top_rightads

विदेशबाट फर्केलगत्तै श्रीमतीको हत्या प्रयासपछि आफै आत्महत्या

 विदेशबाट आएको दुई घण्टामै  अर्घाखाँचीको नुवाकोट गाविसमा आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि एक युवकले आत्महत्या गरेका हुन् ।
नुवाकोट गाविस २ मरौदीका टेकबहादुर केसी १० महिनापछि कतारबाट घर आएका थिए । उनले घरमा आएलगत्तै श्रीमति २४ वर्षीया सिर्जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने प्रयास गरेका आजको अन्नपूर्णमा समाचार छ ।
श्रीमती हत्या प्रयासपछि केसी आफैले घरनजीकै रहेको काभ्रोको बोटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

श्रीमानको आक्रमणबाट घाइते भएको श्रीमती सिर्जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पतालबुटवलमा उपचार भइरहेको छ ।  उनको स्थिति खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।
उनीहरुका तीन वर्षकी एउटी छोरी छिन् ।
विदेशबाट आएलगत्तै उनले बुबा र श्रीमतीलाई सल्ला छ भनेर कोठमामा बोलाएका थिए । बाबुको घाटी न्याक्न थालेपछि बाबु भाग्न सफल भएका थिए भने उनले श्रीमतीलाई धारिलो बसिला प्रहार गरेका थिए ।
टेकबहादुले आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने योजना किन बनाएका थिए र उनले किन आत्महत्या गरे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses