ईलामको गोर्खे गाविसको चित्रे गाउँमा प्रवेश गरेर नेपाली नागरीकलाई दुख दिने भारतीय सिमा सुरक्षा वल (एसएसवी)का दुई जवानलाई विहीबार स्थानीयले खेदेका छन् । भारततर्फ सामान लैजादै गरेका स्थानीयलाई नेपाल प्रवेश गरेर दुख दिएपछि स्थानीयले उनीहरुलाई कुटपिट गरि लखेटेको स्थानीय विमल तामाङले बताए । सो क्षेत्रमा भएको सो घटनाकोे इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक महेश खनालले पुष्टी गरे । खनालले सादा पोसाकमा भारतका सुरक्षाकर्मी नेपाल आउने र नेपाली सुरक्षाकर्मी भारत जाने क्रम सिमानामा दैनिक जसो हुने गरेपनि विहीबार चित्रे गाउँमा प्रवेश गरेर स्थानीयलाई दुख दिएपछि हात हालाहाल भएको बताए । घटनापछि पुगेका प्रहरी निरिक्षक खनालले स्थानीयले भारतीय सुरक्षाकर्मीले दुख दिएपछि हातपात गरेको बताएको जानकारी दिए । उनले भारतीय पक्षले भने दुख नदिएको दावी गरेको बताए । इलामको पशुपतिनगरमा प्रहरीले ६ जना एसएसबी जवानलाई केहि बर्ष अगाडी पक्राउ गरेको थियो । नेपाल भारत सीमा क्षेत्र मानेभज्याङ नाकाबाट नेपाली भूमि हुँदै पशुपतिनगर निस्किएका ६ जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको थियो । सिमावर्ती क्षेत्रमा नेपाली प्रशासनको न्युन उपस्थितिमा भारतीय सिमा सुरक्षा वल (एसएसवी)ले नेपालीमाथि ज्यादती गर्दै आएका छन् ।
top_rightads
नेपालको सिमा पशुपतिनगरमा ज्याजती गर्ने भारतीय एसएसवीलाई रामधुलाई:
0 comments
Write Down Your Responses