फेसबुकमा प्रेम : इटलीकी युवती र बाराका नेपाली युवकबीच यसरी भयो विवाह
सामाजिक सञ्जाल फेसबुकमार्फत चिनाजान भई प्रेममा परेका इटलीकी युवती र नेपाली युवाले कानूनी रुपमै विवाह गरेका छन् ।
गत अढाइ बर्ष अगाडि रोजगारीका लागि कोरिया पुगेका तामाङ त्यहीं रहँदा नै फेसबुकमार्फत इग्नरासँग चिनाजान भएको थियो । उनीहरुको परिचय विस्तारै प्रेममा परिणत भएपछि आफूहरुले विवाह गर्ने निधो गरे अनुसार १४ कातिकमा विवाह गरेको प्रविणले बताए ।
प्रविण दुई महिनाअघि मात्रै कोरियाबाट कोल्हवी फर्केका थिए भने इग्नरा इटलीबाट एक महिना अगाडी बारा आइपुगेकी हुन् ।
“बिहे गरेर निकै खुशी भएकी छु, नेपालको बारेमा सुनेकी मात्रै थिएँ, यहाँ आएर हिमाल देख्दा खुशीको सीमाना रहेन, त्यसमाथि प्रविणसँग विवाह भएपछि सपना पूरा भएको छ,” इग्नराले अंग्रेजीमा भनिन् ।
उनले प्रविण र आफू कानूनी प्रक्रिया पूरा गरी चाँडै इटली जाने पनि जानकारी दिइन् ।
0 comments
Write Down Your Responses