एनएमबी बैंकले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ । यसरी ऋण लिन चाहने विद्यार्थीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र मात्र बुझाए हुछ । पहिलो चरणमा हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई यस्तो सुविधा दिइने छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न पाउने सुनिश्चित भएको छ । आर्थिक अभावले इन्जिनियरिङ पढ्न नसकेका ग्रामीण क्षेत्रका जेहेन्दार विद्यार्थीहरूले यो सुविधा लिन सक्ने कलेजका निर्देशक रामेश्वर अर्यालले बताए । विद्यार्थीलाई दिइने ऋणमा वार्षिक ५ देखि ८ प्रतिशत मात्र व्याज लाग्नेछ ।

हिजो भएको खेलमा नेपाल नेदरल्यान्डससामु निरीह देखिएको थियोे । नेपालको तर्फबाट थोरैले मात्र दोहोरो स्कोर बनाउन सके । नेपालको सुरुवाती केही राम्रो भएपनी उपकप्तान मल्ल आउट भएपछी नेपालको ईनिङ्स माथी उठ्न सकेन र ३८.१ ओभरमा ९४ रनमा अल आउट भयो । जवाफ ब्याटिङ थालेको नेदरल्यान्डसले १ विकेटको क्षतिमा लक्ष्य भेटायो ।। अब अर्को खेल भोलि सोमबार हुदैछ ।।
हामीले एकदम नराम्रो प्रदशन गर्येउ ! टस हार्नु नै हाम्रो लागि नराम्रो थियो तर हामीले 225+ को टार्गेट राखेको थियेउ , जुन Achieveable थियो । कुनै Excuse दिन चाहदिन अर्को खेलमा राम्रो खेल्नेछौ , We Want to Apologize to Our Fans For This Performance
- Captain Paras Khadka
तपाईं हामी मध्य धेरैलाई खुट्टा बाउँडिने अथवा मासु फर्किने समस्याले सताउँछ । तर त्यो किन हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसबाट बँच्न तथा यो समस्याबाट जोगिन निम्न कुरामा ध्यान दिनु जरुरी छ ।
मांसपेशी बाउँडिने अथवा फर्कने कारणहरु यस्ता छन्-
पानीको कमीः शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने समस्या हुने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाईको मात्रा विग्रने हुँदा यो समस्या उब्जन्छ ।
बसाई नमिलेमाः हामीमध्य धेरैजसो बसाईंमा त्यति ध्यान दिँदैनौ । जसले गर्दा शरीरमा बसाईंको तालमेल मिल्दैन । यसल शरीरको एउटा भागमा मात्र प्रेसर पर्न गई उक्त भागमा पोषण लगायतको अक्सिजनको कमी भएर मासु बाउँडिने गर्दछ ।
रक्तसञ्चार राम्रे नभएमाः शरीरमा रक्त सञ्चार राम्ररी नभएमा पनि मासु बाँउडिने गर्दछ । यसको रोकथामका लागि उक्त भागलाई कस्ने भन्दा पनि तातो लगाएर रक्त सञ्चारलाई प्रभावकारी बनाउनु पर्दछ ।
पोटासियमको कमीः पोटासियमको कमीले पनि शरीरमा इलेक्ट्रोलाईटको मात्रा विग्रन्छ । जसले गर्दा खुट्टा बौडिने, मासु फर्कने लगायतका समस्या देखा पर्छ । यसबाट बच्न तथा शरीरमा पोटासियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्स लगायतका पोटासियमयुक्त खाना खानु उचित हुन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज पार्टीकै भातृ संगठनले काठमाडौमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रविरुद्ध पार्टीका सबै संयन्त्र परिचालन गरिनुपर्ने भन्दै परिआए आन्दोलनमा लाग्न पनि तयार हुन निर्देशन दिए ।
कांग्रेस र माओवादीले संविधान कार्यान्वयन नगर्ने संगठित योजना अनुसार आफ्नो सरकार ढालेको उनको आरोप छ । आफ्नो सरकारले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि माओवादी र कांग्रेस अत्तालिएको भन्दै उनले एमाले २०७४ माघ अघि नै निर्वाचन गरिसक्नुपर्ने पक्षमा एमाले रहेको बताए ।
सरकार परिवर्तन गरेर मुलुकको राजनीतिलाई कुबाटोमा धकेलेको राजनीतिलाई सही बाटोमा ल्याउन दबाव सिर्जना गर्न आवश्यक रहेको उनको भनाई थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सनसनीपूर्ण गोप्य तयारीको खुलासा गरेका छन् । सोमबार पार्टीका शीर्ष नेताहरुसँगको परामर्शमा देउवाले नेपाली राजनीतिमा भइरहेको भयंकर गोप्य तयारीको खुलासा गरेका हुन् । परामर्शका क्रममा उनले पछिल्लो विकसित राजनैतिक घटनाक्रमबारे जानकारी गराउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जेल हाल्ने तयारी भइरहेको बताएका थिए ।
‘हिजो जंगलबाट उठाएर ल्याएका प्रचण्ड आज नेपाली राजनीतिमा एकाएक हिरो बन्दैछ, प्रचण्डलाई धेरै समय खुल्ला छाड्यो भने कांग्रेस सखाप हुन सक्छ’ शीर्ष नेतासँग उनले भनेका थिए, ‘प्रचण्डलाई ठीक पार्ने एउटै मात्र उपाय भनेको जेल हाल्ने हो, म अहिले त्यसैको तयारीमा छु, तपाईहरुले पनि साथ दिनुपर्छ ।’
प्रचण्डलाई जेल हाल्न गरेको तयारीकै क्रममाले उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटघाट गरि सल्लाह गरेको बताए । ओली यो विषयमा सहमत नभएको उनको भनाई थियो । तर प्रधानमन्त्री ओलीलाई अन्तिमसम्म कन्भिन्स गर्ने उनले बताए ।
पछिल्लो पटम सरकार परिवर्तनको विषयमा प्रचण्डले धोका दिएको भन्दै उनले प्रचण्डलाई अब विश्वास गर्न नसक्ने समेत बताएका थिए । गोप्य छलफलमा उपस्थित कांग्रेस नेताहरुले प्रचण्डलाई एक रात भए पनि जेल भित्र हुल्नुपर्ने बताएका थिए ।
यौनशक्ति बढाउने ३ जडीबुटी
‘देउवाको तयारी बाहिर आयो भने राजनीतिमा तरंग फैलिने निश्चित छ, कि प्रचण्ड सिद्धिन्छ कि देउवा । प्रचण्डको अगाडि देउवाले केही गर्न सकिन्न भन्ने हाम्रो अनुमान हो ।’छलफलमा सहभागी एक नेताले नाम नछाप्ने शर्तमा भने । द्वन्द्वकालीन मुद्दाको अभियोगमा प्रचण्डलाई जेल हाल्ने उनको तयारी रहेको बुझिएको छ । खबरटाइम्सबाट

नेपाल र नेदरल्यान्डस बिचको खेल केही बेरमा सुरु हुदैछ । नेपाललाई अघिल्लो चरण पुग्नकोलागि आजको खेल जित्नै पर्ने दबाब छ भने नेदरल्यान्डस समुहको सबै खेल जित्तै १० अंगका साथ शीर्ष स्थानमा छ ।। नेदरल्यान्डसका केही खेलाडी घाइते छन जुन उसकोलागि टाउको दुखाई बन्न सक्छ ।।
चीनसँगको नेपाली उत्तरी सीमानाका कोरला पन्ध्र दिनका लागि पुनः संचालनमा आएको छ। उपल्लो मुस्ताङस्थित तिब्बतसँग जोडिएको यो नाकामा बिहीबारदेखि चीनले काँडेतार हटाएर कोरलाको गेट खुला गरेको छ।
अहिलेलाई १५ दिनका लागि खुला गरिएको कोरला नाकामा भदौ ४ गतेबाट औपचारिक रुपमा सुचारु हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले नेपालखबरलाई जानकारी दिए। गत साल असारमा एकपटक मात्र खुलेको कोरला यो वर्ष भने दुई पटक खुलिसकेको हो।
गत असार १ गतेदेखि १६ सम्म संचालनमा आएको कोरला भदौमा पुनः खोलिने दुवै देशका स्थानीय प्रशासनका बीचमा सम्झौता भएको थियो। नाका छिट्टै खुला गरिनुमा चिनियाँ प्रशासनको चाहनाले काम गरेको स्थानीय बासिन्दाले जनाएका छन्।
यसपटक साउनमै मौसममा पनि केही सुधार आयो। असोजबाट उपल्लो मुस्ताङमा हिँउ पर्ने भएकोले अहिले नै कोरला संचालनमा ल्याइएको प्रजिअ अधिकारीले बताए।
यसपटक साउनमै मौसममा पनि केही सुधार आयो। असोजबाट उपल्लो मुस्ताङमा हिँउ पर्ने भएकोले अहिले नै कोरला संचालनमा ल्याइएको प्रजिअ अधिकारीले बताए।
नेपालको सीमाबाट तीन किलोमीटर चीनतिर (तिब्बत) बजार लाग्ने गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको ढुङ्वासेन जिल्लामा पर्ने यस ठाउँबाट ३० किलोमिटर टाढा भने ठूलो बजार रहेको उपल्लो मुस्ताङ निवासी डिकी डोल्कर विष्टले जानकारी दिइन्।
उपल्लो मुस्ताङका दामोदरकुण्ड, छोसेर, लोमान्थाङ, मराङ, घमी र चराङजस्ता सीमावर्ती गाविसका नागरिकले ६ महिना पुग्ने गरी चीनबाट खाद्यन्न तथा अन्य सरसामान आयात गर्दै आएका छन्।
चीनबाट नेपालीहरुले सबैभन्दा बढी पस्मिना आयात गर्छन्। खासगरी फर्निचरका सामान, कपडा, भेडा, बाख्रा ऊन र खाद्यन्नजस्ता वस्तु चीनबाट आयत हुन्छ भने नेपालबाट फापरको पीठो, यार्सा, चामल, मैदा, चाउचाउ, बिस्कुट, उवाको पीठो, चौंरीको छालालगायत निर्यात हुने विष्टले जनाइन्।
सदरमुकाम जोमसोमबाट उपल्लो मुस्ताङ पुग्ने सडकमार्ग अझै निर्माणधीन भएकोले उपल्लो मुस्ताङका जनता चीनसँगको व्यापारमा निर्भर हुनुपर्छ। त्यसैले उनीहरुले कोरला नाका वर्षभरि नै खोल्न माग गर्दै आएका छन्।
नाका संचालनसँगै सीमामा भन्सार राख्ने तयारी भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए। सीमामा बोर्डर आउट पोस्ट (बिओपी)का लागि सशस्त्र सीमा सुरक्षा बल राख्ने तयारी पनि भइरहेको अधिकारीले जानकारी दिए।
साउन, काठमाडौं । नेपालका दुई घघडान संविधानविदहरुले ०७४ साल माघ ७ गतेपछि नयाँ संविधान ‘कोल्याप्स’ हुन सक्ने र संविधानले आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्न सक्ने चेतावनी दिएका छन् ।
एक जना संविधानविदले त यो पनि भनेका छन् कि राजा महेन्द्रले निर्वाचित संसद विघटन गरेर प्रधानमन्त्रीलाई जेल हालेजस्तो घटना दोहोरिन सक्ने दाबीसमेत गरेका छन् ।
नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा नयाँशक्ति नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै संविधानविदहरुले यस्तो खतराको संकेत गरेका हुन् । नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ भन्ने विषयमा नयाँ शक्तिले अन्तरक्रियाको आयोजना गरेको थियो, जसमा संविधानविदद्वय डा. चन्द्रकान्त ज्ञवाली र डा. भीमार्जुन आचार्यले पनि बोलेका थिए ।
हाउसको सेसन चलिरहेकै बेलामा बाधा अड्काऊ फकाऊ मार्फत संविधान संशोधन गरिन्छ भने के यो संविधानलाई संविधानवादले राजनीतिलाई डोर्याएको हो ? त्यसैले लोकतन्त्रको कुरा गर्नु अहिले व्यर्थ छ भन्ने मलाई लाग्छ
कार्यक्रममा बोल्दै डा. भीमार्जुन आचार्यले भने- ‘०७४ माघ ७ को त्यो डेटलाइन पक्कै पनि मजाकका लागि बनाइएको होइन होला । त्यो अवधिभित्र निर्वाचन गरिएन भने यो संविधान कोल्याप्स हुन्छ ।’
संविधानविद ज्ञवालीले संविधानको मृत्यु हुन सक्ने खतरा औंल्याउँदै भने- ‘यो संविधान आफ्नो आयु लिएर आएको देखिन्छ, ०७४ माघ ७ सम्म । यो ९/९ महिनाको म्यादी सरकारले ३/३ वटा निर्वाचन गर्न सक्छ ? ०७४ माघ ७ सम्म तीनतहको निर्वाचन गर्न सकेन भने यो संविधानले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गरेर आएको छ ।’
संविधानविद ज्ञवालीले नयाँ महेन्द्रको जन्म हुन सक्ने र प्रधानमन्त्री जेल जान सक्ने खतरा औंल्याए । उनले भने- ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री यो देशका लागि खाँचो छ, होइन भने संसदीय पद्दती अफापसिद्ध भयो भनेर राजा महेन्द्रले निर्वाचित संसदलाई डिजल्भ गर्दै निर्वाचित प्रधानमन्त्रीलाई जेल हालेर निरंशुक व्यवस्था लादेको जस्तो फेरि पनि नहोला भन्न सकिन्न ।’
अहिले देशमा लोकतन्त्र र संविधानवाद छ भन्ने आफूलाई नलागेको र यो सरकारले पनि केही गर्ने आशा आफूमा नभएको ज्ञवालीलेल बताए । कार्यक्रममा उनले भने- ‘हाउसको सेसन चलिरहेकै बेलामा बाधा अड्काऊ फकाऊ मार्फत संविधान संशोधन गरिन्छ भने के यो संविधानलाई संविधानवादले राजनीतिलाई डोर्याएको हो ? प्रश्न यहाँ छ । त्यसैले लोकतन्त्रको कुरा गर्नु अहिले व्यर्थ छ भन्ने मलाई लाग्छ ।’
ज्ञवालीले थपे- ‘वास्तवमा राजनीतिलाई संविधान बनेपछि संविधानवादले डोर्याउन सक्नुपथ्र्यो ।’
संसदीय व्यवस्था अफापसिद्ध भएको निश्कर्ष
कार्यक्रममा बोल्दै संविधानविद आचार्य र ज्ञवाली दुबैले नेपालमा संसदीय व्यवस्था अफापसिद्ध भइसकेको ठोकुवा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने माग गरे ।
डा. भीमार्जुन आचार्यले संसदीय शासन प्रणालीले नेपाल अघि बढ्न नसक्ने प्रमाणित भइसकेको बताउँदै भने- ‘नेपालको अबको राजनीतिक प्रणाली प्रत्यक्ष निर्वाचित कार्यकारीबाहेक अर्को हुनै सक्दैन । अब अर्को कुनै पनि प्रकारको विकल्प वा सुधार सम्भव छ भन्ने कुरा नगरे हुन्छ । यो शख्त आवश्यक छ कि हामीले कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित गर्नैपर्छ । योभन्दा अर्को बाटोबाट नेपालमा स्थायित्व ल्याउने, जवाफदेहिता ल्याउने ठाउँ छैन ।’
त्यसैगरी ज्ञवालीले भने- ‘नेपालको सन्दर्भमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्दती र राष्ट्रपतिले राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्ने सिस्टम हुनुपर्छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।’
संविधानको वैधानिकतामाथि प्रश्न
संविधानविद ज्ञवाली र आचार्य दुबैले संविधानको सर्वस्वीकार्यतामाथि प्रश्न उठेको बताएका छन् ।
संविधानविद ज्ञवालीले संविधानमा सबै जनताले अपनत्व गंहण नगर्दासम्म त्यसले वैधानिकता नपाउने र कार्यान्वयन हुन नसक्ने जिकिर गरे । उनले भने- ‘सरकारमा गठनमा पार्टीहरु आए, त्यसैले यो संविधानको वैधता भयो भन्ने कुरा आएको छ, अर्को ९१ प्रतिशत जनताले वैधानिकता दिनुभयो त्यसकारण यो संविधान वैधानिक भयो भन्ने जहाँसम्म कुरा छ, वास्तवमा त्यो संविधान वैधानिक हुन्छ, जहाँ जनताको स्वामित्व होस् ।’
देशभरिमा १ लाख ९२ हजार सुझाव आएकोमा संविधानसभाले ५ सय सुझावलाई मात्रै सन्दर्भमा लिएर स्वामित्व ग्रहण गरेको ज्ञवालीले बताए । उनले भने- ‘१ लाख ९१ हजार ५ सय सुझावलाई रद्दीको टोकरीमा फालेपछि यो संविधानप्रति जनताले स्वानमित्व लिए त ? यदि स्वामित्व लिए भने कार्यान्वयन हुन सक्छ, नभए हुँदैन ।’
संविधानका ज्ञाता ज्ञवालीले संविधान सर्वस्वीकार्य हुनुपर्नेमा थप जोड दिँदै अगाडि भने- ‘मैले विश्वका २१९ मुलुकको संविधान पढेको छु । कहीँ कतै पनि जनताको स्वामित्व विनाको संविधान कार्यान्वयन हुन सक्दैन ।’
त्यसैगरी अहिले विद्यमान रहेका सात प्रदेशको पुनरावलोकन हुनुपर्ने समेत ज्ञवालीले बताए । उनले भने- ‘सातवटा प्रदेशको पुनसर्ंरचनाका लागि अहिलेसम्म आयोग बनेको छैन । म संघीयताको एकदमै पक्षधर मान्छे हुँ । तर, उच्चस्तरीय विज्ञहरुको आयोग बनाएर सात प्रदेशहरुको पुनरावलोकन गरिनु जरुरी छ । होइन भने तीनवटा बाहेक अरु चारवटा प्रदेशहरु धान्न सक्ने देखिँदैन ।’
संसदीय व्यवस्थाको विपक्षमा को-को ?
नयाँशक्ति नेपालको राजनीतिक सम्वाद समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको सुरुमा डा. बाबुराम भट्टराईले अढाइ पृष्ठको कार्यपत्र पेश गरेका थिए ।
सीतादेवी यादव कांग्रेसको कोषध्यक्ष बन्न पाउने तर मुख्यमन्त्री बन्न किन नपाउने ?
भट्टराईको कार्यपत्रमा संघीय सीमांकनको परिमार्जन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी संविधान संशोधन गरिनुपर्ने र सरकारले जनजिविकाका सवालमा ध्यान दिनुपर्ने जस्ता विषय उठान गरिएका थिए ।
भट्टराईको कार्यपत्रमाथि टिप्पणी गर्दै नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित, एमाले सचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रका दीनानाथ शर्मा, फोरम लोकतान्त्रिकका जितेन्द्र देव लगायतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नभएसम्म नेपालमा राजनीतिक स्थायित्व नआउने टिप्पणी गरे ।
डा. सरोज धितालले पनि नेपालमा संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था गरिनुपर्ने बताए ।
कांग्रेस नेता रामहरी खतिवडाले चाहिँ आफू संसदीय व्यवस्थाकै पक्षमा रहेको बताए । उद्योगपति कुशकुमार जोशीले व्यवसायीको हित र सुरक्षा जुन प्रणालीले गर्दै, त्यही हुनुपर्ने बताए ।
कांग्रेस नेता रामहरी खतिवडाले चाहिँ आफू संसदीय व्यवस्थाकै पक्षमा रहेको बताए । उद्योगपति कुशकुमार जोशीले व्यवसायीको हित र सुरक्षा जुन प्रणालीले गर्दै, त्यही हुनुपर्ने बताए ।
मधेस मामिलाका जानकार बुद्धिजीवी तुलानारायण शाहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्दा त्यस्तो कार्यकारी प्रमुखमा मधेसी, दलित वा जनजातिले जित्छ कि जित्दैन ? भन्ने प्रश्न गरे ।
अहिलेको समस्या भनेको नागरिकताको विषय पनि रहेको साहले बताए । उनले प्रश्न गरे- सीतादेवी यादव कांग्रेसको कोषध्यक्ष बन्न पाउने तर मुख्यमन्त्री बन्न किन नपाउने ?
थरुहट सांसद गंगा चौधरीले अहिलेको संविधान आफूलाई अमान्य भएको भन्दै धेरै सभासदहरुले संविधानमा आफ्नो इच्छाविपरीत बाध्यतावस हस्ताक्षर गरेको बताइन् ।
विवेकशील नेपालीका प्रवक्ता रमेश पौडेलले पनि आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा रहेको बताए ।
-onlinekhabar
श्रावण २८, २०७३- नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियन्स लिगको खेलमा नेपालले पुनरागमन गर्नेमा प्रशिक्षक जगत टमाटा विश्वस्त छन् । नेपालले शनिबार र सोमबार च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्नेछ ।
बिहीबार सालान्डमा भएको नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा नेपाल ३१.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो । नेदरल्यान्ड्सको राष्ट्रिय टिमका ६ खेलाडी रहेको ‘ए’ टिमविरुद्ध नेपाल कमजोर बनेको थियो । त्यसमा प्रमुख ब्याट्सम्यान बेन कुपर पनि थिए । कुनै पनि ब्याट्सम्यानले दिगो खेल्न नसक्दा च्याम्पियनसिपको महत्त्वपूर्ण खेल अगाडि नेपालको चिन्ता बढेको हो ।
नेदरल्यान्ड्सको बदलिँदो मौसममा नेपाललाई खेल्न कठिन भएको र महत्त्वपूर्ण खेलमा राम्रो खेल्ने दाबी प्रशिक्षक टमाटाको छ । नेदरल्यान्ड्स ‘ए’ सँगको खेल नेपालले १० डिग्री, हावा र वर्षाले प्रभावित गरेको अवस्थामा खेलेको थियो, जसमा नेपालले नियमित जस्तो विकेट गुमाइरह्यो ।
‘यो परिस्थितिमा खेल्न गाह्रो भइरहेको छ, १० डिग्रीमा खेल्नुपरेको छ,’ टमाटाले कन्डिसनका कारण खेल्न नसकेको स्वीकार्दै भने, ‘मौसम कुनै पनि समय एकरूप छैन । बल निकै मुभ भइरहेको छ, यो हिसाबले हामीलाई मात्र होइन, विपक्षीलाई पनि गाह्रो हुन सक्छ ।’
नेदरल्यान्ड्समा शनिबार र सोमबार घाम लाग्ने भविष्यवाणी गरिएको छ । टमाटाले मौसमतर्फ नै केन्द्रित हुँदै भने, ‘हामी निश्चय पनि पुनरागमन गर्छौं । खेलको दिन कस्तो मौसम हुन्छ त्यसमा धेरै भर पर्छ । नेदरल्यान्ड्स ‘ए’ सँग हामी पानीले गर्दा केन्द्रित हुन सकेनौं । तर हामी लयमै छौं, राम्रो क्रिकेट खेल्नेछौं ।’
कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्ल ५, अर्का ओपनर अनिल मण्डल ६, शरद भेषावकर ४ र राजु रिजाल १२ रनमा आउट भएपछि नेपालमाथि दबाब परेको थियो । त्यसपछि सागर पुन ११, राजेश पुलामी १, सोमपाल कामी १० र विनोद भण्डारी १५ रनमा आउट भए । वसन्त रेग्मीले खाता खोल्न सकेनन् भने विक्रम सोब २ रनमा रनआउट भए । सोमपालले पहिलो ओभरमै विकेट लिएका थिए । टमाटा यसैमा सकारात्मक पक्ष खोज्छन् । नेदरल्यान्ड्स ‘ए’ ले ५ ओभरमा ११ रन बनाएको समयमा वर्षाका कारण खेल स्थगित भएको छ ।
‘ब्याटिङमा कन्डिसनले गर्दा केही चिन्ता गर्नुपर्ने स्थिति छ । मौसमले गर्दा गाह्रो भइरहेको छ । तर पनि हामी २ सय ४० रनसम्म बनाउन सक्छौं । तर त्यहाँसम्म पुग्न इनिङ्स अगाडि बढाउन जरुरी छ, त्यो अहिलेको मुख्य विषय हो,’ टमाटाले भने, ‘बलिङ हाम्रो त्यसै पनि राम्रो छ ।’
नियमित कप्तान पारस खड्का ‘टेनिस एल्बो’ र भेट्रान शक्ति गौचन पेटको समस्याका कारण खेलेका थिएनन् । ‘एक हिसाबले हामीले उनीहरूलाई आराम मात्र दिएका हौं । एकदम सामान्य हो,’ टमाटाले भने । नेपाली टिम शनिबार नेदरल्यान्ड्स आइपुगेको हो । त्यसयता नेपालले भीआरए मैदानमा अभ्यास गरिरहेको छ । नेपाल र नेदरल्यान्ड्सबीचको च्याम्पियनसिप खेल त्यही मैदानमा हुनेछ ।
-ekantipur
बिहीबार सालान्डमा भएको नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा नेपाल ३१.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो । नेदरल्यान्ड्सको राष्ट्रिय टिमका ६ खेलाडी रहेको ‘ए’ टिमविरुद्ध नेपाल कमजोर बनेको थियो । त्यसमा प्रमुख ब्याट्सम्यान बेन कुपर पनि थिए । कुनै पनि ब्याट्सम्यानले दिगो खेल्न नसक्दा च्याम्पियनसिपको महत्त्वपूर्ण खेल अगाडि नेपालको चिन्ता बढेको हो ।
![]() | ||
अभ्यास खेलमा बिहीबार रन लिने प्रयासमा सागर पुन । |
‘यो परिस्थितिमा खेल्न गाह्रो भइरहेको छ, १० डिग्रीमा खेल्नुपरेको छ,’ टमाटाले कन्डिसनका कारण खेल्न नसकेको स्वीकार्दै भने, ‘मौसम कुनै पनि समय एकरूप छैन । बल निकै मुभ भइरहेको छ, यो हिसाबले हामीलाई मात्र होइन, विपक्षीलाई पनि गाह्रो हुन सक्छ ।’
नेदरल्यान्ड्समा शनिबार र सोमबार घाम लाग्ने भविष्यवाणी गरिएको छ । टमाटाले मौसमतर्फ नै केन्द्रित हुँदै भने, ‘हामी निश्चय पनि पुनरागमन गर्छौं । खेलको दिन कस्तो मौसम हुन्छ त्यसमा धेरै भर पर्छ । नेदरल्यान्ड्स ‘ए’ सँग हामी पानीले गर्दा केन्द्रित हुन सकेनौं । तर हामी लयमै छौं, राम्रो क्रिकेट खेल्नेछौं ।’
कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्ल ५, अर्का ओपनर अनिल मण्डल ६, शरद भेषावकर ४ र राजु रिजाल १२ रनमा आउट भएपछि नेपालमाथि दबाब परेको थियो । त्यसपछि सागर पुन ११, राजेश पुलामी १, सोमपाल कामी १० र विनोद भण्डारी १५ रनमा आउट भए । वसन्त रेग्मीले खाता खोल्न सकेनन् भने विक्रम सोब २ रनमा रनआउट भए । सोमपालले पहिलो ओभरमै विकेट लिएका थिए । टमाटा यसैमा सकारात्मक पक्ष खोज्छन् । नेदरल्यान्ड्स ‘ए’ ले ५ ओभरमा ११ रन बनाएको समयमा वर्षाका कारण खेल स्थगित भएको छ ।
‘ब्याटिङमा कन्डिसनले गर्दा केही चिन्ता गर्नुपर्ने स्थिति छ । मौसमले गर्दा गाह्रो भइरहेको छ । तर पनि हामी २ सय ४० रनसम्म बनाउन सक्छौं । तर त्यहाँसम्म पुग्न इनिङ्स अगाडि बढाउन जरुरी छ, त्यो अहिलेको मुख्य विषय हो,’ टमाटाले भने, ‘बलिङ हाम्रो त्यसै पनि राम्रो छ ।’
नियमित कप्तान पारस खड्का ‘टेनिस एल्बो’ र भेट्रान शक्ति गौचन पेटको समस्याका कारण खेलेका थिएनन् । ‘एक हिसाबले हामीले उनीहरूलाई आराम मात्र दिएका हौं । एकदम सामान्य हो,’ टमाटाले भने । नेपाली टिम शनिबार नेदरल्यान्ड्स आइपुगेको हो । त्यसयता नेपालले भीआरए मैदानमा अभ्यास गरिरहेको छ । नेपाल र नेदरल्यान्ड्सबीचको च्याम्पियनसिप खेल त्यही मैदानमा हुनेछ ।
-ekantipur
विश्व क्रिकेट लिग च्याम्पियनसीपको चौथो चरणमा नेपालले नेदरल्याण्ड्ससँग उसकै मैदानमा खेल्दैछ । दुई एकदिवशीय खेलमध्ये शनिबार पहिलो खेल हुँदैछ ।
नेपाल र नेदरल्याण्ड यसअघि दुई पटक आमने सामने भएकोमा दुवैले एक-एक खेल जितेको छ । सन् २०१४ मा न्युजिल्याण्डमा भएको एकदिवशीय विश्वकप छनौटमा नेदरल्याण्ड्सले नेपालमाथि ७ विकेटको सहज जित निकालेको थियो भने गत बर्ष भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले दुई विकेटको जित आत्मसाथ गरेको थियो ।
यस खेलका लागि दुवै टोलीले प्रतिस्पर्धात्मक अभ्यास खेल खेलिरहेका छन् । प्रतियोगिताको यसअघिको संस्करणपछि दुवै टोलीले लिष्ट ए म्याच खेलेका छैनन् । नेपालले नेदरल्याण्ड्सबिरुद्धको खेलअघि इंग्ल्याण्ड टुर गरेको थियो । त्यस्तै नेदरल्याण्ड्सले पनि एमसीसीबिरुद्ध घरेलु मैदानमा अभ्यास खेल दुई दिनअघिमात्र खेलेको थियो ।
नेपालबिरुद्धको खेलमा नेदरल्याण्ड्सलाई जितको दावेदारको रुपमा हेरिएको छ । तर, टोलीमा उपलब्ध खेलाडीबीचको संयोजन र इन्ज्युरी समस्याका कारण डच टोलीको आत्मविश्वासमा केहि कमी आएको अनुमान गर्न सकिन्छ ।
त्यसको विपरित नेपालले अभ्यास खेलका क्रममा इंग्ल्याण्ड टूरको कुनैपनि खेलमा पराजित भएन । जितको मनस्थितिमा नेपाल नेदरल्याण्ड पुगेको छ । तर, डच टोलीले नेपालको क्षमतालाई नजरअन्दाज गर्न भने सक्दैन ।
डच टोलीका लागि सबैभन्दा ठूलो चिन्ताको बिषय भनेको उसको कप्तान तथा मध्यक्रमका ब्याट्सम्यान पिटर बोरेनको चोट हो । एमसीसी बिरुद्धको खेलमा स्लिपमा क्याच लिने क्रममा चोटग्रस्त बनेका कप्तान बोरेनले नेपालबिरुद्धको खेल गुमाउनसक्ने आसंका गरिएको छ । साथै लोगान मान बिक अझै चोटमुक्त भइसकेका छैनन् भने टम कुपर अष्ट्रेलियामा छन् । मुख्य खेलाडी टोलीबाहिर रहनुले डच टिम संकटमा परेको छ ।
यसैबीच अफगानिस्तानसँगको पराजयमा डच टोलीको शीर्ष क्रममा समस्या प्रमुख कारण मानिएको थियो । पछिल्लो समय नेदरल्याण्ड्सको यो सबैभन्दा प्रमुख समस्या हो । विष्पोटक तथा खतरनाक ब्याट्सम्यानको अभाव नेदरल्याण्ड्सको टोलीमा देखिन थालेको छ ।
ओलपिट सीसीसँगको सुरुवाती जोडीले उल्लेखनीय प्रदर्शन गर्न नसकेपछि स्टेफन माइबर्गसँग मिचेल रिप्पोनलाई पेस गरिएको छ । माइवर्ग डच टोलीका सबैभन्दा खतरनाक ब्याट्सम्यान हुन् र गत सिजन उनले घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । साथै उनी प्रतियोगिताको शीर्ष रन स्कोरर पनि हुन् ।
सुरुवाती जोडीमा समस्या नेपालको पनि पारम्परिक समस्या हो । तर अहिले त्यो समस्या केहि समाधान भएको हुनसक्ने अनुमान गरिएको छ । उपकप्तान ज्ञानेन्द्र मल्ललाई तेस्रो नम्बरबाट ओपनिङमा ल्याइएको छ । र उनीले केहि हदसम्म सुरुवाती इनिङमा राम्रो खेलेका छन् । जहाँ दोस्रो तर्फ अनिल मण्डल छन् । उनीपनि टोलीमा पर्न नसक्ने खतरा छ । राष्ट्रिय टोलीका नयाँ सदस्य सुनील धमलाले नेपालको सुरुवाती ब्याट्सम्यानको रुपमा उपकप्तान मल्ललाई सघाउनेछन् ।
युके टूरको निराशाजनक प्रदर्शन पनि अनुभवी ओपनर तथा विकेटकिपर सुवास खकुरेल टिमबाट बाहिर राखिएका छन् । उनको स्थानमा विकेट किपरको रुपमा अण्डर नाईन्टिनका पूर्व कप्तान राजु रिजाल आएका छन् । तर, उनी ओपनिङ ब्याट्सम्यान होइनन् । अस्थायी ओपनर नरेश बुढाएर पनि क्यानडामा व्यवसायिक क्रिकेट खेलिरहेकाले टोलीमा छैनन् । छोटो समय टोलीमा देखिएका महेश क्षत्री पनि अनिल मण्डलभन्दा राम्रो खेल्न सकिरहेका छैनन् ।
अनिल मण्डलको प्रदर्शनमा नियमितता छैन । तर, बेलायत भ्रमणका क्रममा इष्टबोर्न सीसीबिरुद्ध ७३ र पाकिस्तान ए बिरुद्ध ६१ रनको उत्कृष्ट प्रदर्शन गरेका थिए । पपुवा न्युगिनीबिरुद्ध दुवै खेलमा शून्यमा आउट भएका पनि मण्डल नै हुन् । तर अनिल मण्डल एकमात्र नेपाली ब्याट्सम्यान हुन् जसले युरोपको पिचमा शतक प्रहार गरेका छन् ।
मण्डलको सबैभन्दा ठूलो चुनौति भनेको अण्डरनाइन्टिन टोलीबाट बढुवा भएका युवा खेलाडी सुनील धमला हो । अण्डर नाइन्टिन विश्वकप छनौटमा आयरल्याण्डबिरुद्ध बनाएको ७५ रनको शानदार पारीका कारण धमला छनौटकर्ताको नजरमा परेका हुन् । धमला नेपाली टिमको शीर्ष पंक्तिमा आशा गरिएका ब्याट्सम्यान हुन् । उनको क्षमता अझै मण्डललाई विस्थापित गराउन सक्ने भइसकेको छैन । हुनसक्छ प्रशिक्षक जगत टमाटाले उपकप्तान ज्ञानेन्द्रलाई तीन नम्बरमै फर्काएर मण्डल र धमलाको जोडीलाई ओपनिङमा पठाउने योजना बनाएका छन् ।
मध्यक्रमका अनुभवी स्टार शरद भेषावकारको उत्कृष्ट लयलाई निरन्तरता दिनको लागि ओपनिङ साझेदारीमा जोखिम लिनुपर्ने हुन्छ । भेषावकारले ६८.५ को औषतमा अहिलेसम्म प्रतियोगितामा २७४ रन बनाएका छन् । उनी समग्र रनमा युएईमा शाइमन अनवारभन्दा मात्र २ रनले पछाडि छन् ।
भोषावकारको लयले रनका लागि नेपाली टोलीमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लमाथिको निर्भरता पनि तोडिएको छ । मल्ल, खड्का र भेषावकार क्रमसः ३, ४ र ५ नम्बरमा ब्याटिङमा आउँछन् ।
नेपालको पछिल्लो मध्यक्रममा अलराउण्डरहरुको बर्चस्व छ । पूर्व ओपनर तथा अफ स्पिनर सागर पुन अहिले ब्याट्सम्यान भन्दा बलरको रुपमा राम्रो लयमा छन् । त्यसैले उनी नेपालका पछिल्ला खेलहरुमा ३ देखि ८ नम्बरसम्म ब्याटिङका लागि आएका छन् । यता ओपनिङ बलर सोमपाल कामी पनि पछिल्ला क्रममा बिष्फोटक ब्याट्सम्यानको रुपमा देखिएका छन् ।
मध्यक्रमका ब्याट्सम्यानको निरन्तरको उत्कृष्ट प्रदर्शनका कारण नेपाल प्रतियोगिताको शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनेको देखिन्छ ।
मध्यक्रमका अनियमित बिनोद भण्डारी र राजेश पुलामी पनि शिद्धान्त लोहनी र आरिफ शेखभन्दा केहि राम्रो प्रदर्शन गरिरहेका छन् । यद्यपी लयमा रहेका बिशेषज्ञ ब्याट्सम्यानको भने डच बिरुद्धको खेलमा नेपाली टोलीलाई खड्कनेछ ।

मध्यपूर्वीको एउटा विकशित राजतन्त्रात्मक राष्ट्र 'संयुक्त अरब ईमिरेट्स' (युएई) जहाँ बिश्वका प्रायः सबै देशका मानिसहरु श्रम तथा घुमफिरका लागि बर्सेनि लाखौको संख्यामा आउने गर्छन्। समुन्द्रको बिचमा रहेको यो मुस्लिम राष्ट्रले छोटो समयमा नै आफुलाई विकसित राष्ट्रको रुपमा उभ्याउन सफल भएको छ।
सन् १९७१ मा स्वतन्त्र भयको यो मुलुक सात वटा राज्यमा बिभाजित छ। यी सातै राज्यमा फरक फरक साशकहरु अर्थात राजाहरु ले आफ्नो साशन ब्यबस्था चलाउने गर्छ्न। खेती योग्य जमिन एकदमै कम भयको यो देशको मुख्य आम्दानीको श्रोत पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र पर्यटन हो। बिश्वमा पाईने पेट्रोलियम पदार्थको भन्डारमध्य करिब १० प्रतिशत युएईमा छ।
श्रमको लागि यो देशमा पाकिस्तान,बाङ्लादेश, नेपाल,फिलिपिन्स,भारत,श्रीलंका,नाईजेरिया,ईथियोपिया लगायत थुप्रै देशहरुवाट बर्सेनि कामदारहरु आउने गर्छ्न। साउदी अरेबिया, कतार, बहाराईन लगायतका अन्य खाडी रास्ट्र मध्य तुलनात्मक रुपमा अलिक खुला भयकै कारणले युरोप लगायत अन्य विकसित देशका धेरै मानिसहरु पर्यटक तथा ब्यापार बिजनेसको रुपमा यो मुलुकमा आउने अनि बसोबास गर्ने गर्छ्न।
पर्यटकहरुको लागी युएईको मुख्य आकर्षक सहर हो 'दुबई'। अन्य राज्यको तुलनामा दुबईले बिकासमा धेरै फड्को मारेको छ। युएईको राजधानी आबुधाबी अर्को बिकशीत सहरको रुपमा चिनिन्छ।
युएईको कडा कानुन
बिश्वका सबै देशहरुले आफ्नो देशमा फरक फरक नियम कानुनहरु बनाएका हुन्छ्न।
युएई सरकारको कानुन कडा छ। त्यसैले युएईमा विविध मुलुकका मानिसहरु ब्यापार व्यवसाय, रोजगारी एवं सुरक्षित पर्यटकको रुपमा आगमन गर्छन। युएईमा सबै भाषा,धर्म र जातीका मानिसहरुका लागि एकै प्रकृतिको कानुन छ। यहाँको कानुनी ज्ञानको अभावका कारण बहुसंख्यक नेपालीले कानुन उल्लंघन गर्न पुग्छन् र सजायका भागिदार बन्ने गर्दछन।
सुरक्षाको दृस्ठिकोणले एकदमै सुरक्षित मानिने युएई सरकारले समय समयमा आफ्ना नियम र कानुनहरु फेरबदल गर्ने गर्छ। हत्या, करणी जस्ता ठुला अपराधको लागि यहाँ फासीको सजाय दिईन्छ। बेला बेलामा नेपालीहरुलाई हत्याहिंसाको आरोपमा फासिको सजाय सुनाईएको खबर हामिले पढ्ने अनि सुन्ने गरेका उदाहरण हरु छ्न।
खासगरी युएईमा नेपालीहरु गम्भीर प्रकृतीका अपराध भन्दा पनि सामान्य खालका अपराध गरी सामान्य किसिमको सजाय भोगिरहेका हरु धेरै छ्न।
नेपालीहरु जेल तथा कानुनी दायरामा पर्नुको मुख्य कारण जनचेतना र ज्ञानको अभाब हो भनेर नकार्न सकिन्न। त्यसैले कुनै पनि देशमा जादाँ त्यो देशको नियम कानुनको बारेमा गतिलो ज्यान लिनु एकदमै महत्त्वपूर्ण हुन्छ। साथै रिसको आबेगमा आयर कुनैपनि अपराधहरु भुलेर पनि गर्नुहुदैन।
साईबर कानुन
भर्खरै युएई सरकारले भिपीएन नामक एक एप्स प्रयोग गरेमा जेल सजायदेखि ठूलो रकम जरिवानासम्म हुन सक्ने आदेश जारी गरेको छ। भिपीएन एप्लिकेसन प्रयोगमा पहिलेदेखि नै प्रतिबन्ध लगाएपनि पछिल्लो समयमा जरिवानादेखि जेल सजायसम्मको कानुन लाग्ने युएई सरकारले बताएको छ।
भिपिएन एक एप्लिकेसन हो जस्ले कुनै पनि वेबसाईटलाई सजिलै खोल्न मद्धत गर्छ। भिपीएन को सहयोगमा ह्याकरहरुलाई कुनै वेबसाईट ह्याक गर्न सजिलो हुने र युएईमा प्रतिबन्ध लगाईएका वेबसाईटहरु सजिलै खोल्न सकिने भयकाले यो एप्स प्रयोगमा प्रतीबन्ध लगाईएको हो।
यदि भिपीएनको एप्स प्रयोग गरेर युएईमा प्रतिबन्ध लगाईएका वेबसाईटहरु खोलेको वा कुनै गलत ठाउँमा प्रयोग गरेको थाहा भयमा जेल सजाय देखि ठूलो जरिवाना समेत हुनेछ। त्यसैगरी हामिले प्रयोग गर्ने सामाजिक संजाल फेसबुक,टुईटर, लगायत अन्य संजालमा यो देशको कुनै पनि नकारात्मक कुराहरु लेख्न तथा तस्बिरहरु अपलोड गर्न प्रतिबन्ध छ। कुनै दुर्घटना, आगलागि वा अन्य कुनै घटना हुदा तस्बिर र भिडियो खिच्न पनी मनाही गरेको छ।
मदिरा सेवन
खाडी मुलुक साउदी अरेबिया ,कतार लगायत अन्य देशको तुलनामा युएईमा मदिरा को मुल्य केही कम पर्छ।यहाँको सरकारले अनुमती दियका होटेल तथा बारहरुमा गयर मदिरा पिउन छुट भयता पनी लेबर तथा न्यून तलब मा काम गर्ने कामदारहरुलाई आफू बस्ने क्याम्प( घर) हरुमा मदिरा खरिद गरेर सेवन गर्न यहाँको कानुनले दिदैन। मदिरा पसलमा गयर मदिरा खरिद गर्न यहाँ लाईसेन्स चाहिन्छ र त्यो लाईसेन्स यहाँ काम गर्ने लेबर लगायत न्यून तलबमा काम गर्ने कामदारहरुलाई दिईदैन।
यदि कसैले अबैधानिक रुपमा मदिरा खरिद बिक्री गर्ने ,मदिरा पियर होहल्ला तथा झैझगडा गरेको पाईएमा यहाँको कानुनले जेल सजाय ,जरिवाना देखि आजीवन युएई प्रबेशमा प्रतिबन्ध सम्म लगाउन सक्छ।
धर्म तथा संगठनको बिस्तार र पार्टी प्रचार
युएईमा झन्डै पाँच लाख भन्दा धेरै नेपालीहरु रोजगारीको सिलसिलामा बसोबास गर्दछ्न। यहाँ धेरै नेपालीहरुले नेपालका विभिन्न राजनितिक दल तथा संगठनमा आबद्ध भयर राजनितिक दल तथा संगठनहरु गठन गर्ने गरेका छ्न।
यहाँको सरकार तथा कानुनले कुनै पनि ब्यक्तिलाई यस्ता कार्य गर्न प्रतिबन्ध लगायको छ । साथै यस्ता काममा भेला तथा प्रचार प्रसार गर्न पनि पूर्ण बन्देज लगायको छ। तर पनि बिदेशमा यस्ता दल तथा संग सस्था गठन गर्नेमा अन्य देशको तुलनामा नेपालीहरु अग्रपन्तीमा आउछ्न। यो एकदमै गलत र कानुन बिपरित काम हो।
युएई स्लामिक रास्ट्र हो। यहाँका मानिसहरु आफ्नो धर्ममा कट्टर हुन्छ्न। यो मुलुकले हरेक ब्यक्तिले आ-आफ्नो धर्म मान्न छुट दियपनी यहाँ अन्य कुनै धर्मको प्रचार प्रसार गर्न सक्त प्रतिबन्ध छ। त्यसैले यहाँको कानुन बिपरित कुनै पनि कार्यहरु भुलेर पनि गर्नु हुदैन।
हरेक देशहरु आफ्नै देशको नियम र कानुनले चलेका हुन्छ्न। आफ्नो देश छोडेर अर्काको देशमा आईसकेपछि त्यो देशको कानुन, धर्म सस्कृती तथा निति नियमहरुको पूर्णरुपमा पालना तथा सम्मान गर्न सक्नु पर्छ।
-
विश्वमा बाढीका कारण वर्षेनी लाखौँ मानिसहरु विस्थापित हुन्छन् र त्यसका कारण हजारौँ बालबालिकाहरुले आफ्नो पढाइ पूरा गर्न पाउँदैनन् । बंगलादेशमा पनि बाढीकै कारण हरेक वर्ष १० प्रतिशत बालबालिकाहरु प्राथमिक तहमै स्कुल छाड्न बाध्य हुन्छन् ।
तर बाढीका कारण स्कुल छाड्न बाध्य बच्चाबच्चीहरुका लागि नयाँ विकल्प सिर्जना गरिएको छ, त्यो हो तैरिने स्कुल । यस्ता तैरिने स्कुलको सुरुवात गरेका हुन् बंगलादेशका एक आर्किटेक्ट मोहम्मद रिजवानले । उनले बाढी प्रभावित विद्यार्थीहरुका लागि तैरिने स्कुल सुरु गरेका छन् । डुंगामा रहने त्यस्ता स्कुलहरुमा बालबालिकाहरुलाई पर्यावरण, जलप्रदुषण तथ जैविक विविधता संरक्षण जस्ता विविध विषयमा विशेष रुपमा पढाउने गरिन्छ ।
बाढीका कारण आफुले पनि बच्चाकालमा राम्रोसँग पढाइ पूरा गर्न नपाएको पीडा भोगेका रिजवानले सन् २००२ मै बंगलादेशमा पहिलो तैरने स्कुलको निर्माण गरेका थिए । आफुलाई छात्रवृत्तिबाट प्राप्त भएको ५ सय डलर तथा आफुसँग भएको केही रकम थप गरी उनले तैरने स्कुलको सुरुवात गरेका थिए । नदी किनाराको एक ठाउँमा डुंगा राखेर त्यसको आसपासका विद्यार्थीहरुलाई जम्मा गरेर बाह्रै महिना पढाइन्छ ।
अहिलेसम्म बंगलादेशमा २२ वटा तैरने डुंगा स्कुल संचालनमा आइसकेका छन् । जहाँ २ हजार भन्दा बढि बालबालिकाहरुले प्राथमिक शिक्षा पढ्दछन् । यी तैरिने स्कुलमा कम्प्युटर, इन्टरनेट, पुस्तकालयकोसुविधा पनि छ । डुंगा स्कुलको छतमा राखिएका सोलार प्यानलबाट सौर्यशक्तिबाट कम्प्युटर चल्दछन् । स्मरण रहोस् यस्ता खाले तैरिने स्कुल नाइजेरियामा पनि छन् ।
बलिउड स्टार शारुख खानलाई अमेरिकाको लस एञ्जल्सस्थित एयरपोर्ट सु्रक्षा अधिकारीले हिरासतमा लिएका छन् । अमेरिका जाने क्रममा बरिउडका चर्चित अभिनेता खानलाई लस एन्जल्सस्थित अध्यागमन बिभागका अधिकारीहरुले हिरासतमा लिएर सोधपुछ गरेका हुन । आफुलाई हिरासतमा लिए लगत्तै खानले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफुलाई अमेरिकी अध्यागमनका अधिकारीले हिरासतमा लिएको सार्वजनिक गरेका थिए ।
उनलाई केहीबेर सोधपुछ गरि छोडिएको भारतीय संचार माध्यामले उल्लेख गरेका छन् । शारुखले ट्वीट गर्दै भनेका छन, 'म पुर्ण सहमत छु, जुन प्रकारको यो संसार छ त्यसमा सुरक्षाको सम्मान गर्छु तर हरेक पटक म अमेरिका आउदा अमेरिकी अध्यागमन बिभागले हिरासतमा लिदा धेरै हैरानी व्यहोरोको हुन्छु ।' यसअघि २०१२ मा पनि शारुखलाई न्युयोर्क बिमानस्थलमा सुरक्षा अधिकारीले करिब २ घण्टा हिरासतमा लिएर सोधपुछ गरेका थिए । उनलाई हिरासतमा लिएर अर्भद्र व्यवहार गरिएको प्रति भारतले अमेरिकासंग कुटनीतिक रुपमै असन्तुष्टी जनाएको थियो ।

वि.सं. २०१७ साल पुस १७ गते जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई पदच्युत गर्दै राजा महेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएका थिए। त्यसपछि ३० वर्षसम्म नेपालमा दलविहीन पञ्चायती व्यवस्था लागू भएको थियो। राजा महेन्द्र र बिपी कोइरालाको सत्ता–सङ्घर्षबारे थुप्रै अध्ययनहरु भएका छन्। पदच्युत हुनुभन्दा दुई महिनाअघि भारतको बम्बई सहरमा पुगेर तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले गरेको सम्बोधन कस्तो थियो? पढ्नुहोस् पूर्णपाठः
![]() |
बिपि कोइराला |
प्यारा छात्र–छात्राहरू!
तपाईंहरूको यो सम्मेलनमा भाग लिन म आज काठमाडौंदेखि आउँदैछु। हुन त तपाईंहरूको स्नेहपूर्ण आग्रह थियो कि म तपाईंहरूको सम्मेलनमा भाग लिन यहाँ आऊँ तर मेरो स्वयम् पनि छात्र–छात्राहरूका बीच आफूलाई पाउन सदैव रहर रहन्छ। मेरो आफ्नो प्रवृत्ति शिक्षार्थीको जस्तो भएकोले युवक र छात्राहरूका बीच हुँदा मेरो मन रमाउँछ। यस प्रकार केही क्षणका लागि भए पनि विद्यार्थी जीवनका पुराना दिनलाई सम्झिँदै तारुण्यको प्रेरणा प्राप्त गर्ने मेरो प्रयत्न हुन्छ।
हिन्दुस्थानमा अध्ययनका लागि बसेका विद्यार्थीहरूको समुदाय ठूलो छ र यस प्रकारको सम्मेलनको आयोजनाको अर्थ यो ठूलो छात्र समुदायका बीच एकता स्थापित गर्ने र आपस्तमा विचारको आदान–प्रदानको एउटा माध्यम प्रस्तुत गर्नु हो। मेरो आफ्नो समयमा समाज या तत्कालीन सरकारले युवक र विद्यार्थीहरूप्रति आफ्नो उत्तरदायित्वको अनुभव गरेको थिएन। २००७ सालको क्रान्तिपछि शिक्षाको महत्व समाजलाई हठात् भएको जस्तो भयो र सरकारको दृष्टि पनि आफ्नो यो गुरुत्तम अभिभारापट्टि जान थाल्यो। अहिले ५ सय विद्यार्थीहरू विभिन्न छात्रवृत्ति प्राप्त गरेर विदेशमा अध्ययनका लागि बसेका छन् र आफ्नै व्यवस्था गरेर बस्ने विद्यार्थीहरूको संख्या त निकै पुगेको हुनुपर्छ। यति पनि यथेष्ट होइन र हामीले यसमा सन्तोष लिने काम पनि छैन। जुन परिमाणमा हामीले देश निर्माणको कार्यक्रमलाई प्रस्तुत गर्नु र कार्यान्वित गर्नुपरेको छ, त्यसका लागि अहिलेभन्दा १० गुणा अधिक छात्रवृत्ति प्रदान गरेर विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा तालिम प्राप्त गर्न बाहिर पठाउनुपर्छ।
यसै अवधिमा आफ्नो देशभित्र नै शिक्षाको व्यवस्थामा उन्नति गर्दै समाजको शैक्षिक आवश्यकता विस्तारै विस्तारै पूर्ण गर्ने प्रयत्न हुनुपर्दछ। मेरो भनाइको तात्पर्य के भने समाजको उन्नतिको क्रान्तिकारी आवश्यकताअनुरूप समाज र सरकारले विद्यार्थीहरूको शिक्षाको महत्वलाई अनुभव गर्दै आएको छ र यो नयाँ स्फुरण २००७ सालको क्रान्तिको देन हो। मेरा समयका नवयुवकहरूभन्दा तपाईंहरू अधिक भाग्यवान हुनुहुन्छ, अधिक भाग्यवान् भएकोले अधिक जिम्मेदारी पनि तपाईंहरूमाथि पर्न आउने भएको छ। विदेशमा शिक्षा प्राप्त गरेर नेपालमा नयाँ समाज सृजना गर्ने अभिभारा तपाईंहरूले ग्रहण गर्नुपर्ने भएको छ। तसर्थ तपाईंहरूलाई प्राप्त भएको शिक्षाको अवसरलाई व्यक्तिगत स्वार्थको दृष्टिले नहेरेर सामाजिक स्वार्थको दृष्टिले हेर्नुपर्छ। मैले यहाँ यो सत्यलाई दोहर्याइरहनु पर्ने छैन कि समाजको सामूहिक स्वार्थ रक्षामा नै हामी तपाईं सबैको व्यक्तिगत स्वार्थ रक्षा निहित छ।
आज म तपाईंहरूलाई– तपाईंहरू जो विदेशमा आएर दुःखसुख गरेर विद्याध्ययन गरिरहनुभएको छ– मातृभूमि नेपालको केही सन्देश सुनाउन चाहन्छु। यो सन्देश हो– प्रजातन्त्रको र नवनिर्माणको। २००७ सालको क्रान्ति परिवर्तनोत्सुक नेपालको जनताको कस्तै बाधा विरोधको पर्वाह नगर्दै अगाडि बढ्ने दृढताको प्रथम चरण थियो। एकतन्त्री शासन व्यवस्थाले न केवल नागरिकहरूको व्यक्तिगत स्वतन्त्रता अपहरण गरेको थियो, यसले समाजका उन्नतिका यावत् मार्गहरूलाई पनि अवरुद्ध गरिराखेको थियो। आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, व्यक्तिगत वा सामूहिक जुनसुकै दृष्टिबाट विचार गर्दा पनि एकतन्त्री व्यवस्थाको परिणाम व्यापक ह्रास र अवनतिको थियो। आज जुन दुव्र्यवस्थामा हामी आफ्नो समाजलाई पाउँछौँ, त्यसको मुख्य कारण थियो एकतन्त्री जहानियाँ शासन। यदि १००/१५० वर्षको विश्व इतिहासका उपर साधारण दृष्टिपात गर्यौँ भने हामीलाई थाहा हुन्छ कि यो अवधिमा जब हामी तानाशाही व्यवस्थाको अन्तरका गर्तमा भास्सिरहेका थियौँ। त्यस समय दुनियामा विकासको लहर फैलिरहेको थियो र आज जुन राष्ट्रहरूलाई हामी उन्नत राष्ट्र भन्छौँ त्यही अवधिमा विकासको अवसरलाई अँगालेर ती राष्ट्रहरू अगाडि बढेका हुन्।
आज यदि हामी अउन्नत देशका नागरिक छौँ अथवा हामी अशिक्षित छौँ अथवा हामी अकिञ्चन छौँ भने त्यसको कारण तानाशाही व्यवस्था हो। जसले हामीलाई एक शताब्दीभन्दा बढी अवधिसम्म सङ्कुचित अवस्थामा राख्यो। नेपाली समाजमाथि सबैभन्दा ठूलो अन्याय र अत्याचार व्यक्तिगत स्वतन्त्रताको अपहरण मात्र होइन, व्यक्तिगत स्वतन्त्रता त २००७ सालपछि हामीले प्राप्त गर्दै आएका छौँ तथा आमनिर्वाचन र प्रजातान्त्रिक आधारमा बनेको सरकारको स्थापनाले धेरै मात्रामा प्राप्त गरिसकेको छौँ। एक सय वर्षको आर्थिक विकासको अवसरबाट समाजलाई वञ्चित राख्नु नै समाजको उपर त्यो ठूलो अन्याय भएको हो।
आज हामीहरूलाई आर्थिक विकासका लागि जुन घोर कठिनाइको सामना गर्नुपरेको छ तथा बारम्बार यो प्रश्न उठ्छ कि वर्तमान युगको चमत्कारपूर्ण प्रगतिमा, विकासको तीव्र प्रवाहमा के हामी आफूलाई उभ्याउन सकौँला? यो शङ्काको कारण शताब्दीभन्दा बढी अवधिसम्म गुमाएको अवसर हो। प्रजातन्त्रको आवश्यकता तपाईंहरू र मेरो व्यक्तिगत स्वतन्त्रताका लागि मात्र होइन, व्यक्तिगत स्वतन्त्रता प्रजातन्त्रको अत्यन्त ठूलो देन हो, यो सबैले स्वीकार गरेको सत्य हो। प्रजातन्त्रको महत्व अर्को दृष्टिबाट पनि छ। आर्थिक दृष्टिबाट प्रजातन्त्रको महत्व उत्तिकै छ। प्रजातन्त्रको यो पक्षपट्टि हामीहरूको विशेष ध्यान गएको छैन। त्यसो हुनाले तपाईंहरूको ध्यान यस दिशापट्टि जाओस् भन्ने हेतुले यस सम्बन्धमा मैले दुई/चार कुरा बोलेको हुँ।
२००७ को क्रान्तिपछि हाम्रो देशको विकासको क्रममा २०१५ सालको आमनिर्वाचन एउटा ऐतिहासिक घटना हो। २००७ सालको क्रान्तिले प्रजातन्त्रको स्थापना तथा विकासका लागि ढोका उघारेको जस्तो थियो, आमनिर्वाचनले प्रजातन्त्रको स्थापना गरेको छ। अब यो सबैको कर्तव्य हुन आएको छ कि भरखरै रोपिएको यो बिरुवालाई हुर्काउँदै लैजाऔँ। प्रजातन्त्रको यो बिरुवालाई संरक्षण गर्दै हुर्काउने प्रयत्न गर्दा यसमाथि बज्रन सक्ने प्रहार या कुन दिशाबाट यसलाई नष्ट पार्ने कामको योजना हुन सक्छ त्यसको ज्ञान हामीलाई प्राप्त हुन्छ। मलाई विश्वास छ, तपाईंहरू इतिहासको पक्षमा हुनुहुन्छ। तपाईंहरूमध्ये धेरैजसोले इतिहासको अध्ययन पनि गर्नुभएको होलाः इतिहास एउटा अतीतको कथा या पुराण मात्र होइन, यो भविष्यको निर्देशक पनि हो। ऐतिहासिक दृष्टिकोणलाई ग्रहण गरेर हाम्रो इतिहासको पक्षमा आफूलाई राख्न सक्छौँ।
२००७ को क्रान्ति इतिहासको एउटा घटना हो। यदि ऐतिहासिक शक्तिमा विश्वास राख्नुहुन्छ भने यो घटना त्यही शक्तिको एउटा लक्षण थियो, ऐतिहासिक शक्तिको परिचायक थियो। तपाईंहरू यसको पक्षमा हुनुहुन्छ कि हुनुहुन्न? जो यसको पक्षमा भएनन् समयले तिनीहरूलाई त्यागेर आफ्नो नगण्यताको सानो डाडुको तातो पानीमा डुब्न दियो। त्यस्तै आमनिर्वाचनको पक्षमा तपाईंहरू हुनुहुन्छ कि हुनुहुन्न? जो यसको पक्षमा थिएनन् तिनीहरूलाई पनि इतिहासको प्रवाहले अतीतको कुन तटमा छाडेर गएको छ। इतिहाससँग कदममा कदम मिलाएर हिंड्न सक्ने बानी हामीमा हुनुपर्छ। नयाँ कुरा यस्तै बानीले सृजना गर्छ। साहसले सोच्ने तथा साहसले काम गर्न सक्ने क्षमता यसबाट प्राप्त हुन्छ। क्रान्तिकारी विचार भनको पनि यही हो र तारुण्यको आफ्नो विशेषता पनि यसमा निहित छ। जब म तरुण या नवयुवकहरूलाई लक्ष्य गरेर केही भन्न चाहन्छु भने यही क्रान्तिको सन्देश, इतिहासको यही सन्देशलाई उनीहरूको सामुन्ने राख्ने इच्छा हुन्छ।
इतिहासले हाम्रो काँधमा २००७ को क्रान्तिको जिम्मेदारी बोकायो, त्यसपछि अन्तरिम कालमा क्रान्तिको देनलाई मास्ने प्रयत्नका विरुद्ध प्रजातन्त्रको भावनालाई जीवित राख्ने जिम्मेदारी हामीमा पर्न आयो, अनि एउटा निश्चित संविधानको मातहतमा देशको सर्वप्रथम आमनिर्वाचनद्वारा उत्तरदायी शासन व्यवस्था स्थापित गर्ने जिम्मा हामीले पायौँ। यी सबै कुरा त भए र यी सबै जिम्मेदारीहरू अत्यन्त महत्वपूर्ण जिम्मेदारीहरू हुन्। जतिसुकै महत्वको घटनाहरू अतीतमा घटेका हुन्, इतिहासको पानामा जतिसुकै उज्जवल अक्षरमा हामीहरूले आफ्नो कर्तव्यपालन गरेको उल्लेख होस्, वर्तमान र भविष्यको उत्तरदायित्वका सामुन्ने तिनीहरू केही होइनन्। इतिहासले हामीलाई विश्राम दिँदैन। सम्पन्न गरेका जिम्मेदारीको सुखद विचारमा आफूलाई भुलाउन थाल्यौँ भने इतिहासले हामीहरूलाई पनि त्यागेर अगाडि बढ्छ। तसर्थ अब आमनिर्वाचन र त्यस देशद्वारा स्थापित शासन व्यवस्थाले दिएको जिम्मेदारीलाई हामीले पूर्ण गर्नुछ।
मुख्यतः मेरो दृष्टिमा दुई प्रकारका उत्तरदायित्व हामीले अब व्यहोर्नुपरको छः
मुख्यतः मेरो दृष्टिमा दुई प्रकारका उत्तरदायित्व हामीले अब व्यहोर्नुपरको छः
१. सामन्ती व्यवस्थाको अन्त्य
२. औद्योगिक समाजको निर्माण
सामन्ती व्यवस्था पुरानो समाजको व्यवस्था हो। जमिनको स्वामित्वको आधारमा शोषणको अन्त्य गर्दै जमिनको यथार्थमा उपभोग गर्ने व्यक्तिहरू अर्थात् किसानको जमिनमाथिको अधिकारलाई सुरक्षित पार्ने लक्ष्यपट्टि हामीहरूले कदम चालिरहेका छौँ, यो एउटा ठूलो क्रान्तिकारी कदम हो। अहिले कायम रहेको जमिनको आधारमा बन्न गएका सम्बन्धहरू यो लक्षित क्रान्तिकारी कदमबाट छिन्नभिन्न हुन्छ। प्रत्येक गाउँमात्र के प्रत्येक परिवारमा यस कदमले प्रभाव पार्दछ। त्यसो हुनाले बिर्ताको उन्मुलन, अधिक जमिनमाथि लगाइएको करहरू, किसानलाई रसिद दिलाउने व्यवस्था जुन वर्तमान निर्वाचित सरकारद्वारा भएको छ, त्यसले बडो ठूलो उथलपुथल देशमा हुन थालेको छ। यो अगाडि बढ्ने प्रयत्नका विरुद्ध ठूला ठूला सङ्गठन हुँदैछन्, बिर्तावालहरू, भूपतिहरू, जमिनदारहरू इतिहासका विरुद्ध सङ्गठन गर्दैछन्। जस्तो मैले तपाईंहरूसँग पहिले केही प्रश्न गरेको थिएँ, यस सम्बन्धमा पनि म प्रश्न गर्न चाहन्छु– तपाईंहरू सामन्ती व्यवस्थाको अन्त्य गर्ने पक्षमा हुनुहुन्छ कि हुनुहुन्न? इतिहासको पक्षमा तपाईंहरू हुनुहुन्छ कि हुनुहुन्न? हामीले इतिहासको हतियार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। सामन्ती व्यवस्थाको अन्त्य समयको माग छ। यो इतिहासको लक्ष्यलाई कसले पूरा गर्छ? यदि हामीले गरेनौँ भने? साना साना राजारजौटाहरू पनि सामन्ती व्यवस्थाका प्रतीक हुन् र सामन्ती शोषणका केन्द्र। यिनीहरूको पनि अपेक्षा इतिहासलाई छैन।
अर्को उत्तरदायित्व हामीले वहन गर्नुपरेको छ– उत्पादनका साधनहरूको विकास गर्दै औद्योगिक समाजको निर्माणद्वारा जनताको जीवनस्तरमा बढाउनु हो। यो असाधारण जिम्मेदारी हो। पहिलेको व्यवस्थाले यदि हाम्रा लागि उपयुक्त साधन तयार पारिदिएको भए सायद आज हामीलाई यति कठिनाइको सामना गर्नुपर्ने थिएन। आज हामीले अरु मुलुकहरूमा १५०–२०० वर्षमा सम्पन्न गरेका विकासका कार्यहरूलाई २५/३० वर्षमा सम्पन्न गर्नुपरेको छ। अर्थात् २०० वर्षको लामो काललाई २० वर्षको अवधिमा छोट्याउन सक्नुपरेको छ। यसको के अर्थ हो? यसको अर्थ हो– नेपाली जातिले अरुभन्दा दशगुणा बढी परिश्रम र प्रयत्न गर्ने आवश्यकता। मरिमेटेर काम गर्ने समय छ। राष्ट्रको सम्पूर्ण शक्ति अविच्छिन्न रूपले केही कालसम्म विकासको यस भगीरथ प्रयत्नमा जोत्नुपरेको छ। राष्ट्रिय एकता, उत्साह, महान् लक्ष्यले प्रदान गरेको साहस, निस्वार्थ सेवा भावना आदि गुणको आवश्यकता छ, समाजमा। यो केवल नैतिक दृष्टिले मात्र होइन, शुद्ध व्यवहारिक दृष्टिले। वर्तमान पिंढीले आफ्नै समयमा फल उपभोग गर्ने इच्छालाई त्यागेर परिश्रम गर्नुपरेको छ। के हामीहरू इतिहासको यो जिम्मेदारीलाई वहन गर्न तयार छौँ।
मैले आफ्नो भाषणमा वर्तमान उत्तरदायित्वको उल्लेख गरें, यो उत्तरदायित्व अत्यन्त कठिन तथा असाधारण छ। वर्तमान समय पनि त असाधारण छ। समस्याहरूले हामीलाई चुनौती दिन्छ। राष्ट्रले आफ्नो पौरुष प्रदर्शन गर्ने समय पनि आज नै हो। मलाई समस्याको जटिलतामा जिम्मेदारीको भारले निरुत्साहित गर्दैन। यसले त झन् प्रेरणा दिन्छ, उत्साह प्रदान गर्छ, तारुण्य र युवावस्थाको विशेषता नै यसमा रहन्छ कि जुनसुकै चुनौतीको सामना गर्न सदैव यो प्रस्तुत रहन्छ। खतरासँग यो जुझ्दछ। राष्ट्रले आफ्नो पौरुष उकास्ने अवसर आएको छ।
भारतको यो सुन्दर सहरमा भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको यो सम्मेलनको महत्व छ। नेपाल भारतको मित्रतापूर्ण सम्बन्ध परम्परा पुरानो छ। संस्कृतिको यो सम्बन्धलाई झन् बलियो पारेको छ। तपाईंहरू यहाँ रहँदा यो गूढ सत्यलाई अनुभव गर्नुभएकै होला। यता वर्तमान जिम्मेदारी, जसपट्टि मैले तपाईंहरूको ध्यान आकर्षित गर्ने भरखरै प्रयत्न गरेँ तथा भविष्यको चुनौतीले पनि नेपाल र भारतलाई नजिकै पारेको छ। भारतको मौलिक समस्याहरू हाम्रो देशको मौलिक समस्या जस्ता नै छन्। यी समस्याहरूका प्रति दुई देशको दृष्टिकोण र समस्या समाधान गर्ने प्रणाली पनि प्रायः समान छ। अन्तर्राष्ट्रिय दृष्टिकोण पनि प्रायः दुवै देशको एकनासको छ। तसर्थ तपाईंहरूले आ–आफ्नो विषयको गम्भीर अध्ययनका साथ सामाजिक–आर्थिक समस्याहरूको हिन्दुस्थानले कुन तरिकाले समाधान गर्न थालेको छ, त्यसको पनि अध्ययन गर्नुपर्छ। यहाँका निर्माण कार्यहरू, ठूला ठूला कारखानाहरू, सडक, बाँध, नहर, यहाँका योजनाहरू, पञ्चवर्षीय योजना, यहाँको राजनीतिक प्रणाली, संसदीय प्रणाली, यहाँका कानून विधान आदि गम्भीर अध्ययनका विषय छन्। तपाईंहरूले आफ्नो भारत निवासको मौकामा यतापट्टि पनि ध्यान दिनुहोला। पछि यो तपाईंहरूको यो अध्ययन र अनुभवले देशलाई काम देला।
नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार–विस्तार आफ्नो स्थान बनाउन थालेको छ। हाम्रो देशको तटस्थ परराष्ट्र नीति, जसको समर्थन देशहरूले सामूहिक रूपबाट गरेका छन्, केवल नैतिक दृष्टिले मात्र समर्थनीय छैन। व्यवहारिक दृष्टिले पनि हाम्रो परराष्ट्र नीति सराहनीय छ। यसको यो अर्थ होइन कि हामी अन्तर्राष्ट्रिय समस्याहरूका उपर कुनै विचार राख्दैनौँ अथवा कुनै अन्तर्राष्ट्रिय प्रश्नको गुण–दोषको विवेचना हामीबाट हुँदैन। यो नीतिको अर्थ हो कि हामी सामरिक गुटमा बाँडिएर विश्वलाई विभाजित हुन दिँदैनौँ, हामी कुनै गुटपट्टि लाग्दैनौँ र आफ्नो स्वतन्त्र विचारलाई कसैको खटनमा रहन दिँदैनौँ। आजको विश्वका तीन महत्वपूर्ण तथ्यहरू छन्–
१. विज्ञानको चमत्कारपूर्ण उन्नति जसले गर्दा मानव जातिले उज्ज्वल भविष्य र अन्धकारमय भविष्य दुवै सम्भावनाको दोबाटोमा आफूलाई पाइरहेको छ।
२. एसिया र अफ्रिका महादेशका विभिन्न देशद्वारा स्वतन्त्रताको प्राप्ति।
३. यो दोस्रो घटनासँगै सम्बन्धित अर्को तथ्य विश्वमा उपस्थित भएको छ, त्यो हो भरखरै स्वतन्त्रता प्राप्त गरेका देश र अरु पनि सानातिना देशहरूको आर्थिक विकासको प्रश्न। अन्त्यमा गएर यी अविकसित देशहरूको स्वतन्त्र अस्तित्वको आधार पनि आर्थिक विकासमा नै निर्भर गर्छ।
मेरो दृढ विश्वास छ कि नेपालले ग्रहण गरेको परराष्ट्र नीतिले विश्वका यी तीन घटनाहरूबाट उत्पन्न समस्याहरूको समाधानमा आफ्नो सामथ्र्य योगदान दिएको छ। यसै कारणले पनि हो कि संयुक्त राष्ट्र संघलाई झन् बढी शक्तिशाली संस्था बनाउने पक्षमा नेपाल सदैव रहेको छ। कुनै न कुनै अन्तर्राष्ट्रिय संस्था नभई अहिलेको विश्वका समस्या चाहे ती सामरिक हुन् चाहे आर्थिक–को समाधानको आशा छैन। संयुक्त राष्ट्र संघभन्दा उपयोगी अर्को कुनै संस्था हुन सक्छ र?
मैले तपाईंहरूको धेरै समय लिइसकेँ, आफ्नो मनमा लागेका केही विचारहरू तपाईंहरूका सामुन्ने बिछ्याएँ। तपाईंहरूको उत्सुकता हाम्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याहरूपट्टि जागृत होस् भन्ने अभिप्रायले तपाईंहरूलाई आफ्नो विचार सुनाएँ। तपाईंहरू स्वयम् पनि मैले उल्लेख गरेका प्रश्न या समस्याहरूसँग अवगत हुनुहोला। आखिर आजको दुनियामा कुन शिक्षित व्यक्ति त्यस्तो होला जसले समस्याहरूको अनुभव गरेको छैन। समस्याबाट हामी पन्छिन चाहे पनि समस्याले हामीलाई छोइहाल्छ।
तपाईंहरू विदेशमा हुनुहुन्छ। हाम्रो मित्र भारतको आतिथ्यको उपभोग गरेर छिट्टै आफ्ना काँधमा पर्नआउने अभिभारालाई सफलतापूर्वक वहन गर्नका लागि देशबाट टाढा बसी तपाईंहरू विद्याध्ययन गर्न लाग्नुभएको छ। तपाईंहरू आफूलाई विद्यार्थी मात्र नसम्झेर नेपालको अनौपचारिक राजदूत भन्ठान्नुहोला। तपाईं जहाँ रहे पनि नेपालको गौरव र इज्जत तपाईंहरूसँग सँगै रहन्छ। यसैलाई नबिर्सिनुहोला।
जय नेपाल!
(२०१७ साल कात्तिक १५ गते द्वितीय अखिल भारत नेपाली विद्यार्थी सम्मेलनमा दिइएको भाषण। साभारः नेपाली कांग्रेसका चार दशक)
विश्व फुटवल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियातामा नेपाल यथावत रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको अगस्ट महिनाको नयाँ बरियतामा नेपाल १ सय ८८ औं स्थानमा यथावत भएको हो।
विश्व फुटवल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियातामा नेपाल यथावत रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको अगस्ट महिनाको नयाँ बरियतामा नेपाल १ सय ८८ औं स्थानमा यथावत भएको हो।
बरियाताक्रममा नेपाल अघिल्लो महिना पनि १ सय ८८ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रहरूको बरियता भने पाँचौं स्थानमा झरेको छ ।
यो वरियाताक्रम फिफाले हरेक महिना सार्वजनिक गर्ने गरेको छ ।
दक्षिण एशियामा अफगानिस्तान १ सय ५० औँ स्थानमा रहदै शीर्ष स्थानमा छ । भारत १ सय ५२ औं स्थानका साथ दोस्रो स्थानमा छ । अफगानिस्तान र भारत पनि यसपटक यथावत रहेको हो । १ सय ७४ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एशियामा तेस्रो र चौथो स्थानमा रहेको बंगलादेश १ सय ८३ औं स्थानमा छ । बरियातामा नेपालपछि भुटान १ सय ९२ औ, श्रीलंका १ सय ९३ र पाकिस्तान १ सय ९४ औं स्थानमा छन् ।
फिफाले सार्वजनिक गरेको फिफा बरियताको शिर्ष स्थानमा अर्जे्न्टिना यथावत रहेको छ । त्यस्तै बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमसः दोस्रोदेखि पाँचौं स्थानमा छन् ।
साउन, काठमाडौं । भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको हत्या प्रयास भएको छ ।
भाजपा नेता बजपाल तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ ।
‘उनीहरुलाई नोएडाको के फोर्टिस अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ र उनीहरु जीबन-मरणका लागि संघर्ष गरिरहेका छन्,’ बीबीसी हिन्दीले लेखेको छ ।
उत्तर प्रदेश प्रहरी अधिकारीका अनुसार बिहीबार राति अबेर दुईवटा गाडीमा आएका व्यक्तिहरुले नेता बजपालमाथि अचानक गोली चलाएका थिए । उनीहरुले बजपालको गाडीलाई घेरेर एके४७ र पिस्तोलले धेरैबेरसम्म अन्धाधुन्द गोली चलाएका थिए । जवाफमा नेता बजपालको अंगरक्षकले पनि धेरैबेर फायर गरेका थिए । घटनामा भाजपा नेता र उनका अंगरक्षकसहित सात जना घाइते भएका छन् ।
आक्रमण लगत्तै सबै आक्रमणकारी भाग्न सफल भएका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ र छिट्टै आक्रमणकारी पक्राउ पर्ने जनाएको छ ।
प्रहरीले घटनाको पछाडि पुरानो दुश्मनी हुनसक्ने अनुमान गरेको छ । बजपाल तेवतिया भारतीय जनता पार्टीका एक वरिष्ठ नेता हुन् । सन् २०१२ मा मुरादनगर विधानसभा चुनावमा पनि उनी लडेका थिए ।
साउन, काठमाडौं । बि्रक्सको सम्मेलनमा भारतको गोवा जाने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा आउने तयारीमा छन् । उनको भ्रमणका लागि नेपाल र चीन दुवैले गृहकार्य तीब्र बनाएका छन् । तर, चिनियाँ राष्ट्रपति किन नेपाल आउँदैछन् र दुईदेशवीच के-कस्ता समझदारी हुँदैछन् भन्नेबारे खासै बहस भएको छैन ।
यतिबेला काठमाडौंमा चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्स (सीआइसीआइआर) का अध्यक्ष जी झेईको नेतृत्वमा चिनियाँ बुद्धिजीवीहरुको टोली सक्रिय छ । यो टोलीले दलका नेताहरु, सरकारी अधिकारी एवं पुनर्निर्माण प्राधिकरणका अधिकारीहरुलाई पनि भेट गरिरहेको छ ।
त्यसैगरी नेपाल सरकारले पनि उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमणमा पठाउने निर्णय गरेको छ ।
सूत्रहरुका अनुसार सी जिनपिङको भ्रमणका बेला चीनले कुनै नयाँ सन्देश दिने इच्छा देखाएको छ । विशेष गरी नेपालको कुनै क्षेत्रमा सहयोगको घोषणा गर्ने चीनको मनसाय देखिएको सरकारी अधिकारीहरु बताउँछन् ।
प्रोजेक्ट ल्याउन चीनको आग्रह
नेपालले कस्तो विकास आयोजनामा सहयोग चाहिएको हो, त्यसबारे प्रस्ताव गर्न नेपालसँग चीनले आग्रह गरेको छ । तर, नेपालले चीनसँग के प्रस्ताव गर्छ, त्यसबारे अझै गृहकार्य भएको छैन ।
ओली नेतृत्वको सरकारका बेला वन मन्त्रालयले चीनलाई चारवटा गैंडा उपहार दिने र भक्तपुरमा वन्न लागेको पशु उद्यानमा चिनियाँ सहयोगका लागि आग्रह गर्ने तयारी गरेको थियो ।
उता चिनियाँ पक्षले भने यस्ता सानातिना पक्षमा नभई निकै ठूलो प्रोजेक्टमा सहयोग गर्न चाहेको बताइन्छ । कुनै ठूलो क्षमताको विद्युत आयोजना, काडमाडौं-तराई फास्ट ट्रयाक वा सुरुङमार्ग लगायतका राष्ट्रिय महत्वका आयोजनामा चिनियाँ सहयोगको घोषणा राष्ट्रपतिको भ्रमणका बेला गराउन सकिने स्रोतको दाबी छ । रेल्वेमा संसारभरि काम गरिरहेको चीनले पूर्वपश्चिम रेलमार्ग वा काठमाडौं मेट्रो रेलमा पनि सहयोग गर्न सक्ने नेपालका सरकारी अधिकारीहरुको आश छ ।
पुनर्निर्माणकै क्षेत्रमा पनि चीनले कुनै महत्वपूर्ण संरचना बनाइदिन सक्ने सम्भावना रहेको स्रोत बताउँछ । नेपालमा सांस्कृतिक सम्पदाका साथै राष्ट्रपति भवन, सर्वोच्च अदालत वा सिंहदरबारको मर्मतलगायतका विषयहरु छन् । अहिले व्यवस्थापिका संसद रहेको भवन पनि चीनकै सहयोगमा बनेको हो ।
चिनियाँ इन्ट्रेष्टः राजनीतिक स्थायित्व
चिनियाँ अधिकारीहरुले राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपालमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिएका छन् । नेपालको राज्य पुनःसंचना लगायतका विषयमा पनि चासो राख्दै आएका चिनियाँ अधिकारीहरुले छिटो छिटो सरकार परिवर्तन हुँदा राजनीतिक स्थायित्व नहुने र एउटा सरकारसँग चीनले गरेको डिल सरकार परिवर्तनसँगै निस्तेज हुने चिन्ता चिनियाँहरुले गरेका छन् ।
यो अवस्थामा कसरी नेपालसँग सहकार्य गर्ने भन्ने प्रश्न चिनियाँ अधिकारीहरुले उठाएका छन् । ९ महिनाका लागि प्रधानमन्त्री बनेका प्रचण्डसँग गरिने समझदारीले सरकार परिवर्ननसँगै निरन्तरता पाउँछ कि पाउँदैन भन्नेबारे चिनियाँ अधिकारीहरुले चासो देखाएको बुझिएको छ ।
सहमतिको निरन्तरता र कार्यान्वयनमा चासो
चिनियाँहरुले सरकार परिवर्ननसँगै विगतको सरकारले चीनसँग गरेका सन्धि सम्झौताहरुको कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेबारे नेपालसँग प्रतिवद्धता खोजिरहेको स्रोतले बतायो ।
दुई देशवीच भएका समझदारीहरुको कार्यान्वयन स्थिति कहाँ पुगेको छ भन्नेबारे पनि चिनियाँहरुले चासो राखेका छन् ।
चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीबारे के भइरहेको भन्ने प्रश्नमा सत्तारुढ दलका एक नेताले अनलाइनखबरसँग भने, ‘यसलाई उनीहरुको पूर्वशर्त नै त नभनौं, तर उनीहरुले विगतका सम्झौताहरुको निरन्तरता र कार्यान्वयन स्थितिबारे चासो राखेका छन् । र, नेपाललाई केमा सहयोग गर्नुपर्ने, त्यसको खाका पेश गर्न भनेका छन् ।’

यद्यपि प्रधानमन्त्री बन्दै गर्दा प्रचण्डले संसदबाटै चीनसँगको सम्झौता कार्यान्यवन गर्ने प्रतिवद्धता जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चीनसँगको सम्झौता कार्यान्वयन गर्ने बचन दिएकाले चिनियाँ राष्ट्रपतिको भ्रमण सुुनिश्चित गर्न सहयोग पुगेको छ ।
राष्ट्रपतिको भ्रमणलाई लिएर चीनले नेपालसँग सुरक्षासँग सम्बन्धित विषयमा खासै चासो र चिन्ता नजनाएको तर, विगतका सन्धि सम्झौताका साथै विकासको एजेण्डामा बढी चासो राखेको स्रोतले अनलाइनखबरलाई बतायो ।
असार २५, नासा । अमेरिकी बेज्ञानिक संस्था नासाले आगामि दिनमा विशाल शक्तिशाली सौर्य आँधीका कारण छ दिन सम्म पृथ्वी पुरै अँध्यारो हुनसक्ने दाबी गरेको छ । नासाले जनाए अनुसार आगामि अगस्ट १६ देखि २१ सम्म सौर्य आंधीका कारण पृथ्वी पुरै अन्धकार हुनेछ । नेपाली पात्रो अनुसार श्रावन ३२ गते देखि भदौ ४ गते सम्म दिनमा पनि घाम नलाग्ने र अन्धकारमय हुने नासाले जनाएको छ ।
विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ । नासाका प्रमुख चाल्र्स बोलडेनले यो आँधी विगत २५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी भएको बताएका छन् । उनले यो परिस्थितिको सामना गर्न तयार रहन विश्व समुदायलाई आग्रह समेत गरेका छन् । करिब २ सय १७ घन्टासम्म चल्ने यो आँधीबाट नआत्तिन र शान्त र संयम रहन पनि नासाले आग्रह गरेको छ ।

काठमाडौं, १७ साउन । नेपाली चलचित्र क्षेत्रका स्टार नायक अनमोल केसीले निर्माणको प्रक्रियामा रहेको फिल्म ‘कृ’मा नयाँ अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् ।
अनमोलले यस फिल्मका लागि २० लाख लिएको हल्लाले पनि फिल्म चर्चामा छ ।
‘कृ’का लागि अडिसनमार्फत अनमोलको जोडी चयन गरिएको हो । अडिसनका लागि ३० जनाले आवेदन दिएको निर्माण युनिटले जनाएको छ । यसक्रममा उनले २९ जनालाई पछि पारिन् ।
सुवास गिरी र भुवन केसीको निर्माण रहने फिल्मलाई सुपर काजोल फिल्म्सले प्रस्तुत गर्न लागेको हो । फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्नेछन् ।
– तस्बिरहरु अदितिको फेसबुकबाट
काठमाडौं, २७ साउन । भन्सार विभागले विदेशबाट एक सय ग्रामसम्मको टुक्रा सुन ल्याउन व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
एक किलोग्राम सुन आयात गर्दा साना व्यापारीले सिधै वाणिज्य बैंकमार्फत खरिद गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले नेपाल राष्ट्र बैंक र सुनचाँदी व्यवसायीसहितका छलफलबाट १ सय ग्रामको टुक्रा सुन ल्याउने सहमति भएको जानकारी दिएका छन् ।
सुन आयात गर्ने अधिकार वाणिज्य बैंकलाई मात्र दिएपपिछि उनीहरुले १ किलोग्रामको ढिक्का सुन मात्र ल्याउने गरेका छन् ।
बैंकले सुनको ढिक्का नकाट्ने भएकाले स-साना सुनचाँदी व्यपारीले ठूलो व्यापारीमार्फत खरिद गर्दै आएका छन् ।
बैंकले सुनको ढिक्का नकाट्ने भएकाले स-साना सुनचाँदी व्यपारीले ठूलो व्यापारीमार्फत खरिद गर्दै आएका छन् ।
पछिल्लो समय सुनको आयात घट्दै शून्य पुगेपछि विभागले चासो देखाएको हो ।
वैदेशिक रोजगारीबाट फर्केका यात्रुले काँचो सुन ल्याउन नपाउने व्यवस्था गरे पनि सुन आयात अझै शून्य नै छ । विदेशबाट फर्केका व्यक्तिले ल्याएको सुन व्यवसायीले खरिद गरेको आशंकामा सरकारले व्यक्तिलाई काँचो सुन ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ । कारोबार दैनिकमा खबर छ ।
साउन, काठमाडौं । समूह चरणको अन्तिम खेलमा जित हात पार्दै ब्राजिल रियो ओलम्पिक अन्तरगत फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
ब्राजिलले डेनमार्कलाई ४-० ले हराएको छ । घरेलु टोलीले सुरुवाति २ खेल गोलरहित बराबरी खेेलेको थियो । र, अन्तिम आठमा स्थान बनाउन डेनमार्कविरुद्ध जित्नै पर्ने दबावमा थियो ।
ब्राजिलले गाबि्रयल बार्बोसाको गोलबाट अग्रता लिएको थियो । रियो ओलम्पिकमा ब्राजिलको यो पहिलो गोल समेत थियो । पहिलो हाफ सकिन पाँच मिनेट मात्र बाँकी छँदा गाबि्रयल जेसिसले अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा लुनाले गोल गरे भने बार्बोसाले व्यक्तिगत दोस्रो गोल गर्दा ब्रजिल ४-० को जित निकाल्न सफल भएको छ ।
सेमिफाइनलमा स्थन बनाउन ब्राजिलले अब कोलक्बियासँग खेल्नेछ ।
सेमिफाइनलमा स्थन बनाउन ब्राजिलले अब कोलक्बियासँग खेल्नेछ ।