यौन मनोविज्ञान बारे जान्नै पर्ने १० कुरा
काठमाडौं । मानिस यौन सम्बन्धबाट नै जन्मिन्छ। सानो बालक
देखि बुढा सम्म सबै यौन बाट अछुतो रहन सक्दैन्। पुरुष र महिला बिच हुने
आकर्षण पनि यौनकै पाटो हो। सानोे बच्चाले आमाको दुध चुस्दा
बच्चा र आमा दुबैलाई आनन्द आइरहेको हुन्छ, यस क्रियाकलापमा
बच्चा आमा दुबैलाई यौन परिपुर्ति भइरहेको हुन्छ। हाम्रो समाजमा
यौनलाई राम्रो रुपमा लिँइदैन। त्यसैलै प्रत्येक मानिसहरुले यौन
भावनालाई दबाईरहेको हुन्छ। धेरै मात्रामा दबाएको यौन भावना
बिस्फोट भएर बलत्कारको घटना भइरहेको छ। नेपालमा वलात्कारका
घटनाहरु भ्कन झन वढन थालेका छन्। काकाले भतिजीलाई, बाबुले
छोरीलाई सम्म पनि बलात्कार गर्नबाट पछि परेका छैनन्। किन त ?
यसबारे कहिले सोचेका छौं त ? झन हामी त बलात्कारीलार्इृ कडा
सजाय दिनु पर्छ, यौन सम्बन्ध राख्ने स्थानहरु बन्द हुुनुपर्छ भनेर
कराइरहेका छौं ।
बिदेशतिर बलात्कारका घटनाहरु त्यती सुन्नमा आउँदैन किनभने उनीहरुले
प्रत्येक चिजमा स्वतन्त्रता पाइरहेका छन् यौनकै कुरा गर्भ पनि
त्याँहा रोकतोक छैन, लुकेर यौनसम्पर्क गर्नुपर्ने बाध्यता छैन। त्यसैले
उनीहरु यस्ता क्रियाकलापहरु बाट धेरै टाढा हटिसके अब त
अध्यात्मको धेरै कुराहरु अनुसन्धान गरेर पनि पत्ता लगाइसके। अध्यात्म
पुरुष गौतम वुद्ध जन्मेको नेपालमा हामी चाहीं अझै यौनमा
अडकिरह्यौं, बिक्षीप्त बनिसक्यौं। कोही केटी देख्न नहुने भइसक्यौं।
यो सवै हामीलाई यौनप्रति सिकाएको गलत शिक्षाको उपज हो।
त्यसैले अब यौन मनोविज्ञानको बारेमा खुल्ला चर्चा–परिचर्चा हुन
आबस्यक छ।
१.यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौन
इच्छा बढाउन र घटाउन सकिन्छ ।
२.यौनलाई अत्यन्त गोप्य राख्दा अनेकौ समस्याहरु आउने गर्दछ ।
३.यौन समस्या पुरुष र महिला दुवैमा आउछ । उपचार गरेमा यौन रोग
निको हुन्छ ।
४.यौनअंग र यसका कामहरुबारे धेरैलाइ जानकारी छैन तसर्थ जानकारी
लिने कोशिष गर्नुस् । ५.प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार
मानिसको हरेक गतिविधि यौनवाट संचालित हुन्छ ।
६.यौनवारे सम्झना गरिरहदा मानिसको मनको धेरै तनाव यतिकै कम
हुन्छ ।
७.महिलामा १२÷१३ बर्षमा र पुरुषमा १४÷१५ बर्षमा यौन अंगको
विकाश हुन्छ ।
८. महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन
भइरहन्छ तर पुरुषमा त्यस्तो हुदैन । जति बेला पनि चाहना घट्ने वा बढ्ने
हुनसक्छ ।
९.मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ
लिंदा,सिनेमाका दृश्य सम्झदा यौन चाहना बढ्दछ र तत्काल यौन
सम्पर्क गर्न सक्षम हुन्छन्।
१०.यौनवारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा
कतिपय मानिस एड्स,हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन
पुग्छन । त्यसैले सुरक्षित यौन सम्पर्क गर्नु आवश्यक हुन्छ ।
0 comments
Write Down Your Responses