भिडियो:-
उत्तर कोरियायाबाट भाग्न सफल भएकी एक किशोरी इयोनमी
पार्कको भिडियो अहिले युट्युबमा भाइरल बनिरहेको छ । भिडियोमा उनले रुदै बताएको कोरियाका
जनताले भोग्नु परेको पीडा सुन्दा सबैको मुटु एक पटक ढक्क फुल्छ ।
‘म आज बोल्न बाध्य भएकी छु । यो मेरो मात्र पीडा होइन । उत्तर
कोरियाका सबै जनता चाहान्छन् कि यो सन्देश विश्वले थाहा पाओस्’, आँखाबाट बलिन्द्रधारा
झार्दै उनले भनेकी छिन ।
‘उत्तर कोरिया एक अकल्पनीय राष्ट्र हो । यो देशमा एउटा मात्र टिभी
च्यानल छ । इन्टरनेट पनि छैन । हामीले चाहे अनुसार गीत गाउन,
बोल्न, लगाउन वा सोच्न पाउँदैनौ । त्यहाँ कुनै स्वतन्त्रता छैन’, पार्कले भनिन ।
‘उत्तर कोरिया एकमात्र यस्तो राष्ट्र हो जहाँ मानिसहरुलाई गैरकानुनी
अन्तराष्ट्रिय फोन कल गरेका कारण मृत्युदण्डको सजाय सुनाइन्छ । उत्तर
कोरियाली जनताहरुलाई आतंकीत बनाउने काम गरिएको छ ।’
उनले भनेकी छिन, ‘जब म उत्तर कोरियामा हुर्कदै थिए, मैले कहिल्यै पनि पुरुष
र महिलबीचका प्रेम कथाहरु सुन्न पनि पाइन र देख्न पनि पाइन । यहाँ प्रेमका
किताबहरु, गीतहरु, प्रेसहरु, फिल्महरु पाइदैन । यो देशमा रोमियो जुलिएट पनि
पाइदैनन् । केबल यहाँ किम जोङ उनको प्रोपोगाण्डाको मात्र प्रचारका हुने गर्छ ।
म सन् १९९३ मा जन्मिएकी हुँ । म जन्मिए पछि अपहरणमा परे । मैले मानव
अधिकार के हुन्, स्वतन्त्रता के हो भन्ने थाहा पाउने मौका नै पाइन । उत्तर कोरियाका
जनताहरु स्वतन्त्रताका लागि बाटो खोजिरहेका छन्, मरिरहेका छन् ।’
जब म ९ वर्षकी थिए तब मैले मेरो साथीकी आमालाई
सार्वजनिक रुपमा झुण्ड्याएको देखे । उनको अपराध यतिमात्र थियो कि उनले हलिउड फिल्म
हेरेकी थिइन् ।
यदी कसैले किम शासनप्रति शंका गर्छ भने त्यसको तीन पुस्ताले जेल
सजाय भोग्नुपर्छ वा मृत्युदण्डको सजाय दिइन्छ ।
जब म चार वर्षकी थिए तब मेरी आमाले नसुसेल्न
खबरदारी गर्नुभयो । चरा र मुसाले समेत मैले बोलेको सुन्न पाएनन् । म सोच्थे
उत्तर कोरियाका शासकले मेरो मस्तिष्क पढ्न सकुन् ।
मेरो पिताको मृत्यु चीनमा भएको थियो जब हामीले उत्तर कोरियाबाट भाग्न
सफल भयौ । मैले मेरो बुबाको लाशलाई राति ३ बजे सुटुक्क गाडेकी थिए ।
‘जब म १४ वर्षकी थिए, म कराउन पनि सकेकी थिइन । कसैले मलाई
उत्तर कोरिया फर्काइदिने त होइनन् भन्ने डर लाग्थ्यो ।’
‘जुन दिन उत्तर कोरियाबाट भाग्न सफल भए, सोही बेला मैले मेरो आमाको
बलात्कार भएको देखे । त्यो बलात्कारी चिनियाँ दलाल थियो । उसले मलाई निशानामा
राखेको थियो । म १३ वर्षकीमात्र थिए । तर कोरियामा एउटा भनाइ छ ‘महिलाहरु
कमजोर हुन्छन् तर आमाहरु बलिया हुन्छन् ।’ मेरी आमाले आफ्नो बलात्कार
गर्न आग्रह गरिन् र मेरो रक्षा गरिन् ।’
‘उत्तर कोरियामा ३ लाखभन्दा बढी शरणार्थीहरु चीनमा
रहेका छन् । उनीहरुको अवस्था निकै दयनीय रहेको छ ।’
‘७० प्रतिशत महिला, किशोरी केटीहरुलाई पिडा दिने काम गरिएको छ ।
कतिपय अवस्थामा उनीहरुलाई २०० डलरमा समेत बेच्ने गरिएको छ ।’
‘हामी गोवी मरभूमीमा कम्पासको सहयाताले बाटो पहिल्याउँदै
हिड्यौ । जब कम्पासले काम गर्न छोड्यो तब ताराहरुको भरमा हामी अगाडि बढि नै
रह्यौ । मलाई लाग्यो हाम्रो भन्नु त्यही ताराहरुमात्र रहेछन् । जब मंगोलिया
पुगियो तब स्वतन्त्र भएको महसुस ग¥यौ । मृत्यु वा आत्मसम्मान । हामीले
आफैलाई मार्ने अवस्था पनि आएको थियो । यदी हामीलाई उत्तर कोरिया
फर्काइएमा यस्तो निर्णय लिन बाध्य हुने थियौ । हामी मानव भएर बाँच्न
चाहन्थ्यौ ।’
मानिसहरुले मलाई प्राय सोध्छन्, ‘उत्तर कोरियाका मानिसहरुलाई कसरी मदत
गर्न सक्छौ ?’
‘उनीहरुलाई मदत गर्ने धेरै बाटाहरु रहेका छन् । तर म यहाँ तीनवटा
कुरा उल्लेख गर्न चाहान्छु ।
१. शिक्षित बन्नुहोस् । जसका कारण मानव अधिकारको संकटबाट तपाईले उत्तर कोरियामा
आवाज उठाउन सक्नुहुनेछ ।
२. उत्तर कोरियाबाट भागेका शरणार्थीहरुलाई मदत तथा सहयोग गर्न
सक्नुहन्छ जो स्वतन्त्रताको खोजीमा रहेका छन् ।
३. चीनले उत्तर कोरियालाई गर्दै आइरहेको प्रत्यावर्तन रोक्न याचिका दायर
गर्नुहोस् । हामीले सधै अध्यारोमा बास बसेका छौ । यो उत्तर कोरियाका
मानिसहरुको मात्र मानव अधिकार होइन । यो हाम्रो अधिकार जहाँ उत्तर कोरियाका शासकले
७ दशकदेखि दमन गरिरहेका छन् । विश्वका अन्य राष्ट्रहरु रहेका छन् जसले
प्रत्यावर्तन रोक्न चीनलाई दबाब दिन सक्छन् ।’
‘सम्रगमा भन्नुपर्दा, वन योङ वल्र्डका चाइनिज डेलिगेटले यसमा प्रमुख भुमिका निर्वाह
गर्न सक्छन । यसबारे विश्वभरलाई जानकारी दिन सक्छन् ।’
‘उत्तर कोरिया एउटा यस्तो राष्ट्र हो जसलाई व्याख्या गर्न सकिदैन । कोही पनि
मानिसलाई ऊ सोही ठाउँमा जन्मेको आधारमा दबाएर राख्न पाइदैन ।
हामीले शासकलाई भन्दा पनि त्यहाँ रहेका जनताबारे सोच्ने बेला आएको छ
जसलाई भुल्ने काम भएको छ ।’
उनले यो भनिसकेपछि डेलिगेट्स तथा विभिन्न संघ सस्थालाई उत्तर कोरियालाई स्वतन्त्र
बनाउन कदम चाल्न आग्रह गरेकी छिन् । यो बक्तव्य दिइरहँदा उनका आँखाबाट
आशु झरिनै रहे भने उनलाई सुनिरहेका मानिसहरु पनि रोइरहे ।
भिडियो
साउदीमा मालिक र प्रहरीले नेपालीलाई यस्तो निर्घात पिट्यो । मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् ।
तीन महिना गाडीको इन्जिन बिग्रिएको घटनालाई लिएर साउदी अरबमा गाडी मालिक र प्रहरी मिलेर चार जना नेपालीलाई निर्घात कुटपिट गरेका छन् ।
साउदी अरबको दमामस्थित ‘हमाद जे अल अजमी जेनरल कन्ट्रयाक्टिङ’मा कार्यरत ती ड्राइभरहरुलाई मालिकले आफ्नो घर नजिकै प्रहरी बोलाई कुटपिट गरेका हुन् ।
मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् । पीडितले आफूहरुलाई उद्धार गर्न नेपाली दूतावासलाई अनुरोध गरिसकेका छन् । पीडितको तर्फबाट परराष्ट्र मन्त्रालयमा समेत उद्धारको लागि निवेदन दिइएको छ ।
पीडित मध्ये बुटवलका ४० वर्षीय हस्तलाल केसीले आफूहरुमाथि भएको अन्याय यसरी सुनाए ।
‘म साउदी अरबमा आएको २९ महिना हुँदैछ । हामी हाल १८ जना नेपाली कार्यरत छौं । कम्पनीले ड्राइभर र गाडी सहित विभिन्न कम्पनीमा सप्लाईमा पठाउने गरेको थियो । हामी दमामको मदिना भन्ने ठाँउमा काम गर्थ्यौं । बाँकी साथीहरु रियाद, जिजान (यमनको बोर्डर)मा काम गर्छन् ।
तीन महिनाको अघिको कुरा हो । इदको बेला गाडी पार्किङ गरेर क्याम्पमा आएका थियौं । हामीले पार्किङ गर्ने ठाँउमा डेढसय भन्दा बढी गाडी पार्किङ गरेर राख्ने गर्छौं । त्यहाँबाट ५०० सय मिटरको दुरीमा हामी बस्छौ । जहाँ ५ सयभन्दा बढी कामदार बस्ने गरेका थियौं । त्यस बेला सहकर्मी जयलाल यादवले चलाउने गाडीको इन्जिनमा कसैले चिनी हालिदिएछ । त्यसपछि गाडीको इन्जिन नै जल्यो । काम लागेन । कम्पनीले छानबिन गर्यो केही पत्ता लगाएन ।
मेरो गएको जुलाई २५ तारिख नेपाल फर्किने समय थियो । नेपालीले छाडेर यही कम्पनीमा नफर्किने भएकोले मलाई पनि जना दिइरहेको थिएन । जानेहरुलाई ३५ सय रियाल धरौटी राखेर मात्रै पठाउँथे । गत हप्ता छानबिनको लागि भन्दै मदिनाबाट दमाम बोलायो । त्यसपछि हामीलाई दमामको हापुक सिटी नजिकै उदलिया भन्ने स्थानमा ल्याएर राख्यो । यो मालिक बस्ने घर नजिकै हो ।
मालिकले हामी बसिरहेको ठाउँमा चिनेको प्रहरीलाई लिएर आयो । कोठामा मोरङका २८ वर्षीय हिक्मत श्रेष्ठ, पाल्पाका २८ वर्षीय नारयणमल्ल ठकुरी, प्युठानका २८ वर्षीय हिमाल मगर र एक पाकिस्तानी थियो । पाकिस्तानीलाई थोरै हिर्काएर साइड लगायो । मालिकले पाकिस्तानीलाई धेरै पिट्यो भने अरु पाकिस्तानीले बबाल गर्छ भन्दै थप पिटेन । त्यसलाई हामी चार जनालाई भने निर्घात पिट्यो । म सहित सबै साथीहरुको जिऊमा डामैडाम छ ।
त्यसपछि हाम्रो लाइसेन्स, अकामा (परिचयपत्र), मेडिकल कार्ड सबै खोसेर लिएर गयो । मालिकले एक जनालाई जिम्मेवारी लिन भनेर सात दिनको समय दिएको छ । ५ दिन बितिसकेको छ । दुई दिन अब बाँकी छ । जिम्मेवारी नलिए फेरी प्रहरी बोलाएर ल्याउने र केही मुद्दा लगाएर जेल पठाउने धम्की दिएको छ । हामीले दमाममा रहेको दूतावासका प्रतिनिधि हरिप्रसाद घिमिरेलाई पनि आएर उद्धार गर्न भनेको छु । उहाँले मालिकसँग कुरा भइरहेको जनाउँदै हामीलाई राखेको ठाउँमै आउने भनिराख्नुभएको छ ।
हामी चाहन्छौं कि हामी माथि थप कुटपिट नहोस् । सकुशल उद्धार भएर स्वदेश फिर्ने वातावरण बनोस् । बाँकी साथीहरु पनि नेपाल फिर्ता हुन चाहिरहेका छन् ।
कान्तिपुरबाट

साउन, काठमाडौं । साउदीको जेद्दास्थित महाबाणिज्यदूतावासले तलव नपाएर तथा कम्पनी बन्द भएर अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग उपलब्ध गराउन सुरु गरेको छ । एक विज्ञप्ति जारी गरेर महाबाणिज्यदूतावासले ‘साउदी ओगार’ नामक निर्माण कम्पनी बन्द हुँदा समस्यामा परेका ४१ जना नेपालीहरुलाई खानाको व्यवस्था गरिएको जानकारी दिएको छ ।
दूतावासलाई जुलाइ २७ मानै नेपालीहरुले मेस बन्द भएकाले बाँच नै समस्या परेको भन्दै गुनासो गरेका थिए । सो कम्पनीमा कार्यरत नेपालीहरुले गत जनवरीदेखि नै तलव पाएका थिएनन् ।
कम्पनीबाट फर्किन चाहाने ६ जनालाई नेपाल फिर्ता पठाइसकिएको दूतावासले जनाएको छ । अन्य साउदी छोड्न चाहाने कामदारलाई जतिसक्दो छिटो एक्जिट भिसा उपलब्ध गराउन त्यहाँको श्रम मन्त्रालयसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै अन्य कम्पनीमा ट्रान्सफर हुन चाहानेका लागि पनि महाबाणिज्य दूतावासले समन्वय सुरु गरेको जनाएको छ । यस्तै महाबाणिज्यदूतावासले अप्ठेरोमा परेका कामदारलाई रियाद स्थिति दूतावास र जेद्दास्थित महाबाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सीमा क्षेत्र र विश्वबजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण विगत ८/९ महिनादेखि साउदी सरकारले आर्थिक संकट भोगिरहेको छ। आर्थिक संकटसँगै सीमा क्षेत्रको सुरक्षाकै लागि सरकार शैन्य तयारीमा जुट्दै गर्दा विकासको बजेट पनि कटौती भएको छ। विकास वजेट कटौती भएसँगै विनलादेन जस्ता ठूला कम्पनी पनि बन्द भइसकेका छन्। जसका कारण भारतीय कामदारमा प्रभाव परिसकेको छ। नेपाली कामदारमा भने ठूलो समस्या देखा नपरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयले नेपाली कामदारलाई आउने जुनसुकै समस्याको समाधान र उद्दार गर्न कुनै पनि कसर बाँकी नराख्नेगरी तयारी अवस्थामा रहने लम्सालले बताए।
साउदी अरबमा आर्थिक संकट गहिरिँदै गएपछि रोजगारीको क्रममा साउदी अरब पुगेका नेपाली श्रमिक समस्यामा परेका छन्।
हाल कम्पनीहरुले तलब नदिने र घर फर्किन पासपोर्ट पनि नदिएका कारण हजारौं कामदार ‘भोकभोकै’ परेको भन्दै भारतीय विदेश मन्त्रालयले उद्दारको प्रयास थालेको सन्दर्भमा हजारौं संख्यामा रहेका नेपाली श्रमिक पनि समस्यामा परेको अनुमान छ।
यद्यपी श्रम तथा रोजगार मन्त्रालयले भने तत्काल ठूलो समस्या नदेखिएको भन्दै आउन सक्ने जोखिमप्रति सजग रहेको जनाएको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने जिम्मेवारी पाएको वैदेशिक रोजगार विभागले केही नेपाली कामदार पनि समस्यामा परेको खबर पाएको जनाउँदै समाधानको लागि पहल थालिएको बताएको छ।
‘साउदीमा विदेशी श्रमिक समस्यामा परेका छन्, त्यहाँ नेपाली पनि रहेकोले हामीले म्यानपावर कम्पनीहरुलाई पनि खबर गरेका छौँ’, विभागका महानिर्देशक शत्रुग्धन पराजुलीले सेतोपाटीसँग भने।आफूहरुले ‘ब्यूरोक्रेटिक’ तहमा गर्नेजति पहल गरिरहे पनि सरकार परिवर्तनका कारण राजनीतिक तवरबाट पहल नभएकोले प्रभावकारी कदम चाल्न नसकिएको पराजुलीले बताए।
‘हामीले दुतावास, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लगायत सबै निकायहरुमा खबर गरिसकेका छौँ तर अहिले मन्त्री पनि नभएको अवस्थामा प्रभावकारी पहल हुन नसकेको सत्य हो’ पराजुलीले भने।
साउदीमा केही कम्पनीमा कार्यरत कामदारमा मात्र समस्या भए पनि सबैमा नभएको पराजुलीको भनाई छ। ‘तत्काल ठूलो समस्या छैन तर पनि भविष्यमा हुन सक्ने समस्याप्रति भने सचेत हुनैपर्छ’ उनले भने।
यसैबीच श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले नेपाली कामदारको हकहितका लागि मन्त्रालय दुतावास र सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताए। ‘नियमित रुपमा आउने समस्या अहिले पनि छन्’ सेतोपाटीसँग लम्सालले भने, ‘अहिलेका परिस्थितिको बारेमा मन्त्रालय पनि जानकार छ तर नेपाली कामदारलाई कस्तो परिस्थिति आउँछ अहिले भन्न सक्ने अवस्था छैन।’
नेपालीलाई आउने जुनसुकै समस्याको समाधान र उद्दार गर्न कुनै पनि कसर बाँकी नराख्ने गरी तयारी अवस्थामा मन्त्रालय रहने लम्सालको भनाई छ।
‘रोजगारीका लागि साउदी जाने नेपाली कामदारलाई समेत कम्पनीको आर्थिक अवस्था र कामको प्रवृत्ति बुझेर मात्र जान मानवताको नाताले आग्रह गर्दछु’ उनले भने, ‘रोजगारीका लागि माग ल्याउने र पठाउने म्यानपावर कम्पनीरलाई पनि सचेत रहँदै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न आग्रह गर्दछु।’
साउदी अरेवियामा आर्थिक संकटकै कारण विभिन्न देशबाट गएका कामदार समस्यामा परेको र त्यसमै केही नेपाली पनि परेको बताउँछन् वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ।
त्यहाँ कार्यरत श्रमिक संख्याको अनुपातअनुसार तत्काल भारतीय कामदारले मात्रै अन्य नागरिकको तुलनामा ठूलो समस्या भोग्नु परेको गुरुङको भनाई छ। ‘यो समस्या नेपाली कामदारको हकमा भने तत्काल लागू नहुन सक्छ, नेपालीको तुलनामा भारतीय धेरै हुँदा पनि यस्तो समस्या आएको हो’ गुरुङले भने।
पेट्रोलियम पदार्थमा निर्भर साउदी अरबको अर्थतन्त्र तेलको मूल्यमा गिरावट आएसँगै सुस्त भएको छ। साउदी सरकारले खर्च कटौती गर्दै तेलमाथिको निर्भरता कम गर्ने भन्दै महात्वाकांक्षी नीति सार्वजानिक गरेको थियो।
साउदी सरकरले सीमा क्षेत्रमा आएको समस्या समाधानको लागि भन्दै विकास बजेट कटौती गरेर शैन्य तयारीमा जुटेको थियो। त्यससँगै विकासका काम अगाडि नबढ्दा विभिन्न देशबाट रोजगारमा जानेको संख्या घट्न थालेको विश्लेषण गरिएको छ।
विकास निर्माणको काममा कमी आउनासाथ निर्माणको क्षेत्रमा काम गरिरहेका दर्जनौं कम्पनी बन्द हुन पुगे र नयाँ कामदार पनि लिन सकेनन् भने उल्टै पुराना कामदार कटौती गर्न थाले।
तेलको मूल्यमा कमी आएसँगै साउदीको आम्दानी पनि खुम्चिएको थियो। त्यसको प्रभाव ठूला ठूला उद्योगहरुमा पर्यो। जसको शिकार भयो साउदीकै सबैभन्दा ठूलो निर्माण कम्पनी बिनलादेन। यसकै अन्डरमा रहेका डेढ सयभन्दा बढी कम्पनी समस्याग्रस्त हुँदा पचासौं हजार कामदार बेरोजगार भएका थिए।
नेपालबाट अहिले पान्डा, अलमराई जस्ता बहुराष्ट्रिय कम्पनीहमा कामदार गईरहेका छन्। महासचिव रोहन गुरुङका अनुसार मलेसियाले गत आर्थिक वर्षमै अन्य मुलुकबाट कामदार लिन छोडेसँगै साउदी, कतार र दुबइ जाने नेपालीहरुको संख्या बढ्दो छ।
अघिल्लो आर्थिक वर्ष ७१/७२ मा भन्दा गत आर्थिक गर्ष ७२/७३ मा नेपालबाट रोजगारीका लागि जाने संख्यामा वृद्धि भएको छ । समग्रमा विदेशिने संख्या गत वर्ष करिब १८ प्रतिशतले गिरावट आए पनि साउदी जाने संख्या भने डेढ लाखको हाराहारीमा रहेको छ।
कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार डेनमार्कको राजधानी कोपनहेगेनमा समापन भएको छ।
नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपाली, नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघबीच हुँदै आएको सहकार्यलाई अझ बिस्तार गर्न सो रकम नेपालमा लगानी गर्ने निर्णय भएको हो। लगानीसम्बन्धी कानूनी बाधा फुकाउन सम्बन्धित निकायमा पहल गर्न महासंघ र एनअारएनबीच संयुक्त कार्यदल बनाउने निर्णय पनि बैठकले गरेको छ।
‘देशको समृद्धि नै हाम्रो चाहना हो। जसको लागि लगानीको वातावरण पहिलो आधार हो। अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन गरी देशलाई पूर्ण स्थायित्वकाे बाटोमा हिँडाउदा एक तहको बिश्वास लिन सकिन्छ’, बैठकपछि जारी १३ बुँदे निर्णयमा भनिएको छ, ‘जसको लागि प्रमुख राजनीतिक दलहरुबीचमा सहमती र सहकार्य होस् भन्ने संघको मान्यतालाई यो बैठक पूर्ण रुपमा समर्थन गर्दछ।’ लगानीको वातावरण तयार पार्न अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयनमा एनआएनले जोड दिएको छ।
विदेशबाट आएको दुई घण्टामै अर्घाखाँचीको नुवाकोट गाविसमा आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि एक युवकले आत्महत्या गरेका हुन् ।
नुवाकोट गाविस २ मरौदीका टेकबहादुर केसी १० महिनापछि कतारबाट घर आएका थिए । उनले घरमा आएलगत्तै श्रीमति २४ वर्षीया सिर्जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने प्रयास गरेका आजको अन्नपूर्णमा समाचार छ ।
श्रीमती हत्या प्रयासपछि केसी आफैले घरनजीकै रहेको काभ्रोको बोटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
श्रीमानको आक्रमणबाट घाइते भएको श्रीमती सिर्जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पतालबुटवलमा उपचार भइरहेको छ । उनको स्थिति खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।
उनीहरुका तीन वर्षकी एउटी छोरी छिन् ।
उनीहरुका तीन वर्षकी एउटी छोरी छिन् ।
विदेशबाट आएलगत्तै उनले बुबा र श्रीमतीलाई सल्ला छ भनेर कोठमामा बोलाएका थिए । बाबुको घाटी न्याक्न थालेपछि बाबु भाग्न सफल भएका थिए भने उनले श्रीमतीलाई धारिलो बसिला प्रहार गरेका थिए ।
टेकबहादुले आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने योजना किन बनाएका थिए र उनले किन आत्महत्या गरे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार ।
म एउटा समान्य कुल्ली हाल साउदिको हायल सेन्टर जेल बाट । प्रधानमन्त्री ज्यु मलाइ खासै लेख्न त मन केहि थिएन तैपनि अन्तिम आशा लिएर आफ्नो वेदना तपाई सामु राख्दैछु । हुनत यो पत्र तपाईंले पढ्नु हुन्न भन्ने मलाई जानकारी छ तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्ने छन । कहिले युद्ध ,कहिले बन्द ,त कहिले को हडताल को चपेटामा परि स्वदेश मा आफुले ऋण गरेरै भयनी किनेको त्यै एउटा मिनिबस समेत चलाउन नसक्ने अवस्था भय पछी फ़ेरि भयको जमीन समेत धितो राखेर साउदिको खाडिमा कुल्ली बन्न आयको म अभागी लाइ यस्तो दिन लाग्छ भन्ने के थाहा मन्त्री ज्यु ।
यहा आयको केहि दिन सम्म त काम र माम को कुनै ठेगाना भयन तर केहि दिन पछी भने नेपाल मा गरियको करार नाम भन्दा फरक भय पनि साउदिकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पायको थिय सायद मेरो लागी त्यो काम नै अभिसाप थियो होला । मन्त्री ज्यु काम त जसो तसो चल्दै थियो मेरो तर यसरी दैब नै म माथी खनिय पछी मेरो केहि लागेन ।कम्पनी बाट सिमेन्ट लोड गरि कम्पनी कै पार्किङ मा राखेको मैले चलाउने माहबाहक ट्रकमा पाकिस्तानी नागरिक चढी आयको कार आपसमा ठोकिदा कारमा सवार पाकिस्तानी को घटना स्थल मै मिर्तु हुनु नै मेरो लागी सबैभन्दा ठुलो अभिसाप बन्यो । अरुको देस अरुकै सासन अरुकै कानुन म एउटा सामन्य कुल्ली मैले बोलेको कस्ले सुन्ने त्यहा । भन्नेले त घरदेस सम्म पनि रक्सी खायर गाडी चलायको भन्ने गलत सन्देश गाउ गाउ मा भनि सकेका रहेछन तर कठै साउदिको ठाउ त्यो पनि गाडी चलाउने ड्राइभर कसरी खाने कसरी चलाउने …?
केहि ज्ञान त मलाई पनि थियो बिदेशी भुमिको ठाउ रक्सी खायर सबारी चलाउदा कस्तो स्थिति हुन्छ भन्ने र म सजक पनि थिय तर आफ्नो दिनै बिगृय पछी कस्लाइ दोस दिनु ।
पार्किङ मा दुर्घटना भय पस्चात पाकिस्तानि र अन्य धेरै मानिसको बाक्लो भिड थियो ।यतिकैमा मलाई योजनाबद्द रूपमा फसाउन केहि पाकिस्तानी हरु मिलेर मैले चलाउने गा डि भित्र बियर का खाली बोतल समेत हाल्दियछ्न जुन प्रहरी ले खोजी गर्दा फेला पार्यो । देख्ने र भन्नेलाइ त रमिता भयो तर मैले आसुको भेल बगाइ हप्ता दिन सम्म खाना नखाइ आफ्नो देस परिवार र आफन्त सम्झियर त्यो कालो कोठरी मा रोयको कुरा कस्लाइ के था । मन्त्री ज्यु हो म धेरै नराम्रो सङ फसे यो खाडिमा काम गर्न कम्पनीले बिमा समेत गरेको रहेनछ जुन कुरा मैले म जेल परेको २१ दिन पछी कम्पनी को मालिक आयर मेरो केस सरकार को नामम गरे पछी थाहा पाय । साउदिको कानुन कठोर र कुर भन्ने जानकारी मलाई पहिलै थियो मन्त्रीज्यु त्यसैले मैले बाच्ने आसा मारेर दिन रात रुन बिवस भए ।
समय पनि बित्दै गयो मलाई थुनामा राखेको २१ महिना पछी लामो सम्पर्क र खोजी गर्दा बल्ल बल्ल मिर्तक का आफन्त सम्पर्कमा आय र उनीहरुको माग अनुसार मलाई साउदिको बिसेस अदालत ले मिर्तक का परिवार लाइ छेतिपुर्ती का लागी साउदी रियल( ३ लाख )झण्डै नेपाली (९०)लाख को फैसला सुनायो र समय केहि महिना थप गरि पुन थुनामा पठायो । मन्त्रीज्यु म एउटा समान्य गरिब किसान को छोरा उसैमाथी स्वदेश को ऋण र भुकम्प पीडित कसरी तिरौ यत्रो रकम त्यसैले मन मनै अब नेपाल फर्कन नसक्ने कुरा सोच्न बिवस भए ।
मलाई सतायो परिवार अनि ति साना नानिहरुको मायाले जस्लाइ मैले राम्रो सङ खेलाउन समेत पायको छैन । हुनत अब आसा पनि कता बाट गरौ सहयोग मागौ थोरै पैसा हैन सरकार को आसा गरौ भने मन्त्री ज्यु को कार्यलय मै बिन्तिपत्र आउदा समेत कुनै वास्ता भयन अब दूतावास को त के आसा गरौ र म भेट्न् र बुझ्न समेत आउन मान्दैन न त फोन नै उठाउछ समयमै । सायद आज अफ्गानिस्तान को जेल मा भयको भय सरकार ले पक्कै पनि छुटाउथ्यो होला मलाई पनि तर म ता खाडिको जेल मा न परे ।
मलाई ठुलो आसा थियो र अझै केहि बाकी छ मन्त्री ज्यु तपाईं को नाम म जेल भित्र रहदा पनि धेरै सुन्छु विभिन्न मिडिया बाट तपाईं झुक्दै नझुक्ने नेपाल को छोरा रास्ट्रप्रेमी जस्ले अफ्गान मा मारियका १२ नेपाली को लास केहि घन्टा मै नेपाल झिकायको थियो । तर म मरेर हैन मन्त्री ज्यु जिउदै नेपाल फर्कन चाहान्छु मेरा बाल बच्चा लाइ म दुखै गरेर भयनी केहि पढाउन चाहान्छु। बिन्ती गर्छु मन्त्री ज्यु मलाई बचाउनु होस। सास भय सम्म आस भनेझै मलाई कता कता थोरौ भयनी आसा छ मन्त्री ज्यु बाचेरै स्वदेश फरकने अनि दुख सुख गाउ घरमा गरेरै भयनी परिवार सङ रमाउने ।
कठै कस्ता अभागी रहेछौ मन्त्री ज्यु हामी आज अल्पाआयु मै बिदेशी भुमिमा फासिमा चडनु पर्न कस्तो कर्म हाम्रो ।आज यहा म जस्ता सयौ पीडित छन माननिय मन्त्री ज्यु म ता एउटा ठुलो चोट परेको मात्रै देखियको छु । कस्ले सुन्ने यहा, हामीले पसिना बेचेर पालेको दूतावास मात्रै कमाई खाने थलो बनायका छन न कहिलै हाम्रो पिडा सुन्न आउछन त न कहिलै सहयोग त्यसैले बिडम्बना आज सरकार पनि कहिले आउला रातो बाकस र सलामी दिउला भनि कुरेर बसेको छ ।तर मन्त्री ज्यु मलाई हजुर प्रति आसा छ यदि हजुर साच्चै नेपाल र नेपाली प्रति उत्तरदायी हुनु हुन्छ भने यि र यस्ता समस्यामा पक्कै ध्यान दिनु हुनेछ ।
अन्तमा :अब मेरो नेपाल फर्कन रहर पुरा होला नहोला म भन्न सक्दिन तर मन्त्री ज्यु म जस्तै अरु युवाले आफ्नो प्राणको भिख यसरी खाडिमा आएर यो काल कोठरी बाट माग्नु नपरोस तपाईंहरुको राजनीतिक खिचातानी बन्द होस र युवाहरुले स्वदेश मै रोजगारी गर्न मौका पाउन । म मरेर गएपनी मेरो देस नेपाल बाची रहोस भन्दै मेरो एउटा मात्रै इच्छा जन्म भुमिमा टेक्ने भएको हुदा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी तथा नेपाल सरकार सङ यो अन्तिम पत्र पेस गर्दै बिदा हुन्छु धन्यवाद ।
( उहि अभागी :रामचन्द्र तिमल्सिना कालकोठरीबाट, हाल साउदी हायल सेन्टर जेलबाट। )
अर्घाखाँची साप्ताहिकबाट साभार
सेयर गरि पत्र प्रधानमन्त्री समक्ष पुर्याइदिनु होला !