मोरङ जिल्लाको भौगोलिक बनावट
- अक्षांस:- २६.२०" देखि २६.५३"
- देशान्तर:- ८७.१६ देखि ८७.५१"
- सिमाना:- पूर्व झापा र इलाम जिल्ला (मावा खोला अनि रतुवा खोला), पश्चिम सुनसरी जिल्ला (बुढी र केसलिया खोला), उत्तर धनकुटा र पाँचथर जिल्ला र दक्षीण भारतकोबिहार प्रान्त
- क्षेत्रफल:- १८५५ वर्ग कि.मि.
- औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
- औषत चौडाई:- लगभग ५४ कि.मि. (उत्तर दक्षिण)
- राजनैतिक विभाजनः- ६५ गाविस, १ उपमहानगरपालिका (२२ वटा वडा), १७ ईलाका, ७ निर्वाचन क्षेत्र
- उचाई:- समुन्द्री सतहदेखि करिब ६० मिटरदेखि २,४१० मिटरसम्म
यस जिल्लाको भौगालिक आकार चारपाटे आकारको छ। यस जिल्लामा केही भू-भाग महाभारत, चुरे पहाडका श्रृङ्खलाहरू र करिव ८० प्रतिशत भू-भाग तराई क्षेत्रमा पर्दछन्। समुन्द्री सतहदेखि ६० देखि २४१० मिटर सम्म उचाई भएको पाइन्छ। यो जिल्ला कृषि उत्पादनको दृष्टिकोणले ज्यादै उपयूक्त मानिन्छ। उत्तरी पहाडी क्षेत्रमा वलौटे दोमट तथा दोमट, मध्य क्षेत्र(भावर क्षेत्र) दोमट तथा हल्का चिम्टाइलो माटो र दक्षिणी क्षेत्र(तराई क्षेत्र) चिम्टाइलो बलौटे दोमट तथा दोमट प्रकारको माटो पाइन्छ।
0 comments
Write Down Your Responses