top_rightads

बिहान उठ्ने बितिकै खाली पेट ४ गिलास पानी पिउनु भो भनि तपाईंले पाउनु हुनेछ नसोचेका फाइदै फाइदा

हाम्रो जिवनको लागि पानी नभई नहुने तत्व हो । हामी पानी त धेरै खान्छौं तर, विहान खाली पेटमा खाँदा निकै फाइदाजनक हुन्छ । यदि तपाइले विहानै पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट बच्न सक्नुहुनेछ । खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हाम्रो शरिर लाई धेरै फाईदा हुन्छ । यदि तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नुहोस् र मात्रा बढाउँदै लैजानुस् ।
बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ । बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ । खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ । बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ साथै बिहान उठने बितिकै पानी पिउनु सुरु गर्नु भो भने तपाईको तैल घटाउन पनि सहयोग गर्ने छ।। एजेन्सीको सहयोगमा

0 comments

Write Down Your Responses