विदेशबाट सय ग्रामको टुक्रा सुन ल्याउने व्यवस्था मिलाउन पत्राचार
काठमाडौं, २७ साउन । भन्सार विभागले विदेशबाट एक सय ग्रामसम्मको टुक्रा सुन ल्याउन व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
एक किलोग्राम सुन आयात गर्दा साना व्यापारीले सिधै वाणिज्य बैंकमार्फत खरिद गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले नेपाल राष्ट्र बैंक र सुनचाँदी व्यवसायीसहितका छलफलबाट १ सय ग्रामको टुक्रा सुन ल्याउने सहमति भएको जानकारी दिएका छन् ।
सुन आयात गर्ने अधिकार वाणिज्य बैंकलाई मात्र दिएपपिछि उनीहरुले १ किलोग्रामको ढिक्का सुन मात्र ल्याउने गरेका छन् ।
बैंकले सुनको ढिक्का नकाट्ने भएकाले स-साना सुनचाँदी व्यपारीले ठूलो व्यापारीमार्फत खरिद गर्दै आएका छन् ।
बैंकले सुनको ढिक्का नकाट्ने भएकाले स-साना सुनचाँदी व्यपारीले ठूलो व्यापारीमार्फत खरिद गर्दै आएका छन् ।
पछिल्लो समय सुनको आयात घट्दै शून्य पुगेपछि विभागले चासो देखाएको हो ।
वैदेशिक रोजगारीबाट फर्केका यात्रुले काँचो सुन ल्याउन नपाउने व्यवस्था गरे पनि सुन आयात अझै शून्य नै छ । विदेशबाट फर्केका व्यक्तिले ल्याएको सुन व्यवसायीले खरिद गरेको आशंकामा सरकारले व्यक्तिलाई काँचो सुन ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ । कारोबार दैनिकमा खबर छ ।



0 comments
Write Down Your Responses