बिराट राजा र दरबार सम्बन्धी जानकारी
विराट राजाको दरवारसम्बन्धी जनविश्वास अनुसार महाभारत कालमा त्यस क्षेत्रमा पाण्डवहरू गुप्तवासका लागि आएका थिए। प्रचलित किंवदन्ती अनुसार विराट राजाको दरवार रहेको यस क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी (गुप्तचर) पठाएका थिए। जस आधारमा यसको नाम भेडियारी भएको हो भन्ने जनवश्विास छ।
भेडियारीमा वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन् गर्दा ४० वटा पंचमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो। तसर्थ उक्त ढिस्कालाई इशापूर्व कालको अवशेष मानिएको छ। विराटराजको दरबार क्षेत्रको मन्दिरको उत्खनन् गरिएको भग्नावशेष क्षेत्र आसपासमा आधा दर्जनभन्दा बढी पोखरीहरू पनि छन्, जसलाई स्थानीयवासीहरूले उक्त समयमा विभिन्न प्रयोजनका लागि बनाईएको बताउँदै आएका छन्। त्यहाँका पोखरीहरूलाई धरवा, किचकबध, भंसिया, थरथोवा, गुहिया, दिघरी र बहरवा पोखरी नाम दिएका छन्। स्थानिय मानिसहरूले महाभारतका कथा कण्ठस्थ पारेका छन् र त्यहाँ जाने जोकोहीलाई पनि उनीहरू त्यहाँका प्रत्येक स्थानलाई यहाँ फलानोले यसो गरेका थिए भनी बताउने गर्दछन।

विराट राजाको दरवारको भग्नावशेषबाट प्राप्त सामाग्रीहरू


0 comments
Write Down Your Responses