top_rightads

पेट्रोल भण्डारण विस्तारको ठेक्का भारतीय कम्पनीलाई

३२ साउन, काठमाडौं । नेपाल आयल निगमले थानकोट डिपोमा पेट्रोलको भण्डार क्षता विस्तार गर्ने जिम्मेवारी भारतीय कम्पनी ट्यांकटेक एसिया कम्पनी चेन्नईलाई दिएको छ ।

ट्यांकटेकले २ सय किलोलिटर क्षताको ट्यांकी निर्माणको ठेक्का पाएको छ ।

भण्डारण क्षता विस्तारसँगै थानकोटमा ६ हजार किलोलिटरसम्म पेट्रोल मौजाद राख्न सकिने आजकोकारोबार दैनिकमा समाचार छ ।
हाल पेट्रोल भण्डारण क्षमता १ हजार ८ सय किलोलिटर मात्र छ ।
निगमा इन्जिनियरिङ विभाग प्रमुख वीरेन्द्र गोइतले टेन्डर आहृवान गर्दा ट्यांकटेक एसिया कम्पनी चेन्ईको मात्र आवेदन परेकाले सोही कम्पनीलाई छनोट गरिएको जानकारी दिए ।
मुलुकमा पेट्रलियम भण्डारण क्षमता कम हुँदा प्रायः अभावको अवस्था सिर्जना हुनेगरेको छ ।

,

0 comments

Write Down Your Responses