top_rightads

डा. गोबिन्द केसी बाढी पीडितको उपचारमा व्यस्त

राजविराज– आठौं पटकको आमरण अनसनका कारण शारीरिक रुपमा कमजोर भएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी दुई दिनदेखि लगातार सप्तरीका वाढि प्रभावित जनताको सेवामा तल्लीन रहेका छन् ।


आफन्त र चिकित्कको अल्झनलाई समेत पाखा लगाएर शनिवार विहान सप्तरी आएका डा. केसी हाल तिलाठिमा बाढी पीडितको सेवामा व्यस्त रहेका छन् ।
‘विरामीको चेकजाँच, सर–सल्लाह र औषधी वाँड्ने कामले फुर्सदै पाउनु भएको छैन’ स्थानीय युवा निरज झाले भने–‘उहाँको नाम सुनेपछि भारतीय क्षेत्रवाट पनि मानिसहरु चेक गराउन आईरहेका छन् ।’
डा. केसीले विरामीको चेक जाँच र औषधी वितरणसँगै वाढिका कारण जम्मा भएको अशुद्ध पानी र खानी पानीका कारण लाग्न सक्ने रोगका विषयमा पनि सर्वसाधारणलाई सचेत गराउने गरेको झाले जानकारी दिए ।
पूर्व जानकारी विनानै यहाँ आईपुगेका डा. केसीको तिलाठी आगमन तिलाठी लगायत सप्तरीवासीकै लागि गर्वको विषय भएको उनको धारण छ ।
दुई दिनमा डा. केसीले १ दर्जन भारतीय नागरीक सहित करिव तीन सय जनालाई स्वास्थ्य उपचार गरेको जनाइएको छ ।

,

0 comments

Write Down Your Responses