top_rightads

फिलिपिन्समा बाढीबाट दशौँ हजार विस्थापित

फिलिपिन्समा केही दिनयता निरन्तररुपमा परेको वर्षापछि आएका बाढीका कारण पाँच व्यक्तिको मृत्यु भएको छ। बाढी प्रकोपको कारण दशौँ हजार व्यक्ति विस्थापित भएको उद्धारकर्ताले आइतबार सो जनाकारी दिएका छन्।

नागरिक प्रतिरक्षा अधिकारीले मनिला र नजिकैको प्रान्तहरुमा आगामी दिनमा अझ भारी मौसमी वर्षा हुने चेतावनीसमेत दिएका छन्। 
यस प्रकोपका कारण सरकारी कार्यालय र विद्यालयमा २४ हजारभन्दा बढी व्यक्ति शरणार्थीको रुपमा बसिरहेका छन्। 
गहिराइमा परेको इलाकामा बाढीको बढी सम्भावना रहेको राष्ट्रिय प्रकोप नियन्त्रण तथा व्यवस्थापनका प्रवक्ता रोमिना मरासिगानले एएफपी सममाचार समितिलाई बताएकी छिन्। 
बाढीको कारण विस्थापित भएका व्यक्तिहरु र मनिलाका वासिन्दासमेत गरी करिब दशौँ हजार रहेको बताइएको छ। 
बाढीको कारण गत सोमबार नै एक माझी बेपत्ता भएका थिए। बाढीबाट करिब ७० हजार व्यक्तिको घर बगाएको प्रकोप नियन्त्रण तथा व्यवस्थापन केन्द्रले बताएको छ। रासस 

0 comments

Write Down Your Responses