काठमाण्डु– आजभोलि सेक्सको बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स जाडी आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ?
कन्डम नभुल्नुस्
तपाईं पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा धक नराखेर कन्डम लगाउन नभुल्नुस् । किनकी कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट जोगाउँछ ।
हरपल रोमान्चित रहनुस्
खासगरी पहिलोपटक सेक्स गर्नेबेला पुरुषहरुले आफ्नो राम्रो भूमिका प्रदर्शन गर्नुपर्छ । यदि तपाईं सेक्स गर्ने मुडमा हुनुहुन्छ र तपाईंको पार्टनर पनि त्यसको लागि राजी छिन भने नर्भस नभइकन त्यसको ईन्जोए गर्नुस् । तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भुल्नुस् । तर, ब्लुफिल्म या अन्य कुनै फिल्मलाई दिमागबाट हटाउनुस् । किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन् ।
धैर्यता अपनाउनुस्
तपाईं सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस् । बरु तपाईंको पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । अर्थात् पार्टनरलाई उत्तेजित बनाउने भुमिका हुनुपर्छ तपाईंको । यसकोलागि ओरल सेक्स, बडी मसाज लगायत गतिविधि गर्न सक्नु हुन्छ । यसका धेरै तरिका छन् । तर, तपाईंको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् ।
लुब्रिकेन्ट्सको प्रयोग
पहिलोपटक सेक्स गर्दा प्राय स्त्रीहरुलाई पीडा हुन्छ । त्यसैले तपाईंले यो कुरालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । पार्टनरलाई पीडा नहोस् भनेर तपाईंले आफ्नो लिङ्गमा चिल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ । सेक्सको बेला प्रयोग गर्ने लुब्रिकेन्ट बजारमा पाइन्छ । त्यसो त सबै कण्डममा चिल्लो पदार्थ हुन्छ ।
पहिलो पटक सेक्स गर्दा स्त्रीको योनी भित्र रहने पातलो झिल्ली फाट्छ र रगत बग्छ । यदि रगत आएन भने कुमारीत्व भंग भैसकेको भन्ने आम धारणा छ । तर यो कुरा गलत साबित भैसकेको छ । कसै कसैको सेक्स नगरे पनि झिल्ली फाटिसकेको हुन्छ । खासगरी शारिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झिल्ली सेक्स गर्नु अघि नै फाटिसकेको हुन्छ ।
पार्टनरको चाहना ख्याल राख्नुस्
आफ्नो पार्टनरले के चाहान्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । नवविवाहित जोडीलाई सबैभन्दा अप्ठेरो पर्ने कुरा नै यही हो । आजभोली विहे अघि नै धेरैजसोको चिनजान र धेरैपटक भेटघाट भैसकेको हुन्छ । यस्तोबेला एकअर्काको भावना साटासाट त हुन्छ । तर, बेडरुममा अर्थात् सेक्स गर्ने बेला के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ । यसको लागि सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ । यदि पार्टनरले सेक्सको बारेमा खुलेर कुरा गरेमा निश्चितरुपमा पहिलो पटकको सेक्सको राम्रोसँग मजा लिन सक्छन् ।
समस्या आउन सक्छ
धेरैजनालाई पहिलोपटक सेक्स गर्दा केही समस्या आउन सक्छ । जस्तो की कुनै पुरुष लाजले वा तनावले उत्तेजित नहुन सक्छ । कोही सेक्स गर्नु अघि नै स्खलित हुन सक्छ । कतिपयलाई एलर्जीको देखिन सक्छ । यसो भएमा नआत्तिनुस् । बरु धैर्यपूर्वक काम गर्नुपर्छ । कैयौं पुरुषमा सेक्स समस्याको कारण आत्मविश्वास डगमगाउने गर्छ । तर साँचो कुरा के हो भने पहिलोपटक सेक्स गर्दा यी सबै हुनु सामान्य कुरा हुन् ।
कोही पनि बेस्ट हुदैन
तपाईंले के कुरा ख्याल गर्नुपर्छ भने पहिलोपटकको सेक्समा राम्रो भुमिका निर्वाह गर्न सकिनँ भनेर चिन्ता लिनु पर्दैन । यसले तपाईंको सेक्स लाइफ बिग्रिदैन । सेक्समा कोही पनि उत्कृष्ट हुँदैन । नियमित रुपमा सेक्स गर्दै जाँदा अनुभव हुदै जान्छ र राम्रो सेक्स जीवन बन्छ ।
सेक्सपछि के गर्ने ?
सेक्स गरिसकेपछि तपाईं आफ्नो पार्टनरसँगै रहनु पर्दछ । कुराकानी गरेर रहन सक्नु हुन्छ । जस्तो कि सेक्सको अनुभव कस्तो भयो ? सेक्सको बेला के कमी लाग्यो ? आदि आदि । तपाईं चाहानु हुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई बडी मसाज गरिदिन पनि सक्नु हुन्छ ।
काठमाडौ /-मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ ।
१ रातिमा खाने खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुन्छ ।
२ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १-२ घण्टा अघि खानु राम्रो हुन्छ ।
३ फोनमा अलार्म लगाएर छेउँमा राख्ने वा ल्यापटप विस्तारामा छोडेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् । यस्तो लापरवाहीले तपाइँलाई स्वास्थ्यमा समस्या आउन सक्छ । मोबाइल र ल्यापटपबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक किरणले कोर्टिजोल नामक हर्मोन बढेर स्ट्रेस बढाउँछ ।
४ शरीर फिट राख्ने भन्दै साँझमा भारी ब्यायाम गर्नु हुन्छ भने यसले पनि असर गर्छ । यसले निद्रामा प्रभाव पार्छ र शरीरमा मेलाटोनिन बढेर तनाव हुन्छ । निरन्तर यस्तो भो भने मोटोपन पनि बढ्छ ।
५ मुटुको समस्या छ र कार्डियो भास्कुलरर कसरत गर्नु पर्छ भने सुत्नु भन्दा कम्तिमा ३ घण्टा अघि गर्नुस् ।
६ टिभी हेर्दै नजिक बसेर खाना खाने बानी छ भने आजै छोड्नुस् । टिभीको नजिक भोजन नगर्नुस् । यसो गर्दा खाना धेरै खाइने र तनाव बढ्ने समस्या हुन्छ । सुत्नु अघि टिभी हेर्नु भन्दा कुनै संगीत सुन्नुस् ।
७ शोधकर्ताहरुका अनुसार हल्का उज्यालो अर्थात लाइट बालेर सुत्दा गहिरो निद्रा नआउने र मोटो पन बढ्ने बताउँछन् ।
एजेन्सी
The death toll from the Saptari violence occurred last Monday has reached five with one more person succumbing to gunshot injuries today.
The fifth deceased has been identified as Inardev Yadav, 50, of Jamuni Madhepura VDC-1, as informed by Saptari's Chief District Officer Krishna Bahadur Katuwal. He succumbed to bullet injury he suffered to his stomach in police firing. He was being treated at Dharan-based BP Koirala Institute of Health Sciences in Sunsari.
Earlier, Sanjan Mehata, 25, of Maleth VDC-4, Pitambar Mandal,50, of Maleth-4, Ananda Kumar Saha (who was a senior auxiliary health assistant), 35, of Prasawani-4, and Birendra Mahato of Maleth-4 had died from police firing carried out during a clash between the United Democratic Madhesi Front (UDMF) cadres and police. The clash ensued as the UDMF cadres gathered at Gajendra Narayan industrial zone to protest against the mass meeting of CPN (UML) held under the party ongoing Mechi-Mahakali campaign.
Prime Minister Pushpa Kamal Dahal today has said that the government was serious regarding the Kanchanpur incident in which a Nepali citizen Govinda Gautam of Punarbas Municiality-8 of Kanchanpur district was killed after the Indian border security force, the Seema Surakshya Bal, personnel opened fire on a group of Nepalis on Thursday.
While receiving the memorandum submitted by the CPN (Maoist Centre) Province No 7 Committee here today, PM Dahal added that any kind of encroachment on independent and sovereign Nepal will not be acceptable at any cost.
PM Dahal said, "Serious investigation into the case will be carried out and action will be taken against the culprits and the government was not only serious in this regard but also is highly sensitive."
He added that the Ministry of Foreign Affairs was holding talks at the diplomatic level regarding this incident and MoFA and Home Ministry had issued press statements condemning it.
Talking to the delegates, PM Dahal ruled out the rumour that the government was not serious regarding the incident, he further said that he called officials of here based Indian embassy and directed them for carrying out further investigation and action.
Prime Minister Dahal said Home Minister Bimalendra Nidhi will address in the parliament in this incident today itself.
PM Dahal shared that he was continuously holding talks with local administration and political party leaders regarding the incident. He said that the government was forwarding the process to declare deceased Gautam as martyr, to provide one million rupees compensation to Gautama's family and manage the education to his daughters.
The memo submitted by the party Province No 7 committee, In charge Lekhraj Bhatta urged government to declare Gautam as martyr, to manage five million rupees as compensation to his family and to manage free of cost treatment to injured people.
The memo further reads to take action against culprits even reaching International Court of Justice (ICJ), to set up the statue of Gautam and to manage heath treatment, education and employment to Gautam's the family.
The United Democratic Madhesi Front (UDMF) cadres last night torched a bus for defying the general strike in front of the industrial corridor in Rajbiraj.
The bus (Ma 5 Kha 6713) heading towards Rajbiraj from Rupani was completely burnt in the incident, District Police Office, Saptari said.
The UDMF has called an indefinite strike in Saptari to protest the death of its cadres in police firing. The UDMF cadres and police clashed on Monday when the former were trying to disrupt the Mechi – Mahakali National Campaign of the second largest party – CPN (UML) – at the Gajendranarayan Singh Industrial Corridor.
Meanwhile, disruption of the normal life has continued on the fifth consecutive day of the indefinite strike called by the Front. The educational institutes, factories, marketplaces and transportation has shutdown.
The impact of the general strike called by the United Democratic Madhesi Front (UDMF) has been minimal in the Kathmandu Valley with considerable number of vehicles plying the roads.
There has not been any demonstration and untoward incidents inside the valley, according to the traffic police.
The UDMF is enforcing the strike in protest of the death of its cadres in police firing on Monday in Saptari. The private vehicles are plying the road without hindrances while some private schools are also running.
काठमाडौं / फागुमा जबरजस्ती रंग लगाइदिने र उच्छृंखर गतिविधि गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिने भएको छ । फागु (होली) पर्वमा हुनसक्ने उच्छृंखर गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर हनुमानढोकाले एक हजार प्रहरी परिचालन गर्ने भएको छ ।
‘फागुको मर्यादा विपरित गतिवधि गर्ने कोहीलाई छोड्दैनौं, जबरजस्ती कोहीमाथि रंग तथा लोला हान्न पाईंदैन, त्यस्ता गतिविधि गर्नेलाई छोड्दैनौं ।’ हनुमानढोका काठमाडौंका प्रमुख छवीलाल जोशीले भने । अनुहार नचिनिने गरी रङरोगन गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले बताएको छ ।अाजकाे नागरिक दैनिकमा खबर छ ।
भूमिमा कल्भर्ट बनाएको अपराध वापत एक नेपालीले ज्यान गुमाउनुपरेको छ
भने केही सुरक्षाकर्मीसहित नेपाली नागरिक घाइते बनेका
छन् । कसैको घरबाट भारतीयबाट लुटिएको छ ।
विहीबार बिहानैदेखि आनन्द बजारको
स्थलगत अवस्थाबारे बुझ्न जाँदा पाइएका तथ्य
यस्ता छन्ः
कञ्जनपुर जिल्लाको भारतीय
सीमा क्षेत्रमा पर्ने आनन्द बजार
पुनर्बास गाविसमा पर्छ । गाविसको नामै
पुनर्बास रहेको यो बस्ती
तत्कालीन राजा महेन्द्रले बसालेका
हुन् ।
दशगजामा नेपाली बस्ती
बसाउँदा सीमानाको रक्षा हुन्छ भन्ने
नीति अनुसार महेन्द्रले देशका
विभिन्न भागमा जस्तै यहाँ पनि
बस्ती बसालेका थिए ।
क्षेत्री बाहुन एवं जनजातिहरु
मिलेर बसेको यो बस्तीमा अन्ततः
भारतीयहरुले हमला गर्दा
नेपालीहरुले एकगठ भएर प्रतिरोध
गरेका छन् । र, यसक्रममा विहीबार
गोविन्द गौतम नाम गरेका ३० वर्षीय
युवा सहिद बनेका छन् ।
एसएबीको गोली लागेर मृत्यु भएका गोविन्द गौतम
आनन्द बजारमा नेपाली र भारतीयवीचको तनाव करिब
दुईसाता अघिदेखि नै सुरु भएको हो । दशगजा भन्दा करिब ५ सय मिटर नेपालतिर पर्ने
जमिनमा नगरपालिका एवं स्थानीयवासीले कलभर्ट निर्माण गरेपछि
भारतीय पक्षले त्यसको विरोध गर्दै आएको थियो ।
नेपाली पक्षले निर्माण गरेको कल्भर्ट दशगजा भन्दा निकैभित्र भए पनि
भारतीय पक्षले बनाउन नदिने धम्की दिँदै आएको थियो ।
हाल कल्भर्ट बनेको स्थानभन्दा दक्षिणतर्फ अर्थात पारिपटि्ट एउटा सामुदायिक वन छ,
जुन नेपालीहरुले नै उपयोग गर्दै आइरहेका छन् । दशगजा पारि पनि सानो
जंगल छ र त्यो भन्दा दक्षिणमा भारतीय गाउँ छ ।
गुुगल म्यापमा हेर्दा समेत कल्भर्ट बनाइएको स्थान नेपाली भूमिमा पर्ने
स्पष्टै देखिन्छ । भारतले यसमा अवरोध गर्नुपर्ने आधार केही पनि देखिँदैन ।
बुधबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) का
बन्दूकधारीहरु एकाएक नेपाली भूमिमा प्रवेश गर्यो र
नेपालीहरुलाई कुटपिट गर्यो । पत्रकार हेमन्त न्यौपानेसहित केही
स्थानीयवासीहरु भारतीयको पिटाइबाट घाइते बने ।
अघिल्लो दिनको कुटपिटको विरोधमा विहीबार बिहानै स्थानीय
नेपालीहरु कल्भर्ट निर्माणस्थलमा भेला भए । उनीहरु
केहीबेर नेपाल-भारत सीमानामा आवत-जावतसमेत बन्द गरे ।
यही क्रममा पारिबाट भारतीयहरुको एक हुल आयो ।
केहीबेर दशगजामा दुबैतिरबाट ढुंगा हानाहान भयो । यसक्रममा आक्रोशित
नेपालीहरुले भारतीयहरुलाई लखेटे । नेपालीहरु के
महिला, वालवालिका, वृद्धवृद्धा, सबै भेला भएका थिए ।
भारतीयहरु लखेटिएको केहीबेरमै उताबाट एसएसबीको
फौज आयो । भारतीयहरुले एसइसबीको आड पाएर फेरि ढुंगामुढा
गर्न गर्न थाले । नेपालतर्फबाट पनि प्रतिवाद भयो ।
यही क्रममा एसएसबीले उताबाट फाइरिङ खोल्यो ।
प्रत्यक्षदर्शीहरुका अनुसार एसएसबीले २१ राउण्ड फायर गरेको
थियो ।
स्थानीय ३० वर्षका गोविन्द गौतमको कम्मरमा गोली लाग्यो । उनलाई
धनगढीस्थित सीपी अस्पताल ल्याइपुर्याउँदा नपुर्याउँदै
अत्यधीक रक्तश्राबका कारण उनको निधन भयो ।
भारतीय कुटाइबाट घाइते भएका सुरेश थापाको बलौरी पोली
क्लिनिकमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।
त्यसैगरी बेलौरी सीमा प्रहरी कार्यालयमा
प्रहरी निरीक्षक राम खत्रीको मुखमा चोट लागेको छ ।
अर्का एक सई पनि घाइते भएका छन् ।
एसएसबीको गोली प्रहारपछि नेपालीहरु तितर-वितर भए ।
यही मौका छोपेर भारतीयहरुले स्थानीय श्याम गुरुङको
पसलमा तोडफोड र लुटपाट गरे । पीडितको भनाइ अनुसार त्यहाँ रहेका
सरसामान, खसी बाख्रा र मोटरसाइकल समेत भारतीयहरुले लुटेर
लगेका छन् ।
(यो पनि पढ्नुहोस्: नेपालीका घरमा पसेर भारतीयको लुटपाट,
बाख्रासमेत छाडेनन् )
विहीबार अपरान्हतिर आनन्द बजारमा जिल्ला प्रशासन कार्यालयका
अधिकारीहरु एवं प्रहरी प्रमुखहरु भेला भए । भारतीय
पक्षसँग दिनभरिजसो कुराकानी भयो, तर रातिसम्म कुनै निश्कर्ष निस्किएको
छैन ।
घटनास्थलमा एसएसबीका एसपी मनोजकुमार झा र डीएम
आकाश दीप आइपुगेका छन् । नेपालबाट कञ्चनपुरका प्रमुख जिल्ला
अधिकारी मनोहर प्रसाद खनाल र दुबै प्रहरी संगठनका
एसपीहरु भेला भएका छन् । तर, रात पर्दासम्म ठोस वार्ता हुन सकेको छैन ।
भीमदत्तनगर, २६ फागुन । कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ ।
नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताउनुभयो ।
एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ह्युमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटेपछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनाएको छ ।
प्रहरीका अनुसार भारतीय एसएसबीले छ राउन्ड हवाईफायरसमेत गरेको छ । “यतिबेला स्थिति नियन्त्रणमा लिएर हामी स्थानीयवासीलाई साम्य बनाउन लागिरहेका छौँ ।” प्रहरीले भन्यो – “भारतीय नागरिकलाई पनि भारतीय सुरक्षा संयन्त्रले सम्हालिरहेको छ ।” घटनापछि नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । पुनर्वासका स्थानीयवासीले भारतको स्थानीय सहर बसाइन जाने बाटोमा ह्युमपाइप राखिरहेका थिए । पुनर्वास क्षेत्रमा सीमा अतिक्रमणको विषयलाई लिएर यसअघि पनि किचलो हुने गरेको थियो । रासस
काठमाडौँ – कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोलीबाट नेपालीको मृत्यु भएको समाचारलाई भारतले खण्डन गरेको छ ।
नेपालस्थित भारतीय राजदूतावासले आधिकारिक समाजिक सञ्जाल ट्वीटरबाट कञ्चनपुरमा भारतीय पक्षबाट गोली नचालइएको दाबी गरेको हो ।
दूतावासले संयमता अपनाउन माग गर्दै दुवै पक्षका अधिकारीहरुले सीमा स्तम्भको अध्ययन पछिमात्र संरचना निर्माण गर्न आग्रह गरेको छ ।
स्थिति नियन्त्रणका लागि भारतीय पक्षलाई नेपाली पक्षसँग सहकार्य गर्न निर्देशन दिइसकेको दूतावसले लेखेको छ ।
कञ्चनपुरमा एसएसवीले नेपालीमाथि गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ । एसएसबीको गोली लागेर पुनर्बास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको थियो।
गम्भीर घाइते उनलाई उपचारको लागि उपचारको लागि धनगढीस्थित सिटी अस्पतालमा लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेका हुन् ।
नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन भारतीय एसएसबीको गोली लागेर गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।
एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ह्ुमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटेपछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनाएको छ ।
कल्भर्ट विबादपछि हिजो हतियारधारी एसएसबीले नेपाल पसेर नेपालीलाई अभद्र व्यवहार समेत गरेका थिए । सोपछि उनीहरु थप आक्रोशित बन्दै एसएसबीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।
नेपालीहरुले एसएसवीको ज्याजतीको विरोध गर्न थालेपछि एसएसवीले भारतीय भुमिबाट अन्धधुन्द गोली प्रहार गर्दा अरु एक दर्जन नेपालीहरु घाइते भएको कन्चनपुरका प्रहरी प्रमुख प्रकाश बहादुर चन्दले बताए ।
प्रहरीका अनुसार भारतीय एसएसबीले छ राउन्ड हवाईफायरसमेत गरेको छ । “यतिबेला स्थिति नियन्त्रणमा लिएर हामी स्थानीयवासीलाई साम्य बनाउन लागिरहेका छौँ ।” प्रहरीले भन्यो – “भारतीय नागरिकलाई पनि भारतीय सुरक्षा संयन्त्रले सम्हालिरहेको छ ।” घटनापछि नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।
ियतवस वा भुलवस मिसमास गरिनु मासु व्यवसायमा सामान्य
मानिन्छ । यो उपभोक्ता ठग्ने सामान्य प्रचलन पनी । यो प्रथा आज
भोली मात्र हैन जब देखि मासु व्यापारीक प्रयोजनका लागी
बेचविखन हुन थाल्यो त्यस वेला देखि नै को हो । भनिन्छ मासु दुई
जनाले मात्र चिन्दछन एक जस्ले वध गर्छ दुई मासु निरिक्षक जस्ले वध
गर्नु अघि पशुपंक्षी जाँच गरी अभिलेख राख्छ । अनि सोहि अनुसार
वध भएको पशुपंक्षीको मासु निरिक्षण गरी प्रमाणीत चिन्ह अंकित
गर्छ । हाम्रो मासु उद्दयोग श्रृङखला शिशु अवस्थामा वामे सर्दैछ ।
मासुलाई परापूर्वकाल देखि कि हुने खाने वा पौरखिको भोजन
मानिदै आइएको छ । आज सर्वसाधारणका लागी पनी देखा सिकी कै
लागी अपरिहार्य भोजन श्रृङखलामा परेको छ । मासुको उपभोग
बढनुको अर्को अर्थ समाजको संवृद्धिको परिसुचक पनि अनि
सामाजीक परिवर्तनको सुचक पनि । त्यसैले सबैको पहुच होस भन्ने
सदासचता सदित शुद्ध, सफा, स्वच्छ, उच्च कोटीको भनिने मासुमा
मिसावट गरी यस्को मूल्य सर्व सुलभ गर्ने प्रयास भएको पाइन्छ ।
बासी सामान्य खान नहुने मासु एक प्रजातीको मासु अर्को
प्रजातीमा अनी रोगी, रोग लागी मरेको पशुपंक्षीको मासु स्वस्थ्य
पशुमा मिसाउन यो कार्य अन्तर्गत पर्छ । यस्ता कार्यले जनस्वस्थ्यलाई
चुनौती दिन्छनै, मासु सम्बन्धि नियमन गर्न बनेका एैन कानुन लागु गर्न
पनि असजीलो पार्छ । हाम्रो आफ्नो परिवेशमा यस्को संभावना
निकट भविष्यमा देखिँदैन किनभने, मासु व्यवसायीको सहकारी
स्थानिय निकाय तथा नेपाल सरकारको सहभागीतामा आर्थीक,
प्राविधिक सहकार्यमा व्यवस्थित वधस्थल, वधशाला निर्माण कार्य
असफल भएको स्थीती काठमाडौंमा नै छ, मोहफसलका कुरा के गर्ने ।
कुन पशुको मासु हेर्दा कस्तो हुन्छ :
गाई गोरुको मासु :
गाढा रातो रंग, थौरै खैरौ, एकनासे रेशा, काटीएको भाग चम्कीलो,
मासु वोसो सरबरि सेतो,पहेलो रँग,अनौठो गन्ध आउने, चरीचरनका भए
पहेँलोपन गाढी, हाडको गुदी, गाढा सेतो देखी रातो पहेलो खनी
गाढा ।
खसी वोकाको मासु :
गाढा रातो, कस्सीएको, घना रेशा युक्त मासुमा वोसो न्यून, छाला
तथा मृगौलामा प्रशस्त वोसो भएको, वोसो निख्खर सेतो, कडा,
एकनासे, छुदाँ टुक्रक पर्ने । नली हाडको गुदी एकनासे हल्का रातो ।
भेडाको मासु :
भेडा भन्दा फोस्रो, वोसो र नली हाडको गुदी जस्तो भेडा हेर्दा
त्यस्तै, छाला र मृगौलामा वोसो न्यून कि हुँदै नहुने ?
वंगुरको मासु :
कैलो सेतो, तीलचाम्रे देखि रातो, रेसा मिहिन, प्रशस्त वोसै वोसो
भएको वोसो गाढा सेतो, मिहीन दानादार, अनी नरम । नलीहाडको
गुदी गुलाबी रातो अनी नरम । मासु उमाल्दा फोस्रो सेतो, अनी
हलुका हुने ।
घोडाको मासु :
गाढा रातो, निलडाम परेको जस्तो रेसा मिहिन एकनासे, परतदार,
वोसो सुन्य, वोसो हल्का सुनौलो, साना उमेरकामा, उमेर पुगेकाको
भने सेतो, नली हाडको गुदी, मैन जस्तो, चिपचिपे अनी नरम ।
कुकुरको मासु :
अली चनाखो हुनुपर्ला, मासु पसल वरीपरी यिनको वथान, तपाँईको
भागमा पर्ला । पसले दाइलाई सोधेको यि किन यहाँ । जवाफ
आपतकालीन आपुर्तिका लागी तैनाथ। यिनको मासु रातो, एक नासे
रेसा, थोरै वोसो मासुमा गुहि गन्धे, सुंघि नसक्नु, वोसो सेतो÷ सेतो
फुस्रो, तेलनै झर्ला जस्तो चिपचिपे ।
खरायोको मासु :
फोस्रो रातो, खैरो रातो, मिहिन रेसा वोसो विहिन ।
कुखुराको मासु :
मासु त फोस्रो त्यसैले भनेको ह्वाइट मिट, मासुका रेसा अली रातो
मात्र वोसो रहित ।
मृग हरिणको मासु :
यसै त दुर्लभ तैपनि भन्लान विचार गर्नुहोला । गाढा रातो वा खैरो
रातोहेर्दा । मासुमा वोसो त के लागोस भाग्दै फुर्सद हुँदैन ।
कस्सीएको मासु एथेलीटीकसको जस्तो । मगमग वास्ना आउने, शुद्ध
अर्गानिक मासु, प्रशस्त रेसादार सुकुटि त यिनको काइदाको ।
हाम्रा सामाजीक धार्मीक परम्परा तथा आर्थीक स्थीती अनुशार
मासु उपयोग गर्न रुचाउछौ । त्यस उसले प्रत्येक प्रजातीको मासुको
मूल्य फरक पर्न सक्छ । एक प्रजातीमा अर्को प्रजाती भनि मिसाउदा
धार्मीक तथा सामाजीक अनि आर्थीक पक्ष पनि प्रभावित हुन सक्छ
। यस वाहेक फरक÷फरक किसिमको पशुपंक्षीको मासु मिसमास गर्दा
जनस्वास्थ्यमा पनि प्रतिकुल असर पर्न सक्छ । यस वारे उपभोक्ता आफै
सचेत हुनु पर्छ । शंकालागेमा विविध खाले प्रयोगशालामा परिक्षण
गर्न सकिन्छ। तर सचेतता तपाँई आफैको ।
डा. केदार कार्की
न्यौपाने, पुनर्वास,
कञ्चनपुर, २५ फागुन ।
कल्भर्ट निर्माण देखी
सिमा विवाद रहेको
आनन्दबजारमा कल्भर्ट
निर्माणको कारण
देखाउदै आज साँझ ८:३० बजे हतियार सहित आएका एसएसबीका जवानले
इन्दिरा गुरुङको घर सम्म आएर भाग्न भन्दै धम्क्याएका छन । कल्भर्ट
निर्माण गर्न कच्ची कल्भर्ट बनाउने सहमति भएपनि कच्ची बनाउदा
पटकपटक धम्क्याउने र थर्काउने भारतीय सिमा सुरक्षा बल एसएसबीले
राती नेपालीको घर सम्म आएर धम्क्याएका छन । नेपाल प्रहरीको
अगाडि नै नेपाली सर्वसाधारणलाई एसएसबीले गाली ग्लोज र अपसव्द
प्रयोग गरिरहेको छ ।
नेपाल प्रहरी कै सामुन्ने नेपाली पत्रकार हेमन्त
न्यौपानेलाई फोटो खिचेको आरोपमा घाँटीमा समेतेर फोटो डिलिट
गर्न लगाइएको छ ।
कल्भर्ट निर्माण उपभोक्ता समिति सचीव
चन्द्रमणि गैरेलाई तुच्छ शब्द प्रयोग गर्दै भारतमा भेटे कुट्ने धम्की समेत
दिएको गैरे बताउछन । नेपाली बजरमा आएर हतियार तेर्याउदा समेत
नेपाली प्रसाशन मौन रहेको प्रती स्थानीय करन साहीले आक्रोश
व्यक्त गरे ।
भारतीय एसएसबीले नेपाली सर्वसाधारण
माथी लाठीचार्ज समेत गरेको केशव साही बताउछन । घटना स्थल
पुगेका ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन
चन्द यसबारे ससस्त्र प्रहरीले जिम्मा लिनुपर्ने भन्दै पन्छिए ।
करिब १ घण्टा पछि घटना स्थल पुगेको ससस्त्र
प्रहरी निरीक्षक राम बहादुर खत्री समस्या झन झन जटिल भएकाले
जिल्लाबाट नै समस्याको सामाधान खोजिने बताउछन । आखिर
कहिले सम्म नेपाली भुमिमा भारतको दादागिरी ? कहिले सुन्ने
सरकारले सिमाको पीडा ? कहिले बन्द हुने नेपाली कुटिन र हेपिन ?
आनन्दबजारबासी पुरै घटना स्थलमा छ । आक्रोशित जनतालाई
धम्काइरहेको छ ।
#मधेश
२६ फागुन, कञ्चनपुर । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा
भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । गोली
लागेर एक नेपालीको मृत्यु भएको छ ।
गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा
गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी
अस्पतालमा पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका
छन् ।
आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ ।
एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको
विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए ।त्यसक्रममा
नेपाली र भारतीयबीच झडप भएको थियो ।
आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न
लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम
रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।
यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले
नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका
थिए ।
भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान
९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका
छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
लगत्तै एसएसबीका जवानहरु नेपालतर्फ आएर प्रदर्शन गरिरहेका केही
नेपालीलाई कुटपिट गरेपछि तनाव बढेको थियो । त्यसपछि आनन्द
बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।