कांग्रेस, एमाले र नयाँ पार्टी मध्ये एक हुन्छु
त्यसो त नेपालमै रहँदा पनि अभिनेता राजेश हमालको राजनीतिक महत्वाकांक्षा धेरैबाट छिपेको थिएन, तर यसपटकको अमेरिका भ्रमणमा उनले राजनीतिमा लाग्न आफूले खुट्टा उचालिसकेको खुलासा गरेर आफ्नो महत्वाकांक्षा स्पष्ट पारेका छन् ।
अमेरिकामा कान्तिपुर टेलिभिजनका पूर्वपत्रकार तोया दाहालसँग अभिनेता हमालले आफू कांग्रेस, एमाले वा डाक्टर बाबुराम भट्टराईको नयाँ पार्टीमध्ये कुनै एकमा लाग्न सक्ने कुरा बताए । ‘नेपालको राजनीति सही ट्रयाकमा हिंड्न सकेको छैन’, हमालको तर्क छ— ‘म कलाकारिताबाट चर्चित भएँ, अब कलाकारिताबाट खासै केही हुन सकिरहेको छैन । यही बेला राजनीतिमा लाग्छु र क्यास गर्छु ।’ अभिनेता हमालले अब देशको राजनीति विकासका लागि हुनुपर्ने कुरा पनि बताएका छन् ।
उनले आफूसँग चमत्कारिक क्षमता नभएको तर आफू राजनीतिमा लागेर त्यसलाई थप दुर्गन्धित बनाउनतर्फ नलाग्ने पनि स्पष्ट पारेका छन् ।राजनीतिबाहिर बसेर पनि जनताको सेवा गर्न नसक्ने होइन, हमालले भनेका छन्— हामीजस्तो अरू क्षेत्रमा काम गरिरहेकाहरू राजनीतिमा जानु भनेको अवसरभन्दा पनि निराश भैरहेका सर्वसाधारणलाई आश्वस्त तुल्याउनु हो ।
0 comments
Write Down Your Responses