Rochak
»
रेखा थापाले भनिन- पहिले बिबाह गर्छु पछि प्रधानमन्त्री बन्छु
रेखा थापाले भनिन- पहिले बिबाह गर्छु पछि प्रधानमन्त्री बन्छु
चर्चित नायिका रेखा थापाले आफू विवाह गर्ने तयारीमा जुटेको खुृलासा गरेकीछिन् । आईतबार रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा बोल्दै नायिका थापाले भनिन्,‘हो, म विवाह गर्ने तयारीमा जुटेको छु, मैले अहिले आएर बुझेको छ कि जीवन के हो भनेर? त्यसैले म विवाह गर्ने निर्णयमा पुगें ।’ नेपाली माटो बुझेको हुनुपर्छ यद्धपी नायिका थापाले आफूले विवाह गर्ने केटा नेपाली

माटोलाई बुझेको हुुनुपर्ने तर्क गरेकीछिन् । उनले अघि थपिन्,‘म सँग विवाह गर्ने केटा स्वदेशमै बस्नुपर्छ, मेरो कामलाई बुझेको हुनुपर्छ, मलाई हरतरा प्रोत्साहन गर्ने खालको हुनुपर्छ ।’ थापाले अहिलेसम्म मनले खाएको केटा फेला नपरेको समेत गुनासो पोखिन् । तपाईलाई मन पराउनेको पनि कमि होला र यो देशमा भन्ने प्रश्नमा उनले भनिन्,‘मलाई मन पराउनेहरु प्रशस्तै छन्, तर मैले चाहीँ मलाई मनपर्ने उपयुक्त केटा भेटेकी छैन, सक्नुहुन्छ भने तपाई पनि खोजिदिनुहोस न ऋषिजी ।’ पहिला र अहिलेको प्रचण्डमा आकाश जमिन फरक फरक प्रसँगमा थापाले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठूलो फ्यान रहेको उल्लेख गरिन् । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि आफुले दाहाललाई बधाई दिएको समेत उनले प्रस्ट्याईन् । पहिला र अहिलेको प्रचण्डमा आकाश र जमिनको फरक रहेको उनको तर्क छ । उनले अघि थपिन्,‘प्रचण्ड भनेको जनतालाई माया गर्ने अनि महिलालाई सम्मान गर्ने नेता हो, उहाँले सबैलाई सम्मान गर्नुहुन्छ ।’ त्यतिमात्रै होईन, उनले प्रचण्डलाई डायनामिक लिडरको रुपमा समेत चित्रण गरिन् । ९ वर्षअघि प्रधानमन्त्री बन्दाका प्रचण्ड र अहिलेको प्रचण्डमा धेरै फरक रहेको उनले दाबी गरिन् । प्रचण्डलाई सबैले सहयोग गर्नुपर्छ नायिका थापाले अहिले प्रधानमन्त्री प्रचण्डलाई सबैले साथ र सहयोग गर्नुपर्ने वेला आएको तर्क गरिन् । उनले अघि थपिन्,‘उहाँलाई सबैको साथ र सहयोगको खाँचो छ, ओलीजीले पनि उहाँलाई सहयोग गर्नुपर्छ ।’ तत्कालिन माओवादीले गरेको सशस्त्र द्धन्द्ध सही थियो भन्ने उनको दाबी समेत छ । थापाले भनिन्,‘माओवादी द्धन्द्धकै कारण आज समाज रुपान्तरण भएको हो, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र मुलुकमा आएको हो नि ।’ थापाले विगतमा विभिन्न कारणले गर्दा पार्टीमा सक्रिय हुन नसकेको भएपनि अब चाहीँ आफू माओवादी केन्द्रमा सक्रिय हुने जनाईन् । माओवादीसँग आईडलोजी मिल्ने भएर नै आफू माओवादी पार्टीमा आवद्ध भएको थापाको तर्क थियो । उनले भनिन्,‘म सानैदेखि विद्रोही स्वभावको मान्छे हुँ, चलचित्रमा पनि मैले विद्रोही भूमिका निर्वाह गरेकी छु ।’ अब चुनाव लड्छु थापाले आफू अब छिट्टै चुनाव लड्ने समेत घोषणा गरिन् । उनले अहिले माओवादी विचारधाराबाट राजनीति गरिरहेकोले निश्चिित रुपमा आफू माओवादी केन्द्रबाटै चुनाव लड्ने दाबी गरिन् । उनले थपिन्,‘अहिलेदेखि नै मैले त्यसको लागि आधार तयार गरिरहेकी छु, सम्भवतः म अब हुने चुनाव लड्छु ।’ मुलुकको विकास गर्ने अभियानमा आफू लागिपर्ने समेत उनले बताईन् । उनले अघि थपिन्,‘यो देश बनाउने जिम्मेवारी र दायित्व हाम्रो पनि हो ।’ विलासिताको जीवन जिउने आफ्नो कुनै चाहना नभएको थापाको तर्क थियो । उनले थपिन्,‘मलाई हाईफाई अनि लक्जरीयस लाईफ मनपर्दैन् ।’ राजनीतिको अलवा आफू समाजसेवामा व्यस्त रहने थापाले जनाईन् । बिजनेसमा नो ईन्ट्रष्ट बिजनेस गर्नुहुन्न भन्ने धमलाको प्रश्नमा उनले भनिन्,‘मेरो त्यसमा कुनै ईन्टरेष्ट छैन, म अब राजनीतिबाटै अघि बढ्छु, यो देश, यो माटोको सेवामा लाग्छु ।’ प्रधानमन्त्री बन्न सक्छु आफू प्रधानमन्त्री बन्ने लक्ष्यका साथ राजनीतिमा होमिएको समेत उनको दाबी छ । उनले भनिन्,‘म नीति निर्माण गर्ने ठाउँमा मात्रै पुग्ने चाहना राख्दिन, म त मुलुकको नेतृत्व गर्न चाहना राख्छु ।’ उनले प्रश्न गरिन्,‘वी वुमन आर अल्सो क्यापेवल, हामी महिला पनि प्रधानमन्त्री बन्न सक्छौं नि ।’
0 comments
Write Down Your Responses