डन्डिफोरको घरेलु औषधि
युवावस्थामा प्रबेश गरेसंगै हाम्रो शरिरको हर्मोनमा पनि तिब्र परिवर्तन आउन थाल्छ। यहि अबस्थामा हाम्रो छालाको हेरचाह गरन पनि प्रशस्त समय हुदैन जसले गर्दा छालामा बिविन्न समस्या देखा पर्न थाल्छ। खासगरि यो अबस्थामा आउने डण्डिफोरको कारण अनुहार बिग्रने समस्या एकातिर हुन्छ भने अर्कोतिर डण्डिफोर बिग्रेर बस्ने दागले अनुहारलाई झनै नराम्रो बनाइदिन्छ ।
सुन्दर छला र स्वस्थ्य शरिरको चाहना सबैमा हुन्छ तर यो सबैको भागमा भने पर्दैअ। तर थोरै मात्र पनि आफ्नो शरिरको ख्याल गरेमा जो खोहिले पनि आफ्नो छालालाइ सुन्दर बनाउन सक्छ। यसको लागि दिनहु पार्लर धाइराख्नु पनि पर्दैन। घरेलु बिधि प्रयोग गरेर पनि चालामा आउने दागहरु सजिलै हटाउन सकिन्छ।
आउनुहोस जानौ केहि घरेलु उपायहरु :
१: मेथीको पेस्ट
बनाउने विधि: मेथिको पातको पेष्ट बानेर अनुहारमा मास्क लगए जस्तै लगाउनुहोस् र करिब ३० मिनेटपछि अनुहार राम्ररि धुनुहोस ।
२: जैतून तेल
विधि: डण्दिफोरकओ दाग भएको ठाँउमा दिनहु जैतुनको तेल् लगाएर मालिस गर्ने गर्नुहोस। जैतुनको तेलमा मस्चराइज हुने हुनाले दाग मेटाउन मदत गर्छ।
३:घ्यु कुमारिको रस
दाग भएको ठाँउमा घ्यु कुमरिको रसलाइ दिनहु लगाउने गर्नाले दाग चाँडै मेटिन्छ ।
४:मह
दाग आएको ठाँउमा मह लगाएर रात भरि छोड्नुहोस र बिहन उठेर राम्रोसंग धुनुहोस्। यसरि पनि दाग मेटिन्छ ।
५: कागति
दाग भएको ठाउमा कागति दल्नुहोस र केहि बेरपछि धुनुहोस।
६: गुलाबजल
गुलाबजल प्रयोग गरेर पनि दाग हटाउन सकिन्छ। यदि गुलाब्जल् छिन भने गुलाब्को पातको रसलाई पनि प्रयोग गर्न सकिन्छ। यसको लागि गुलाबको पातलाइ केहि बेर पानीमा भिजाएर राख्नुहोस र त्यो पानीलाई प्रयोग गर्नुहोस।
७: आलू को पेष्ट
आलुको पेष्ट बनाएर दाग भएको ठाउँमा लगाउनुहोस र केहि बेर सुख्न दिनुहोस। सुकेपछि पानीले सफा गरि धुनुहोस।
८: गोलभेडाँ
गोल्भेडालाई काटेर दाग भएको ठाँउमा दल्नुहोस र काटेको टुक्रालाई सोहि ठाँउमा केहि समय राखेर धुनुहोस।
९: बेकिंग सोडा
बेकिंग सोडालाई पानीएमा भिजाउनुहोस अनि गाढा पेष्ट बनाउनुहोस। यसरि बनेको पेष्टलाई अनुहारमा दल्नुहोस र मन्तातो पानीले धुनुहोस।
यी बाहेक दिनहु प्रशस्त पानी पिनुहोस। दैनिक हल्का ब्यायम गर्नुहोस। सकेसम्म हरिया सागसब्जि खाने गर्नुहोस। अनुहारलाइ सफा राख्नुहोस। यदि गाढा मेकप गर्नुहुन्छ भने कम गर्नुहोस। यसो गर्नाले तपाइको अनुहरम चमक् आउनुको साथै दागहरु हटेर जान्छन्।
0 comments
Write Down Your Responses