निर्वतमान प्रधानमन्त्री केपीले सरकार बनाउने नाउमा नेकपा माओवादी केन्द्रले अन्य दलहरुसंग चर्को व्याजमा उधारो तमसुक गरेको टिप्पणी गर्नुभएको छ । संसद भव नयाँबानेश्वरबाट कार्यकर्ताका साथ निजी निवस भक्तपुरको बालकोट पुग्नु भएका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै सरकार बनाउन माओवादीले काँग्रेसदेखि साना १६ दलसंग चर्को व्याजमा उधारो तमसुक गर्दै आठ महिनाका लागि सरकार कवुलियतनामामा लिएको टिप्पणी गर्नुभयो । अबको ६–७ महिनाभित्र त्यही उधारो तमसुकले नै सरकारलाई अप्ठेरोमा पार्ने ओलीको भनाई छ । ओलीले आफ्नो ९ महिनाको सरकारले विकासको बाटो कोरिदिएको भन्दै अबको २० बर्षसम्म पनि मुलुक त्यही बाटोबाटै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले विकास निर्माणका कार्य सम्पन्न गर्नका लागि पैसा ठूलो कुरो नभएको भन्दै यसका लागि योजना चाहिने बताउनुभयो । उहाँले विगतमा एमालेले संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै अब संविधान कार्यान्वयनमा पनि अग्रणी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सरकारले कामलाई मुल्याङ्कन गर्दै विरोध र समर्थन गर्ने बताउनुभयो ।
top_rightads
केपी ओलीले भने–माओवादीले अन्य दलसँग चर्को ब्याजमा उधारो तमसुक गर्यो
0 comments
Write Down Your Responses