मोरङको टंकीसीनुवारी–५ स्थित कोशी राजमार्ग सडक खण्डमा हिजो साँझ भएको बस दुर्घटनामा घाइते भएका दुइजनाको उपचारका क्रममा मृत्यू भएको छ ।
मृत्यु हुनेमा सुनसरी चक्रघटी–४ की ६० बर्षीया रेविका कार्की र अर्का १६ बर्षका अभिषेक झा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गए राती निधन भएको हो । बिराटनगरबाट इटहरीतर्फ जांदै गरेको ना.४ ख. ६०८० नम्बरको बसले सोही दिशामा रोकि राखेको भारतीय नम्बरको लरीमा पछाडीबाट ठक्कर दिदा २६ जना घाइते भएका थिए । तीमध्ये २ जनाको मृत्यु भएको र अझै केहीको गंभीर अवस्थामा विराटनगरका अस्पतालहरुमा उपचार भइरहेको छ । दुर्घटनामा सहचालकको अवस्था समेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अन्य घाइतेहरुको विराटनगरको न्यूरोअस्पताल, विराट नर्सिङ होम र विराट टिचिङ अस्पताल टंकीमा उपचार भैरहेको छ ।
चितवन । दुई हप्ताअघि चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका भाई मोहन घिमिरेको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहुा जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो ।
उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले बताए ।
असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाई र आमा बेपत्ता भएका थिए । एक सातासम्म सुरक्षाकर्मी र उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरुको शव भेटिएको थिएन । पुर्व मन्त्री घिमिरे र उनका एक भाई अझै बेपत्ता छन् ।
कोलम्बियाको हिंसा र संघर्षलाई कभर गर्ने उनी एक्ला पत्रकार थिए । लोपेजले त्यहाँका मानिसहरुसँग व्यक्तिगत सम्बन्ध बनाए । त्यसकारण त्यहाँका मानिसहरुले उनले हरेक प्रकारको फोटो खिच्ने अनुमती दिए । एनिसीटी त्यहाँका स्थानीय मध्येका एक हुन् जसको आँखा अगाडि श्रीमतीको गोली हानेर हत्या गरियो । सेना र गुरिल्लाहरुले उनलाई श्रीमतीको उपचारका लागि अस्पताल लान दिएनन् । यसकारण उनको मृत्यु भयो ।
कोलोराडो लोपेज गोरिल्ला नेताहरु वा सेनाको जनरलहरुको तस्बिर खिच्दैनथे । उनी तल्लो स्तरका लडाकू र सैनिकहरुलाई महत्व दिन्थे । जस्तै यी सैनिक जसको इलाकामा गुरिल्लाले सन् १९९३ को सेप्टेम्बरमा हमला गरेका थिए । हमलामा उनका थुप्रै साथीहरुको मृत्यु भयो तर उनी बाँच्न सफल भएका थिए ।
एक अनुमानका अनुसार पछिल्लो केही दशकमा यो संघर्षमा दुई लाख २० हजार मानिसहरु मारिएका छन् । यसमा सर्वसाधारणको संख्या सबैभन्दा धेरै छ ।
अटोडिफेन्स यूनिडास डी कोलम्बिया (एयूसी) का विद्रोहीहरुले नोभेम्बर सन् २००२ मा १८ वर्षीया युवतीलाई अपहरण गरेर बलात्कार पछि हत्या गरिदिए । उनको हातमा चक्कुले आफ्नो संगठनको नाम लेखेर दिएका थिए ।
स्यान जोस डी अपार्ताडोमा सेनाका सहयोगमार्फत अर्धसैनिक बलको तर्फबाट गरिएको नरसंहारपछि गाउँ छोडिरहेका मानिसहरु ।
एन्टीओकियाका एल अरोमा अर्धसैनिक बल पाँच दिनसम्म बसे र त्यहाँका मानिसहरुलाई चरम यातना दिए । उनीहरुले उक्त इलाकाको मुख्य चौबाटोमा १५ जना मानिसहरुको हत्या गरिदिए । स्थानीयलाई १५ जना मानिस मारिएको हेर्न बाध्य बनाइयो । त्यहाँका गाउँमा लूटपाट पछि उनीहरुले आगो लगाइदिए ।
अर्धसैनिक बल त्यहाँबाट गएपछि त्यहाँ बस्ने मानिसहरुले पनि उक्त गाउँ छोडिदिए ।
चोको प्रानको रिओ सूचीमा गुरिल्लाका विरुद्ध कारवाहीको क्रममा सेनाको तर्फबाट खसाइएको बमले यहाँ खाल्डो बनेको थियो । यो कारवाही पछि करिब ८ हजार मानिसहरु बेघर भएका थिए ।
बिद्रोही र सैनिकको लडाईंमा फसेका यी स्कूलको भित्ताहरुमा गोलीको निशान देख्न सकिन्छ ।
बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
भ्रष्ट्राचार, अनियमितता, दण्डहिनताको अन्त्य गरि जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?
विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
परिपक्क परराष्ट्र नीति तर्जूमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
परिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ?’
रक्षा र नागरिक उड्यानका अधिकारीहरुले पाकिस्तानी वायु सेनाले दुवै एअरस्पेसको प्रयोग युद्धभ्यासलागि गर्न बताएका छन्।
यसैबीच भारतीय सेनाका अधिकारीले सो सम्बन्धी जानकारी प्राप्त गर्न लगातार कोसिस गरिरहेको जनाएको छ। उरी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ।
आश्विन १९, २०७३- सीमांकन हेरफेरलगायत राजनीतिक माग सम्बोधनको आश्वासन दिँदै प्रधानमन्त्री चुनावमा आफ्नो समर्थन लिएका ठूला दुई दल कांग्रेस र माओवादी केन्द्रले धोका दिएको मधेसी मोर्चाका नेताहरूले बताउन थालेका छन् । आश्वासन दिएको दुई महिना बितिसक्दा पनि ती दलले सम्बोधनका लागि ठोस पहल नगरेको उनीहरूले आरोप लगाएका छन् ।
‘हामीसँग प्रधानमन्त्री चुनावअघि तीनबुँदे समझदारी गर्ने बेला संविधान संशोधनको वाचा गरिएको थियो, तर त्यो अहिलेसम्म हुन सकेन,’ मोर्चाका एक उच्च नेताले कान्तिपुरसँग भने, ‘हामीमाथि शृंखलाबद्ध रूपमा धोकाधडी भइरहेको छ । हामीले सरकारलाई धेरै कुर्यौं तर कुनै अर्थ रहेन ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो साता मोर्चा नेतासँग भेटेर हालसम्म सहमति जुटेका विषयमा साझा धारणा बनाउने, सीमांकनबारे विवाद समाधान गर्न बाँकी जिल्लालाई सीमांकन पुनरावलोकन आयोगको जिम्मा लगाउने गरी भए पनि दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिएका थिए । तर दसैं लागिसक्दा संशोधनको आश्वासनबाहेक कुनै ठोस पहल नभएको भन्दै मोर्चा नेताले रोष प्रकट गरेका छन् ।
‘दुई महिना बितिसक्दा पनि हाम्रा मागबारे सरकारले पटक्कै गम्भीरता देखाएन । हामी फेरि आन्दोलनमा जाने अवस्थामा पुगेका छौं,’ तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘वार्ताका लागि लचक भएर बस्दा पनि हाम्रो सुनुवाइ भएको छैन ।’ दुई सातादेखि युरोप भ्रमणमा रहेका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले बेल्जियममा सोमबार एक कार्यक्रममा नेपालमा संविधान संशोधन प्रक्रियामा भइरहेको ढिलाइप्रति आलोचना गरेका छन् । प्रधानमन्त्री दाहालले दसैंअघि नै संशोधन प्रस्ताव दर्ता हुने सार्वजनिक प्रतिबद्धता जनाएको अवस्थामा पनि संशोधन प्रस्ताव दर्ता नभएको भन्दै उनले फेरि आन्दोलन चर्काउने चेतावनी दिए । ‘संविधानलाई दीर्घकालीन ढंगले सर्वस्वीकार्य बनाउन संविधान संशोधनको विकल्प छैन, तर सरकारको शैली हेर्दा सबै कुरा ठीकठाक छ भन्ने देखिन्छ,’ नेपाली संघीय समाजले आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक अवस्था, चुनौती र सम्भावना’ विषयक कायक्रममा यादवले भने, ‘हामी सरकारी शैलीको विरोध गर्छौं ।’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव दर्ता नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी यसअघि नै दिइसकेका छन् ।
मोर्चाले यस बीचमा सरकारका तर्फबाट पुरानै इलाका संरचना ब्युँताएर आन्दोलनकारी पक्षमाथि थप धोका दिएको निष्कर्ष निकालेको छ । अघिल्लो साता बसेको मोर्चा बैठकले इलाका संरचना कायम रहे पहाडमा प्रतिनिधित्वको संख्या बढ्ने, मधेस थप उपेक्षित हुने दाबी गर्दै विरोध गरेको थियो । आन्दोलनका घाइते, सहिद परिवार लगायतलाई राहत उपलब्ध भए पनि टीकापुर काण्डलगायत आरोपी अझै थुनामै रहेको भन्दै मोर्चा नेताहरूले सरकारी तत्परतामाथि प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री निकट स्रोत भने मुख्य कुरा सीमांकनमै सत्तारूढ कांग्रेससँग आन्तरिक छलफल मिलिनसकेकाले संशोधन प्रस्ताव अघि बढाउन ढिलाइ भएको बताउँछ । प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधन प्रस्ताव अघि बढाउन नदिने पक्षमा रहेकाले एकतर्फी रूपमा हतारो नगर्न कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई आग्रह गरेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ । यसअघि सरकारले मोर्चाको सहमति नमिले एकतर्फी रूपमा भए पनि संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारी थालेको थियो । मधेसमा दई प्रदेश हुने गरी सीमांकन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक क्लस्टर घटाउनुपर्ने, नागरिकता, भाषालगायत विषयमा आफ्ना माग सम्बोधन नभएको भन्दै मोर्चा आन्दोलनमा छ ।