चीनले भन्यो- तपाईहरु योजना ल्याउनु होस हामी पूरा गर्छौ
चीनले दुई देशबीच भएको सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ । चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
जवाफमा उपप्रधानमन्त्री महराले चीनसँग भएका सम्झौताहरु नयाँ सरकारले जस्ताकोतस्तै कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भेटमा चिनियाँ विदेश मन्त्रीले नेपालमा भएको सरकार परिवर्तनलाई आन्तरिक मामला भन्दै सबै दल मिलेर अघि बढ्न पनि सुझाव दिएको बताइएको छ ।
नेपालका राजनीतिक शक्तिहरु शान्ति, स्थायित्व र विकासमा एकजुट होउन् भन्ने आफूहरुको धारणा गरेको उनको भनाइ थियो ।
यसक्रममा महराले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ली खछ्याङलाई नेपाल भ्रमणका लागि पठाएको निम्तो पत्र हस्तान्तरण गरेका थिए ।
चिनियाँ राष्ट्रपति आगामी असोजमा नेपाल आउने चर्चा छ । त्यसैको वातावरण बनाउन महरा चीन गएका हुन् ।
-रासस
0 comments
Write Down Your Responses