भारतबाट ६ बालकको उद्धार गरियो
१० चैत, झापा ।महिला तथा बालबालिका कार्यालय झापाले भारतमा अलपत्र परेका ६ जना नेपाली बालकलाई उद्धार गरेकोछ ।विभिन्न बहानामा भारत पुगेका उनीहरुलाई भारत पश्चिम बंगाल न्यूजलपाइगुडीस्थित कोरक बालगृहबाटउद्धार गरी ल्याइएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख इन्दिरा ओझोले बताईन।इलाम साङरुम्वाका १५ वर्षीय रोशन विक, झापा पृथ्वीनगरका १२ वर्षीय मिलन सार्की, मनरुगा ९ जनकपुरका १७ वर्षीय साकिर अंसारी, भद्रपुरका १४ वर्षीय विवेक साह, ठेगाना नखुलेका सुदिप राई र भुवन मगरलाई उद्धार गरी ल्याइएको हो ।भद्रपुरको सानाहातहरु नेपाल भद्रपुर, र माइती नेपाल क्षेत्रीय कार्यालय काँकडभिट्टाको सहकार्यमा उनीहरुलाई उद्धार गरिएको ओझाले बताइन्। उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइने बताइन् ।
0 comments
Write Down Your Responses