मोरङ जिल्लाको परिचय
मोरङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलमा पर्ने औद्योगिक जिल्ला हो। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। बिसं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर बिराटनगर हो।
यो क्षेत्रलाई पछि वि.स. १८३० सालमा पृथ्वीनारायण शाहले अभिमानिसंह बस्न्यात, रामकृष्ण कुंवर तथा अमरसिंह थापाको नेतृत्वमा फौजलाई पूर्वमा पर्ने माझ किराँत विजयको लागि पठाईयो सोही अनुरूप माझ किराँतमा पर्नेबिजयपुर सदरमुकाम रहेको मोरङ माथी कब्जा गरी तत्कालिन नेपाल अधिराज्य भित्र गाभेको थियो। धेरै समयसम्म मोरङ्गको सदरमुकाम बिजयपुर नै रह्यो। पछि व्यापारको लागि भारत जान सजिलो तथा नजीक होस भन्ने हेतुले बिजयपुरवाट सदरमुकाम रंगेली सारियो र पुन सुविधाको हिसावले रंगेलीवाट गोग्राहामा सारियो। पछि यो गोग्राहा बिराटनगर नामाकरण गरीयो।
पूर्वाञ्चल कै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला नेपाल अधिराज्यकै औद्योगिक एवं जनसंख्याको हिसाबले दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ।
प्राचिनकालमा यो जिल्ला विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। मोरङ्ग जिल्लाको नामाकरणको सम्वन्धमा इतिहासलाई खोतल्दै जाँदा वि.स. ५२१मा कुदिएको चाँगुनारायणको अभिलेखको अध्ययनबाट ईशा पूर्वका शताब्दीमा काठमाडौंमा किराँती राजाहरूले राज्य सञ्चालन गरेको पाइन्छ। पछि किराँती राजाहरू लिच्छवी राजाहरूवाट पराजित भई पूर्वतर्फ लागेका थिए। यस अर्थमा ईशापूर्वको प्रथम शताब्दीमै किराँती राजाहरूले कोशी नदी पूर्वको भू-भागलाई आफ्नो कर्मक्षेत्र बनाएका थिए। राज्य सञ्चालनको क्रममा कालान्तरमा यहाँ "हाङ" नामक किराँती राजाले राज्य सञ्चालन गरेको पाइन्छ।
वि.स. २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो। जुन हाल मोरङ्ग, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजन भएको छ। औद्योगिक हिसावमा नेपालको प्रथम उद्योग वि.स. १९९३ सालमा विराट जुट मिल र १९९४को जुद्ध म्याच फ्याक्ट्री पनि यसै जिल्लामा खोलिएको थियो।
0 comments
Write Down Your Responses