फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन ।
कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो ।
पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्।
हो, श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहेको आशंका श्रीमतीले नै यो बहाना रचेकी थिइन् । त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे ।
तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पुग्यो । अहिले श्रीमती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा लागेकी छन्। एजेन्सी
काठमाण्डौ, २ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले लामो समयपछि सार्वजनिक सभालाई संबोधन गर्ने भएका छन् ।
देशमा गणतन्त्र आएपछि लामो समयदेखि उनी मौन बस्दै आएका छन् । अब भने उनले आफ्नो भनाइ सार्वजनिक गर्ने भएका छन् । यसका लागि पशुपतिस्थित बनकालीमा कात्तिक ४ गते सुरू हुने अन्तराष्ट्रिय विराट हिन्दू सम्मेलनमा शाहको सम्बोधन गर्ने कार्यक्रम रहेको निश्चित प्राय भएको दरबारनिकट उच्च स्रोतले बतायो ।

विश्व हिन्दु महासंघको संयोजनमा हुने कार्यक्रममा भारतलगायत विभिन्न देशका हिन्दूको संलग्नतामा हुन लागेको छ । सम्मेलन बिहान ११ बजे उद्घाटन हुने र त्यसपछि ज्ञानेन्द्रले सम्बोधन गर्नेछन् । तर सम्बोधनमा ज्ञानेन्द्रले के भन्छन् उच्च स्रोतले खुलाउन चाहेन । उनले हिन्दू राष्ट्रबारे कुरा उठाउने अनुमान गर्न सकिन्छ ।
सम्मेलनमा भाग लिन देश तथा विदेशबाट हिन्दूहरु भेला हुनेक्रम सुरू भएको बताइएको छ । साथै आयोजकले सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
सम्मेलनमा भाग लिन देश तथा विदेशबाट हिन्दूहरु भेला हुनेक्रम सुरू भएको बताइएको छ । साथै आयोजकले सबै तयारी पूरा भएको जानकारी दिएको छ ।