top_rightads

अस्तिको खेलमा नेपालले हार्नु र पारस पहिलै बलमा आउट हुनुको कारण यस्तो रहेछ

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्सविरुद्व नेपाल सजिलै सात विकेटले पराजित भयो । शनिबार नेदरल्यान्ड्ससँग नेपाल ९४ रनमै अलआउट भयो । लिस्ट ए मान्यता प्राप्त खेलमा नेपालको यो सबैभन्दा न्युन स्कोर हो ।
कप्तान पारस खड्का आफूले सामना गरेको पहिलो बलमै आउट भएका थिए । इन साइड एज लागेको बलमा आउट दिइएको उनको दाबी थियो । अम्पायरले आउट दिएपछि उनले आश्चार्य मान्दै बलले ब्याटमा लागेको भन्दै ब्याट उठाएर देखाएका थिए । उनी आउट भएपछि नेपाल सम्हालिन सकेनन् । तुरुन्तै धरासायी भयो ।

पारस केही आक्रोसित हिसाबमा पवेलियन फर्किएका थिए । ‘बल ब्याटमा लागेको थियो, अम्पायरले आउट दिए । मैले अम्पायरलाई इनसाइड एज लागेको थिएँ भनेर देखाइदिएको हो । आउट भएपछि स्विकार्नै पर्यो । क्रिकेट खेल नै यस्तो हो, कहिले निर्णय आफ्नो पक्षमा आउँछ कहिले अर्काकोमा,’ खेलपछि भने संयम देखिएका पारसले भने ।
आफुलाई आउट दिएकोमा मैदानमै आपत्ति जनाएमा चेतावनी दिने र निलम्बन गर्ने प्रावधान हुन्छ । तर म्याच रेफ्री डेविड जुक्सले खेलपछि पारस र व्यवस्थापक रमन सिवाकोटीलाई बोलाएर स्पष्टिकरणमात्र लिएर भविष्यमा यस्तो गतिविधि नदोहोर्याउन निर्देशन दिएका थिए ।
प्रशिक्षक जगत टमाटाले पनि पारसको विकेट अम्पायरको गल्तीका कारण गुमेको बताए । पारस खड्काको एलबीडब्लु विकेट टर्निङ प्वाइन्ट बन्यो । ‘पारसलाई एज लागेर गएको बलमा आउट दिइएको छ । ब्याटमा बलले क्लिन लागेको छ, हामीले भिडियोमा हेरेका छौं,’ टमाटाले भने, ‘ब्याट्सम्यानले पनि आउट नभएको भनेर अम्पायरलाई देखाएका छन् । क्रिकेट खेलको भावना अनुरुप नभएको भनेर म्याच रेफ्रीले पारससँग जबाफ पनि मागेका छन् । यो विषयमा अरु खासै केही छैन् ।’

0 comments

Write Down Your Responses