इस्लामिक स्टेट कमजोर बन्दै : ओबामा
वासिङ्टन- अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादी समूह इस्लामिक स्टेट (आइएसआई) कमजोर बन्दै गएको बताएका छन्। तर यो समूहबाट हुनसक्ने खतरा भने अझै बाँकी रहेको उनले बताए।
वासिङ्टनस्थित राष्ट्रपति निवासमा सैन्य अधिकारी तथा राष्ट्रिय सुरक्षा परिषद्का अधिकारीसँग ओबामाले हालः आइएसआई सिरिया तथा इराकमा सक्रिय नभएको भन्दै ढुक्क भएर बस्न नहुने बताए। 'आइएसआई केही कमजोर देखिएको छ। तर उनीहरुले अन्य राष्ट्रमा आक्रमणको योजना बनाइरहेको पनि हुनसक्छ। त्यसकारण खतरा अझै बाँकी छ,' ओबामाले भने।
ओबामाले आइएसआइले इराक र सिरियाबाहेक अन्य मुलुकलाई पनि निशाना बनाइरहेको आरोप लगाए। फ्रान्स, जर्मनी र बंगलादेशमा आइएसआइले नै आक्रमण गरेको भन्दै ओबामाले उक्त समूह लिवियामा पनि टार्गेट बनाइरहेको बताए।
0 comments
Write Down Your Responses