नेदरल्याण्ड्सबिरुद्ध हुने आसन्न बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका लागी १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । टोलीमा गत महिना ईङ्ल्याण्ड भ्रमणमा गएका अधिकांश खेलाडी समाबेश छन् । पारस खड्काको कप्तानीमा घोषित टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र बिनोद भण्डारीले स्थान बनाएका छन् । त्यस्तै, राजु रिजाल, करण केसी, अनिल कुमार मण्डल, सन्दिप लामिछाने, बिक्रम सोब, राजेश पुलामी मगर र सुनिल धमला पनि नेदरल्याण्ड्सबिरुद्ध खेल्ने राष्ट्रिय टोलीमा टोलीमा परेका छन् । आईसीसी प्रतिनिधि, मुख्य प्रशिक्षक र टिम क्याप्टेन रहेको छनौट समितिले नेपाली टोली छनौट गरेको हो । नेपालले आगामी अगष्ट १३ र १५ मा नेदरल्याण्डसको घरेलु मैदानमा बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्नेछ । ६ खेलको समाप्तीमा नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा रहदा नेपाल भने ४ अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ । आठ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०१९ को एकदिवसीय बिश्वकपको छनौट खेल्ने अबसर प्राप्त गर्नेछन् ।
top_rightads
नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा



0 comments
Write Down Your Responses