top_rightads

रतुवामाइ नगरपालिकामा अझैसम्म राजनैतिक दलले उमेदवार तोक्न सकेनन

सिजुवा: स्थानीय तहको घोषित निर्वाचन मिति नजिकिदै गर्दा मोरङको रतुवामाई नगरपालिकामा मेयरका प्रत्याशीहरुले आ–आफ्नो पार्टीभित्र लबिङ थालेका छन् तर कुनै पनि पार्टीबाट एकिन उमेदवार भने चयन भएको छैन। रतुवामाई नगरपालिकाको मेयरका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । त्यसमा पनि एमाले र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गत २०७० सालको संबिधानसभाको निर्वाचनमा सो क्षेत्रबाट एमालेका ऋषिकेश पोख्रेल विजयी भएका थिए । तर हाल सो क्षेत्रको राजघाट गाविस उर्लाबारी नगरपालिकामा समाहित भएपछि एमालेलाई निर्वाचन जित्न केही हम्मे भने पर्ने सोही पार्टीका नेताहरुको बिश्लेषण छ ।

मोरङको इटहरा, सिजुवा, महादेवा, झुर्किया र बरडंगाको १, ४, ५, ७ र गोविन्दपुरको बक्राहा खोला पूर्वका १, ३, ४ र ७ नम्बर वडालाई मिलाएर रतुवामाई नगरपालिका बनाईएको हो । रतुवामाई नगरका मतदाताले पनि चियापसल देखि विभिन्न सार्वजनिक थलोहरुमा सम्भावित उम्मेदवारका बारेमा चर्चा गर्न थालेका हुन् । उम्मेदवारका दावेदारहरुले पनि आफ्नै तरिकाले मतदाता र कार्यकर्तासँग भेटघाट तिब्र पारेका छन् । रतुवामाई नगरपालिकामा करिब करिव ४२ हजार मतदाता रहेका छन् । अन्तिम नामावली भने निर्वाचन आयोगले अद्यावधीक भएको विवरण सार्वजनिक गरेपछि मात्र जानकारी हुनेछ । २०७० को निर्वाचन परिणामका आधारमा रतुवामाई नगरपालिकामा एमाले बलियो शक्ति हो । यसअघिका निर्वाचनमा काँग्रेसले एकलौटी जितेपनि एमालेले पहिलो पटक २०७० सालको निर्वाचन जितेको हो । यसअघि २०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा साविक इटहरा, सिजुवा, गोबिन्दपुर र महादेवा गाविसमा एमालेले जित हात पारेको थियो भने झुर्कियामा काँग्रेसले जितेको थियो । बरडंगाको १ र ७ नम्बर वडा एमालेले र ४ र ५ नम्बर वडामा काँग्रेसले जित हात पारेको थियो । सो नगरको इटहरा गाविस जननेता मदन भण्डारीको कर्मभूमि समेत हो । इटहरालाई एमालेको गडको रुपमा चिनिन्छ । साविक इटहरा, सिजुवा र गोबिन्दपुर गाविसमा एमालेको राम्रो प्रभाव रहेपनि दक्षिणी क्षेत्रमा भने निकै कसरत गर्नुपर्ने देखिन्छ । एमालेका दावेदारहरु रतुवामाई नगरपालिका मोरङमा नयाँ नगरपालिका हो । यसैवर्ष मात्र घोषणा भएको यस नगरपालिकामा मधेशी समुदायको बाहुल्यता रहेका कारण पनि कसले जित्छ भन्नेमा यकिन छैन । एमालेभित्र भावी उम्मेदवारका रुपमा बिभिन्न नेताहरुको चर्चा भएपनि पार्टीमा आधिकारिक छलफल नभएको नेताहरुले बताए । भित्रभित्रै दावेदारले आफ्नो पक्षमा लविङ्ग थालिसकेका छन् । रतुवामाई – ८ इटहरा घर भएका टिकेन्द्र पोमु स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् र पोमु मेयरका प्रमुख दाबेदार हुन्। एमाले क्षेत्रिय कमिटी अध्यक्ष विश्वनाथ राय मेयरका अर्का दाबेदार हुन् । सो नगरमा मधेशी समुदायको बाहुल्यता रहेका कारण पनि रायलाई मेयरमा उठाउनुपर्ने कार्यकर्ताको माग छ । एमालेबाट मेयरका अर्का सशक्त दावेदार गोपी चाँपागाई देखिएका छन् । उनी एमाले जिल्ला सदस्य समेत भएकाले मेयरका बलियो उम्मेदवार हुन सक्छन् । बिद्यार्थी र युवा संघबाट राजनिति सुरु गरेका चापागाईं सो क्षेत्रका सांसद् ऋषिकेश पोख्रेल निकट चिनिन्छन् ।
को छ दावेदार रतुवामाईमा कांग्रेसका तर्फबाट 
मेयरका लागि ४ जनाले दावी गरेका छन् । तर उपमेयरका बारेमा भने अझै मौन छन् । कांग्रेसका तर्फबाट मेयरका लागि दावेदारका रुपमा साविक इटहरा गाबिस घर भएका खड्ग चोङवाङ मेयरका प्रमुख दाबेदार हुन् । चोङवाङ स्थानीयवीच परिचित कार्यकर्ता हुन् । त्यस्तै कन्हैयालाल राजबंशी पनि दावेदार हुन् । काँगे्रसबाट नागेश्वर सिंह र रविन राईले पनि मेयरमा दाबी गर्दै आएका छन् । 
राप्रपामा अझै अन्योल
त्यस्तै राप्रपाको केही महिना अगाडि मात्रै पार्टी एकीकरण भएकाले कसकसलाई उमेदवार बनाउने भन्ने बारे पार्टीमा छलफल भैरहेको राप्रपाका रतुवामाइ नगर सचीव महेन्द्र खड्काले जानकारी दिनुभएको छ ।
माओवादी केन्द्रबाट पौडेल 
माओवादी केन्द्रबाट भने साविक सिजुवा गाबिस घर भएका प्रकाश पौडेल मात्र अहिलेसम्म दाबेदारका रुपमा देखिएका छन। 

, ,

0 comments

Write Down Your Responses