मदन गोपालको ‘तिम्रो खबर आएन खै’
मोरङ सिजुवाका गायक तथा संगीतकार मदनगोपालले नयाँ गीत लिएर आएका छन् । ‘तिम्रो खबर आएन खै’ बोलको गीत र यसको म्यूजिक भिडियोको काठमाण्डौमा सार्वजनिक गरिएको छ । पत्रकार पारस नेपालले लेखेको गीतमा पाकिस्तानी संगीतकार इमाद रहमानले संगीत भरेका छन् ।
यो गीत मदनको पाचौ एल्बम ‘तिम्रो खबर’मा समावेश छ । उनले यस अगाडि ‘अलमोस्ट, आकृति, लक्ष्मी र कामिनी’ एल्बम बजारमा ल्याइसकेका छन् ।
सार्वजनिक गीतको भिडियोमा मोडल बर्षा सिवाकोटी, भोलाराज सापकोटा र केभिन कार्कीले मोडलिङ गरेका छन् । सुरजसिंह ठकुरीले भिडियोको निर्देशन गरेका हुन् । गायक मदनगोपाललाई शुभकामना उहाँका गितहरुले सम्पुर्ण दर्शकको मन जितोस ।।
0 comments
Write Down Your Responses