एनआरएन युरोपबासी नेपालीले १ अर्ब लगानी भित्र्याउने
कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार डेनमार्कको राजधानी कोपनहेगेनमा समापन भएको छ।
नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपाली, नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघबीच हुँदै आएको सहकार्यलाई अझ बिस्तार गर्न सो रकम नेपालमा लगानी गर्ने निर्णय भएको हो। लगानीसम्बन्धी कानूनी बाधा फुकाउन सम्बन्धित निकायमा पहल गर्न महासंघ र एनअारएनबीच संयुक्त कार्यदल बनाउने निर्णय पनि बैठकले गरेको छ।
‘देशको समृद्धि नै हाम्रो चाहना हो। जसको लागि लगानीको वातावरण पहिलो आधार हो। अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन गरी देशलाई पूर्ण स्थायित्वकाे बाटोमा हिँडाउदा एक तहको बिश्वास लिन सकिन्छ’, बैठकपछि जारी १३ बुँदे निर्णयमा भनिएको छ, ‘जसको लागि प्रमुख राजनीतिक दलहरुबीचमा सहमती र सहकार्य होस् भन्ने संघको मान्यतालाई यो बैठक पूर्ण रुपमा समर्थन गर्दछ।’ लगानीको वातावरण तयार पार्न अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयनमा एनआएनले जोड दिएको छ।


0 comments
Write Down Your Responses