्त्र र विकासकै बाटोतर्फ अग्रसर छन् । तर, विश्वमा अझै पनि एउटा यस्तो देश छ, जसको हरेक कुरा रहस्यको घेरामा हुन्छन् ।
उसका देशमा भएका ठूलै उथल-पुथल पनि महिनौंसम्म विश्वले थाहा पाउँदैन । देशका नागरिकहरु पनि बाहिरी देशमा के हुँदैछ पत्तो पाउँदैनन् । उनीहरुको संसार नै केबल आफ्नै देश हो ।
हजुर हामी कुरा गर्दैछौं उत्तर कोरियाको । विभिन्न अन्तराष्ट्रिय न्यूज साईटहरुको सहयोगमा हामीले उत्तर कोरियाबारे २५ वटा अनौठा तथ्य प्रस्तुत गर्दैछौं । जुन पढेर वा सुनेर तपाईं अचम्ममा पर्नु हुनेछ ।
१. उत्तर कोरियामा हप्तामा ६ दिनमात्रै होइन सातौं दिन पनि काम गर्नुपर्छ । ६ दिन जागिर गर्नेहरुले सातौं दिन अनिवार्य रुपमा स्वयम् सेवा गर्नुपर्छ । यस्तो अवस्थामा नागरिकहरु हप्ताको सातै दिन काममा व्यस्त हुन्छन् ।
२. आफ्नो शासनकालमा किम जोंग II ले बायोग्राफी सार्वजनिक गरे । त्यसमा लेखिएको केही कुरा निकै भ्रम फैलाउने खालका छन् । उनले बायोग्राफीमा लेखेका छन्, ‘मेरो जन्म दुईवटा इन्द्रेणीको बीचमा भएको थियो । म जन्मिएपछि त्यो दुई इन्द्रेणीको बीचमा आकाशमा एक नयाँ तारा चम्किएको थियो रे !’ यसमा उनको नियत भनेको आमजनतामा भ्रम भैलाउनु नै हो । ता कि नागरिकहरुले आफूलाई साक्षात ईश्वर मानुन् र सदियौंसम्म आफ्ना पुस्ताले एकलौटी राज गर्न पाओस् ।
३. उत्तर कोरियामा अहिले विश्वमा जस्तो सन २०१५ चलिरहेको छैन । त्यहाँ त बल्ल १०४ साल भयो । उत्तर कोरियाले जूश क्यालेण्डर प्रयोग गर्छ । |सापो| किम II सुंगको जन्मपछि नै सालको गणना सुरु भएको थियो ।
४. उत्तरकोरियाको हरेक घरमा सरकारद्वारा नियन्त्रित रेडियो अनिवार्य जडान गरिएको छ । नागरिकहरुलाई यो रेडियो नबजाउने वा नसुन्ने अधिकार छैन ।
५. जस्तोसुकै अपराध होस्, माफी भन्ने कुरा उत्तर कोरियाको शब्दकोशमा नै भेटिन्न । कि त आजीवन जेल, कि मृत्युदण्ड । यदि कसैको साथमा बाईबल भेटियो वा कसैले पोर्न फिल्म हेर्दै गरेको भेटियो भने पनि फाँसीमा चढाइन्छ ।
६. उत्तर कोरियामा कसैले पनि गरीबको तस्वीर खिच्न पाउँदैन । टुरिष्टहरुले पनि कुनै |सापो| गरीब उत्तर कोरियनको तस्वीर खिचेर लाने अधिकार छैन । गरीबको तस्वीरले देशको इमेज खराब गर्छ भन्ने मान्यता त्यहाँ छ । तर, प्राय उत्तर कोरियन गरीबीको चपेटामा छन् ।
७. उत्तर कोरियामा ८ र १७ जुलाईको दिन कुनै खालको उत्सव मनाउने छुट छैन । जन्म दिन नै यही दिनमा पर्यो भने पनि उसले जिन्दगीभर सेलिब्रेसन गर्न पाउँदैन । किनकी पूर्व शासक किम II सुङ र किम जोंग II को मृत्यु क्रमश: यही दुई तारिखमा भएको थियो ।
८. टूरिस्टहरु मोबाइल बोकेर उत्तर कोरियामा छिर्न पाउँदैनन् । मोबाइल एयरपोर्ट मै कब्जा गरिन्छ । फर्कने बेला उनीहरुले मोबाइल फिर्ता पाउँछन् ।
९. उत्तर कोरिया पुग्ने कुनै पनि टुरिष्टले स्थानीयसँग बोल्न पाउँदैन । ऊ एयर पोर्टबाट निस्किएपछि सरकारद्वारा प्रशिक्षित गाईडहरुकै नियन्त्रणमा हुन्छ । आफ्नो स्वेच्छाले केही गर्न पाउँदैन ।
१०. यहाँका टिभीहरुमा जम्मा ३ वटा च्यानलमात्रै आउँछ । यी च्यानलहरुले किम जोंग उनको भक्तिगाथामात्रै गाउँछन् ।
११. देशमा सरकारी अधिकारी र सेनाका अधिकृतहरुबाहेक कसैलाई पनि निजी गाडी किन्ने छुट छैन ।
१२. उत्तर कोरियामा कुनै इन्टरनेट सेवा छैन |सापो| इन्टरनेटमा सफर गर्ने अधिकार भीआईपीहरुलाई मात्रै छ । उत्तर कोरियाको आफ्नै इन्टरनेट अपरेशन सिस्टम छ । जसको नाम ‘रेड स्टार’ हो ।
१३. उत्तर कोरियाको बाहिरी विश्वसँगको सम्बन्ध पूरै डिस्कनेक्ट छ । न्यूजपेपर्स, म्यागेजिन र न्यूज च्यानलहरुले बाहिरी विश्वको समाचारलाई कुनै स्थान नै दिँदैनन् । मात्रै उत्तर कोरियाबारे प्रपोगाण्डा गरिन्छ । त्यसैले हरेक उत्तर कोरियन नागरिक झुठको घेरामा बाँचिरहेका छन् ।
१४. सडकमा ठाउँ-ठाउँमा पब्लिक स्पीकर लगाईएको छ । प्रपोगाण्डा जुनसुकै बेला सुरु हुनसक्छ । नागरिकहरु त्यसलाई विश्वास गर्न र पालना गर्न बाध्य हुन्छन् ।
१५. करिब २.५ लाख उत्तर कोरियन जेलमा छन् । यस्ता जेलहरुलाई विध्युतिय तारबारले घेरिएको छ ।
१६. कुनै पनि व्यक्तिले आफू खुसी पहिरन लगाउन पाउँदैन । सरकारले नै यसलाई कन्ट्रोल गर्छ । उत्तर कोरियामा जिन्सका कपडा प्रतिबन्धित छ ।
१७. किम जोन उङ्गले आफ्ना अंकललाई मारेर निर्वस्त्र पारी १२० वटा भोका कुकुरको हुलमा फालिदिएका थिए । ताकि कुकुरले लुछेरै सकाओस् ।
१८. उत्तर कोरिया वर्तमान विश्वमा एकमात्रै तानाशाही र रुढीग्रस्त शासन व्यवस्था भएको मुलुक हो । वर्षौं पहिले मरिसकेका शासकको अधिनमा अझै पनि नागरिक छन् ।
यो पनि पढ्नुहोस्:
चीनलाई चिन्नुहुन्छ ? यी हुन् चीनबारे निकै अनौठा २५ तथ्य
१९. उतर कोरियामा २ हजार महिलाको ‘Pleasure Squad’ बनाईएको छ । यसको मतलब त्यही हो जुन तपाईं तस्वीर हेरेर सोच्दै हुनुहुन्छ ।
चीनलाई चिन्नुहुन्छ ? यी हुन् चीनबारे निकै अनौठा २५ तथ्य
१९. उतर कोरियामा २ हजार महिलाको ‘Pleasure Squad’ बनाईएको छ । यसको मतलब त्यही हो जुन तपाईं तस्वीर हेरेर सोच्दै हुनुहुन्छ ।
२०. उत्तर कोरियाली विद्यार्थीहरु इतिहासको नाममा आफ्नै देशको बारेमामात्रै पढ्छन् । पाठ्यक्रमहरु किम जोंग I र किम जोंग II को बहादुरीका गाथाले भरिएका हुन्छन् ।
२१. उत्तर कोरियामा हरेक घर खैरो रंगले रंग्याउनु अनिवार्य छ । त्यसको माथि शासकहरुको तस्वीरसमेत राख्नै पर्छ ।
२२. उत्तर कोरियामा हरेक ५ वर्षमा चुनाव हुन्छ । तर, उम्मेद्वार एकमात्रै । अरु कसैलाई पनि किम परिवारसँग प्रतिस्पर्धा गर्ने अधिकार छैन ।
२३. उत्तर कोरियाली पुरुषहरुले हेयर स्टाइलसमेत आफूखुसी राख्न पाउँदैनन् । किम जोंग उनकोजस्तै |सापो| हेयर स्टाईल राख्न अनिवार्य छ । कलाकारबाहेक महिलाहरुलाईसमेत आफूखुसी कपाल राख्नमा बन्देज लगाईएको छ ।
यस्तै अन्य सामग्रीहरु आफ्नै फेसबुक वालमा प्राप्त गर्नका लागि हाम्रो आधिकारीक फेसबुक पेजमा लाईक गर्नुहोस् ।
२४. उत्तर कोरियाले दक्षिण कोरियालाई लोभ्याउनका लागि किजोंग डोंग सिटी बनाएको छ । यो डमी सिटी हो । यहाँ कोही रहँदैनन् । तर उत्तर कोरियाले यसमा खुबै लगानी गरेको छ ।
२५. उत्तर कोरियामा ठूला अपराधमा तीन पुस्ते सजाय पनि तोकिन सक्छ । यसको मतलब हजुरबाले गल्ती गरेको भए नातीसम्मले पनि त्यसको सजाय भोग्नुपर्छ । यदि तीन पुस्ते आजिवन काराबास भयो भने हजुबाबुदेखि नातीसम्म सबै जेलमै सड्छन् ।
विभिन्न अन्तराष्ट्रिय न्युज साईटहरुको सहयोगमा
विश्वको चर्चित स्थान मध्येमा पर्छ, दुबई। विश्वकै सबैभन्दा अग्लो भवन, पानिमाथि बनाइएका विभिन्न स्वरुप, अनी विश्वलाई नै आश्चर्य चकित पार्ने मानव निर्मित सभ्यता।
यसैमा अब अर्को नयाँ आश्चर्य चकित पार्ने होटल थपिँदैछ। दुबईमा यस्तो खालको होटल खुल्दैछ कि होटल भित्रै रेनफरेस्ट हुनेछ। होटलभित्रै रेनफरेस्ट हुने यो विश्वको पहिलो होटल बन्नेछ। यती मात्र होइन, आर्टिफिसियल बीच, पुल बोटविरुवा लगायत सबै थोक होटल भित्रै उपलब्ध हुनेछ।
रोजमाउण्ट होटल एण्ड रेजिडेन्स नाम दिइएको उक्त होटल निर्माण गर्न २३० मिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ भने सन् २०१८ भित्र यो होटल खुलिसक्ने बताइएको छ।
जेडएएस आर्किटेकले डिजाइजन गर्ने उक्त फाइभस्टार होटलमा ४५० रुम हुनेछ भने विश्व चर्चित हिल्टन ब्राण्डले यसको सञ्चालन गर्नेछ।
होटल ४७ तल्लाको दुई टावरमा निर्माण गरिनेछ, जसमा गेष्ट रुम, स्वीट रुमका साथै २६ औं तल्लामा लबी रुम रहनेछ। यस्तै फाइन डाइनिङ, भिआइपी लग, स्पा, जिम र मिटिङ रुम समेत रहनेछ।

नेपालगञ्ज । दोस्रो जनआन्दोलनमा हटाइएको पूर्वराजा वीरेन्द्रको शालिक राजा समर्थित युवाहरुले प्रहरीलाई झुक्याएर पुनर्स्थापना गर्न सफल भएका छन् ।
राष्ट्रवादी युवा समूहले वीरेन्द्रको अर्धकदको शालिक धम्बोजीस्थित वीरेन्द्र चोकमा पुनर्स्थापना गरेको हो । प्रहरीले शालिक राख्न रोक्न खोज्दा युवाहरुसँग झडपसमेत भएको थियो ।
दोस्रो जनआन्दोलन अघिसम्म धम्बोजीमा पूर्वराजा वीरेन्द्रको पूर्णकदको शालिक थियो । त्यसैले सो स्थानलाई वीरेन्द्र चोक भनिन्थ्यो ।
प्रहरीलाई झुक्याए युवाले
दोस्रो जनआन्दोलनमा शो शालिक आन्दोलनकारीहरुले भत्काएका थिए । त्यसपछि शालिक भएको स्थानमा राष्ट्रिय झण्डामात्र राख्ने गरिन्थ्यो । झण्डालाई बेला-बेलामा फेर्ने गरिन्थ्यो । त्यहाँ प्रहरी पनि ड्युटीमा खटिन्थे ।
झण्डा पुरानो र झुत्रो भएको भन्दै विहीबार राष्ट्रवादी युवा समूहले झण्डा फेर्न प्रहरीसँग अनुमति माग्यो । प्रहरीले पनि अनुमति दियो । तर, राष्ट्रिय झण्डा बोकेर आएका युवाहरुले बोरामा राखेर पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक पनि ल्याएको प्रहरीले पत्ता पाएन ।
ति युवाहरुले चोकमा रहेको अग्लो पिलरको माथि झण्डासँगै शालिक पनि राख्न खोजे । त्यो देखेपछि ड्युटीमा खटिएका प्रहरीले रोक्न खोज्दा विवाद भयो । त्यहाँ थप प्रहरी फोर्स मगाइयो । वादविवाद झडपमा परिणत भयो । शान्त नेपालगञ्ज बजार हेर्दा हेर्दै तनावग्रस्त भयो ।
प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।
युवाहरुले सिमेन्टले जोडेर पूर्वराजा वीरेन्द्रको शालिक राखिसकेका छन् । उनीहरुले सो स्थानबाट शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि गर्ने बताएका छन् ।
अहिले सो स्थान वरपर ठूलो संख्या प्रहरी परिचालन गरिएको छ । प्रहरीले सुर्खेत रोडको यातायात समेत बन्द गराएर धम्बोजी छेत्रलाई नियन्त्रणमा लिएको छ ।

जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक गर्भवती महिलाको ज्यान गएको भन्दै परिवारले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
डाक्टरहरुले पेटको शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पाठेघर निकालेपछि महोत्तरी भरतपुर–४ की २६ वर्षकी चन्द्रकला पासवानको ज्यान गएको परिवाजनले आरोप लगाएका छन् । शिवजी पासवानका श्रीमती चन्द्रकलालाई सुत्केरी व्यथा लागेपछि गएको सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
समय पुग्दा पनि २४ घण्टासम्म समान्य रुपमा बच्चा नजन्मेपछि मंगलबार राति साढे ८ बजे बच्चा निकाल्न अप्रेशन कक्षमा भर्ना गरियो । आफन्त अनिल पासवानका अनुसार प्रसुति रोग विशेषज्ञ डा. शिला सिंहले चन्द्रकलाको शल्यक्रिया गरी बच्चाको स्थानमा पाठेघर नै झिके पश्चात रक्तश्राव सुरु भएको थियो । त्यसपछि डा. सिंहले बच्चा पेटबाट निकाल्दा बच्चाको ज्यान गइसकेको थियो ।
रक्तस्रावको कारण चन्द्रकलालाई ७ पोका रगत चढाइएको उनका काका अनिल पाशवानले बताउनुभयो । डा. सिंहले पाठेघर झिकेकाले अत्याधिक रक्तश्राव भई बुधबार बिहान चन्द्रकला सिकिस्त भएपछि उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भन्दै अस्पतालले सिटी हस्पिटल जनकपुरमा बिहान १० बजे रेफर गरिएको थियो ।
सिटी हस्पिटलमा उचारको लागि लग्ने क्रममै चन्द्रकलाको ज्यान गएको परिवारजनले जनाएको छ । चन्द्रकलाको यसअघि दुई छोरी भइसकेको छ । अञ्चल अस्पताल र डाक्टरको चरम लापरबाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनाले आरोप लगाउँदै दोषी डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. गौराग मिश्राले चन्द्रकलाको सामान्य रुपमा बच्चा नजन्मेपछि डा. शिला सिंहले शल्यक्रिया गर्न थाल्नुभएको थियो ।

बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून हुने एक अमेरिकी अध्यनले देखाएको छ । बढी वीर्य नाश गर्दा स्वास्थ्यमा कस्तो अशर गर्छ भन्ने विषयमा सर्वत्र बहस चलिरहेकै बेला अनुसन्धानकर्ताले यो निस्कर्ष निकालेका हुन् ।
१८ वर्ष लामो यस अध्ययनमा ३२ हजार पुरुषलाई सहभागी गराइएको थियो । सन् १९८२ देखि २०१० को अवधिमा करिब ४ हजार पुरुषको प्रोस्टेट क्यान्सरको उपचार गरिएको थियो । अध्ययन अनुसार महिनामा कम्तिमा पनि २१ पटक वीर्य निस्काशन गर्ने २० वर्ष पुगेका पुरुषलाई महिनामा ७ पटक मात्र वीर्य फाल्ने पुरुषको तुलनामा प्रोस्टेट क्यान्सरको न्यून सम्भावना रहेको थियो । ४० वर्षको उमेरमा बारम्बार वीर्य फाल्ने मध्ये २२ प्रतिशतलाई सो क्यान्सरको सम्भावना थोरै देखिएको थियो । ‘वीर्य निस्काशन गर्ने आवृत्ति धेरै हदसम्म पुरुषको स्वास्थ्यसँग जोडिएको छ । किनकी सबैभन्दा थोरै पटक वीर्य पतन गर्ने (० देखि ३ पटक प्रति महिना) पुरुषमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या र विशेष गरी प्रोस्टेट क्यान्सरबाट मर्ने गरेको पाइयो,’ अध्ययन टोलीका नेता जेनिफर रिडर भन्छन् । ‘वयस्क अवस्थामा सुरक्षित यौन गतिविधि र वीर्य निस्काशनले प्रोटेस्ट क्यान्सरको खतरा घटाउछ,’, रिडर भन्छन् । १५ प्रतिशत नयाँ क्यान्सर हुनुमा प्रोटेस्ट क्यान्सरका मुख्य कारक रहेको युरोपियन युरोलोजीमा प्रकाशित सो अध्ययनमा उल्लेख छ । जीवन शैलीमा ल्याउने परिवर्तनले यो क्यान्सर घटाउने वैज्ञानिकहरुको भनाई छ । वीर्य निस्काशनको आवृत्ति र क्यान्सरबीचको सम्बन्ध पहिचान गर्न रिडर र उनका सहकर्मीले सहभागीलाई उनीहरुको यौन स्वास्थ्य, मेडिकल रेकर्ड तथा ल्याब परीक्षणबारे विभिन्न प्रश्नको जबाफ दिन लगाएका थिए । अध्ययन अनुसार महिनामा तीन पटकसम्म वीर्य फाल्ने पुरुषमध्ये १ सय ९२ लाई सो क्यान्सर भएको पाइएको थियो । सहभागीमध्ये १ हजार ४२ ले महिनामा ४ देखि ७ पटक वीर्य फाल्ने र १५ सय ९ जनाले ८ देखि १२ दिन फाल्ने बताएका थिए । त्यस्तै ८०७ जनाले १३ देखि २० पटक फाल्ने बताएका थिए ।
एजेन्सी ।
क्यानेडियन पप स्टार जस्टिन बीबर उनको गर्लफ्रेन्ड सोफिया रिचीसँग सार्वजनिक स्थलमा सेक्स गर्दै गरेका अवस्थामा भेटिएपछी उक्त फोटो भाइरल बनेको छ ।
पप स्टारले उनकी गर्लफ्रेन्डसँग गरेको हर्कतको केहि तस्वीर खुलाशा भएको छ जसमा उनीहरु आपत्तिजनक अवस्थामा देखिएका छन् | स्टिन र रिचीको यो तस्वीर एक फोटोग्राफरले तब खिचे जब दुवै जना सार्वजनिक स्थानमा सेक्स गर्दै गरेको अवस्थामा भेटिए ।
जस्टिनको गर्लफ्रेन्ड रिचीको १८ औं जन्मदिन थियो । उनको जन्मदिन मनाउन पपस्टार उनीसँग म्याक्सिकोसम्म पुगे । जन्मदिनको अवसरमा यी जोडीले सार्वजनिक स्थलमै किस गरे । किस गर्दै-गर्दा दुवै केहि कुरा बढी नै भयो । जुन कुरा सार्वजनिक रुपमा गर्नु निकै आपत्तिजनक थियो । जस्टिन र रिचीलाई एस्तो अवस्थामा देखेर फोटोग्राफरले तस्वीर खिचे र जुन तश्विर इन्टरनेटमा भाईरल बन्यो ।
छिमेकी देशमा भारतले अस्थिरता फैलाए चीनले नसहने
भारतले पाकिस्तानको बालुचीस्तानमा आफ्नो प्रभाव देखाउँदै दख्खल दिए आफूहरु चुप लागेर नबस्ने चीनले चेतावनी दिउको छ। चीनको एक प्रभावकारी संस्थाले चीन र पाकिस्तानबीच हुन लागेको करिब ४६ अरब डलरको सहयोग सम्झौता सिपीइसीमा बाधा पुर्याउन खोजे चीन चुप लागेर नबस्ने बताएको हो ।

उसले चीन–पाकिस्ताको सम्झौतामा बाधा पुर्याउने षड्यन्त्रमा नलाग्न पनि भारतलाई चेतावनी दिएको छ । चाइना इन्ष्टिच्युट अफ कन्टेम्पररी इन्टरनेशनल रिलेशनका निर्र्देशक हु शीशेगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै बालुचीस्तानको नाम लिएको र यो आफूहरुकालागि चिन्ताको विषय रहेको बताएका थिए।
‘भारतले पहिलोपल्ट दंगाग्रस्त बालुचीस्तानको नाम लिएको छ, हामीलाई डर छ की भारतले त्यहाँ सरकार विरोधी तत्वको प्रयोग गर्न सक्छ, जुन हाम्रालागि पनि खतराको घण्टी हो, त्यसैले भारते पाकिस्तान चीनको सम्बन्धलाई बाधा पुर्याउने षड्यन्त्र गरेमा चीन चुप लागेर बस्दैन,’ उनले भने।
सिपीइसीले बालुचीस्तानमा रहेको ग्वादर बन्दरगाहलाई चीनको सबै भन्दा ठूलो बन्दरगाह सिनजियाङसँग जोड्ने परियोजना अघि सारेको थियो जसमा भारतले विरोध जनाउदै आएको छ। हुले भने, ‘बालुचीस्तानमा दंगा भड्कँदा यो परियोजनामा असर पर्छ, यदि यसो भएमा भारत चीनको सम्बन्ध कुन अवस्थामा जान्छ त्यो भारतलाई राम्रोसँग थाहा छ।’
पाकिस्तानले बालुचीस्तानमा भएको हिंसामा भारतो हात रहेको आरोप लगाउँदै आएको छ। उसले भारतले काश्मिर क्षेत्रमा जस्तै बालुचीस्तानमा पनि दंगा भड्काउन खोजेको र त्यसो गरेमा आफूहरु चुप लागेर नबस्ने पाकिस्तानले बताउँदै आएको छ । हुले भारत र अमेरिकाबीच भैरहेको रक्षा सम्झौता पनि आफूहरुको चिन्ताको विषय रहेको बताएका छन्।
-नागरिकन्युजबाट
-नागरिकन्युजबाट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा कर्मचारी (रुक्माङगद कटवाल) सँग कुरो नमिल्दा त आफूले सरकार छाडेको भन्दै राष्ट्रिय हितमा काम गर्दा प्रधानमन्त्री पद छाड्नुपरे पनि आफू तयार रहेको बताएका छन् ।
काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक नेपालले आफैं बनाउनुपर्छ भनेर ओली सरकारका पालामा निर्णय गराउने व्यक्ति आफैं भएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारेका छन् । आइतबार केही जलस्रोतविदहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भारतबाट फर्किएपछि कर्णली तेस्रो, माथ्लो मस्याङ्दी र अरुण-३ आयोजनाका बारेमा विज्ञहरुको सम्मेलन गर्ने बताएका छन् ।
‘दू्रतमार्ग नेपाल आफैँले निर्माण गर्ने निर्णयमा मेरो आफ्नै सक्रियता थियो’ दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा ज्ञापन पत्र दिन आएको टोलीसँग प्र्रधानमन्त्री प्रचण्डले भने, ‘यी आयोजनाका बारेमा ठोस निर्णयमा पुग्नका लागि तपाईहरूले भनेजस्तो विज्ञहरुको उच्चस्तरीय सम्मेलन मेरो भारत भ्रमणभन्दा पहिले सम्भव नभए पनि त्यसपछि गर्ने बारेमा सोच्ने छु । भारत भ्रमणपूर्व तपाईहरूसँग पुनः भेटभाट गरी आवश्यक परामर्श लिनेछु ।’
माथिल्लो कर्णाली र अरुण ३ जस्ता आयोजनाहरू नेपाल आफैँले के कसरी निर्माण गर्न सक्छ भन्ने बारेमा उच्चस्तरीय सम्मेलन आयोजना गर्न विज्ञहरुको टोलीले प्रधानमन्त्रीसँग माग गरेको छ । यस्तो माग लिएर सोमबार प्रधानमन्त्रीलाई भेट्न जाने टोलीमा राष्ट्रिय सरोकार अभियान, नेपालका संयोजक दीपेन्द्रबहादुर क्षेत्रीसहित पूर्वजलस्रोत सचिव डा. द्वारिकानाथ ढुंगेल, ऊर्जाविद् प्रा. डा. हरि पण्डित, जलस्रोतविद् डा. गोपाल सिवाकोटी चिन्तन, डा. मंगल विश्वकर्मा, प्रा. डा. सुरेन्द्र केसी, अजितनारायणसिंह थापा, अधिवक्ता भाइराजा राई, पूर्णबहादुर कुवँर, टेकबहादुर विश्वकर्मा, विहारिकृष्ण श्रेष्ठ, भरत बस्नेत, रत्नसंसार श्रेष्ठ, भरतबहादुर शाही, गोविन्दसिंह थापा, खुमा सुवेदी, लोकबहादुर राउत र पत्रकार हरिशरण लामिछाने लगायत थिए ।
विज्ञहरुको टोलीसँग प्रधानमन्त्रीले भने- ‘हामीले नेपालको जलस्रोत तथा जलविद्युतको अधिकतम् उपयोग गर्नैपर्दछ, तर यसो गरिरहँदा हाम्रो राष्ट्रिय हक र हितको सौदाबाजी हुनसक्ने खतराप्रति मलाई पनि चिन्ता छ । तपाईहरूले व्यक्त गर्नुभएको ज्ञापनपत्रको भाषा र भाव मैले बुझेको छु ।’
"दैनिक भत्ता र अमेरिकाको टिकटको पनि व्यवस्था"
सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भएको छ । हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो ।
थप उपचारका लागि उनी अमेरिका जाने तयारीमा छन् । उनको निजी सचिवालयका अनुसार यादवको सेम्टेम्बर तेस्रो हप्ता हेनरीफोर्ड सेन्टरमा उपचार हुनेछ ।
पूर्व राष्ट्रपति यादवको उपचारका लागि सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । यो रकम पेश्की मात्र हो । र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ ।
यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले १० लाख रुपैयाँ दिएको थियो । यद्यपि नेहरु अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो । उक्त अस्पतालको शिक्षण अस्पतालमा यादव आफैंले अध्ययन गरेका थिए ।
सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने-आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ ।
यादव राष्ट्रपति रहेकै बेला क्यान्सरको आशंका गरेपछि परीक्षणका लागि सरकारले जापान पठाएको थियो । तर, त्यसबेला उक्त आशंका गलत भएको परीक्षणबाट पुष्टि भयो ।
पछिल्लो पटक साउन तेस्रो साता जनकपुरमा रहेका बेला पिसावमा समस्या देखिएपछि यादवले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । त्यसक्रममा प्रोस्टेटमा समस्या देखिएपछि चिकित्सकहरुको सुझाव अनुसार भारत गएका थिए ।
नेहरु अस्पतालमा परीक्षणका क्रममा पूर्वराष्ट्रपति डा. यादवलाई क्यान्सरको पुष्टि भएको छ । चिकित्सकहरुका अनुसार शल्यक्रिया पश्चात उनको क्यान्सर निको हुनेछ । तर, समयमै शल्यक्रिया गर्नुपर्ने हुन्छ । नभए संक्रमण फैलिने खतरा हुन्छ ।
-setopti
बुद्ध एयरका को-पाइलट स्वच्छन्द घले भदौ ८ गते जहाज उडाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको केही समयमै पक्राउ परे।
काठमाडौं महानगरपालिका–३३ का ३० वर्षीय घले विराटनगरबाट आउँदै थिए। उनको जहाज दिउँसो १२ बजे अवतरण हुँदै थियो। त्यसअगावै केही प्रहरी सादा पोसाकमा विमानस्थलमा तैनाथ भइसकेका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानका ब्युरो (सिआइबी) बाट खटिएका ती प्रहरी थिए, ‘अपरेसन हक’ का अधिकारी।
‘हक’ अर्थात् ‘बाज’।
बाजजस्तै आकाशमा उड्ने पाइलटहरूको शैक्षिक प्रमाणपत्र केलाएर नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गर्न सिआइबीले थालेको अभियान हो, अपरेसन हक।
यही अपरेसनअन्तर्गत सिआइबीले घलेलाई पक्राउ गरेको हो। उनले आइएस्सीको नक्कली प्रमाणपत्र देखाएर पाइलट पढेको अनुसन्धानमा संलग्न प्रहरीको दाबी छ। ‘घले कमर्स पढेका मान्छे हुन्, जबकि पाइलट पढ्नलाई उनले आइएस्सीको प्रमाणपत्र पेस गरेको पाइएको छ,’ ती अनुसन्धान अधिकारीले भने, ‘त्यो प्रमाणपत्र जाली हो।’
उनका अनुसार प्रमाणपत्र जाँचपछि ब्युरोका इन्स्पेक्टर प्रकाश दाहालको नेतृत्वमा पाँच सदस्यीय टोली घलेलाई समात्न विमानस्थल पुगेको थियो।
त्यसदिन घले विराटनगरबाट उडेको केही मिनेटमै ब्युरोका अधिकारी विमानस्थल पुगिसकेका थिए। तर, भर्खरै जहाज उडाएर आएको पाइलटलाई एयरपोर्टमै समात्दा अप्ठेरो हुनसक्छ कि भन्ठानेर प्रहरी टोली उनलाई पछ्याउँदै अघि बढ्यो। दिउँसो १ बजे उनी डिल्लीबजारको अनमोल गल्ली पुगे। प्रहरीले त्यहीँ उनलाई नियन्त्रणमा लियो।
केन्द्रीय अनुसन्धान ब्युरोले घले एक जनालाई समात्न मात्र यत्रो अभियान चलाएको होइन।
‘अप्रेसन हक’ अन्तर्गत नक्कली प्रमाणपत्रकारी अन्य पाइलट पनि प्रहरीको निशानामा छन्। नेपालमा ४ सय ५० जनाभन्दा बढी पाइलट छन्। तीमध्ये तीन दर्जन पाइलट ‘अप्रेसन हक’ को उच्च निगरानीमा रहेको ब्युरो स्रोत बताउँछ।
‘यिनीहरू सबैको आइएस्सी सर्टिफिकेट नक्कली रहेको बुझ्नमा आएको छ,’ ब्युरो स्रोतले भन्यो, ‘ढिलोचाँडो त्यस्ता पाइलट हाम्रो पञ्जामा आउँदैछन्।’
ब्युरोले यसअघि ‘अप्रेसन क्वाक’ नाम दिएर नक्कली डाक्टर समात्ने अभियान चलाएको थियो।
त्यसलगत्तै चर्चामा आएको यो अपरेसनसम्बन्धी जिज्ञासामा ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सेतोपाटीसँग भने, ‘पाइलट नै नक्कली भएपछि हवाई यात्रा कति सुरक्षित होला? हामीले त्यही भएर शंकास्पद पाइलटमाथि निगरानी बढाउन बाजलाई कोड गरेर ‘अप्रेसन हक’ मिसन सुरु गरेका हौं।’
नक्कली प्रमाणपत्रमा पाइलट समातिएको यो पहिलोपटक होइन।
यसअघि विशाल कार्की यही अभियोगमा पक्राउ परेपछि पाइलटहरूमा आतंकै सिर्जना भएको थियो। यती एयरका झन्डै डेढ दर्जन पाइलटले एकाएक जागिर छाड्नुमा पनि ‘अप्रेसन हक’ कै प्रभाव जोडिएको प्रहरी बताउँछन्।
‘अप्रेसन हक’ ले उतिबेलै समात्न लागेका घलेले तत्काल चलाखीपूर्वक जागिर छाडेका थिए। ब्युरोका अर्का एक अधिकारीका अनुसार जागिर नै छाडेपछि समातिरहन जरूरी छैन भन्ने मनसायले घलेको पछाडि प्रहरी लाग्न छाडिसकेको थियो। केही समयपछि घले पूर्ववत् काममा फर्केको सूचना आएपछि प्रहरी पुनः उनको पछाडि लागेको हो।
विशाल सरकारी छाप दस्तखत कीर्ते मुद्दामा केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा छन्। ब्युरोका अनुसार घलेलाई पनि उही मुद्दामा अनुसन्धान थालिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार घलेलाई आइएस्सीको नक्कली सर्टिफिकेट रुपन्देही सिद्धार्थनगर–४ घर भई हाल इमाडोल–६ नयाँबस्ती बस्दै आएका राजकुमार श्रेष्ठले दिलाएका थिए। घले पक्राउ परेकै दिन श्रेष्ठ पनि बालुवाटारबाट समातिएका थिए।
तर, हवाई दुर्घटनाका पछाडि नक्कली प्रमाणपत्रधारी पाइलट मात्र कारण हुन् त?
‘जे जति दुर्घटना भए, त्यसमा के के कारण हुनसक्छन् भन्नेतिर हामी गएका छैनौं, तर यसरी नक्कली प्रमाणपत्र बोकेर जहाज उडाउने पाइलटबाट भने हवाई सुरक्षा छैन भन्ने लागेर नै हामीले मिसन बनाएका हौं,’ डिआइजी सिलवालले भने।
ब्युरोका अनुसार प्रहरीले थालेको ‘अप्रेसन हक’ अभियानमा नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत सहकार्य छ। अहिलेसम्मको अनुसन्धानअनुसार नेपालकै विभिन्न बोर्डका नामबाट नक्कली सर्टिफिकेट बनाइएको बुझिएको छ। घलेले बोकेको आइएस्सी प्रमाणपत्र उच्च माध्यमिक शिक्षा परिषदको हो।
ब्युरो निर्देशक सिलवालको व्यक्तिगत बुझाइमा यसरी नक्कली सर्टिफिकेटको आधारमा पाइलट बनेको व्यक्तिबाट हवाई यात्रामा असुरक्षा उत्पन्न त गराएको छ नै, पाइलटहरूको व्यावसायिक मर्यादामा पनि आँच पुर्याउने काम भएको छ। ‘हामीले हचुवा भरमा पाइलट वा डाक्टर समातेका छैनौं,’ उनले भने, ‘बकाइदा अनुसन्धान गरेर दोषीलाई कारबाही हुनेमा विश्वस्त भएपछि मात्र पक्रेर मुद्दा चलाएका छौं।’
(setopati)
शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्ने सरकारको कार्यक्रम त्यससम्बन्धी कार्यविधि नबन्दा सुरु हुनसकेको छैन ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक, प्राविधिक तथा रोजगारमूलक व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण र बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने योजना अगाडि सारेको थियो ।
![]() |
प्रमाणपत्रका भरमा ऋण दिन सकिदैनः बैंक |
सरकारको बजेट घोषणाका आधारमा युवाहरू विभिन्न विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा ऋण लिन धाउने गरेका छन् तर बैङ्कले प्रमाणपत्रका भरमा ऋण दिन नसकिने बताएपछि निराश भएर र्फकने गरेका आजको गोरखापत्र दैनिकमा समाचार छ ।
अर्थ मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले यो व्यवस्था कार्यान्वयनमा आउन कार्यविधि आवश्यक पर्ने बताए ।
उनले कार्यविधि तयार गर्न आन्तरिक गृहकार्य भइरहेको जानकारी पनि दिए । बैङ्कहरूले ऋण उपलब्ध गराउनुपर्छ, तर कुन विधिबाट उपलब्ध गराउर्ने भन्नेमा कार्यविधिले प्रस्ट पार्छ, उनले भने ।
हाल स्वदेशी तथा विदेशी विश्वविद्यालय एवम् कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीले आफ्ना अभिभावकको अचल सम्पत्ति धितो राखेर शैक्षिक ऋण लिँदै आएका छन् ।
विशेषगरी विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीले यस्तो सेवा बढी लिने गरेको बैङ्कहरूले जानकारी दिएका छन् ।
१३ भदौ, काठमाडौं । दक्षिण एसियाली क्षैत्रीय सहयोग संगठन सार्क भित्र कलाकार र खेलाडीलाई सार्क भिसा स्टिकर सुविधा दिनुपर्ने प्रस्तावमा भारतले असहमति जनाएको छ ।
साउन तेस्रो साता पाकिस्तानको राजधानी इस्लामावादमा भएको सार्क गृहमन्त्री स्तरीय बैठकमा भारतले यस विषयमा असहमति जनाएको आजको कारोबार दैनिकमा समाचार छ । भारतले सहमति नजनाएपछि यो विषय आगामी बैठकसम्म स्थगित भएको छ ।
बैठकमा सहभागी सुरक्षा अधिकारीका अनुसार सरकारी कर्मचारीबाहेक कलाकार,, खेलाडी, उद्योगी व्यपारी, पत्रकारलगायत पेसाकर्मीका लागि भिसा स्टिकर सुविधा उपलव्ध गराउन अन्य मुलुक सहमत देखिएका थिए । तर भारतले विस्तृत अध्ययन र छलफल हुनुपर्ने भन्दै पछि सारेपछि निर्णय हुन सकेन ।
नेपालसहित सार्क मुलुकमा आवद्ध आठ देशका लागि भारते स्टिकर छपाउँदै आएको छ ।
बैठकमा भारतले सार्क भिसा स्टिकर छपाइबाहेक डाटा सेन्टर स्थापना गर्न पनि प्रस्ताव गरेको थियो । तर, अन्य विषयमा बैठक केन्दि्रत भएपछि यो विषय निष्कर्षमा पुग्न नसकेको स्रोतले बतायो ।
काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धननले दवाव बढाउन सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका निर्वाह गर्ने रणनीति तय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई मतदान गरी सत्तापक्ष बनेको मोर्चा/गठबन्धनले आफू अनूकुल संविधान संशोधन गर्न दोहोरो रणनीति अख्तियार गरेको हो ।
मोर्चाले सरकारलाई आफ्नो सहमतिमा संविधान संशोधन प्रस्ताव तयार गर्न दवाव दिइरहेको छ ।
सरकारबाट सत्ता पक्षकै रुपमा आवश्यक अन्य सहयोग पनि पाइरहेको छ तर उसले सडक आन्दोलनका कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको छ ।
दोहोरो रणनीतिकै कारण मोर्चा/गठबन्धन सत्तारुढ दल भएर पनि व्यवस्थापिका संसदमा प्रतिपक्षको रोमा बसेको छ । आजको राजधानी दैनिकमा खबर छ ।
बलिउड नायिका बबी डार्लिङले यस वर्षको फेब्रुअरीमा भोपालका व्यवसायी रमणीक शर्मासँग विवाह गरेकी छिन् । आफ्नो लिङ्ग परिवर्तन गरेर बबीले प्रेमी शर्मासँग विवाह गरेकी हुन् । विवाह पछि मिडियाबाट एकाएक हराएकी उनले भर्खरै टाइम्स अफ इन्डियालाई अन्र्तवार्ता दिएकी छिन् जहाँ उनले लिंग परिवर्तनको शल्यक्रिया र आफ्ना नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् ।
लिंग परिवर्तन गरेपछि आफ्नो जिन्दगी निकै परिवर्तन भएको उनले बताएकी छिन् । उनले श्रीमान् शर्मालाई सोसल नटवर्किङ साइटमा भेटेको बताएकी छिन् । त्यहाँ नै उनीहरुले एक–अर्काको नम्बर साटासाट गरेपछि सम्बन्ध विवाहमा परिणत हुन पुगेको उनले जानकारी दिइन् । विवाहको बारेमा भने उनले धेरै कुरा खोल्न चाहिनन् किनभने उनी भन्छिन् उनका श्रीमानलाई मिडियाको अटेन्सन मनपर्दैन । प्रेमसम्बन्धमा धेरैपटक धोका खाएपछि उनले शर्मासँग विवाह गर्ने निर्णयमा पुगेको बताइन् । उनी भन्छिन्, ‘रमणीक पहिलो व्यक्ति हुन् जसले सुरुवातमा नै मलाई विवाहको लागि प्रस्ताव गरे । उनी इमान्दार र पारिवारिक व्यक्ति हुन् । उनीसँग विवाह गरेपछि म निकै खुसी छु ।’
विवाहपूर्व बबी डार्लिङले आफ्नो नाम परिवर्तन गरेर बैंकक पुगरे लिंग परिवर्तन गराइन् । बबी डार्लिङको वास्तविक नाम पंकज शर्मा हो । लिङ्ग परिवर्तन पछि उनी पाखी भएकी छिन् । यो प्रक्रिया निकै पीडादायी भएको उनले बताइन् । उनी भन्छिन्, ‘श्रीमानको आग्रहमा मैले बैंकक गएर आफ्नो लिंग परिवर्तन गरें । शल्यक्रियाको प्रक्रिया निकै पीडादायी थियो जसमा रमणीकले मलाई साथ दिए ।’
आफूहरुले निकै साधारण विवाह गरेको उनले जानकारी गराइन् । आर्य समाज मन्दिरमा विवाह गरेपछि उनीहरुले भोपालमा विवाह दर्ता गरे । उनी भन्छिन्, ‘हामीले मार्च महिनामा सिंगापुरमा हनिमुन मनायौं र एकअर्कासँग निकै राम्रो समय बितायौं ।’
अब आफूले फिल्ममा समलिङ्गीको भूमिका निर्वाह नगर्ने बताएकी छिन् । उनी भन्छिन्, ‘म अब पूर्ण रुपमा महिला बनिसकेकी छु भने मैले अरु रोल किन निभाउने । म अब नायिका, भाउजुजस्ता रोल खेल्न चाहन्छु ।’
बबी डार्लिङको आफूभन्दा १५ वर्ष कान्छो रमणीक शर्मासँग विवाह भएको हो । बबी ४३ वर्षकी हुन् भने रमणीक २८ वर्ष पुगे ।
आइतबार दिउँसो १ बजे अर्घाखाँचीको सन्धिखर्कबाट प्युठान बाँदिकोटको लागि १९ जना यात्रु बोकेर जिप छुटेको थियो। भारतको बनारसबाट आफ्नो घर प्युठान सौतामारे हिँडेका ३० वर्षीय केशरबहादुर जिसी पनि सोही जिपमा थिए।
गाडी स्टार्ट हुँंदैगर्दा जिपमा बसेका एक यात्रुले ‘जिपमा फरक आवाज आइरहेको छ, बिग्रिएको हो कि?’ भनेर चालक यमबहादुर श्रीषलाई सोधे।
चालक श्रीषले ती यात्रुलाई हकार्दै ‘कहाँ बिग्रिनु, हाम्रो गाडीको बारेमा हामीलाई थाहा हुन्छ कि तपाईंलाई?’ गाडी ठिक छ भन्दै जिपलाई अगाडि बढाए। १४ जनाको सिट क्षमता रहेको उक्त जिपमा चालकसहित १९ जना यात्रु र छतमा केही सामान पनि थियो।
जिपको दोस्रो सिटको ढोकाछेऊमै बसेका जिसीलाई पनि जिप बिग्रिएको हो कि भन्ने शंका लाग्यो। ‘गाडी बिग्रिएको हो भने अरुमा पनि जान सकिने’ भनेपछि चालक श्रीषले ‘ठिक भएको’ भन्दै ढुक्क भएर बस्न आग्रह गरे।
सन्धिखर्कबाट यात्रा सुरू गर्दैगर्दा यात्रुहरूलाई जुन आशंका थियो, त्यही भयो। सन्धिखर्कदेखि २२ किलोमिटरको यात्रा पार गरी रतनमारे फिरफिरेको उकालोमा जिपले लोड तान्न सकेन। पछाडि धकेलियो।
उकालो भए पनि तीन वटा गाडीसमेत सजिलै वापरपार गर्ने अत्यन्त फराकिलो सडकमा जिपमा ब्रेक लागेन। पछाडि धकेलिएपछि चालक श्रीषले जिपको स्टेरिङ सम्हाल्ने भन्दा पनि आफू सुरक्षित हुने सोचे। १८ जना यात्रुलाई सडकबाट पल्टिँदै गरेको जिपमा छोडेर यमबहादुर फुत्त हाम्फाले।
पल्टिँदै गरेको जिपमा यात्रुहरू चिच्चाउँंदै थिए। दोस्रो सिटको ढोका छेऊमा बसेका केशरबहादुरले ढोका खोल्न खोजे। ढोका नखुलेपछि लात्तीले हाने र बाहिर हामफाले। सबैभन्दा अगाडिको सिटमा धारापानीकी कमला पौडेल दुई छोरीहरूका साथमा बसेकी थिइन्।
केशरबहादुरले आफू हाम फालेपछि अगाडिको ढोकाछेऊमा रहेका बालिका मीना पौडेल र कविता पौडेललाई पनि तानेर निकाले। तर, सँगै रहेकी उनीहरुकी आमालाई बचाउन सकेनन्।
आफू सवार गाडी दुर्घटनामा परी सँगै यात्रा गरेका ११ जनाको ज्यान जाँदा र अन्य ६ जना घाइते हुँदा पनि सामान्य चोटपटक समेत नलागेर सकुशल घर पुगेका केशरबहादुरलाई आफू सकुशल रहेकोमा जति खुसी लागेको छ, बालिकाबाहेक अरूलाई बचाउन नसकेकोमा धेरै दुःख लागेको छ।
केशरबहादुर अहिले घरमा बुवा-आमा, श्रीमती र नाबालक दुई छोराको साथमा घरमा छन्। सेतोपाटीसँगको टेलिफोन कुराकानीमा केशरबहादुरले भने, ‘यात्रुहरूले जिपमा खराबी आएको संकेत दिँदा चालकले हेलेचेक्र्याइँ नगरेको भए सायद यो दुर्घटना हुने थिएन।’
अर्घाआँची, १२ भदौ । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । अर्घाखाँचीको हंशपुरमा भएको ग १ ज ४८७८ नम्बरको जीप दुर्घटना हुँदा उक्त हताहती भएको हो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिँदैछ ।
![]() |
file photo |
पछिल्लो समयमा मुलुकमा सवारी दुर्घटनामा वृद्धि हुँदा चिन्ता बढाएको छ । पछिल्लो पटक गएको शुक्रबार नारायणघाढ–मुग्लिन सडक खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । साथै नारायणी नदीमा बस खसेकाले ६ जना अझै बपेत्ता भएका बताइएको छ ।