कतारी राजपरिवारद्वारा सो घटना झुट भएको दाबि, खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको दाबी
कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी छन् । लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको जनाएका छन् । तर, एक अनलाइनले फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेको समाचारमा जनाईएको छ ।
भिडियो हेर्नुहोसः https://youtu.be/DYX7xPcAgzQ
ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । राजकुमारीले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी छिन् । तर, सुरक्षाकर्मीले आपराधिक आरोप लागेका व्यक्तिहरुसंग शारीरिक सम्बन्ध राख्नु गैरकानूनी भएको बताएका छन् ।
प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । राजकुमारीले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।
राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाको सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेकी थिइन् ।
मध्यस्थकर्तामार्फत असाधारण शारीरिक शक्ति भएका तथा सामूहिक सम्भोगमा अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यसवाफत उनले मध्यस्थलाई मोटो रकम तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे कतारले कुनै प्रतिक्रिया जनाएको छैन ।
साभार

अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था आइसीसी नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको छ।
आइसीसीका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि क्यानमाथिको प्रतिबन्ध हटाउन सहमति जनाएका हुन्।
प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेट खेलको ठूलो क्रेज रहेको र सरकारले लगानी पनि गरेको भन्दै क्रिकेट खेलको विकासका लागि क्यानको सटमा बोर्ड गठन गर्ने प्रतिबद्धता जनाएपछि प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडसनको नेतृत्वको आइसीसीको टोली क्यानमाथिको प्रतिबन्ध हटाउन सहमत भएको हो। यद्यपि, प्रतिबन्ध फुकुवापछि क्यान भने अस्तित्वमा रहने छैन।
प्रधानमन्त्री दाहाल र आइसीसीका प्रतिनिधिको भेटवार्तामा सहभागी राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले अब नेपाली क्रिकेटमा कुनै विवाद् नरहेको भन्दै आइसीसीका प्रतिनिधिसामू गरेको प्रतिबद्धता अनुसार क्रिकेट खेलका गतिविधि संचालन गर्न नर्मलाइज कमिटी गठन गरिने बताए।
उनले बोर्ड गठन नहुञ्जेलसम्मका लागि कमिटीले काम गर्ने र क्यान अस्तित्वमा नरहने बताए।
आइसीसीले सरकारी हस्तक्षेप र क्यानभित्रको विवाद्लाई कारण देखाउँदै गत वैशाखको पहिलो साता क्यानलाई निलम्बन गरेको थियो। निलम्बनसँगै आइसीसीले क्यानलाई दिंदै आएको अनुदान समेत रोकेको थियो। प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि आइसीसीका प्रतिनिधिले रोकिएको अनुदान दिने प्रतिबद्धता पनि जनाएका छन्।
काठमाडौं । इजरायलले नेपाली केयर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने जानकारी इजरायलले दिएको हो ।
इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई शुक्रबार शिष्टाचार भेट गरी नेपालबाट इजरायल केअर गिभरमा जाने कामदारको कोटा बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार इजरायलले आगामी वर्ष ३ सयभन्दा बढी नेपाली कामदार लैजाने जानकारी दिएको छ ।
इजरायल जाने केयर गिभरको संख्या बढाउने विषयमा एक अध्ययन टोली अर्को साता नै नेपाल आउने र टोलीको सिफारिसका आधारमा कोटा बढाउने इजरायली राजदूतले जानकारी गराएको परराष्ट्रमन्त्री महतका सञ्चार संयोजक एकराज पाठकले बताए । सन् २००९ देखि नेपाली केअर गिभर इजरायल जान पाएका छैनन् ।
बीचमा एक सय नेपालीलाई भारतबाट श्रम स्वीकृति गराएर लगिएको थियो । तीन महिनाअघिदेखि नेपालबाट पुनस् इजरायल कामदार जान आरम्भ भएको हो । हाल इजरायलमा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसमा ५९ नेपाली केअर गिभरका रूपमा कार्यरत छन् ।
पछिल्लो समय सरकारी स्तरबाट (जीटूजी) मार्फत नेपालीहरू इजरायल जान थालेका हुन् । अहिले ५९ नेपालीहरू त्यसरी पुगेको पनि जनाइएको छ । नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुईपक्षीय सम्बन्ध सुमधुर रहेको र नेपालको विकासमा इजरायलीहरू सहयोगी बन्दै आएको प्रसंग पनि राजदूतले प्रस्तुत गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।