नेदरल्याण्डसमाथि नेपालको जित -अघिल्लो चरण पुग्ने आशा जिवितै
नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डसविरुद्धको दोस्रो खेलमा जित हात पारेको छ । पहिलो खेलमा नेदरल्याण्डको भूमिमा सजिलै ७ विकेटले पराजित नेपाल दोस्रो खेलमा सुधारिंदै जितको लक्ष्य भेट्टाएको हो ।
पहिला व्याटिङ गरेको नेपालले पूरा ५० ओभर व्याटिङ गर्दै नेदरल्याण्डसलाई २ सय १८ रनको लक्ष्य दिएको थियो । ४८ ओभर ३ बलमा अलआउट हुंदै नेदरल्याण्डसले १ सय ९८ रन मात्रै जोड्न सक्यो ।
लिस्ट ए मान्यता पाएको खेलमा नेपालको जितको लागि कप्तान पारस खड्का र स्पिनरहरुको निर्णायक भूमिका रह्यो । कप्तान खड्काले महत्वपूर्ण ८४ रनको पारी खेले भने बलिङतर्फ २ विकेट लिए । त्यस्तै, नेपालको लागि सोमपाल कामी र बसन्त रेग्मीले २ २ विकेट लिए । सागर पुन, सन्दिप लामिछाने र शक्ति गौचनको नाममा १ १ विकेट रह्यो ।
ओपनर अनिल मण्डल र त्यसपछि शरद भेषावकर आउट भएपछि धर्मरिएको नेपाली रन रेटलाई कप्तान खड्काले सम्हालेका थिए । व्याटिङ क्रिजमा खड्कालाई सागर पुन र ज्ञानेन्द्र मल्लले साथ दिए ।
नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलेको ८ मध्ये यो तेस्रो जित हो । नेपाल ६ अंकसहित अंक तालिकाको छैठौं स्थानमा छ । प्रतियोगिताको शीर्ष ४ मा अटाउने टोलीले आगामी २०१८ मा बंगलादेशमा हुने विश्वकप छनौटमा सोझैं प्रवेश पाउनेछ ।
हारपछि पनि १२ अंकसहित नेदरल्याण्डस अंक तालिकाको शीर्ष स्थानमा छ ।
0 comments
Write Down Your Responses