top_rightads

रोनाल्डोले रियलसँगको सम्झौता लम्ब्याए, २०२१ सम्म मडि्रडमै रहने

काठमाडाैं । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले स्पेनिस महारथी रियल मड्रिडसँगको सम्झौता थपेका छन् । उनी कम्तिमा सन् २०२१ को समरसम्म स्पेनिस राजधानीमै रहनेछन् ।
मड्रिडको अखवारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार युरोकप जितेसँगै मियामीमा छुट्टी मनाइरहेका रोनाल्डोले रियलका अध्यक्ष फ्लोरेन्टिन्हो पेरेजसँग फोनमा कुरा गर्दै सम्झौता नविकरण गरेका हुन् ।
३१ बर्षीय युरोपियन च्याम्पियन रोनाल्डोका एजेन्ट जर्ज मेण्डेसले मड्रिडका अध्यक्ष लगायतका पदाधिकारीसँग आगामी साता भेट्नेछन्, जतिबेला रोनाल्डो पनि छुट्टी सकाएर अभ्यासका लागि फर्कनेछन् ।
समाचारमा जनाइएअनुसार रोनाल्डोको बार्षिक पारिश्रमिकमा कुनै उल्लेख्य परिवर्तन भएको छैन । उनले अहिले रियलबाट बार्षिक १६.६ मिलियन पाउण्ड पारिश्रमिक लिँदै आएका छन् ।
फ्रान्समा युरोकपको उपाधि जितेपछि रोनाल्डोलाई प्रशिक्षक जिनेदिन जिदानेले लामो छुट्टी दिएका थिए ।
युरोकपको फाइनलमा फ्रान्सबिरुद्ध बायाँ घुँडाको चोट व्यहोरेका रोनाल्डो अहिले आराम गरिरहेका छन् । उनी सेप्टेम्बरसम्म मैदानबाहिर रहने बताइएको छ ।
जिदानेले उनी फिट नभएसम्मका लागि आराम गरिरहन अनुमति दिएका छन् । उनले बुधबार भने, ‘अहिले रोनाल्डो चोटबाट गुजि्ररहेका छन् , निश्चित रुपमा उनी मैदानमा फर्कन आतुर छन्, तर मैले भनेको छु कि उनले धैर्य गरुन् । उनी छिट्टै मड्रिडमा फर्कनेछन् ।’


0 comments

Write Down Your Responses