चीनले दियो नेपाललाई खुसिको खबर भारत जिल्ल
अब नेपाल र चीनबीच आर्थिक कारोबारमा समेत सामिप्यता बढ्ने देखिएको छ । नेपालमा पछिल्ला तीन वर्षयता चिनियाँ मुद्रामा लगानी गर्ने क्रम बढेपछि नेपाल–चीनबीच अरु घनिष्ठता बढ्ने संकेत देखिएको हो ।
चिनियाँ सञ्चारमाध्यामहरुका अनुसार नेपालमा चिनियाँ मुद्राबाट लगानी सुरक्षा प्रत्याभूतिका लागि छोटो समयमा चिनियाँ मुद्रा निक्षेप बढ्दै गएको देखिएको छ ।
नेपालमा पछिल्लो समयमा अन्य राष्ट्रहरुको मुद्राको तुलनामा चिनियाँ युआनमार्फत चिनियाँ लगानी पनि उल्लेख्य मात्रामा बढ्दै गएको सञ्चारमाध्याहरुले बताएका छन् ।
नेपालमा पछिल्लो समयमा अन्य राष्ट्रहरुको मुद्राको तुलनामा चिनियाँ युआनमार्फत चिनियाँ लगानी पनि उल्लेख्य मात्रामा बढ्दै गएको सञ्चारमाध्याहरुले बताएका छन् ।
नेपाल राष्ट्र बैंकलाई उदृत गर्दै उनीहरुले समाचारमा भनेका छन, ‘चीन सरकारले नेपालमा चिनियाँ मुद्रामै लगानी ग्यारेन्टीको प्रत्याभूति गर्न छोटो समयका लागि चिनियाँ मुद्राको निक्षेप गर्न थालेको पाइएको छ ।
चिनियाँ युआनको लगानीको मात्रा तीन प्रतिशत मात्र रहेको र यो भारतीय मुद्राको तुलनामा कम भएपनि अमेरिकी डलर, जापानी येन, यूरो लगायतका तुलनामा भने निकै धेरै हो ।’
यता, नेपालमा भारतीय मुद्राको लगानी भने ६ प्रतिशत रहेको र अब उसँग प्रतिस्पर्धा गर्ने मुद्रा नेपालमा चिनियाँ युआननै देखिदै गएको संकेत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्हवाले समाचार लेखेको छ ।
यता, नेपालमा भारतीय मुद्राको लगानी भने ६ प्रतिशत रहेको र अब उसँग प्रतिस्पर्धा गर्ने मुद्रा नेपालमा चिनियाँ युआननै देखिदै गएको संकेत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्हवाले समाचार लेखेको छ ।
चिनियाँ युआनमार्फत लगानी बढ्नु सुःखद
नेपालमा चिनियाँ युआनमार्फत लगानी बढ्वा हुनु सुःखद रहेको अर्थशास्त्रीहरुको तर्क छ । विश्व बजारमा आफ्नो प्रभाव बढाउन सफल भएको चिनियाँ युआनको छिमेकी मुलुक नेपालमा यसअघि निकै कम प्रभाव थियो ।
पछिल्ला वर्ष युआनमार्फत लगानी बढ्नु निकै खुसीको कुरा भएको एकथरी अर्थविदहरुको तर्क छ । पछिल्ला वर्ष चीनले यूरोपमा आएको वित्तिय संकट र अमेरिकामा देखिन थालेको आर्थिक मन्दीलाई विश्वमा डलर असफल हुँदै गएको र चिनियाँ युआनले त्यसको स्थान लिँदै गएको तर्क गरिरहेको छ ।
त्यसर्थ, विश्व बजारमा आफ्नो प्रभाव जमाउँदै गएको युआन नेपाली बजारमा भित्रिनु सुःखद रहेको र यसले भारु र अन्य विदेशी मुद्राको कारोबारमा प्रतिस्पर्धा बढ्ने विश्लेषण गर्न थालिएको छ ।
0 comments
Write Down Your Responses