top_rightads

पाठेघरको मुखको क्यान्सर : बच्ने उपाय र लाग्ने तरिका

पाठेघरको मुखलाई सर्भिक्स भनिन्छ । विश्वमा महिलाहरुमा देखिएको क्यान्सर  रोगहरुमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ । अज्ञानता, अशिक्षा तथा गरिबीका कारण समयमै उपचार गर्न नसक्दा पाठेघरको क्यान्सरबाट बर्सेनी थुप्रै महिलाहरुको मृत्यु हुने गरेको छ ।  पाठेघरको मुखमा असामान्य परिवर्तन हुन गई त्याहाँको कोष—कोषिकाहरुमा अनावश्यक तथा अनियन्त्रित रुपले वृद्दि भएर गिर्खा वा घाउ बन्दछ । जसलाई सर्भिक्सको क्यान्सर भनिन्छ । यसको उपचार नगरेमा शरिरको अन्य भागमा पनि फैलन सक्छ, जसका कारण महिलाको मृत्यु हुन सक्छ । यो रोग सुरुकै अवस्थामा पत्ता लगाई आवश्यक उपचार गरेमा पूर्णतया निको पार्न सकिन्छ ।  



 पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारणहरु
 -  कम उमेरमा विवाह तथा यौन सम्पर्क गर्नु । 
-   कम उमेरमा बच्चा जन्माउनु । 
 -   धेरै बच्चा जन्माउनु ।
 -   गुप्ताङ्गको सरसफाइमा ध्यान नदिनु । 
 -   चुरोट, बिंडी, खैनी, तमाखु र सुर्तीजन्य पदार्थको सेवन ।  
-    एक भन्दा बढी व्यक्तिहरुसंग यौन सम्पर्क गर्नु ।
-    सूक्ष्म विषाणुको गर्भाशयमा सङ्क्रमण हुनु । 
 -    यौनरोग तथा गुप्ताङ्गका दिर्ग रोगहरुको समयमा उपचार नगर्नु ।  -    पाठेघरको मुखको क्यन्सरको लक्षणहरु
 -    महिनावारी नभएको समयमा पनि रगत देखा पर्नु ।  
-    यौन सम्पर्कपछि रगत आउनु । 
-    महिनावारी बन्द भइसकेका महिलाहरुको योनीबाट रगत आउनु । -    गुप्ताङ्गबाट असामान्य तथा अस्वभाविक तरल पदार्थ बग्नु ।  
-    महिनावारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्नु ।
  -    तल्लो पेट, ढाड र तिघ्राहरु दुख्नु ।
  -    यौनाङ्गमा घाउ देख्नु, अप्ठ्यारो हुनु, यौन सम्पर्क गर्दा दुख्नु आदि   
 उपरोक्त कृुनैपनि लक्षणहरु देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संथा वा सम्बन्धित अस्पतालमा सम्पर्क राख्नु पर्दछ ।  पाठेघरको मुखको क्यान्सरका निदान विधीहरु मासुको सानो टुक्रा परीक्षण : क्यान्सरको निश्चित निदानको लागि प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली ल्यावमा जाच्न पर्दछ, जसवाट क्यान्सरको अवस्था थाहा हुन्छ र यसैका आधारमा सम्बधित क्यान्सर विशेषज्ञ चिकित्सकले आवश्यक उपचार गर्दछन् ।  पाठेघरको मुखको क्यान्सरका प्रमुख उपचार विधिहरु यो रोग सुरुकै अवस्थामा पत्ता लगाई उपचार गरेमा पूर्णतया निको पार्न सकिन्छ । तर रोग अरु अङ्गामा फैलिएको अवस्थामा उपचार पनि प्रभावकारी नभई बिरामीको मृत्यु हुन सक्ने भएकोले सुरुकै अवस्थामा पत्ता लगाई उपचार गर्नुपर्छ ।  
१ शल्यक्रियाः  क्यान्सर रोग लागेको भाग वा अङ्गलाई अप्रेसन गरी निकाल्नुपर्दछ । सुरुको अवस्थाको क्यान्सर छ भने अप्रेसनबाट उपचार गर्दा एकदमै प्रभावकारी हुन्छ ।  
२ रेडियोथेरापी: क्यान्सर भएको कोष—कोषिकाहरुलाई मार्न बाहिरबाट विकिरणको प्रयोग गरी उपचार गर्नुपर्छ । यसका साथै ब्राकिथेरापी मेसिनको प्रयोग गरी विकिरणको स्रोत गर्भाशयको मुख नजिक राखेर पनि उपचार गरिन्छ । 
३ केमोथेरापी: क्यान्सरको कोष—कोषिकाहरु नाश गर्ने   Anti Cancer Drugs  को प्रयाेगद्दारा गर्ने उपचार विधीलाई केमोथेरापी भनिन्छ । यस औषधिको प्रयोगले शरीरमा रहेको स्वस्थ्य कोषहरुलाई समेत असर पारी वाकवाक लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, कपाल झर्ने आदि हुन्छ । साथै यो औषधी प्रयोग गर्दा एकदमै सावधानीपूर्वक गर्नु पर्दछ किनकि यसको असरले अरुलाई पनि क्यान्सर हुन सक्छ ।  पाठेघरको मुखको क्यान्सर राेकथाम पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सम्भव भएकाले निम्न लिखित कुराहरु गर्नु आवश्यक छ ।  सानो उमेरमा विवाह वा यौन सम्पर्क नगर्ने ।  सानो उमेरमा बच्चा नपाउने ।  महिलाहरुले नियमित रुपमा स्त्रीरोग परीक्षण र Pop Samer/VIA  परिक्षण गराउने ।  Human Papilloma Virus विरुद्दको खोप विवाह अगाडि ३ डोज लगाउने । धेरै जनासँग यौन सम्पर्क नगर्ने ।  गुप्ताङ्गसम्बधी रोगहरुको समयमै उपचार गराउने ।  गुप्ताङ्ग सधैँ सफा राख्ने । चुरोट, बिंडी, खैनी, तमाखुजस्ता सुर्तीजन्य पदार्थहरुको सेवन नगर्ने ।।
-हाम्रो डाक्टरबाट 

0 comments

Write Down Your Responses