top_rightads

महिनौ दिनपछि मैदानमा पुनरागमन गर्दै : विमल घर्ती मगर

बहिनीसँग जोडिएका सम्झना स्मरण गर्दै उनी थप्छन्, 'म बेल्जियम हुँदा पनि नियमित सम्पर्क हुन्थ्यो। त्यहाँबाट केही ल्याइदिन्छु भनेको पनि थिएँ। तर, मैले ल्याउनुअघि उनी हामीबाट टाढा भइन्। हामी उनलाई एकदमै 'मिस' गरिरहेका छौं। एकदम न्यास्रो लागेर आउँछ। '

जेठ १२ गते बहिनी मनीषा घरमै मृत फेला परेकी थिइन्। भनिन्छ, समयले ठूला घाउ पनि पूर्दै जान्छ। 'सानैमा बुबा गुमायौं। अहिले बहिनी,' निराश हुँदै विमलले भने, 'तर मान्छेको जीवनमा जे जस्तो घटना भए पनि सहनु बाहेक अर्को विकल्प नहुने रैछ।' विमलको परिवारले मनीषाको मत्युको आशंकामा किटानी जाहेरी दिएको छ। जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। विमल न्याय पाउनेमा आशावादी छन्।
जस्तै परिस्थितिमा पनि जीवन अघि बढाउनुपर्छ भन्ने बुझिसकेका विमल पुरानै कर्ममा फर्कने प्रयासमा जुटेका छन्। उनी भन्छन्, 'जे भयो त्यसलाई बदल्न सकिन्न। फुटबल मेरो जीवन हो। अब फेरि खेल जीवनलाई अघि बढाउनुपर्छ।' आमा र हजुरबुबालाई घरमा छाडेर उनी राजधानी फर्केका हुन्।
बुधबारबाट उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भएका छन्। तर  उनी पहिलाकै अवस्थामा खुसी हुन सकेका छैनन्। 'म खुसी हुन चाहन्छु तर सकिरहेको छैन,' उनले अनुभव सुनाए, 'पहिला मलाई ट्रेनिङमा एकदमै रमाइलो लाग्थ्यो। त्यही अवस्थामा पुग्न सायद अझै केही समय लाग्ला। बहिनीले पनि उनलाई सधैँ अघि बढ्ने सल्लाह दिएको अहिले पनि सम्झन्छन्। 'दाइ धेरै राम्रो गर्नुभएको छ। तपाईका कारण हामीलाई सबैले चिन्छन्। तपाई अझै अघि बढ्दै जानुपर्छ, भन्थिन्।'
अहिले पुनरागमनका लागि पनि आमाले प्रेरित गर्नुभएको विमल बताउँछन्। 'बाबु फुटबलले नै तँलाई यहाँसम्म पुर्‍याएको छ। अझै तैले धेरै गर्नुछ। फुटबलमा अझै राम्रो गर्दै जानू भन्नुभयो। त्यही प्रेरणा र प्रशंसकको मायाले म फेरि प्रशिक्षणमा फर्केको छु।'
उनी फेरि पनि बेल्जियम जाने योजनामा छन्। तर, ठ्याक्कै कहिले जान्छु भन्ने अनुमान गरेका छैनन्। बेल्जियममा रहेका उनका एजेन्ट रेगार्ड लुइसले भने पटक पटक आउन खबर गरिसकेका छन्। 'अब चोट पूर्ण रूपमा ठिक भएको छ तर फिट हुन बाँकी छ,' उनले भने, 'म पूर्ण रूपमा फिट हुनका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा आएको हुँ। फिट भएपछि जाने सोचमा छु। लुइसलाई मैले केही समय लाग्छ भनेको छु।'
उनी पछिल्लोपटक बेल्जियम उपचारकै लागि गएका थिए। फागुनमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा उनको बायाँ घुँडामा चोट लागेको थियो। 'यहाँ निको हुन समय लाग्छ भनिएकाले म बेल्जियम भएको थिएँ। त्यहाँ २० दिनमै मेरो चोटमा निकै सुधार आयो। नियमित फिजियो र अभ्यास गरेको थिएँ,' नेपालले पछिल्लो वर्ष प्राप्त गरेको तीन ठूला सफलतामा महŒवपूर्ण सदस्य रहेका विमलले भने, 'लगभग ठिक हुन लागेको थियो। यता बहिनीको घटना भएकाले फर्कें।' नेपालले भदौमै विमलकै कप्तानीमा साफ यु–१९ च्याम्पियनसिप जितेको थियो भने माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप र फागुनमा १२ औं सागमा स्वर्ण पदक जित्दा विमल राष्ट्रिय टोलीका सदस्य थिए।
विमलको लक्ष्य बेल्जियमकै कुनै क्लबमा आबद्ध हुनु हो। तर, बेल्जियम जानुअघि यता कुनै प्रतियोगिता भएमा भने खेल्ने सोचमा छन् उनी। 'मेरो पहिलो प्राथमिकता बाहिर जाने नै हो,' १९ वर्षे उनले सुनाए, 'तर जाने मिति तय भएको छैन। उता जानु अघि समय भयो भने यहाँ पनि खेल्छु। गतवर्ष सुदूरपश्चिमबाट लिग खेलेका विमल अहिले कुनै पनि घरेलु क्लबमा आबद्ध छैनन्।

0 comments

Write Down Your Responses