top_rightads

मोरङका क्रिकेटर सिद्धान्त

सिद्धान्त लोहनी नेपालको राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन्। यिनले कम समयमा नै क्रिकेट प्रेमि तथा अन्तराष्ट्रिय क्रिकेट जगतको मन जितिसकेका छन्। २०१५ विश्व ट्वान्टी ट्वान्टि छनोट प्रतियोगिताको नेपालको समुह चरणको अन्तिम खेलमा जर्सि बिरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले भारतिय कप्तान महेन्द्र सिंह धोनीको स्टाईलमा रहेको हेलिकप्टर सट हानेर बिश्व जगतको ध्यान केन्द्रित गराएका हुन्। नेपाल उक्त प्रतियोगिताबाट बाहिरीय पनि लोहनीको हेलिकप्टर सट धेरैले मन पराएर र हेरेर उनले एक खेलमात्र खेलेपनि आईसिसिको तर्फबाट मेन अफ द सिरिजको खिताब जित्न सफल भए।
छोटो समयमा लामो चर्चा कमाएका लोहनी राष्ट्रिय टिमबाट छिट्फुट मात्र परेका छन । नेपाली क्रिकेट फ्यान सधै लोहनी हेलिकप्टर सट हेर्न आतुर देखिन्छन भने टिम सेलेक्सन गर्ने प्रती रुष्ट हुन्छन किनकि लोहनी सधै टिम बाहिर हुन्छ्न ।। 


नाम: सिद्धान्त लोहनी 
जन्मः सन् 1995, 2 मार्च
 ठेगानाः बिराटनगर,नेपाल

0 comments

Write Down Your Responses