top_rightads

बच्चा जन्माउन असमर्थ भएको भन्दै श्रीमानले श्रीमतीको दुवै हात काटे

नाइरोवि– केन्याका एक व्यक्तीले विवहा गरेको ७ वर्षसम्म पनि बच्चा नजन्माएको भन्दै आफ्नी श्रीमतीको दुवै हात काटिदिएका छन्।
स्टेफिन नाजिना नाम गरेका उक्त मानिसले आफ्नी श्रीमती ज्याकलिन मेवेन्डिले स्वास्थ परीक्षणपछि आफू बच्चा जन्माउन असमर्थ रहेको जनाएपछि उनीमाथी आक्रमण गरेका थिए। आफ्नै घरमा धारीलो हतियार प्रयोग गरी उनले श्रीमतीको दुवै हात काट्नुका साथै उनको टाउको र कानमा समेत गहिरो चोट पुग्ने गरी आक्रमण गरेका थिए।
स्थानीय महिला समुह तथा प्रहरीको टोलीले घटनापछि मेवेन्डिलाई स्थानीय एक अस्पताल पुर्याएका थिए।  उनका श्रीमान नाजिनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

,

0 comments

Write Down Your Responses