सुरक्षा प्रबन्ध भए युवाहरूलाई अफगान पठाउ नत्र हैन- प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षाको पूर्ण प्रबन्ध नभएसम्म नेपाली कामदार अफगानिस्तान नपठाउन श्रम मन्त्रालयलाई निर्देशन दिएका छन् । अफगानिस्तानको काबुलमा १३ नेपालीको ज्यान जानेगरी भएको घटनालगत्तै गत असार ९ मा गठन भएको श्रमसम्बन्धी कार्यदल अन्तरगतको एक टोलीले स्थलगत अध्ययन समेत गरेको थियो ।
पछिल्लो अवस्था र स्थलगत टोलीले दिएको अध्ययनसमेत समेटेर तयार पारिएको प्रतिबेदन बुझ्ने क्रममा प्रधानमन्त्रीले त्यस्तो धारणा ब्यक्त गरेका हुन् ।
असार ६ मा भएको घटनापछि श्रम मन्त्रालय, अध्यागमन विभाग, नेपाल प्रहरी, बैदेशिक रोजगार प्रर्वद्धन बोर्डको एक उच्चस्तरीय टोलीले अफगानिस्तान नै पुगेर स्थलगत अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनमा सुरक्षा प्रबन्ध रहेको स्थानमा नेपाली कामदार पठाउन सकिने उल्लेख गरिएको छ । त्यही आधारमा श्रम सचिव नेतृत्व टोलीले प्रधानमन्त्रीलाई अफगानिस्तानको अवस्थाबारे जानकारी गराएको हो । तर, नेपाली कामदार पठाउन नसकिने र नहुने निष्कर्ष प्रधानमन्त्रीको छलफल पछि तय भएको अधिकारीहरुले बताए ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको संयोजत्वकमा गठित कार्यदलले मंगलबार प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएको हो । द्वन्द्वग्रस्त मुलुकमा नेपाली कामदार पठाउन पूर्ण रुपमा सचेतना अपनाउनु पर्ने सुझावसहितको प्रतिवेदन बुझाएको सचिव लम्सालले जानकारी दिएका छन् ।
प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित वासस्थानको सुनिश्चिता गरेर मात्रै चौकीदारका रुपमा नेपाली कामदार पठाउन सकिने उल्लेख छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कार्यदलले दिएको सुझावलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

0 comments
Write Down Your Responses