अन्ततः जोयालाई फिलिपिन्स फर्काइ छडियो , कस्तो अन्धो कानुन नेपालको
‘नेपालीसंग बिहे गरेकी फिलिपिनी महिला जोयाको उद्धारगरी स्वदेश फिर्ता’ भन्ने समाचार आयो, अहिले यो समाचारले धेरैको मन छोएको छ जुन मन छुनुको मुख्य शब्द भनेको "गहभरी आसु वोक्दै नेपाली नागरीकहरु अतिनै राम्रो भएको बताउदै गृहले गरेको कार्यलाई कहिले बिर्सन नसक्ने बताएकी थिइन्" हो l
समाचारमा, उद्धार गर्ने सस्था " आदर्श गृह" चितवन भरतपुर उलेख गरियो, सस्थाका सथापकको नाम उल्लेख गरियो, प्रमुख जिल्ला अधिकारीको नाम तोकियो, गृहमन्त्रालयको नाम लियो तर पीडक पक्षको खुलेर नाम निशान तोकिएन l
उनीलाई इलिगल ठहर गरियो, अनाथ बच्चाको आमा बनाइयो , नेपालमा बसे बताप ७ लाख रुपैया जरिवाना गरियो, जुन जरीवान उनीलाई बिबाह गर्ने केटा र परिवारबाट लिइएन र नेपाल सरकारले पनि आफ्नो दायित्व सम्झेन, जुन जरीवान उसको देशको राजदुतले तिरिदियो र अनाथ बच्चा लिएर उनलाई आफ्नो देश फिर्ता हुन बाध्य बनायो । उनीलाई फुलको माला लगाएर बिदा गरियो र नेपाली न्यानोपन प्रस्तुत गरियो, बास्तबमा उनिको मानबिय अधिकार हनन गरियो l
हामी अधिकारका कुरा गर्छौ, बिकशित समाजको कल्पना गर्छौ तर आफ्नोपनलाइ परिमार्जन गर्दैनौं , हाम्रा चेलीहरु बेचबिखन हुन्छ l हामि कति आदर्शवान हुन्छौ तर आज जोयाको बारेमा उभिएर बोल्दा हामी पक्षपाति भएका छौ अनि राझसि समाजका जनता भएका छौ ।।
0 comments
Write Down Your Responses